Monday, February 29, 2016

मुक्तक

कोही आए जस्तो, कोही गए जस्तो ।
मनमा भएको छ प्रलय जस्तो । ।
जब आयौ तिमी अनि यस्तो लाग्यो
सबै भएर पनि कोही नभए जस्तो । । । 

Wednesday, February 24, 2016

श्रृंखला 192 : वहकिने मन Bahakine Man (2072-11-10) प्रेम दिवस विशेष : Download

बहकिने मन BAHAKINE MAN -192
DATE-   (22-02-2016/2072-11-10) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


बहकिने मनले प्रेम दिवस २०१६ विशेष आयोजना गरेको कविता बाचन कार्यक्रमका प्रेम सम्वन्धि बहस  आजको विशेष रहनेछ । 

नमस्कार, आज मिति 2072 फाल्गुन 10 तदनुसार  22-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 192 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                        Download : Click Here to Download
Listen at YouTube

Monday, February 22, 2016

मुक्तक

सम्झिन्छु तिमीलाई लगत्तै देख्छु ।
सम्झना मै सही यतैकतै देख्छु । ।
मान्छेहरु भन्थे, छायाँ सँगै हुन्छ
म त यादहरु जताततै देख्छु । । ।

मुक्तक

यो जीन्दगानी बुझि नसक्नु छ ।
आगो हो कि पानी बुझि नसक्नु छ । ।
सँगै बस्छु भन्दै नजिकिने मान्छे
जान्छन् जानी जानी बुझि नसक्नु छ । । ।

मुक्तक

पटक पटक घरि घरि चलिरहन्छ रे ।
आउने जाने सँधैभरि चलिरहन्छ रे । ।
कहिले मन दुखाएर, कहिले खुसाएर
जीन्दगी त यसैगरि चलिरहन्छ रे । । ।

मुक्तक

लफडा हुनसक्छ, बबाली हुनसक्छु ।
अब उप्रान्त तिमी जस्तै जाली हुनसक्छु । ।
सायद भरिन कै लागि रित्तिएको हुँ की
तर जीन्दगीभर यस्तै खाली हुनसक्छु । । ।

मुक्तक

न घर, घर जस्तो लाग्छ ।
न शहर, शहर जस्तो लाग्छ । ।
जहाँ अरुहरु हरियाली देख्छन्
मलाई त्यही ठाउँ बगर जस्तो लाग्छ । । ।

मुक्तक

तिमी गयौ, गयो मेरो सबथोक लागेको छ ।
र त अब भुल्नैपर्ने तोक लागेको छ । ।
भेटिएको एउटा मान्छे छुटिगयो भन्यौ होला
मलाई भने सम्झिरहने रोग लागेको छ । । ।

मुक्तक

आफु जस्तै साथी चाहिएर शहरमा ।
ठुलो ऐना किनेर राखेको छु घरमा । ।
मैले मान्छे खोजेर गल्ती गरेछु सायद
बरु ढुङ्गा भेटिन्छन् अलपत्र बगरमा । । ।

Friday, February 19, 2016

श्रृंखला 191 : वहकिने मन Bahakine Man (2072-11-03) प्रेम दिवस विशेष : Download

बहकिने मन BAHAKINE MAN -191
DATE-  (15-02-2016/2072-11-03) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


बहकिने मनले प्रेम दिवस २०१६ विशेष आयोजना गरेको कविता बाचन कार्यक्रमका कविताहरु आजको विशेष रहनेछ । 

नमस्कार, आज मिति 2072 फाल्गुन 03 तदनुसार  15-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 191 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                        Download : Click Here to Download
Listen at YouTube

Wednesday, February 17, 2016

गजल


मलाई कसैले भगवान भन्थ्यो ।
अङ्गालो स्वर्गै समान भन्थ्यो । ।

बाडुल्की लागेन भने कुनै दिन
लाग्दैछ गाउँघर सुनसान भन्थ्यो । ।

म छिल्लिएर मातिन्थेँ जब
बचाईराख्नु ईमान भन्थ्यो । ।

म चाहीँ सँगै हिँड्ने भन्थेँ
जीन्दगीको के ठेगान भन्थ्यो । ।

जे थियो हिजो, त्यो पो त जीन्दगी
कसैले त मेरो जवान भन्थ्यो । ।


...महावीर विश्वकर्मा

Tuesday, February 9, 2016

श्रृंखला 190 : वहकिने मन Bahakine Man (2072-10-25) : Download

बहकिने मन BAHAKINE MAN -190 
DATE-   (08-02-2016/2072-10-25) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/


नमस्कार, 
आज मिति 2072 माघ 25 तदनुसार  08-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 189 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                            Download : Click Here to Download 
Listen at YouTube
 

Tuesday, February 2, 2016

वहकिने मन Bahakine Man-189 : (2072-10-19) : Download

बहकिने मन BAHAKINE MAN -189
DATE-  (25-01-2016/2072-10-11) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/
Bahakine Man at Youtube 

नमस्कार, 
आज मिति 2072 माघ 19 तदनुसार  01-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 189 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                      Download : Click Here to Download
Listen at YouTube

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget