Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Thursday, January 19, 2017

कवि असरफ

कवि असरफ
मेरो देशमा नि थुप्रै कविहरु छन्
केही, तिमी बन्न नसकेका
अनि 
 केही, तिमी बन्न नचाहने 
हुन त
केही ठ्याक्कै तिमी जस्तै पनि होलान्
तर
म भने रनभुल्लमा छु कवि असरफ
मेरो देशमा मृत्युदण्डको प्रावधान नभएर हो कि
तिमी जस्तै कवि नभएर हो
न यहाँको राज्य सत्ता डराउँछ
न तिम्रा तिरका कविहरु
मेरा तिरका कविका लागि जुर्मुराउँछन्…!

Friday, July 1, 2016

आँशुको नाम


महावीर विश्वकर्मा

उबेला
यस्तै झरीमा
छेउमा छाता समाउने तिमी हुन्थ्यौ
एक पाखो भिजेको बाहाना गर्दै
झन्झन् नजिकिने म हुन्थेँ
तिमी सर्माएझैँ गथ्र्यौ
म अझै भिजे झैँ गर्थेँ
तिमी बदमास भन्थ्यौ
म त्यै त भनिदिन्थेँ
तिमी कुहिनाले हान्थ्यौ
म अन्तै हेरेर फिस्स हाँसिदिन्थेँ
तिमी रिसाएझैँ चिमोटिदिन्थ्यौ
म घुक्र्याए झैँ छाता बाहिर निस्किदिन्थेँ
मलाई रुझ्न नदिन
तिमी छाता भित्र तान्थ्यौ
म लाडे पल्टिन्थेँ
अनि झरि परिरहुन्जेल
यही दोहोरिरहन्थ्यो

आज
उस्तै झरि परिरहँदा
म तिमीलाई सम्झिन्छु
त्यो छातालाई सम्झिन्छु
सम्झिन्छु, म मात्तिएको पनि
अनि तिमी ठुस्किएकी पनि
तिमी कुहिनाले उसैगरि घुस्सा हान्छ्यौ, यादहरुमा
म त्यही सम्झेर फिस्स हाँसिदिन्छु, यथार्थमा
तिमी चिमोटिदिन्छौ, त्यो पनि सम्झनामा
म कोठा बाहिर निस्किन्छु, छाताबाट जस्तै
एकछिन रुझ्छु
रुझिरहन्छु
मान्छेहरुले देख्छन्
म रुझिरहन्छु
कोठाभित्र बोलाउने कोही हुँदैन
हो यही बेला
खुब्बै सम्झिन्छु तिमीलाई
देख्नेहरु सोँच्छन्, झरीमा रुझेछ
यसरी मेरा आँशुहरु पनि
अचेल, झरी भनेर चिनिन्छन् ।

सम्झिनुको कारण


....महावीर विश्वकर्मा

तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति शब्दहरु लेखेको छु
मैले कत्ति—कत्ति वाक्यहरु लेखेको छु
र ती सबै सबै लेखिरहँदा
तिमीलाई दोहो¥याई तेहे¥याई सम्झिरहँदा
लेखेका अक्षरहरुभन्दा बढी
सम्झेका सम्झनाहरु भन्दा बढी
मेरा आँशुहरुले मलाई छोडी गएका छन् ।

तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति प्याकहरु रित्याएको छु
मैले कत्ति—कत्ति बोत्तलहरु सिध्याएको छु
र ती सबै सबै पिइरहँदा
तिमीलाई फेरी फेरी सम्झिरहँदा
पिएका घुट्कोहरुभन्दा बढी
ननिख्रिएका प्यालाहरुभन्दा बढी
मेरा आँशुहरुले मलाई छोडि गएका छन् ।


तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति रातहरु अनिँदो बिताएको छु
मैले कत्ति—कत्ति दिनहरु कहाँ कहाँ हिँडेको छु
र यसरी जीन्दगी बाँचिरहँदा
तिमीलाई उसैगरि सम्झिरहँदा
बिसाएका थकाईहरुभन्दा बढी
हिँडेका पाईलाहरुभन्दा बढी
मेरा आँशुहरुले मलाई छोडि गएका छन् ।

प्रिय मान्छे
अब,
खोलाले किनारलाई जसरी होईन
चङ्गाले लट्टाईलाई जसरी होईन
बरु,
झरीले बादललाई जसरी
यात्रीले बाटोलाई जसरी
एकपटक भुल्न मन लागेको छ तिमीलाई
अनि सँधै भुलिरहन मन लागेको छ तिमीलाई

तर मेरो दुखेसो
भुल्नकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर
बिर्सिनकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर
र त, अचेल
तिमीलाई सम्झिरहेछु म
भुल्नकै लागि सम्झिरहेछु
भुलिरहनका लागि सम्झिरहेछु

ओ...अझै प्रिय मान्छे
तिमीलाई लाग्ने बाडुल्की
कुनैदिन सँधै सँधैलाई रोकियो भने
तिमीले देख्ने सपनाहरुबाट
कुनै रात म सँधै सँधैलाई हराएँ भने
भन्ठान्नु, मैले पिउन छोडिदिएको छु
भन्ठान्नु, मैले लेख्न छोडिदिएको छु
अनि सँगै भन्ठान्नु,
मैले बाँच्न पनि छोडिदिएको छु ।


Wednesday, January 20, 2016

रनभुल्ल

-महावीर विश्वकर्मा 
2072-10-05

कवि असरफ
मेरो देशमा नि थुप्रै कविहरु छन्
केही, तिमी बन्न नसकेका
अनि 
केही, तिमी बन्न नचाहने 
हुन त
केही ठ्याक्कै तिमी जस्तै पनि होलान्
तर
म भने रनभुल्लमा छु कवि असरफ
मेरो देशमा मृत्युदण्डको प्रावधान नभएर हो कि
तिमी जस्तै कवि नभएर हो
न यहाँको राज्य सत्ता डराउँछ
न तिम्रा तिरका कविहरु
मेरा तिरका कविका लागि जुर्मुराउँछन्…!

Saturday, June 27, 2015

दुखेसाे

......महावीर विश्वकर्मा

तिमी 'तिमी नै भईरह्याै'
म 'म नै भईरहेँ'
दुखेसाे यतिमात्रै
कि
तिमी र म
कहिल्यै पनि
'हामी' हुनै पाएनाैँ ।

Sunday, August 17, 2014

''बाटो''



....महावीर विश्वकर्मा

साँच्चै, बाटोहरु कहाँबाट शुरु हुन्छन् होला ?
अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला ? 

बाटो कुल्चेर हिँडिजाने बटुवाहरुलाई 
सँधै सम्झिन्छ की सम्झिन्न होला यसले
बाटैबाटो हिँडिआउने पुराना यात्रीहरुलाई
सँधै ठम्याउँछ की ठम्याउँदैन होला यसले 

कहिले दोबाटोहरुमा, 
बाटोले बाटैसँग प्रेम गर्छ की गर्दैन होला
कहिले चौबाटोहरुमा,
बाटोले बाटैमाथी प्रेमिका थप्छ की थप्दैन होला 
कहिलेकाहीँ आफ्नै मन आफैबाट हराए जस्तो
बाटोबाट बाटाहरु हराउँछन् की हराउँदैनन् होला

बाटैमा हिँडेर कहाँ-कहाँ पुगिदिन्छ मान्छे
बाटैमा टेकेर कहाँ-कहाँबाट फर्किदिन्छ मान्छे
बाटोको भने कुनै गन्तब्य हुन्छ की हुँदैन होला मान्छेको जस्तै
फर्किने हतारो हुन्छ की हुँदैन होला मान्छेलाई जस्तै 
कहिलेकाहीँ बाटो भुलेर मान्छे हराए जस्तो
आफै भुलिएर अल्मलिन्छ की अल्मलिँदैन होला बाटो


साँच्चै, मलाई सोध्न मन लागेको छ बाटोहरुसँगै 
बाटोहरु कहाँबाट शुरु हुन्छन् होला ?
अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला ? 

Wednesday, May 1, 2013

Blog Author


    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget