• Red Rose 1 : Hosting Program by Mahabir Bishwakarma.

  • क्याप्सन : फस्ट लभ पुस्तकका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम बारे वहकिने मनको लागि कुराकानी गर्ने क्रममा प्रस्तोता महावीर विश्वकर्मा...

  • Slide 2 : Presenting Speech on Dalit Agenda and The Role of Social Movemnet.

  • Slide 3 : In A Program .

  • Slide 4 : The Light of Asia - Gautam Buddha was born in Nepal .

  • Slide 5 :Mahabir Bishwakarma.

  • Slide 6 : Mahabir Bishwakarma.

  • Slide 7 : Dhanding Training

  • Slide 8 : Dhading Training Photo

  • Slide 9 : with Fan of Bahakine Man at parasi

  • Slide 10 : with Fan of Bahakine Man at parasi

  • Slide 11 : Me : Mahabir Bishwakarma.

  • Slide 12 : Bahakine Man Euta Bhindai Radio Karyakram.

  • Slide 12 : Valentine's Day Special Bahakine Man Program 2016

  • Slide 13 : Thaha Sanchar Networks Presents Bahakine Man

Tuesday, August 16, 2016

श्रृंखला 217 : वहकिने मन Bahakine Man (2073-04-31) : Download

बहकिने मन BAHAKINE MAN -217 Thaha Sanchar Network Presents 
DATE : (15-08-2016/2073-04-31)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/
Listen and Download (Right and Save as)
                            Download : Click Here to Download 
Listen on YouTube
 
Thursday, August 11, 2016

श्रृंखला 216 : वहकिने मन Bahakine Man (2073-04-24) : Download

बहकिने मन BAHAKINE MAN -216 
Thaha Sanchar Network Presents
DATE : (08-08-2016/2073-04-24)

Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Facebook : Bahakine Man 

http://thahasanchar.com/
Listen and Download (Right and Save as)
                             Download : Click Here to Download Listen at YouTube

Wednesday, August 10, 2016

पासवर्ड

महावीर विश्वकर्मा (२०७३ असार २०)
असारको महिना । बाहिर झमझम पानी परिरहेको थियो । बेलुकीको त्यस्तै ९ बजेको हुँदो हो । भित्तामा झुण्डिएको घडीमा भने ९ बजेर पनि १० मिनेट गईसकेको थियो । खासमा १० मिनेट छिटो थियो त्यो । त्यो १० मिनेट भित्तामा मात्रै छिटो थिएन, दिकेशको मोबाईलमा पनि थियो । दिकेश अर्थात दिकेश शाक्य । 

काठमाण्डौंको रैथाने परिवारको एक्लो छोरो । न्युरोडमा थियो घर । सटर भाडाबाट आउने पैसाले नै गज्जबले चल्थ्यो उनीहरुको परिवार । अँ साँच्ची, उसको घडीको १० मिनेटको किस्सा बताउँ क्यारे । दिकेश हरेक कुरामा अरुभन्दा अघि हुन चाहन्थ्यो । साथीहरुको जमघटमा पनि उ तोकिएको समयभन्दा पहिले नै पुग्थ्यो । भन्थ्यो, दिकेश सँधै अरुभन्दा अगाडी नै हुनुपर्छ । तर उसले जति भनेपनि पढाईमा भने कहिल्यै पहिलो हुन सकेन । प्लस पढ्दै गरेको थियो । 

त्यो साँझ साथीहरुसँग च्याटिङ्ग गर्दै थियो उ । खासै चाख लाग्दो कुरा केही भईरहेको थिएन । सायद बोर मानिरहेको थियो । त्यति नै बेला, पिपुल यु मे नो भनेर फेसबुकले केही मान्छेहरुको फोटो देखायो । १,२,३ गर्दै सबैको फोटो नियालेर हेर्न थाल्यो उसले । ठ्याक्कै भन्नुपर्दा, केटीहरुको फोटोमा बढी ध्यान दिइरहेको थियो । कालो र कालै स्कट लगाएकी केटीको फोटोमा घोरियो केहीबेर । 

अनि क्लिक गरेर उसको प्रोफाइल हेर्न खोज्यो । गोरो वर्णकी थिइ उ । नाम, प्रकृति शर्मा । अरु प्रोफाइल पिक्चर पनि हे¥यो उसले । राम्री लाग्यो । यति भए पुगिहाल्यो, रिक्वेस्ट पठाउन । झट्टै एड फ्रेण्डमा क्लिक गरिदियो । रिक्वेस्ट सेन्ड पनि भयो । अनि एबाउटमा हेर्न खोज्यो, केही लेखिएको रहेनछ । 

टाईम लाईनमा गएर हेर्दै थियो । यसैबेला नोटिफिकेसन आयो । हेरेको त, उनै प्रकृति शर्माले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेको जानकारी पो रैछ । एकखाले खुशीले पैतालादेखी टाउकैसम्म तरङ्गित बनायो उसलाई । अनि हत्तार हत्तार म्यासेजमा गएर टाईप ग¥यो, हाई । उताबाट हाई भनेर रिप्लाई आउन कत्ति पनि बेर लागेन । दिकेशले टाईप गरिहाल्यो, थ्याङस् । फर ह्वाट ? उताबाट साधियो । एसेप्ट माई रिक्वेस्ट, उसले पठायो । ईट्स माई प्लेजर भन्दै प्रकृतिले हाँसेझैँ लाग्ने एउटा स्टिकर पठाई । दिकेशले पनि त्यस्तै स्टिकर पठाईदियो । 

त्यो रात झण्डै १२ बजेसम्मै च्याटिङ्गमा भुले क्यारे दुईजना । दुबैले एकअर्काको प्रशंसा गरे । खासमा फोटोको प्रशंसा थियो त्यो । अनि पहिलो कुराकानी पनि त थियो नि । अक्सर पहिलो पहिलो बोलचाल त प्रशंसैले त भरिने हो नि । आज खुब्बै खुशी थियो दिकेश । र त मोबाईलमा बिपुल क्षेत्रीको सिन्डिकेट बजाउँदै सुत्यो । 

त्यो बेलादेखी उनीहरु छिन छिनमै च्याटमा व्यस्त हुन थाले । व्यस्त त पहिले पनि हुन्थे, अरुअरुसँग । तर अब चाहीँ यी दुई, एकअर्कासँग नै व्यस्त हुन थाले । त्यस्तै १ हप्ता जति यही क्रम चलेपछि एक साँझ च्याटिङ्ग कै क्रममा, भेट्ने ईच्छा राख्यो दिकेशले । प्रकृतिले तत्काल सहमति पनि जनाई । ठाउँ फिक्स गर्ने जिम्मा दिकेशलाई नै दिई । 

झरी पर्ने बेला थियो, बाहिर कतै भेट्न त्यति उपयुक्त पनि लागेन । अनि दरबार मार्गको एउटा कफी सपमा भेट्ने प्रस्ताव राख्यो । त्यसमा पनि सहमति जनाई उसले । अनि बल्ल एकअर्काको मोबाईल नम्बर साँटासाँट गरे । यसो गर्दा भोली दिउँसो भेट्न सजिलो हुन्थ्यो उनीहरुलाई । 

भोलीपल्ट त्यही ठाउँमा भेटे उनीहरुले । बाहिर झरि परिरहेकै थियो । उनीहरु तातो कफीसँगै एकअर्काको प्रशंसा गर्दैै थिए । प्रशंसा भन्दा ज्यादा चाहीँ एक अर्कालाई उडाउँदै थिए भनौँ, फेसबुकमा तिम्रो फोटो त बाँदरको जस्तो भन्दै थिई प्रकृति । अनि त्यो फोटोमा तिम्रो चाहीँ मुख किन सुँगुरको जस्तो नि भन्दै प्रकृतिको सेल्फीमाथी हाँस्दै थियो दिकेश । १ हप्ताको च्याटले निकै नजिक बनाएछ क्यारे, जिस्किँदै थिए एकअर्कासँग । भेटेर फर्किएपछि झनै नजिक भएको महसुस गरे यी दुईले । 

अनि त च्याटमा पनि त्यो देखिन थाल्यो । प्रकृतिले बाँदर भनेर बोलाउन थाली, दिकेशले सुँगुर । बाँदर भन्दा रमाईलै लाग्यो दिकेशलाई । तर प्रकृतिलाई मज्जा आएन, आफुलाई सुँगुर भनेकोमा । अनि घुक्र्याइ दिकेशलाई, बोल्दिनँ भनेर । दिकेश पनि के कम, ल ल बाँदरर्नी अब त्यस्तो भन्दिनँ भनेर टाईप गर्यो । प्रकृतिले हाँसेको स्टिकर सेन्ड गरि, सायद मन पराई अर्को नाउँ, बाँदरर्नी । यसरी यी दुई च्याटमा बाँदर र बाँदर्नी भए । 

सके दिनहुँ, नत्र दिन बिराएर उनीहरु त्यही कफी सपमा भेट्न थाले । बाहाना कफी पिउने हुन्थ्यो । ईरादा नजिकिने हुन्थ्यो । त्यस्तै १५ दिन जतिमा ८—९ पटक भेटे उनीहरुले । अनि नजिकिँदै गए । झन् झन् नजिकिँदै गए । दिउँसो सँगै कफिी खाएर छुट्टिएपछिको एक साँझ च्याट हुँदै थियो । मिस यु लेखेर पठायो दिकेशले । उताबाट मिस यू टु फिर्ता आयो । अनि त्यो भन्दा एक स्टेप अगाडी बढेर केही लेख्न चाह्यो उसले । केही नसोँची झट्टै लेखिदियो, लभ यु । केहीबेर उताबाट रिप्लाई आएन । 

म्यासेज टाईपिङ्गको संकेत मात्रै आयो । त्यतिन्जेल सोँच्यो दिकेशले, रिसाई भनी जिस्काको भनेर फकाउँछु । तर त्यसरी फकाउनै परेन उसले, एकैछिनमा रिप्लाई आयो, लभ यु टु । त्यसपछिको च्याटिङ्गमा भने हाँसेको स्टिकरभन्दा पानको पातको स्टिकर बढी आउने जाने गर्न थाल्यो । सायद प्रेमको संकेत त्यसैले समेट्थ्यो होला । 

चिनजान भएको त १ महिना पनि भएको थिएन तर दिकेशको घडी जस्तै उनीहरुको सम्बन्ध पनि छिटो छिटो अगाडी बढ्दै थियो । यति छिटो की, यी दुईलाई आफुहरु बाहेक बाहिर पनि अर्को सँसार छ भन्ने समेत हेक्का नभए झैँ लाग्थ्यो । यति छिटो त बर्खामा झरि पनि पर्दैनथ्यो । दरबार मार्गको त्यही कफी सप । दिनहुँको उही भेटघाट । अझै नजिक, अझै आत्मीय । 

कफीको चुस्की लगाएपछि दिकेशले प्रकृतिसँग उसको फेसबुकको आई डि र पासवर्ड माग्यो । प्रकृतिले नाइ दिन्न भनि । एकछिन केही बोलेन दिकेश । कतिन्जेल नबोली बस्नु । सोध्यो, मसँग लुकाउनु पर्ने त्यस्तो केही हुन्छ तिम्रो फेसबुकमा ? त्यस्तो हैन भनी प्रकृतिले । अनि कस्तो त, मेरो विश्वास छैन ? तिमी अझै मलाई नजिक सोँच्दिनौ ? तिमी मसँग टाईम पास मात्रै गरिरहेकी छौ ? यी सबै कुरा एकैसासमा भनिदियो दिकेशले ।

प्रकृति पनि आवेशमा आई, अनि छेवैको नेप्किन पेपर झिकेर लेखिदिई आफ्नो फेसबुकको ईमेल र पासवर्ड । र त्यो राखिदिई दिकेशको हातमा । अनुहारको रिसलाई एक्कासी खुशीमा फेर्न त सकेन दिकेशले । तर केहीबेर पछि मुसुक्क मुस्कुरायो । प्रकृतिको हात तानेर ओँठले चुक्क गरिदियो । र उनीहरु खुशी साथै छुट्टिए त्यहाँबाट । 
त्यो साँझ खाना खाएपछि सँधै झैँ फेसबुक खोल्यो दिकेशले । तर आज सँधै झैँ आफ्नो एकाउन्ट खोलेन । प्रकृतिको एकाउन्ट खोल्यो । निक्कै नै लामो समयको मिहेनत पछि ठुलै कुरा पत्ता लगाउन खोजेको वैज्ञानिक जस्तै चनाखो भएर हेर्दै थियो । शुरुमै इन्बक्समा आएर बसेको म्यासेजमा क्लिक ग¥यो । ५ जनाको म्यासेज थिए । जसमध्ये ३ जना केटा । ति नै केटाको म्यासेजमा घोरियो । 

एउटाले पठाएको थियो, मिस यू काली लेखेर । त्यो पढ्ने बित्तिकै भाउन्न छुट्यो उसलाई । उसँग भएका अघिल्ला च्याटहरु पनि हे¥यो । अरु त सामान्य कुरा नै थिए । हाई हेल्लो, सन्चो, बिसन्चो कै कुरा । उ कलेजको साथी रै छ । तर उसले काली भनेको कुरा भित्र बिझेर बस्यो दिकेशको मनमा । 

अर्को म्यासेज हे¥यो, अष्ट्रेलिया पुगेको उसको भाईको रै छ । त्यसमा ध्यान दिएन । अर्को हे¥यो, तब झन् भित्र भित्रै भत्भती पोले जस्तो भएर आयो । कारण त्यो केटाले, सरी लेखेको रहेछ । यसले किन सरी भन्यो, भन्ने लाग्यो उसलाई । अनि अघिल्ला म्यासेज हे¥यो । 

शुरुमा उसले प्रकृतिलाई प्रेमको प्रस्ताव राखेको रहेछ । उसले मेरो ब्वाईफ्रेण्ड छ भनेकी रहिछे । अनि त्यो केटाले आफुलाई पर्मानेन्ट नभएपनि टेम्पोररी ब्वाई फ्रेण्ड बनाउ न त भनेर लेखेको रहेछ । यति पढिसक्दा दिकेशको मनभित्र डढेलो नै लागे झैँ भइसकेको थियो । 

अनि सबैभन्दा बढी रिस त प्रकृतिसँग उठेको थियो । किनभने, त्यो केटालाई उसले मुखभरिको गाली गरेर च्याट गर्नुपथ्र्यो तर गरेकी थिईन । यही सोँच्यो दिकेशले । तत्काल फेसबुक लगआउट ग¥यो र आफ्नो फेसबुक खोल्यो । प्रकृति अनलाईनमा थिइन । फोन ग¥यो र अनलाईनमा आउ भन्यो । उ आई । अनि शुरु भयो दिकेशको रडाको । तथानाम गाली ग¥यो । 

उसको चरित्र ठीक नभएको आशंका ग¥यो । प्रकृतिले कुरा बुझाउने प्रयास गरि । अझै प्रयास गरि । गरिरही । तर उ कसैको केही सुन्नेवाला थिएन । किनकी आफुले जे देखेको थियो, त्यहीबाट एकखाले विचार बनाइसकेको थियो सायद । हरेक केटी मान्छे त्यतिबेला सहनै नसक्ने गरि मन दुखाउँछन्, जतिबेला कोही उनीहरुको चरित्र माथी निर्धक्कसँग आरोप लगाउँछ । तर यो कुरा उसले सोँच्दै सोँचेन । बरु लगातार यस्तै यस्तै आरोप लगाईरह्यो मात्रै ।    

उसले टाईप गरेको आरोपको पछिल्लो वाक्य सेन्ड भएन । कति प्रयास ग¥यो, अहँ भएन । अनि प्रकृतिको प्रोफाईल हेर्न क्लिक ग¥यो । तब पो झसङ्ग भयो, उसलाई प्रकृतिले ब्लक गरिसकेकी थिई । मोबाईलमा डायल ग¥यो, त्यसमा पनि दिकेशको नम्बर ब्ल्याक लिस्टमा राखिसकेकी रहिछे । तत्काल आफ्नो फेसबुक लग आउट गरेर प्रकृतिको खोल्न खोज्यो । तर अहँ, अघिको पासवर्डले त्यो खुलेन । फेरी पनि ट्राई ग¥यो तर पासवर्ड मिलेन मात्रै भन्यो फेसबुकले । 

पासवर्ड चेन्ज गरिसकेकी थिई प्रकृतिले । सँगै आफुबाट भएको भुल पनि सच्याईसकेकी थिई । दिकेशको भित्ताको घडी अहिले पनि १० मिनेट छिटै थियो । तर छिटो हुने दौडमा दिकेश भने निकै पछाडी धकेलियो । काठमाण्डौंमा चल्ने नेपाल यातायातको यात्रु, यात्रुकै चापले लास्ट सिटमा धकेलिए जस्तै । 

२०७३ श्रावण २२

लेखक महावीर विश्वकर्मा

आफ्नो फोटो टाँसेका धेरै परिचय पत्रहरु फटाइसकेका दलजीत श्रीपालीको नाममा भर्खरै फेरी अर्को परिचय पनि थपिएको छ, युवा तथा खेलकुद मन्त्री । र काठमाडौंबाट निक्कै परको रुकुम जिल्लाको एउटा कुनामा जन्मिएका ‘कान्छा’ यतिबेला ‘मन्त्रीज्यू’ भएका छन् ।
युवा तथा खेलकुद मन्त्रीको सपथ ग्रहण गर्दै दलजीत श्रीपाली ।
युवा तथा खेलकुद मन्त्रीमा यिनको नाम दर्ज भएसँगै यिनको मोबाइलले फुर्सद पाएको छैन । फोन र म्यासेजको भारी दलजीतसम्म ल्याइपुर्याउन निकै दौडधुप गरिरहेको छ त्यसले । 
यो त्यही मोबाइल हो, जुन केही महिना अघि एकाएक निकै फुर्सदिलो बनेको थियो । जतिबेला दलजीत श्रीमतीको किड्नी ट्रान्सप्लान्टका लागि टिचिङ्ग हस्पिटलमा थिए, र ऋण खोजेको पैसा पनि सबै सकिइसकेको थियो ।
सांसद दलजीतबाट विभिन्न काम गराउन फोन गर्नेहरु त्यतिबेला दलजीतले गरेको फोन पनि उठाउँदैनथे । ती दिनहरुमा हस्पिटलमै पुगेको एक साँझ उनले बडो मन दुखाउँदै भनेका थिए, “दलजीतले ऋण माग्छ भनेरै फोन नउठाको त होला नि ।” उनको कुरा सुनेर मन भारी भएथ्यो । बोल्ने शब्दै निख्रिएको महसुस भएर चुप बसेको थिएँ म ।
मन्त्रीको सपथ ग्रहण गरेको रात दलजीतको आँखाभरि पुराना दिनहरु तँ छाड मँ छाड गर्दै आईरहे । अबेरसम्म के—के सोँचेर बसिरहेका थिए उनी । कुनै चलचित्रको पात्र ‘फ्ल्यास ब्याक’मा गएको दृश्य जस्तै भयो त्यो रात । खुबै नोस्टाल्जिक बने ।

दलित भएकैले गाउँमा बुवा, आमा, दाई, दिदीहरुले गैरदलितहरुबाट अन्याय खेप्नु परेको सम्झिए । उनीहरुले साहुकोमा काम गरेपनि ज्याला नपाएको सम्झिए । अनि सम्झिए, बेलाबखत गाउँका चेलीबेटीहरुको ईज्जत लुटिएको भन्ने हल्लाहरु । अहिले सम्झिँदा पो झसङ्ग हुन्छन्, ईज्जत लुटिनुको अर्थ त बलात्कार हुनु पो रहेछ । 
त्यतिबेला न्याय खोज्न जाने हैसियत कहाँ थियो र त्यहाँका दलितहरुको, गरीबहरुको । प्रहरी प्रशासन सबै ती नै ठुलाबडाको हैकममा थियो, जसले अन्याय गरिरहन्थे ।
दलजीत वि.सं. २०२८ साल असोज २७ गते जन्मिएका हुन्, रुकुमको महत ५, गुनाममा । गणेश वि.क. र सुकैदेवी वि.क.को कान्छो छोरा भएर । दाईहरु जस्तै साहुकोमा गोठालो बस्नु परेको भए आजको मन्त्री गुनाम मै गुमनाम हुने थियो सायद । तर बुवा आमाले एउटा छोरोलाई चाहीँ जसरी भएपनि पढाउने निधो गरेकैले उनी यहाँ आईपुगेका छन् ।
उनी सँधै प्रथम हुन्थे । कक्षा ५ पास गरेपछि बाँकी पढ्न अलि परको विद्यालयमा गए । विद्यालयमा शिक्षकले सबै जात समान हुन्छ भनेर पढाउँथे । तर गाउँमा त्यस्तो हुन्थेन् । गाउँको अन्याय देखिरहेको उनी कक्षा ७ पढ्दै गर्दा त्यतिबेलाको मोटो मशालको विद्यार्थी संगठनमा आबद्ध भए ।
संयोग कस्तो भने दलजीतलाई कोर्सको किताब पढाउँदा पढाउँदै समाजको थिचोमिचो विरुद्धमा लाग्न घच्घच्याएका शिक्षक पनि अहिले एउटै मन्त्री मण्डलमा छन् । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा । महरा किताब त पढाउँथे नै, सँगै समाजमा भईरहेका अन्यायको बारेमा पनि खुसुक्क भनिदिन्थे ।
दलजीतले एस एल सि पास गरेपछि गाउँकै विद्यालयमा दरबन्दी शिक्षकको हैसियतमा पढाउन थाले । त्यतिबेलै हो विवाह गरेको पनि, सुनकारी वि.क.सँग । त्यतिबेला विद्यालयमा यस्ता शिक्षकहरु पनि थिए जसले एउटा दलित केटो आफ्नै विद्यालयमा मास्टर भएको स्वीकार्न सकेनन् । प्रधानाध्यापक नै उनको विरुद्धमा लागे ।
उनको कसुर केही हुन्थेन् र पनि सार्वजनिक ठाउँमा अमपानजनक व्यवहार खेप्नुपथ्र्यो । राती आएर घरमा ढुङ्गा हानेर सताउँथे । “दलजीत चोर, गाउँ छोड” भन्दै नाराबाजी गर्थे । कति रात त उनी घरदेखी पर गएर खेतका कान्लाहरुमा सुते । रुखका फेदहरुमा सुते । राती केही गर्ने हुन् की भनेर परिवारले उनलाई अन्तै गएर सुत्नु भन्थे ।
अन्ततः उनले पढाउन छोडे । सताउन पनि छोडियो । सायद हाई सञ्चो भयो सताउनेहरुलाई । लाग्यो होला, अब चाहीँ दाईहरु जस्तै यो पनि अरुकोमा गोठालो बस्छ । तर दलजीत पछाडी हटेनन् । 
पहिले गरिबीकै कारण पढ्न नसकेका उनीलाई जसरी पनि पढाउने भनेर आमा, श्रीमती, दाईहरुले अठोट गरे । अनि मुसिकोट क्याम्पसमा भर्ना भए । मुसिकोट मै बसेर पढ्थे । घरबाट झोलामा हालेर पिठो लगेका हुन्थे, गुन्द्रुक लगेका हुन्थे ।
उनी पढाई सँगै संगठनको काममा पनि सक्रिय भए । कक्षा १२ को परीक्षा दिएर बस्दा पार्टीले (तत्कालीन नेकपा माओवादी) जनयुद्ध शुरु गर्ने निर्णय ग¥यो उनी पनि सामेल भए । 
जनयुद्धमा लाग्न घर छोड्ने दिनको दृश्य निकै कारुणिक थियो । उनी अघिल्लो दिन नै आवश्यक कपडाहरु हालेर तयार गरिएको झोला भिरेर आँगनमा उभिएका थिए । आमा र बुवा पिँढीमा थिए ।
जनयुद्धको बेला 
श्रीमती मलिन अनुहारमा अब यो बच्चा कसरी पाल्ने ? भनेर सोध्दै थिइन् । उनीसँग त्यो प्रश्नको जवाफ थिएन । सानी छोरीले दलजीतको खुट्टामा समातेर बसेकी थिइन् । आमा अघि सर्दै अबिर लगाईदिइन् । भनिन्, एउटा छोरो युद्धकै लागि भयो, आँट गरेर अगाडी बढ् । बुवाले पनि ‘ल राम्ररी जा’ भनेर बिदा गरे । 
उनी आँगनबाट हिँडे । अलि पर पुगेर यसो फर्कि हेरेको, बुवा पनि एकातिर फर्किएर रोइरहेका रहेछन् । मुटुमा गाँठो पारेर अघि बढे उनी ।
अब उनको दैनिकी फेरियो । हतियारसँगको यात्रा शुरु भयो । यो यात्रा त्यति सहज कहाँ थियो र । पाईला पाईलामा मृत्युको सम्भावना बोकेर हिँडेका थिए उनी ।
एकदिन उनी गाउँकै सेल्टरमा पुगेका थिए । बम हेर्न खोज्दा हातबाट फुस्किएर अगेनामा पर्‍यो । तत्कालै बडेमाको आवाज निकालेर पड्कियो । उनी बेहोस् भएर ढले । शरीरैभरि आगै आगो भयो । सँगैको साथी दौडिएर अरुलाई दलजीतको मृत्युको खबर सुनाउन गए ।
उनकी श्रीमतीलाई गएर भने, भाउजु प्रशान्त (भूमिगत नाम) दाईको मृत्यु भयो । श्रीमती हत्तपत्त घाँस काट्न छोडेर धुँवै धुँवा भएको छाप्रोमा पुगिन्। छेउमै रहेको डुँडमा फोहोर पानी थियो । 
त्यही पानी दलजीतको जीउमा खन्याएर आगो निभाइन् । सबैलाई लाग्यो दलजीत मरे । तर निक्कै बेरपछि उनको होश आयो ।
त्यतिबेला त उनी बाँचे । तर त्यो जीवन कहिलेसम्मको लागि हो भन्ने चाहीँ कसैलाई थाहै थिएन । जुनसुकै बेला जे पनि हुन सक्थ्यो ।
२०६० साल मंसिर महिनाको कुरा हो, कैलालीको बन वर्षामा उनी सुरक्षा फौजको घेरामा परे । चातैतिरबाट गोली बर्सियो । सँगै रहेका साथी काशीराम चौधरी (सयपत्री) गोली लागेर ढले, तत्कालै उनको प्राण पखेरु उड्यो । दलजीत भागेर केराको गाँज नेर पुगे र बाहिरी कपडा फुकालेर गन्जी र कट्टु मात्रै लगाएर अर्कै बाटो निस्किए ।
सुरक्षा फौजले सर्वसाधारण भन्ने ठानेर केही गरेन । अलि पर पुगेपछि उनी लामो फड्को हानेर उखु बारीमा हाम फाले । अनि पो सुरक्षाकर्मीहरुले चाल पाए, उनी माओवादी लडाकु रहेछन् भन्ने ।
त्यसपछि उखुबारीलाई केन्द्र बनाएर चारैतिरबाट गोली बर्सियो । कसो कसो उनी लम्पसार परेर कुहिनाले टेकेर अगाडी बढ्दै त्यहाँबाट निस्किएर भागे । त्यति नै बेला एउटा गोली उनको दाहिने खुट्टाको कुर्कुच्चा माथी लाग्यो । उनी रन्थनिँदै एउटा घरमा पुगे । आँगनमा ढले ।
अन्न निफन्दै गरेकी बुढी आमैले उनी माथी पराल, सुँगुरको दिसाहरु, घाँस थोपरेर लुकाए । सुरक्षाकर्मी त्यहीँ आएर सोध्दा आमैले भनिन्, यही बाटो बाट दौडिँदै गएको छ । उनीहरु त्यही बाटो पछ्याउँदै गए । १ घण्टा पछि दलजीतको होस् आयो ।
नजिकै भिडन्तमा केही साथीहरु मारिएका रहेछन् । रेडियोमा प्रसारण भएको समाचारमा उनी पनि मारिएको भनेर बज्यो । त्यतिबेला उनकी श्रीमती पनि जनसेना भइसकेकी थिइन् । बेलुकी मृतक साथीहरुको श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । उनकी श्रीमती पनि त्यहीँ आएकी थिइन् ।
जनयुद्धकै समयमा एकदिन श्रीमती सुनकुमारी वि.क.सँग कुरा गरेर बस्दै
त्यतिबेला टुकीको उज्यालोमा जब उनले दलजीतलाई जिउँदै देखिन् अनि त हुत्तिएर आएर गमलङ्ग अँगालो हालेर रोईन् । निकैबेर रोइरहिन् । यस्तो धेरै पटक भयो, उनको मृत्युको समाचार रेडियोमा बज्थ्यो, समाचार उनी आफै सुनिरहेका हुन्थे ।
दलजीतकी श्रीमती सुनकुमारी सुत्केरी भएको २ दिन मात्र हुँदाको एउटा स्मृति । उनी घरमै थिईन । पार्टीको गाउँ कमिटिका केही मान्छेहरु आएर कमरेड प्रशान्त सहिद हुनुभयो भनेर सुनाए । अनि सुत्केरी अवस्थामा रहेकी उनलाई सहिद पत्नी घोषणा गरेर सम्मान पनि गरे ।
तर केही दिनपछि एउटा पत्र आयो उनै दलजीतले पठाएको, म सञ्चै छु भन्ने खबरसहितको पत्र । जनमुक्ति सेनाको डिभिजन सह कमाण्डरसम्म भएका दलजीतलाई लिन आएको काल खै के सोँचेर हो, पटक पटक फर्किएर गयो ।
छोरा माओवादीको सशस्त्र युद्धमा हिँडेकै कारण उनको बुवा आमाले सेना, प्रहरीको कुटाई खाए । कुटाईबाट थला परे । ज्यान गुमाए । दलजीत त्यो दिन सम्झिँदा आज पनि आँखा भरि आँशु पार्छन, जुन दिन पर खोला छेउमा उनको बुवाको चित्ता जलिरहेको थियो, र दलजीत जङ्गलबाट दुरबिनले त्यो दृश्य हेरिरहेका थिए । 
मन त थियो, बुवाको चित्ता छेउमै बसेर बेस्सरी रोउँ, बुवा जीवित् छँदाको सबै सबै कुराहरु सम्झिएर आँशु झारी रहुँ । तर सुरक्षा चुनौतीकै कारण यो सबै सम्भव भएन । अनि जङ्गलबाटै दुरबिनले त्यो दृश्य हेरिरहे ।
अघिल्लो लाइनको बीचमा दलजीत श्रीपाली ।

किड्नी ट्रान्सप्लान्टको लागि श्रीमतीलाई अस्पतालमै राखेको बेला एक दिन उनको कोठामा नै पुगेको थिएँ म, 'एन्टेना फाउण्डेशन नेपाल'को रेडियो कार्यक्रम ‘मैले जे भोगेँ’का लागि उनीसँग कुरा गर्न । मलाई उनको भोगाई सुन्नु थियो । त्यो सुनाए । 
सँगै फुकाए मनको बह, सकि नसकी बोकेको भारी चौतारीमा फ्यात्तै बिसाए झैँ गरि । भने, “राजनीतिमा विचार मुख्य कुरा हो । तर त्यो विचार बोक्ने भौतिक शरीरलाई टिकाउने कुरा पनि उतिकै मुख्य हो । यसका लागि पनि पैसा चाहिँदो रहेछ ।”
युद्ध भूमिमा कहिल्यै नथाकेको कमाण्डर यतिबेला मेरो अघिल्तिर पटक पटक पिडा सुनाउँदै थिए । सायद कठिन थियो, जीवन बाँच्ने युद्ध । मलाई मनमा चिसो पस्यो, पैसाको अभाव पूर्ति गर्नकै लागि कतै नैतिकता नै बन्धकी राख्ने सोँचमा त पुग्दैनन् यिनी ? तर विगतमा आर्थिक, साँस्कृतिक लगायतका सबै परीक्षामा निश्कलंक उत्तीर्ण भएका दलजीत त्यति कमजोर कहाँ थिए र ।
उनले तत्कालै थपे, “अब पैसा पनि कमाउनुपर्छ भन्ने लागेको छ । राजनीति गर्नेहरुले वैकल्पिक पेशा गर्नुपर्ने रै छ । म पनि अब कुनै वैकल्पिक पेशा अपनाउँदै राजनीतिमा लाग्छु । तर म चोर बाटो बाट पैसा कमाउन लाग्ने मान्छे हैन । मेरो ईमान्दारितामा अहिलेसम्म कुनै दाग लागेको छैन, अब पनि लाग्न दिन्नँ ।”
श्रीमती र छोरीहरुसँग
जीन्दगी संघर्ष हो, सबै यसै भन्छन् । पाईलापाईलामा जोखिम मोलिरहेका हुन्छौँ हामी । त्यसैले जीन्दगी संघर्ष नै हो रे । तर उनको जीवन भोगाई सुनेपछि यस्तो लाग्यो की जीन्दगी संघर्ष मात्रै होईन बरु यो त संघर्षहरुको पहाड नै हो, जति छिचोल्यो उति थपिन्छ ।
उनी त्यही दलजीत हुन्, जसको टाउकोको मुल्य १० लाख तोकेर तत्कालीन सरकारले जताततै पर्चा टाँसेको थियो । अनि उनी त्यही दलजीत हुन्, जो बमका ७ वटा छर्रा अझैपनि शरीरभित्रै राखेर हिँडिरहेछन् । 
त्यो निकाल्न नेपालमा सम्भव पनि छैन भन्छन् । “उसो भए विदेशमा गएर भए नि निकाल्नुपर्यो नि त !” भन्दा उनी हाँस्दै भन्छन्, “जनयुद्ध लडेको मान्छे, यी छर्राहरु त गहना भए मेरा ।”

दलजीत यही गहना साथमा राखेर एउटा परीक्षामा उत्रिएका छन् यतिबेला । यो परीक्षा केही जटिल भने छ । सँधै सँधै जस्तै यो परीक्षामा पनि उनी उत्तीर्ण भए भने त्यतिबेला बधाई दिउँला भन्ने सोँचिरहेछु म । र सम्झिरहेछु जनवादी गायक जीवन शर्माको शब्द र स्वरमा गुञ्जीरहने एउटा गीत:

जाल थापी हिँड्ने जालहारीको पासोमा कतै नपस्नु है 
दुष्टले तिमीलाई झुक्याई देला बल्छीमा कतै नफस्नु है
सागर भेट्न जाँदैछ नदी सँगै—सँगै जाउ । 
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ । । 
पहराले छेके पनि, पहिरोले रोके पनि…..
बीचमा कतै नहराउ..

(See more at: http://diyopost.com/news/2016/08/05/7407.html#sthash.GtsWfQ1S.GYM4D6bs.dpuf)

कथा जस्तै खेलकुद मन्त्रीको विगत : आफ्नै मृत्युको खबर पटक–पटक रेडियोमा सुन्थे

मुक्तक

न रावणको बनायौ, न रामको बनायौ । 
जीन्दगी एकदमै छलछामको बनायौ । । 
जसो जसो भन्यौ, उसै गरिरहेँ
म सोझो मान्छेलाई, बेकामको बनायौ । । ।

आँखाहरु आँशुको कुवा जस्तो । 
र देखेको सपना बालुवा जस्तो । ।
केही छुटेपछि, कोही छुटेपछि

भएको छ जीन्दगी बटुवा जस्तो । । । 

कोही आए जस्तो, कोही गए जस्तो । 
मनमा भएको छ प्रलय जस्तो । । 
जब तिमी गयौ, अनि यस्तो लाग्यो

सबै भएर पनि कोही नभए जस्तो । । । 

यी मान्छेहरुको ताल देखेर । 
अनि दिक्क लाग्छ सवाल देखेर । । 
केही त अड्कल गरेपनि त हुन्छ
मेरो आँखामा आँशुको आहाल देखेर । । ।

अनि त्यहीँबाट बाटो मोडिएको हो । 
केही पाईएको हो, केही छोडिएको हो । । 
मनभरिको थकाई बिसाएपछि त्यतै
तिमीसँगको नाता यसरी जोडिएको हो । । । 

हिँड्दै थिएँ एक्लै एक्लै, बाटो औधी अत्यास लाग्थ्यो । 
कहिले दिक्क लाग्थ्यो अनि कहिले निकै प्यास लाग्थ्यो । । 
अघि पुग्न हिँड्नैपथ्र्यो, र त एकनास हिँडिरहन्थेँ 
यस्तै होला जीवन भन्थेँ, त्यही बाँच्ने अभ्यास लाग्थ्यो । । । 

अब केही तिम्रो सुनाउ, के पो गर्दै थियौ प्रिया ?
लेक चढ्दै थियौ कि त, बेसी झर्दै थियौ प्रिया ? 
निकै वर गोरेटोमा म त बराल्लिँदै थिएँ
वारी आईसक्याथ्यौ की, जङ्घार तर्दै थियौ प्रिया ? 

छिल्लिन्छ यो मन, चकचक गरिरहन्छ । 
केही सही अनि केही गलत गरिरहन्छ । । 
यो साउन हुन्जेल, यो झरी परुन्जेल
सायद बदमासी जस्तो, लगभग गरिरहन्छ । । ।

झरी उस्तो हो की, तिम्रो तन उस्तो हो । 
लाग्न त लाग्छ मलाई, बदन उस्तो हो । । 
नहेरुँ भन्छु एकनास, नसोँचु भन्छु यस्तो
यो आँखा उस्तो हो की मन उस्तो हो । । । 

तिमी रुझ्दा चुपचाप बस्ने ज्ञानी बन्न पाए हुन्थ्यो । 
या त आफै रुझाईदिने खानी बन्न पाए हुन्थ्यो । । 
कहाँ बग्ने, कहाँ सुक्ने नियम लाग्छ मान्छेलाई त
नियम मिचि बर्षिदिने पानी बन्न पाए हुन्थ्यो । । । 

यी मान्छेहरु पनि ताल तालका कुरा गर्छन । 
न तथ्य न तर्क, के खालका कुरा गर्छन । । 
भन्छन् — एक्लो त सतीसाल मात्रै हुन्छ 
नपत्याउँदो गरि पनि बबालका कुरा गर्छन । । ।  

हिँड्दा हिँड्दैको बाटो हराए जस्तो लाग्छ । 
टाढा बसेर कोही यतै कराए जस्तो लाग्छ । । 
हिँड्न त हिँडेकै हुँ, एक्लै एक्लै यहाँसम्म 
अब भने किन यो मन डराए जस्तो लाग्छ । । । 

जीवनबीच कतै वाचा कबुल भएर पो त ।  
के गर्ने के नगर्ने, ढुलमुल भएर पो त । । 
त्यसो त यसै कहाँ एक्लो भएको हो र 
बोकी हिँडेको केही विचार फजुल भएर पो त । । । 

कहाँ पुग्यो होला मलाई छोडेर गाको मान्छे । 
हुँदाखाँदाको एउटा नाता तोडेर गाको मान्छे । । 
किन सम्झनामा आउँछ, अनि सपनामा आउँछ
वर्षौैंँ पहिले पाईला अन्तै मोडेर गाको मान्छे । । ।  

यो प्रेम, यो जीवन होला नहोला । 
म हुँला तर मन होला नहोला । । 
टाढा...धेरै टाढा..पुग्नेछु म पक्कै 
यो सँधैको गन्थन होला नहोला । । । 

केही धोका थियो, केही घात थियो । 
उता झकिझकाउ, यता बर्बाद थियो । । 
तिमी खुशी थियौ, सबै खुशी थिए
मात्र म थिइनँ, बाकी ठीकठाक थियो । । । 

धक लागे जस्तो भाछ डर लागे जस्तो भाछ । 
फेरी तिमी तिरै आउने रहर लागे जस्तो भाछ । । 
यस्तो यता मात्रै हो कि, उता पनि हुन्छ 
हिक्क बाडुल्की जस्तै, भर्खर लागे जस्तो भाछ । । ।

अहिले नजिकका हामी, भोली टाढिनु छँदैछ । 
हिँड्दा हिँड्दैको बाटोबाट, कतै छाडिनु छँदैछ । । 
तिमी अर्कैकी हुन्छ्यौ, म अर्कैको हुन्छु 
सम्झेर आजको दिन फेरी आत्तिनु छँदैछ । । । 

गाउँ सोधेर बसुँला, तिम्रो शहर सोधेर बसुँला । 
अझै चिनेजानेका आए, घर सोधेर बसुँला । । 
आएनछन् भने कोही, या भेटिनछु भने मैले 
बतासलाई पनि तिम्रो, खबर सोधेर बसुँला । 

यात्रा उही, पुग्नु उहीँ, बाटो भिन्दै कसोगरि ?  
घाउ पनि उस्तै तर खाटो भिन्दै कसोगरि ?
सम्झिएको जस्तो छैन, बिर्सिएको पनि हैन 
फेरी हामी बस्ने मनको, पाटो भिन्दै कसोगरि ? 

बीचैमा कतै छुटेको साइनोको कुरा गर्नुछ । 
पछि अन्तै जुटेको साइनोको कुरा गर्नुछ । । 
थाहा छ सबै व्यर्थ, व्यर्थै हो सम्झनु पनि 
र पनि उहिल्यै टुटेको साइनोको कुरा गर्नुछ । । । 

भित्री मनमा दुखेपछि मान्छे एक्लै हुन्छ । 
अनि आँशु सुकेपछि मान्छे एक्लै हुन्छ । । 
फकाउन भनिदेलान्, सँगै बाँच्छु, मर्छु पनि 
उता रहर पुगेपछि, मान्छे एक्लै हुन्छ । । । 

सम्झनाले सँधै सँधै डसिरहने रै छ । 
अनि तलतलमा मन फसिरहने रै छ । । 
दिलमा पनि लाग्छ चोट, मनमा पनि लाग्छ 
तर मनमा लाग्ने चाहीँ बसिरहने रै छ । । । 

उही मान्छे बिनासित्ति प्रिय लाग्छ सँधैभरि । 
याद गर्न सिकिसिकि प्रिय लाग्छ सँधैभरि । । 
भेटिएको एउटा मान्छे, छुटिएको धेरै भयो 
तर किन यतिविधि प्रिय लाग्छ सँधैभरि । । । 

यो मायाको गणित यस्तै हुँदो रै छ । 
के ठीक के बेठीक यस्तै हुँदो रै छ । । 
प्रेम दर्तै हुन्न, झन्झट हटि गयो  
न गाविस न सचिव यस्तै हुँदो रै छ । । । 

खुशी खरिद बिक्रि हुने त्यस्तो कुनै दोकान छैन ।
भए पनि यतिबेला दोकान भित्र सामान छैन । । 
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कसले देखेको छ
कहाँ पुगी मरिने हो, जीन्दगीको ठेगान छैन । । । 

चिठी पत्रको कुरा उत्तानो भइसकेछ । 
ती हुलाकी दाई, त्यो हुलाक बिरानो भइसकेछ । । 
हामीले बाँचेको जुग त कहाँ बाँकी रह्यो र 
मोबाइल भित्रिएसँगै सँसार सानो भइसकेछ । । । 

केही सुन्नु छ तपाईँको, केही सुनाउनु पनि छ । 
एकैछिनमा धे....रै माया लगाउनु पनि छ । । 
के छ र जीन्दगी, बाँचुञ्जेल न हो 
बहकिनु छ, सँगै बहकाउनु पनि छ । । । 

प्रेम गर्ने त्यो मन बदलिन्छ कसरी होला । 
त्यति धेरै माया पनि सकिन्छ कसरी होला । । 
यस्ता धेरै प्रश्न आउँछन् र हराउँछन् पनि
छुटेको मान्छे चाहीँ फेरी, बल्झिन्छ कसरी होला । । । 

हैन यी केटाकेटी किन यस्तो गर्छन ? 
शिखर चढ्छन् अनि फेरी झट्टै फेदी झर्छन । । 
नदिए त आफु बीचमा प्रेम नभए झैँ गरि
फेसबुकको पासवर्ड माग्न लम्पसार नै पर्छन । । । 

पासवर्ड लिन सक्छन्, पासवर्ड दिन सक्छन् । 
यसैलाई साँचो माया सम्झिन सक्छन् । । 
सम्बन्ध त सानो धागोले जोडिएको हुन्छ साथी
क्षणमै चुँडिन सक्छन, पलमै फुत्किन सक्छन । । । 

साँच्चै जीवन अर्कै हुन्थ्यो, तिमी आएदेखी । 
खुशीको त लर्कै हुन्थ्यो, तिमी आएदेखी । । 
उराठ भएँ, उजाड भएँ, यस्तै लाग्न थाल्यो
र त मनमा हर्कै हुन्थ्यो, तिमी आएदेखी । । । 

यो साउनले वर्षेनि झरी लिएर आउँछ । 
अनि सम्झना अनेकौँ मनभरि लिएर आउँछ । । 
न कहिल्यै आउँछ एक्लै, न जान्छ नरुझाई
केही यादहरु साथमा यसैगरि लिएर आउँछ । । । 

के के गर्न खोज्छ यो मन, के के बन्न खोज्छ । 
चुपचाप बस्न खोज्छ कहिले, सबै भन्न खोज्छ । । 
रुझेकालाई परैबाट हेरे मात्रै हुन्थ्यो 
केशबाट खस्ने पानी थोपा गन्न खोज्छ । । । 

गल्छीहरु हुँदै कति मोडहरु हुँदै । 
अघि बढिरह्यो जीवन जोडहरु हुँदै । । 
वाधा अनेक पन्छाउँदै सँगै हिँडिएछ  
केही मिलन अनि केही विछोडहरु हुँदै । । । 

व्यक्ति फरक भएसँगै, फरक आफ्नोपन हुन्छ । 
आफ्नो जीन्दगीको फेरी आफ्नै भोग चलन हुन्छ । । 
मौका मिल्नु नमिल्नु त फरक कुरा हो नि साथी 
तर हरेकसँग एउटा बहकिने मन हुन्छ । । । 

यो मन, यी आँखा गलिरहन्छन् भन्छन् । 
जब मनकै मान्छेले पनि छलिरहन्छ भन्छन् । 
बाटामा भेटिने कतिपय बाटैमा छुटिन्छन्
र पनि जीन्दगी त चलिरहन्छ भन्छन् । । । 

Monday, August 1, 2016

श्रृंखला 215 : वहकिने मन Bahakine Man (2073-04-17) : Download

बहकिने मन BAHAKINE MAN -215 Thaha Sanchar Network Presents
DATE : (01-08-2016/2073-04-17)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com
Listen and Download (Right and Save as)
                      Download : Click Here to Download
Listen at YouTube

Tuesday, July 26, 2016

श्रृंखला 214 : वहकिने मन Bahakine Man (2073-04-10) : Download

बहकिने मन BAHAKINE MAN -214 
Thaha Sanchar Network Presents
DATE : (25-07-2016/2073-04-10)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/
Listen and Download (Right and Save as)
                       Download : Click Here to Download

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget