Tuesday, December 30, 2014

बहकिने मन 136 (२०७१ पौष 14) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-09-14/29-12-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 पुष 14 तदनुसार 29-Dec 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 136 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                      Download : Click Here to Download

Tuesday, December 23, 2014

बहकिने मन 135 (२०७१ पौष 07) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-09-07/22-12-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 






नमस्कार, आज मिति 2071 पुष 07 तदनुसार 23-Dec 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 135 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                   Download : Click Here to Download

Sunday, December 21, 2014

मुक्तक

प्रेम त कतैबाट साभार हुनुहुन्न ।
अनि वारकाे मान्छे कहिल्यै पार हुनुहुन्न । ।
उल्झनहरु अाउँछन् तर सुल्झाउन सक्नुपर्छ
सम्बन्धमा कहिले पनि दरार हुनुहुन्न । । ।

Tuesday, December 16, 2014

बहकिने मन 134 (२०७१ मंसिर २९ ) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-08-29/15-12-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार,

आज मिति 2071 मंसिर 29 तदनुसार 16-Dec 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 134 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                   Download : Click Here to Download

वहकिने मन (२०७१ मंसिर २९) Script


यो एक्लो यात्राको भर नहुने भो ।
आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो । ।
थकाई लाग्दा, सुस्ताउँदा, मनको मान्छे खोज्छ यो मन
अब फकिर भई हिँड्ने रहर नहुने भो । । ।

((((((((((((((((((((बाटो हिँड्ने बटुवालाई : शिव परियार)))))))))))))))))

मैले यहाँसम्मको जीन्दगी एक्लै बाँची हेरेँ । लामा लामा बाटाहरु एक्लै हिँडी हेरेँ । अनेकौँ अनकन्टार कोप्चेरोहरुबाट एक्लै एक्लै पारी पुगेको अनुभव सँगाली हेरेँ । यहाँसम्मको यात्रामा मैले बाटाहरुमा अनेकौँ मान्छेहरु भेटेँ । कति भेटिएर छुटिगए, कति छुटिएर भेटिएनन् । परिणामत : जीन्दगी शेष रहित भाग भइदियो, जसको अभ्यास हामी ४—५ कक्षातिर गथ्यौँ । आउनेहरु उसैगरि गइरहेको हेरिरहँदा मलाई लाग्यो, ती सबै सबै बाटो कटाउने मेसो मात्रै त रहेछन् । केही छिन बोली मिसाए जस्तो, केही दिन मन बिसाए जस्तो । सायद रीत नै रहेछ क्यारे जीन्दगीको, दोबाटोमा भेटिएकाहरु चौबाटोमा छुटिजाने ।

खोल्साहरु गाभिएर बनेको खोलो पुच्छार तिर पुगेर सुके जस्तै जीन्दगीमा पनि केही सम्बन्धहरु आफै सुकिजाँदा रहेछन् । अनि कुखुरी काँ भने शुरु भएको लोक कविता, खोइ खोलो सुक्यो भनेर, अन्त्य भए जस्तो । कुन्नी कहाँ कहाँबाट यात्रामा सामेल हुन आईपुगेका थे, केही मान्छेहरु । मैले राम्ररी भेउ नै पाइनँ । केही मान्छेहरु त आएको जस्तो मात्रै लाग्दा लाग्दै, फर्किएर पर पुगिसकेका हुन्थे । उनीहरुसँग न बात मारियो, न त चिनारी नै साँटियो । हावाको झोका जस्तै गरि आए, अनि गए पनि उसैगरि । मैले त्यही हावाको झोकामा मनको चङ्गा उडाउने चेष्टा गर्नु उपयुक्त ठानिनँ ।

यसै यसै गरि अघि बढेछ जीन्दगीको यात्रा । हत्तारिँदा हत्तारिँदै जीन्दगीको भाग दौड, चोर पुलिस खेले जस्तै भइदिएछ सँधै । म जुन खुशीहरु पाउन खोज्छु, ती खुशीहरु सँधै मबाट भागिरहे मात्रै । हिँड्दा हिँड्दै भौतारिरहँदा, घिस्रिँदा घिस्रिँदै थाकिरहँदा यतिबेला भने म यस्तो थुम्कोमा आईपुगेँ की, यहाँबाट मुन्तिर टाउको फर्काएर आफु यसअघि हिँडेका बाटोहरु पनि हेरिरहेछु, अनि अब पुग्नुपर्ने टाकुरो पनि । जीन्दगीको यो थुम्कोसम्मको यात्रा जति कष्टप्रद रह्यो, त्यो भन्दा पनि अगाडी टाकुरोसम्मको बाटो झनै जटिल लागिरहेछ मलाई ।

मैले धेरै धर्मग्रन्थहरु पल्टाएर हेरेँ, ती सबै सबैले एउटै कुरामा जोड दिइरहे की, मान्छे एक्लै बाँच्नु सहज छैन । कोही न कोही जीवन साथी त हुनैपर्छ, जसले जीवनभर साथ देओस् । प्राय मान्छे जुनसुकै कुराहरुको पनि आफु अनुुकुल अर्थ लगाइदिँदो रहेछ । हुनसक्छ मैले पनि त्यसै गरेँ । मैले जीन्दगीसँग धेरैपटक एकोहोरो साउती मारेको छु । र अब तिमीसँगको सहयात्राले जीन्दगी नामको शब्दमा आवाज भर्न चाहन्छु म । अझ सजिलोसँग भन्दा, तिम्रो स्वीकृतिमा जीन्दगीको यो यात्रा सँगै अघि बढाउन चाहन्छु म ।

यी ढुङ्गा यी माटो, हामी पनि बाँची हेरौँ ।
सँगै हिँड्न मिल्ने बाटो, हामी पनि बाँची हेरौँ । ।
एक्ला एक्लै हिँडिरहँदा साँच्चै आत्तेस लाग्दो रैछ
जीन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ । । ।

(((((((((((((((((((((सँगै सँगै घाम तापौँ जुठेल्नोमा विहान खस्दा)))))))))))))))))))

प्रेमले प्रेम बाहेक केही माग्दैन भने पनि समय क्रमसँगै त्यसले अरु पनि थुप्रै थुप्रै कुराहरुको माग गर्दो रहेछ । आखिर जीन्दगी भनेकै सम्झौताको अर्को एक अध्याय न हो । जति जति जीन्दगीका पानाहरु पल्टिँदै जान्छन्, उती उती नयाँ नयाँ जटिलताहरु देखिँदै जान्छन् । अनि ती नै जटिलताहरुको हल गर्दागर्दै जीन्दगीको डाँडाँ माथीको घाम भइसक्दो रहेछ ।

जीवन साथी भनेको जवानीको आवश्यकता र बुढेसकालको अनिवार्यता हो भनेर, खै कुन्नी कहाँ पढेँ मैले । यो वाक्य मनमा यसरी बिझ्यो की, जीन्दगी बाँच्ने मेरो धारणालाई यसले एकैपटक १८० डिग्रीको फन्कोमा घुमाइदियो । अनि त वल्लो छेउको म, एक्कासी पल्लो छेउमा पो पुगेँ । तब न शुरु भयो, सपना देख्ने मेरो सिलसिला । जब सपना देख्न थालिन्छ नि, तब पो मज्जा आउँदो रहेछ, जीन्दगी बाँच्न । सपना विहिन मान्छे त, बीच सडकमा उभ्याइएको सालिक जस्तो मात्रै पो हुँदोरहेछ । हेर्दा मान्छे जस्तै तर सजीवताको अंश बिल्कुल शुन्य ।

हुन त कहिलेकाहीँ सालिक पनि मान्छे जस्तै लागिदिन्छ । विजयकुमार को खुशी पुस्तकमा एक ठाउँ लेखिए अनुसार, पति स्वरसम्राट नारायण गोपाल बितेको केही समयपछि पत्नी पेमलालाई, विजयकुमारले सोधेका थिए रे, भाउजु दाईको सालिक भएको चोकबाट हिँडिरहँदा तपाईँलाई कस्तो लाग्छ ?  अनि पेमलाले भन्नुभएको थियो रे, “थाहा छ, त्यो ढुंगाको एउटा निर्जीव सालिक मात्र हो, उ होइन । तर पनि पानी परेको दिन जब म त्यो बाटो हिँड्छु, उसलाई गएर छाता ओढाइदिन मन लाग्छ ।” उहाँले भने जस्तै अनेक तर्कनाहरुले कहिले काहीँ सालिकहरुमा पनि सजिवताको महसुस गराइदिन्छन्, तर पनि सत्य कहाँ त्यस्तो छ र ।

मैले अचेल सिकेको छु, सपनाको बस्ती बसाल्न । जब रहरका झुप्रोहरु एकपछि अर्को गर्दै उभिन थाल्छन् नी, तब सपनाको बस्ती आफै बस्दो रहेछ । म जब जब तिमीसँग बिताएका भोलीका दिनहरुको कल्पनामा हराउँछु, तबतब बेग्लै उन्मादले मन भरिएर आउँछ । एउटा सम्बन्धको धर्सा कोर्नुले पनि कति फरक पारिदिन्छ जीन्दगीमा । हामीले कोर्ने सम्बन्धको धर्साले पनि यो एकलकाटे जीन्दगीलाई टपक्क टिपेर अर्कै जीन्दगीको पोल्टोमा खुसुक्क हालिदिन्छ भन्नेमा म पूर्ण आशावादी छु ।

सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन ।
भएपनि यतिबेला दोकान भित्र सामान छैन । ।
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कस्ले देखेको छ
कहाँ पुगि मरिने हो, जीन्दगीको ठेगान छैन । । ।

(((((((((((((((((((((अम्खोरामा पानी सारी झर्के थालमा भात खाउँला)))))))))))))))))))

Monday, December 15, 2014

मुक्तक

1)
सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन । 
भएपनि यतिबेला दोकान भित्र सामान छैन । । 
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कस्ले देखेको छ
कहाँ पुगि मरिने हो, जीन्दगीको ठेगान छैन । । ।

2)
यी ढुङ्गा यी माटो, हामी पनि बाँची हेरौँ । 
सँगै हिँड्न मिल्ने बाटो, हामी पनि बाँची हेरौँ । । 
एक्ला एक्लै हिँडिरहँदा साँच्चै आत्तेस लाग्दो रैछ 

जीन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ । । । 

3)
यो एक्लो यात्राको भर नहुने भो । 
आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो । । 
थकाई लाग्दा, सुस्ताउँदा, मनको मान्छे खोज्छ यो मन

अब फकिर भई हिँड्ने रहर नहुने भो । । ।  

4)
पहिलो भेटमा दुबै केही बढी लजाउने गर्छन । 
अलि पछि एक अर्कालाई औधी कजाउने गर्छन । । 
प्रेम भनेकै सपनाको एउटा अंश भएर हो की
प्रेम गर्नेहरु अनेक सपना सजाउने गर्छन । । । 


5)
फिरन्ते म बटुवालाई बास दिन सक्यौ भने ।
मेरो पनि कोही छ भन्ने, आभास दिन सक्यौ भने । ।
एउटा सुन्दर सँसार होला, हामी दुवै रमाउने
उदेक लाग्दो यो जीवनमा मिठास दिन सक्यौ भने । । ।

Tuesday, December 9, 2014

बहकिने मन 133 (२०७१ मंसिर २२ ) : Download

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-08-22/08-12-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 मंसिर 22 तदनुसार 09-Dec 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 133 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                        Download : Click Here to Download

Monday, December 8, 2014

बहकिने मन 132 (२०७१ मंसिर १५ ) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-08-15/01-12-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 मंसिर 15 तदनुसार 01-Dec 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 132 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                    Download : Click Here to Download

बहकिने मन 131 (२०७१ मंसिर ०८) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-08-08/24-11-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 





नमस्कार, आज मिति 2071 मंसिर 08 तदनुसार 24-November 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 131 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                    Download : Click Here to Download

Tuesday, December 2, 2014

मुक्तक

जीन्दगीमा अलिकति घात भएर हो ।
अनि तिम्रो व्यवहारमा पक्षपात भएर हो । ।
गुमाएर तिमीलाई सम्झिएर बस्नुपर्या
यो समाजमा सानो, ठुलो जात भएर हो । । । 

Tuesday, November 18, 2014

बहकिने मन 130 (२०७१ मंसिर ०१) साहित्यकार सुविन भट्टराई सँगको अन्तवार्ता विशेष : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-08-01/17-11-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

'साया' उपन्यास केन्द्रित कुराकानी, लेखक सुविन भट्टराईसँग...

 EPISODE 130 

Listen and Download (Right and Save as)
                                  Download : Click Here to Download

Tuesday, November 11, 2014

बहकिने मन 129 (२०७१ कार्तिक २४) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-07-24/10-11-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

''प्रेममा के चिज हुन्छ, जसका कारण बदलिन्छ होला मान्छे ?''

 बहकिने मन EPISODE 129 

Listen and Download (Right Click and Save As)
                                 Download : Click Here to Download 

Tuesday, November 4, 2014

वहकिने मन २०७१ कार्तिक १७)


यो शरीर पनि त, एकदिन जलेर जान्छ ।
जसरी उज्यालो दिन, रातमा ढलेर जान्छ । ।
त्यो एकदिन कुरेर, किन बस्नु र मैले
जब प्रेमले आफ्नो रुप बदलेर जान्छ । । ।

((((((((((((((((((म मर्न जाँदैछु तिम्रो नै नाउँमा : प्रकाश तिमल्सिना)))))))))))

फूल फूल्छ र झरेर जान्छ । हिमाल पग्लिन्छ र नदी बन्दै बगेर जान्छ । अनि मान्छे जन्मन्छ र मरेर जान्छ । यही हो नियम, सृष्टिको । आउनेहरु जान्छन् तर जानेहरु आउँदैनन् । यही हो, जीन्दगीको नियम पनि ।

जीन्दगीमा धेरै कुराहरु शुरु हुन्छ । यात्रा शुरु हुन्छ, पढाई शुरु हुन्छ, काम शुरु हुन्छ, सम्बन्ध शुरु हुन्छ । अनि शुरु हुन्छ, अरु पनि के—के, के—के । सब्बैभन्दा घतलाग्दो कुरा त, जीन्दगी पनि शुरु हुन्छ, कहीँबाट, कतैबाट । शुरु, सँधै शुरु मात्रै भएर बस्दैन । त्यो बिस्तारै मध्य हुन्छ, अनि अन्त्य पनि । शुरु भयो भन्नुको अर्थ एकदिन अन्त्य हुनेछ भन्ने पनि हो ।

जसरी पात पलायो भन्नुको अर्थ एकदिन झरेर जान्छ भन्ने पनि हो, कोही जन्मियो भन्नुको अर्थ एकदिन त्यो मरेर जान्छ भन्ने पनि हो, ठीक त्यसरी नै, जीन्दगी शुरु भयो भन्नुको अर्थ एकदिन त्यो टुङ्गिन्छ भन्ने पनि हो । यो सत्य भुलेरै बाँचिरहन्छ मान्छे । कोही भुलेर बाँचिरहन्छन्, कोही भुले जसरी बाँचिरहन्छन् । तर यो सत्यले भने पाईला पाईलामा छायाँ बनेर पछ्याइरहेको हुन्छ मान्छेलाई । जीन्दगीको समापन समारोह, उद्घाटन भन्दा बिल्कुल फरक हुन्छ । जब झ्याप्प निभ्छ, जीन्दगीको दियो । तब सबै अन्धकार लाग्छ ।

मलाई थाहा छ, जीवनको स्वभाविक अन्त्य भन्दा आकस्मिक अन्त्य निक्कै नै पिडादायी बनिदिन्छ, आफन्तहरुका लागि पनि, सुन्नेहरुका लागि पनि । अझ माया गर्नेहरुका लागि त झनै छाती मै तिर हाने जस्तो भइदिन्छ । मर्ने त मरेर जान्छन्, तर उसको याद मनमा गाँठो पारेर बस्नेहरुको जीन्दगी कहिल्यै निको हुँदैन । मनमा लागेको त्यो खत, हरबखत बल्झिरहन्छ मात्रै । यी सबै सबै बुझेर पनि म अलग्गिँदैछु, मेरा लागि प्रेम निख्रिएको यो बिरानो सँसारबाट । जताततै तिम्रा यादहरु मात्रै आउने यो दुनियाँमा म अब एकैछिन पनि थामिन चाहन्नँ । अहँ कत्तिपनि चाहन्नँ अब यहाँ थामिन । मलाई जानु छ टाढा, तिम्रो जीन्दगीबाट टाढा...तिम्रा यादहरुबाट टाढा ।

जीन्दगी अप्रत्याशित घटनाहरुको योग नै होला सायद । अनि हामी चाहीँ ति नै अप्रत्याशित घटनाहरुको अनेकन पात्रहरु । जीन्दगीले यो मोडमा पनि ल्याइपु¥याउला..अहँ सोँचेकै थिइनँ मैले त्यस्तो । बरु सोँचेको थिएँ, अरु अरु थुप्रै कुराहरु । सजाएको थिएँ, अरु अरु थुप्रै सपनाहरु ।

हामी सानो छँदा हजुरआमाले सुनाउने कथामा, एकादेशको राजकुमारीले प्रेम गर्न थालेपछि त्यही राज्यमा घोँडाको स्याहार गरेर बस्ने केटोले अनेकन सपना देखे जस्तै मैले पनि देखेँ, बग्रेल्ती सपना । दुई जना भागेर टाढाको गाउँमा जाने अनि सानो सँसार रचेर बस्ने सपना । तर हजुरआमाले सुनाउने कथामा एकदिन राजकुमारीलाई अर्को देशको राजकुमारसँग विहे गरेर पठाइदिएपछि भिरबाट फाल हानेर जीवन त्याग्ने त्यो केटोकै जस्तो त भइदियो मेरो जीन्दगी पनि ।

जे नहुनुथ्यो भइसक्यो, हाँसेर बाँच्नु अब ।
नयाँ घरमा नयाँ नाता, गाँसेर बाँच्नु अब । ।
यो छातीमा तिम्रो मात्रै तस्बीर राख्छु भन्थ्यौ
अब त्यहाँ अर्कैै तस्बीर, टाँसेर बाँच्नु अब । । ।

(((((((((((((((((((जुनी काट्ने अर्कै रोज्यौ, भैगो मलाई बिर्सिदिनु))))))))))))))))

हो, जाँदैछु म, धेरै टाढा जाँदैछु । अब कहिले नी तिमीलाई सताउन नआउने गरि जाँदैछु । कहिले तिमीलाई घुक्र्याउन नफर्किने गरि जाँदैछु । म गएको झट्ट सुन्दा केही चिसो पस्ला तिम्रो मनमा, हिजो आफैले गरेको माया सम्झेर । एकैछिन त भाउन्न छुटला पनि, त्यतिबेला मैले गरेको निसन्देह प्रेम याद आएर । फेरी बिस्तारै सम्हालिएलाउ तिमी । क्रमशः सामान्य भइजाला सबै । किनकी, तिमीसँग त सिङ्गो सँसार छ बाँच्नलाई । अनेकन वाहानाहरु छन् बाँच्नलाई । तिम्रा आफन्तहरु धेरै छन्, तिमीलाई आफ्नो भन्नेहरु धेरै छन् ।

सँसार साँघुरो त मेरो पो भइदियो । बाँच्ने वाहानाहरु त मेरो पो सकिगए । बगरमा असरल्ल फिँजारिएको ढुङ्गो झैँ भएँ म त, न कोही मेरो भयो, न म कसैको भएँ । नदी बनेर आएकी थियौ तिमी, केही समय आफुसँगै लुकाएर राख्यौ अनि फेरी छाल बनेर पाखैमा हुत्याइदियौ मलाई । अनि मेरो नियति फेरी फर्किएर आयो, बगरको ढुङ्गो, बगरै बनेर ।

समय निक्कै नै कम छ म सँग । हिजो समय टन्नै हुँदा के गरेर बिताइयो थाहा छैन । आज समय नै नहुँदा, यति थोरै समयलाई के—के मा खर्च गरौँ भन्ने पनि थाहा छैन । साँच्चै भन्नुपर्दा थाहै नभइकन बितेछ जीन्दगी । जब जीन्दगी थोरै मात्रै बाँकी छ भन्ने लाग्छ नी, तब गर्न बाँकी धेरै धेरै कुराहरु हुँदा रहेछन् । यो पनि अधुरै रह्यो, त्यो पनि अधुरै रह्यो भने जस्तो लागिरहँदोरहेछ मनमा ।

केही सुन्नु थियो तिम्रो, केही सुनाउनु थियो तिमीलाई । त्यतिविध्न माया गर्ने मान्छे, एक्कासी किन फेरिएकी हौली भनेर सुन्नुथियो । तिमीलाई आज पनि उस्तै माया गर्छु भनेर सुनाउनु थियो । विश्वास लाग्थेन होला तिमीलाई तर पनि सुनाउनु थियो मैले । मेरा ईच्छा ती नै त थिए । त्यो भन्दा बढी त के नै पो थियो र तर यी सबैका लागि समय नै कहाँ रह्यो र म सँग । यहीँसम्मको लागि रै छ क्यारे, मेरो जीन्दगीको अध्याय ।

म गइसकेपछि चोक चोकमा अनगिन्ती कुराहरु काटिएलान् । मान्छेहरु भन्लान् की, कायर रै छ, जीन्दगी देखी काँपेर गयो । आखिर कसलाई के थाहा, मेरो व्यथा । तिमीलाई सम्झिएर रुँदा रुँदा थाकेपछि फेरी रोइरहेर कति दिन काटेको कस्लाई के थाहा । सबैले बन डढेको पो देख्छन् त, मन डढेको त कस्ले पो देख्छ र । ती फजुल हल्ला चलाउनेहरुको मुख थुन्न सकिन्नँ तर सक्यौ भने, मलाई अन्तिम उपहार स्वरुप तिम्रा दुई थोपा आँशु मनैदेखी चुहाइदिनु मलाई । याद राखे, ती आँशु साँच्चिकै मनैदेखीको होस्, साँच्चिकै मेरै मान्छेको होस् ।

कतै टा..ढा.. पुग्न, म लम्किरहेको हुनेछु ।
अञ्जुली आँशुले भरेर, छम्किरहेको हुनेछु । ।
कुनै दिन याद आए मा...थी... आकाशमा हेर्नु
ताराहरुको भिडमा म चम्किरहेको हुनेछु । । ।  

(((((((पत्थर जस्तो मुटु तिम्रो, एकैछिनलाई पग्लिदिनु)))))))))))))

वहकिने मन 128 (२०७१ कार्तिक १७) : Download

बहकिने मन BAHAKINE MAN 

DATE : (2071-07-17/03-11-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Bishwakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

''प्रेम सम्बन्ध टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन् ?''

 बहकिने मन EPISODE 128 

Listen and Download
                                     Download : Click Here to Download

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget