Tuesday, April 29, 2014

वहकिने मन 101: वर्ष 2 अंक 47 (2071-01-15)

बहकिने मन BAHAKINE MAN  DATE : (2071-01-15/28-04-2014)Time : 9.15pm Every Monday         Host :  Mahabir Bishwakarma         Phone-977-01-550982 / 5551161 Facebook : Bahakine Man FM: CIN Network  वहकिने मनको 101 औं श्रृंखला.. Listen and Downlaod                                Download : Click Here to Downlo...

Wednesday, April 23, 2014

''महावीर विश्वकर्मा'' भन्ने नाम नै सम्पूर्ण परिचय बनेकोे दिन भेट्नका लागि निरन्तर संघर्षरत एउटा मान्छे ।...

Tuesday, April 22, 2014

वहकिने मन 100: वर्ष 2 अंक 46 (2071-01-08)

बहकिने मन BAHAKINE MAN  DATE : (2071-01-08/21-04-2014)Time : 9.15pm Every Monday         Host :  Mahabir Bishwakarma         Phone-977-01-550982 / 5551161 Facebook : Bahakine Man FM: CIN Network  वहकिने मनको १०० औं श्रृंखला.. Listen and Downlaod                        Download Click Here to Downlo...

Saturday, April 19, 2014

एउटा अव्यक्त प्रेम (कथा)

...महावीर विश्वकर्मावर्ष सकिन सकिन आँटेको थियो । चैतको आधी आधी भइसकेको थियो । गाउँलेहरु चैते धान रोप्न हत्तारिँदै खेत तिर लम्किन्थे । विद्यार्थी केटाकेटीहरु विद्यालयको ठुलो जाँच सकाएर बसेका थिए । त्यो ठुलो जाँच । अर्थात अन्तिम परीक्षा । गाउँमा भर्खरै एस.एल.सि.दिएर बसेका विद्यार्थी पनि केही थिए । अझ औँलामै गन्ने हो भने त ३ जना थिए क्यारे । सूर्य, सागर र चन्द्रमाया । सूर्य, जसलाई गाउँलेहरु सुर्जे भनेर बोलाउँथे । अलि टाठो केटो । अलि चलाख, बाँकी २ जनाभन्दा । बोलिरहनुपर्ने उसलाई । र त, साथीहरु चतुरे भनेर पनि जिस्काइदिन्थे । तर मान्छे निक्कै सहयोगी...

Wednesday, April 16, 2014

वहकिने मन 99: वर्ष 2 अंक 45 (2071-01-01)

बहकिने मन BAHAKINE MANDATE : (2071-01-01/14-04-2014)Time : 9.15pm Every Monday       Host :  Mahabir Bishwakarma         Phone-977-01-5260646 Facebook : Bahakine Man FM: CIN Network  Listen and Download   Download : Click Here to Downlo...

Wednesday, April 9, 2014

मुक्तक

यात्राबाट एउटा मान्छे कम भएको छ ।सम्झनामा भने धमाधम भएको छ । । छ न त छ एउटा बाँच्नैपर्ने जीवनत्यो पनि त हिजोआज खत्तम भएको छ । । । महावीर विश्वकर्...

Tuesday, April 8, 2014

वहकिने मन 98: वर्ष 2 अंक 44 (2070-12-24)

बहकिने मन BAHAKINE MAN DATE : (2070-12-24/07-04-2014)Time : 9.15pm Every Monday       Host :  Mahabir Bishwakarma         Phone-977-01-5260646 Facebook : Bahakine Man FM: CIN Network  Listen and Download                        Download : Click Here to Downlo...

Tuesday, April 1, 2014

वहकिने मन 97: वर्ष 2 अंक 43 (2070-12-17)

बहकिने मन BAHAKINE MAN DATE : (2070-12-17/31-03-2014)Time : 9.15pm Every Monday       Host :  Mahabir Bishwakarma         Phone-977-01-5260646 Facebook : Bahakine Man FM: CIN Network  ''प्रेम सम्बन्ध छुटेको वर्षौँ पछिसम्म पनि, त्यो हिजोको आफ्नो मान्छेलाई किन बेलाबखत सपनामा देखिन्छ होला ?'' लेखक विमल आरोहीको विचार सहितको 'वहकिने मन' Listen and Download                            ...

वहकिने मन (२०७०-०३-३१)

खुशीहरु अन्तै बन्धकी जस्तो । जीन्दगी पनि छैन जीन्दगी जस्तो । । स्वार्थी दुनियाँ यो के के गर्दैछमनको व्यापारमा पनि ठगी जस्तो । । । ................न सकिन्छ गरि खान, नसकिन्छ मरि जान बुढेसकालैमा........... उबेला चौतारोमा बाघचाल खेलेर बस्दा जेठको टन्टलापुर घाममा भारी बोकेर आएको एकजना भरियालाई सोधेको थिएँ मैले, यो उमेरमा पनि यत्तिको दुःख उठाउनु भा छ, छोराछोरी छैनन् र दाई ? त्यतिबेला मेरो प्रश्न सुनेर ती झुत्रे देखिने दाईले गहभरि आँशु बनाएका थिए ।  अनि फाटेको टोपी शिरबाट झिकेर त्यसैले त्यो गह पुछ्दै मलिन आवाज निकालेर भनेका थिए—“बाह्र छोरा...

वहकिने मन (२०७० श्रावण ७)

बाढी पहिरो ल्याउने वर्षे झरि पो देख्छु ।सपना पनि अचेल अनेकथरि पो देख्छु । ।परदेशी भूमि, गाउँको यादले साह्रै नै सताउँछसाथीभाई सँगै छिमेकी देख्छु, गाईवस्तु धरी पो देख्छु । । । ((((((हर रात ऐठन हुन्छ, दिप श्रेष्ठ)))))))परदेशी भूमि, बिरानो ठाउँ, यो टन्टलापुर घाममा पसिनाले निथ्रुक्क भिजेर म सोँचिरहेछु । यतिबेला त हाम्रो गाउँ पनि निथ्रुक्क भिजेको होला, वर्षे झरिले, हामी पसिनाले भिजेजस्तै । आमा...झरीेले बाटोभरि ग्याज ग्याजी हिलो बनायो होला है...चिप्लिएर हिँड्नै नसक्ने गरि ।  पिंढीका डिलपनि बाछिटाले भिजेर उप्केको होला, खरको छानो चुहिएर यसपाली...

वहकिने मन (२०७० श्रावण १४ )

सपनाहरु धाइरहन्छन् ।खबर उनको बताइरहन्छन् । ।साथ छुटेको वर्षौँ भएछयादहरु अझै आईरहन्छन् । (((((((((((((((हाँसेर दुई पल बाँच्न पाए हुन्थ्यो, शिव परियार)))))))))))))))))) मान्छे सपना देखेर कहिल्यै अघाउँदो रहेनछ, कहिल्यै थाक्दो रहेनछ पनि । बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उघारेर घोत्लिँदो रहेछ एकैछिन । वर्तमानको बर्कोले छोपेर राखेको विगतको अनुभुतिहरुसँग लुकामारी खेल्दै रमाउँदो रहेछ मान्छे । अनि फेरी केही रहरहरु आविष्कार गर्न पुग्दो रहेछ, आफुभित्रै ।  कुनैदिन हाँसोहरुको, खुशीहरुको भारी बोकेर दुगुर्ने बानी परेको मान्छे कुनैदिन...

वहकिने मन (२०७० श्रावण २१)

केही फोटाहरु छन् जलाउनुपर्ने । आँशु छन् सिरानी गलाउनुपर्ने । ।यादहरु आउँछन् र जान्छन् पनि गुजारा त्यसैले चलाउनुपर्ने । । । ((((((((((((((भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, कर्णदास))))))))))))))) कहिलेकाहीँ यस्तै तर्कनाहरु पनि आउँछन् मनमा । कि, भेटिएर छुट्नुभन्दा त नभेटिएकै भए हुन्थ्यो । मान्छेको एउटा स्वभाव हुँदो रहेछ । बरु त्यो कुरा नपाएकोमा त्यति चिन्ता हुँदैन, जति पाएर पनि गुमाउनुपरेकोमा हुन्छ । कुनै दम्पतीको सन्तान भएन भने जीन्दगीभर एकखाले चिन्ता त हुन्छ नै, तर यदि जन्मिएर पनि केही वर्षपछि मृत्यु भयो भने ती बाउ आमा पिडा सहन नसकेर...

वहकिने मन(२०७० श्रावण २८)

घर शुन्य भयो, गाउँ शाखा शुन्य भयो । विदाईमा रोएको त्यो आँखा शुन्य भयो । । तिमीले हवाईजहाज चढेर गएदेखीयता गाउँमा हलो चल्ने पाखा शुन्य भयो । । । (((((((((((((तिम्रो खरको छानो चुहेर, स्वर : जीवन शर्मा))))))))))))))))))))))))))))))))) ए...विदेशिएको मान्छे कस्तो छ तिमीलाई ???? अचेल त खबर पनि आउँदैन तिम्रो । अस्ति चिउरी बोटे काकाको छोरा आ थे क्यारे, खत पठायौ की भन्ने आशाले तिम्री आमैले सोध्न पठाकी थिन् मलाई । खत त पठाएनछौ तर त्यति सञ्चो छैन रे तिम्लाई..दुब्लाका छौ रे भनेर सुनाउँदै थे । त्यो खबर तिम्री आमैलाई चाहीँ सुनाइनँ मैले, झन पिरलोमा पर्लिन...

मुक्तक

मुटुभित्र राख्छु जसलाई उसैसँग टक्कर हुन्छ । मलाई मात्रै किन यस्तो जतासुकै ठक्कर हुन्छ । ।जति पढ्न खोजेँ यसलाई, उति बुझ्न गाह्रो भयोजीन्दगी यो के हो कुन्नि, सँधै घनचक्कर हुन्छ । । ।...

वहकिने मन (२०७० भाद्र १७)

यादहरु निक्कै पर छाड्न कहाँ सकिन्छ र ?छाडेपनि रुन्चे आँखा माड्न कहाँ सकिन्छ र ?किन एक्लो ? भनेर सोध्नेहरुलाई मेरो जवाफमन दोहोर्याएर बाँड्न कहाँ सकिन्छ र ?(((((((((((((((((((((((((((((((फाटेको मन सिउन फेरी गाह्रो हुँदो रै छ )))))))))))))))))))))))))))) म कहिलेकाहीँ आँशुले भरिएको आफ्नै भुगोलबाट यसो मुन्टो उठाएर चातैतिर हेर्छु । मलाई लाग्छ, म बाहेक अरु सब्बै खुशी छन्, सुखी छन् । हाँसेकै देख्छु, रमाएकै देख्छु । कारण, उनीहरु मन साँटिएको आफ्ना मान्छेसँग छन्, उनीहरुसँग निर्धक्क मन साँट्न सकिने आफ्ना मान्छे छन् । यस्ता दृश्यहरुले मलाई किस्ता किस्तामा...

वहकिने मन (२०७० भदौ ३१)

अचेल समयसँग मेरो युद्ध जारी छ ।र त छिन्छिन्मै गोलाबारी छ । ।न म जित्छु, न उ हार्छफगत फाइदा लिने बन्दुक व्यापारी छ । । ।(((((((((((समयसँग सम्झौता होईन, संघर्ष गर संघर्ष, स्वर : जीवन शर्मा))))))))))))))))))) उस्ले सोध्यो, जीवन के का लागि ? मैले भनिदिएँ, सार्थक बाँच्नका लागि । फेरी सोध्यो, उसो भए बाँच्ने चाहीँ के का लागि ?, भनिदिएँ, मरेर पनि नमर्नका लागि । उस्को धारिलो प्रश्न , अनि नमर्ने चाहीँ के का लागी ? ÷ मेरो जवाफ, समयलाई चुनौती दिनका लागि उस्ले अन्तिम पटक सोध्यो, समय चाहीँ के का लागि त ?, मैले बडो जोशका साथ भनिदिएँ, समय संघर्ष गर्नका...
Pages (31)1234 Next

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget