Showing posts with label Guest Muktak. Show all posts
Showing posts with label Guest Muktak. Show all posts

Tuesday, July 16, 2013

मोहन बिहानीका ६ मुक्तकहरु

मोहन बिहानी
मुक्तक
****************
तिमी उता मस्किए पछी ढले
ब्यथा झन् चस्किए पछी ढले
शेयर बजार झै तिम्रो माया
अझ बढि खस्किए पछी ढले ।
२०७०-०३-२४ सोमबार

मुक्तक
************
जानेर हो या हो तिम्रो नादानी /
छरपस्ट पर्यौ तिमीले जवानी //
मातेको किन बैंशको उन्मादमा /
कागजी फुल भयो जिन्दगानी //

2070-04-01
********************* 

मुक्तक
*****************
यो कस्तो भोक अघाउन सकिएन/
आशको किरण जगाउन सकिएन//
दु:खी यो जीवन दु:खमै बित्यो,
सपनाको संसार सजाउन सकिएन//

२०७०-०३-२० बिहिबार १.१५बजे

**************************
  मुक्तक

पहिले चलेको ब्यापार देखायो /
शहरको राम्रो घरबार देखायो //
लुटेर सर्वस्व रित्यो बनाई ,
आखिरमा उस्ले तरबार देखायो//

 २०७०-०३-१७
*************************

मुक्तक
*****************
बर्षौ पछीको आज त्यो झरी याद आयो।
सङ्गै रुझेको पल घरी घरी याद आयो।।
तप्प तप्प थोपाले निथ्रुक्क भिजेको बदनमा,
कसेको त्यो अङ्गालो सधै भरी याद आयो।।

मुक्तक
**************************
लेखाईमा अलिकति दम हुनु पर्छ,
सकेसम्म उसृङ्खलता कम हुनु पर्छ।
यस्तो लेख तारिफ सबैको पाउन,
प्रत्येक शब्द शब्दमा बम हुनुपर्छ।
Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
 


Sunday, July 14, 2013

राम शरण श्रेष्ठका ५ मुक्तकहरु (30-03-2070)

1.मुक्तक 
कोहि कोहि यादमा आइरहन्छ ।।
झन मुटुको माझमा आइरहन्छ ।।
अति दुर दुर भएर पनि झन झन
आभाष मन्द बतासमा आइरहन्छ ।। 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

2.मुक्तक
बहकिन्छ यो मन के गरुँ म ।।
मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा 
बढिरहेको पागल पन के गरुँ म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

3.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।। 
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन 
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

4.मुक्तक
तिम्ले मायाँ गर्ने कुरा सावित हुन बाँकिनैछ ।।
यता भने तिमी प्रति प्रित हुन बाँकिनैछ ।।
हामी दुई असल साथी, त्यो भन्दा माथी गई
मुटु सँग मुटु विच मित हुन बाँकिनैछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

5.मुक्तक
मलाई अब छैन मतलब कसैको ।।
भएपछि अब उनि सब कसैको ।।
शुभकामना प्रार्थना मेरो तर्फबाट
सधै होस् जिन्दगी गजब कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Source :www.chisapaninepal.blogspot.com

Friday, May 24, 2013

राम शरण श्रेष्ठका ५ मुक्तकहरू

1.मुक्तक 
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।
मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।

राम शरण श्रेष्ठ
चिसापानी रामेछाप


2. मुक्तक
जबसम्म आत्माहरु बुद्ध हुँदैन ।।
चाहेरनी कोहिपनि शुद्ध हुँदैन ।।
शान्तिनै गन्तब्य तोक्ने हो भने
कहिल्यै मार्ग अबरुद्ध हुँदैन ।।

राम शरण श्रेष्ठ
चिसापानी रामेछाप


3. मुक्तक

 

Thursday, May 23, 2013

तिम्रो यौवन को फुल

मोहन बिहानी

********** मुक्तक **************

तिम्रो यौवन को फुल फुले जस्तो देख्छु
,
हिजो भन्दा आज अझै खुले जस्तो देख्छु,


मनको ईच्छा मन भित्रै गुम्सी रह्यो सदा,

फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।


Copyright@--मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही 

Sunday, May 19, 2013

मुक्तक

बुढेसकालको भर पठाएको छ ।
उस्ले छोरो सहर पठाएको छ ।
.......................................
विरामी मरिसकेपछी सरकारले
गाउँतिर डाक्टर पठाएको छ ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

मुक्तक

उ गएको छ तस्विर दिएर ।
पिरतीको मिठो पिर दिएर ।

बनाइ दिएकोछ बेफुर्सदिलो
सम्झिरहने जागिर दिएर ।


-रामशरण श्रेष्ठ 

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget