Tuesday, August 29, 2017

मुक्तक

म हुन्छु हुन्न भोली, याद बेरेर बाँच्नु ।
बाँच्नुको अर्थ हुन्छ, धोको फेरेर बाँच्नु । ।
दुनियाँदेखी नै अचेल, विरक्त लाग्दैछ मलाई
मैले हेर्न बाँकी, सँसार हेरेर बाँच्नु । । ।

मुक्तक

एउटा यस्तो मान्छे होस्, जस्ले मलाई आफ्नो ठानोस् । 
नभनेर लुकाएका मनका कुरा आफै जानोस् । ।
कहाँ छु म, के गर्दैछु सबै सोधिरहोस् मलाई
छिनछिनमा म्यासेज गरोस्, छिनछिनमा मिसकल हानोस् । । ।

मुक्तक

रुँदारुँदै खुशी मिले, हाँस्नुको पनि मज्जा ।
केही तनाव सँधै भए, बाँच्नुको पनि मज्जा । ।
भिर पाखामा फूलिदिने फूल जस्तै भए जीवन
चिथोरिँदै काँडाहरु भाँच्नुको पनि मज्जा । । ।

Tuesday, August 22, 2017

मुक्तक

जीन्दगीले आजसम्म हार्न छोडेको छैन ।
आँखाहरुले नि आँशु झार्न छोडेको छैन ।
म भाग्दा-भाग्दै कहाँबाट, कहाँ आइपुगेँ
अझै तिम्रा यादहरुले लघार्न छोडेको छैन ।

Sunday, August 6, 2017

मुक्तक

शुरुमा त 'प्रिय फूलको' थुङ्गो भनी मलाई ।
खै के सोँची पछि, 'छैन टुङ्गो' भनी मलाई ।
बिचरीलाई जीन्दगीले मौका दिएकैथ्यो
'मणी' चिन्न सकिनँ र 'ढुङ्गो' भनी मलाई ।

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget