Tuesday, July 30, 2013

खट्किएको कुरा

.....महावीर विश्वकर्मा

अचेल जो कोही प्रेममा छ, विपरीत लिङ्गीसँगको प्रेममा । यदि कोही अपवाद छ, अर्थात अहिलेसम्म प्रेम विषयबाट केही परै छ भनेपनि उ सँग पनि एउटा सपना चाहीँ छ, प्रेमको सपना, कोही आफ्नो भन्ने मनको मान्छे आफुसँगै भएको दिनको सपना । यो स्वभाविक पनि हो । हामीलाई बाँच्नका लागि हावा, पानी र खाना चाहिन्छ भनेजस्तै अर्को एउटा निक्कै नै महत्वपूर्ण कुरा पनि चाहिन्छ । त्यो हो – प्रेम । हो, बाँच्नका लागि प्रेम अपरिहार्य छ । खासमा धनसम्बन्धी अध्ययन गर्ने शास्त्र भनेर चिनिने अर्थशास्त्रले पनि मान्छेका अत्यावश्यक आवश्यकतामा प्रेम पनि पर्छ भनेको छ । हामीकहाँ त के भइदियो भने, प्रेम भन्ने विषय नै अवैध जस्तो भइदियो । गैरकानुनी जस्तो भइदियो । कसैले प्रेम सम्बन्धी कुरा ग¥यो भने समाजको नजरमा त्यो अल्लारे भयो, उरन्ठ्याउलो भयो । कस्तो समाजको विकास गरेछौँ हामीले, एउटा व्यक्तिले आफ्नो युवावस्थामा जति जनासँग प्रेम सम्बन्ध राखेको किन नहोस्, लगभग ३५ वर्ष पार गरिसकेपछि चाहीँ उस्ले प्रेम सम्बन्धी कुरा गर्नै नहुने रे । किनकी उ त अब व्यवहारिक भइसक्यो रे । अनि प्रेमसम्बन्धी कुरा गर्ने चाहीँ केटाकेटीले मात्रै हो रे । हाम्रो समाजले यही रुढ मान्यताको विकास जबरजस्ती गरेको छ ।

हामी सबैजना प्रेम भन्ने गज्जबको अनुभुतिसँग आफु पनि घुलमिल भयौँ तर जब त्यो प्रेम भन्ने चिज अरु व्यक्तिको विषयमा गाँसिएर आयो अनि हामीले त्यसलाई सहज ढङ्गले स्वीकार्न सक्दै सकेनौँ । हामी आफैले प्रेम गर्दा चाहीँ त्यतिबेला आफु त कुनै चलचित्रको नायक–नायिका हो जस्तो लाग्ने, तर जब आफ्नै वहिनी अथवा छोराछोरीले प्रेम गरेको चाल पाउँछौ अनि त्यो चाहीँ हामी सहनै नसक्ने । उनीहरुले गरेको प्रेम चाहीँ हाम्रो परिभाषामा प्रेम नै नहुने, त्यो त कुलघरानको इज्जत माटोमा मिलाउने काम हुने अनि परिवारको नाक काट्ने कुचेष्टा मात्रै हुने । कस्तो अचम्म । प्रेमलाई स्वीकार्नै नसक्ने कस्तो परिपाटीको विकास भइरहेको छ हामीमाझ । अनि कसरी विकास भइरहेको छ यो सँस्कृति ।

मलाई कहिलेकाहीँ यसो सोँच्दा बडो अचम्म लागेर आउँछ, हामीकहाँ धेरै रेडियो, टेलिभिजन र पत्रपत्रिका छन् । ती सबैको प्राथमिकतामा राजनीति पर्छ । रेडियो र टेलिभिजनहरुमा छिनछिनमै राजनीतिका चर्का चर्का वहसहरु हुन्छन् । तर प्रेम सम्बन्धी घटनाहरु, विचारहरु छलफलको विषय बन्दैन । प्रेमि अथवा प्रेमिकासँगको फोन वार्ता छोट्याएर कुनै नेतासँग राजनीतिक वहस गर्न स्टुडियोमा छिर्न हत्तारिने एउटा रेडियोकर्मी÷टेलिभिजनकर्मी आफुले महसुस गरिरहे जस्तै हरेक व्यक्तिले प्रेमको महसुस गरिरहेकै छन् भन्ने सोँचेर कुनै दिन प्रेम सम्बन्धी छलफल गर्न किन तयार हुँदैन ? के ले रोक्छ उसलाई ? यदि व्यवस्थापनले रोक्छ भने व्यवस्थापनलाई किन बुझाउन सक्दैन उ ? टेलिभिजनमा कुनै सेलिब्रेटीको प्रेम प्रसङ्गको कुरा गर्ने अथवा रेडियोमा लभ म्यासेजहरु पढ्ने कार्यक्रम त टन्नै होलान् । तर मैले भन्न खोजेको यति हल्का परिधिमा प्रेम विषयलाई सिमित राखिनु हुँदैन । गहन ढङ्गको वहस र छलफल गरिनुपर्छ, प्रेम सम्बन्धले निम्त्याउने अवस्थाहरुको बारेमा, प्रेममा आईपर्ने चुनौतीहरुको बारेमा । प्रत्येक घण्टाको समाचारमा राजनीतिक कुरो चाहीँ प्रमुख समाचार बनाएर जोडजोडले चिच्याउँदै पढ्न हुने, विहान बेलुकै राजनीतिक विषयमा निक्कै चर्काचर्की वहस गर्नुहुने तर प्रेमको विषयमा चाहीँ वौद्धिक र प्राज्ञिक वहस हुनै नहुने ? खै यतातिर ध्यान पुगेको । तपाईँ भन्नुहोला, “सबै नीतिहरुको माउ नीति नै राजनीति हो, देश चलाउने नै राजनीतिले भएपछि त्यो विषयलाई प्राथमिकता त दिनैप¥यो नि ।” तपाईँको यो विचारसँग मेरो पनि सहमति । मैले राजनीतिलाई प्राथमिकता दिनु हुँदैन भन्न खोजेको कहाँ हो र ! मैले त राजनीति गर्नेहरुलाई पनि निर्देशित गर्नसक्ने शक्ति अर्थात प्रेमलाई पनि वहसको विषय बनाउँ पो भन्न खोजेको त । हाम्रो मान्यता त के भइदियो भने, प्रेम सम्बन्धी छलफल गर्न चाहीँ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस नै आउनुपर्छ । नत्र वहसको विषय बन्दैन त्यो । त्यसो त त्यो दिनपनि वहसको विषय त कहाँ बन्छ र । भलै एकाध सञ्चारमाध्यमले ‘प्रेममा देखिएको विकृति’ भनेर यसो रिपोर्टसम्म बनाइ टोपल्लान् तर त्यति ठुलो वहसको विषय चाहीँ बन्दैन प्रेम । सबैले राजनीतिमा चासो नराखे पनि त्यो विषय चाहीँ पहिलो प्राथमिकतामा पर्छ सञ्चारमाध्यमको तर हामी पलपलमा जे सँग बाँधिएर बसेका छौँ त्यो विषय चाहीँ किन वहसको विषय बन्दैन होला । जीवनयापनको क्रममा कहिल्यै कामै नलाग्ने गणितका विभिन्न सुत्रहरुचाहीँ जबरजस्ती घोकेर कण्ठ बनाउनुपर्ने तर बाँच्नका लागि आवश्यक पर्ने प्रेम जस्तो विषयको बारेमा चाहीँ पाठ्यपुस्तिका नै नबन्ने । स्कुल र कलेज लेभलमा पढ्ने अधिकांश विद्यार्थी प्रेम सम्बन्धमा आईपर्ने अनेकन उल्झनलाई सहज ढङ्गले स्वीकार्न नसकेकै कारण गलत बाटोतर्फ हिँड्न पुग्छन् तरपनि ती विद्यार्थीका लागि यो शिक्षा आवश्यक छ भन्ने महसुस कतै कसैमा छैन ।

अब एउटा अर्को विषयमा घोरिन वाध्य बनाउँछु तपाईँलाई । हामी सबैले विहान उठेदेखी बेलुकी ननिदाउन्जेलसम्म कति धेरै गीतहरु सुन्छौँ, कति धेरै गीतहरु मनमनै भएपनि गुन्गुनाउँछौँ, कतिले त स्वर मिलाएरै पनि गाउलान् । यसो याद गर्नोस् त तपाईँले दिनहुँ सुन्ने र गाउने ती गीतहरु मध्ये कति गीत त्यस्ता होलान् जसले प्रेम विषयलाई नछोएको होस् । याद गर्न सक्नुहुन्छ ? सायद निक्कै नै गाह्रो पर्छ तपाईँलाई । त्यो किनभने यहाँ जति पनि गीतहरु लेखिएका छन्, गाइएका छन् ती पनि त प्रेमकै पेरीफेरीमा केन्द्रित भएर बनेका छन् नी । एकछिन सोँचौँ त, यदि प्रेमको विषयमा गीत नै नबन्ने, बरु राजनीति, आर्थिक, साँस्कृति, धार्मिक आदि बारे मात्रै गीतहरु बन्ने भए कस्तो हुन्थ्यो होला । सायद गीत सँगीतको क्षेत्र नै रङ्गहरुको संयोजन नमिलेको चित्र जस्तो हुन्थ्यो होला, के नमिलेको, के नमिलेको जस्तो । चलचित्रहरु प्रेम विषयमा आधारित नभइदिने भए कस्तो हुन्थ्यो होला त्यो । केही समय त नयाँ स्वाद जस्तै लाग्थ्यो होला तर अलि पछि त तलतल नै लागिहाल्छ नि, अमेरिका पुगेको नेपालीले दाल– भात–तरकारी सम्झिए जस्तो । आखिर जे सुकै भएपनि तिर्खा मेट्नका लागि त पानी नै पिउनुपर्छ नी दूधले कहाँ प्यास मेटिन्छ र, हैन त ? 

भकुण्डोलाई जति बल लगाएर तलतिर दबाउन खोज्यो त्यो झन त्यति नै माथि उफ्रिरहेको हुन्छ । प्रेम पनि त्यस्तै भइरहेको छ हाम्रो समाजमा । नबुझेर हो या बुझ पचाएर प्रेमलाई स्वतन्त्र छाड्न तयार नै छैन हाम्रो समाज । त्यसैले प्रेम विषय अब वहसको विषय बन्नुपर्छ, बनाउनुपर्छ । नेपालमा हिजो न्यूज च्यानल भनेर टेलिभिजन खुल्दा हामीलाई कस्तो अनौठो लागेको थियो, समाचार मात्रै भन्ने च्यानल पनि कस्ले हेर्लान र भन्ने त हामीले सोँचेकै हो नी । तर आज हेर्नोस त, न्यूज च्यानलहरु नै चर्चित भइरहेका छन् । हामीलाई बानी पनि तिनीहरुकै परिसकेको छ । त्यसैले मलाई लाग्छ, आज हामीले प्रेम विषयलाई छलफलको विषय बनायौँ भने शुरुमा त त्यो विषय बकम्फुसे पनि लाग्ला कसै–कसैलाई, चोकचोकमा मान्छेहरु हाँस्लान् पनि । तर विस्तारै त्यो झाँगिँदै जानेछ । मैले रेडियो र टेलिभिजनमा मात्रै वहसको विषय बनाउन शुरु गरौँ भन्न खोजेको होईन, व्यक्ति व्यक्तिमा शुरु हुन सकोस्, यो विषयको वहस । आज साथीसँग “त्यसले मलाई मन पराउँछ की पराउँदैन होला यार ?” भनेर सोध्ने व्यक्तिले अब “प्रेम स्वीकार्य हुनका लागि के के कुराहरुले भूमिका खेलेको हुन्छ होला ?” भनेर छलफल गर्न थालोस् । केही विद्यार्थीले बेन्चमा टाउको लुकाएर मुसुमुसु हाँसेपनि शिक्षकले प्रजनन स्वास्थ्य पढाइरहे जस्तै प्रेम विषयमा पनि विद्यार्थीको जिज्ञासाको समाधान दिन सकुन् । हुन त मैले यतिबेलाभन्दा म आफै पनि हाँसोको पात्र बन्न सक्छु । फेरीपनि मलाई लागेको कुरा चाहीँ के हो भने, प्रेमलाई सहज तवरले अङ्गीकार गर्न नसक्दा यहाँ कैयौँ घटना भइरहेका छन्, कतिले जीवन बर्बाद गरिरहेका छन्, कत्तिको पढाई बिग्रिरहेको छ, कति त कुलतमा फसेका छन् । समग्रमा प्रेममा आईपर्ने उल्झनहरुलाई सहज ढङ्गले ग्रहण गर्न नसकेकै कारण देशको कति धेरै युवाशक्ति मानसिक तनावले पिल्सिएर बाटो बिराइरहेका छन् । यदि प्रेम सम्बन्धकै कारण लाखौँको संख्यामा युवाशक्तिले बाटो बिराईरहेका छन् भने यो विषय हेर्ने छुट्टै निकायको स्थापना किन नगर्ने ? यस सम्बन्धी परामर्श केन्द्रहरुको स्थापना किन नगर्ने ? सुन्दा केहीलाई यी तर्कहरु हावादारी पनि लाग्न सक्लान् तर यी जटिल विषय हुन् । यसको समाधानको लागि सबैभन्दा पहिला त समाजले यसलाई सहजै स्वीकार्ने वातावरण तयार बन्नुपर्दछ । त्यसपछि साझा छलफलको विषय बन्नुपर्छ प्रेम । हुन त काठमाण्डौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापितले राजधानीमा लभ पार्क बनाउँछु भन्दा हाँसेर खिल्ली उडाउने मान्छेहरु मिलेर बनेको समाज हो हाम्रो, त्यसैले पनि यी कुराहरु बुझाउन समय त लाग्ला नै । तर यतिबेला म भने गोपालप्रसाद रिमालको कविताले
“आमा त्यो आउँछ र
हो बा, त्यो आउँछ
त्यो विहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ”
भनेजस्तै प्रेम विषय प्राज्ञिक वहस र छलफलको विषय बन्ने दिन पक्कै आउँछ भन्नेमा आशावादी छु । अनि धेरथोर विश्वस्त पनि ।




Categories:
Pages (31)1234 Next

11 comments :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  3. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  4. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  5. नमस्ते।
    म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरसँग मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ

    ReplyDelete
  6. क्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्

    clinton.loanfinance@yahoo.com
    clintonimmanuel9@gmail.com
    हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।

    टीम सादर
    क्लिनिक लोन फर्म

    ReplyDelete
  7. नमस्ते म विलियम सारा हुँ
    के म बंधक / ऋण रद्द गर्दछु? मलाई ऋण चाहिन्छ? के मलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाईं आफ्नो ऋण तिर्न को लागि तत्काल क्रेडिट को आवश्यकता छ, वा तपाईं आफ्नो व्यापार को सुधार गर्न को लागि मुद्रा चाहते हो? हामी सबै प्रकारका ऋणहरू र ब्याज दर 2% र व्यक्तिहरूको लागि सर्तहरू र सर्तहरूसँग एक कम्पनी प्रस्ताव गर्दछौं। यदि तपाइँ कुनै गन्तव्यमा कुनै क्रेडिट दिनुहुन्छ भने कृपया आज तपाईंको क्रेडिट प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (williamssarahloanfirm@gmail.com)

    ReplyDelete
  8. QUEENCE LOAN कम्पनी (queenceloan@gmail.com) यो सबै ऋण आवेदकहरुलाई सूचित गर्न को लागी हो। यो संयुक्त राज्य अमेरिका को एक प्रसिद्ध ऋण कम्पनी हो, हामीले विभिन्न देशहरु को हजारों मान्छे को मदद दिए छ। यो कम्पनीले उधार कम्पनी कम्पनीको सबैभन्दा उत्कृष्ट ऋण श्रावण पुरस्कार प्राप्त गर्यो, प्रत्येक महिना न्यूनतम 17 र 25 ग्राहकहरूले ऋण प्रदान गर्थे र आज तिनी राम्रो लगानीका साथ गरिरहेका छन्, यदि यो कम्पनीले ऋण प्रदान गर्दछ जुन ऋणको आधा प्रयोग गर्नु पर्छ। लगानी। तपाईं आफ्नो ऋण दिइनेछ यदि तपाईं यस सीमित कम्पनी क्यून queenceloan@gmail.com मा हुनुहुन्छ, के तपाइँ एक व्यवसायी ऋण खोज्दै हुनुहुन्छ? ऋण, ऋण समेकन ऋण, असुरक्षित ऋण, उद्यम पूंजी, आदि वा के तपाई बैंकको ऋणबाट अस्वीकार गरिएको छ वा धोका दिएको द्वारा कल ऋण कम्पनीले पहिचान गरेको छैन? । हामी निजी उधारदायीहरू, कम्पनीहरूका लागि ऋण र 2% को कम दरमा व्यक्तिहरू हो र हामी हाम्रा ग्राहकहरूलाई सर्वोत्तम इमेल सेवा दिन्छौं।

    ReplyDelete
  9. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete
  10. मेरो गवाही पढ्नुहोस्



    मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
    जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
    त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com

    ReplyDelete
  11. मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।


    नमस्ते, म नेपलीबाट अभयानन्द हुँ
    म आर्थिक स्थितिमा थिएँ र मलाई घर किन्न आवश्यक थियो। मैले विभिन्न ऋण कम्पनीहरूबाट ऋण खोज्ने प्रयास गरें, दुवै निजी र कर्पोरेट, तर यसले काम गरेन, र धेरै बैंकहरूले मेरो क्रेडिट अस्वीकार गरे। तर भगवानले चाहेजस्तै, मेरो परिचय एक निजी ऋणदातासँग भयो जसले मलाई 75,000 डलर ऋण दियो र आज मेरो आफ्नै घर र म व्यवसायको मालिक छु र म अहिले राम्रो गरिरहेको छु, यदि तपाईलाई कम्पनीमा जानु पर्छ भने। ऋण सुरक्षित गर्न। कुनै संपार्श्विक, कुनै क्रेडिट जाँच छैन, केवल 2% ब्याज दर र सह-हस्ताक्षरकर्ता राम्रो चुक्ता योजना र तालिकाको साथ, अल्बेकर ऋणलाई सम्पर्क गर्नुहोस्,
    (albakerloanfirm@gmail.com)। उहाँलाई थाहा छैन कि म यो गर्छु तर म अहिले धेरै खुसी छु र मैले मानिसहरूलाई उहाँको बारेमा थप जानकारी दिने निर्णय गरें र म चाहन्छु कि परमेश्वरले उहाँलाई अझ धेरै आशिष् दिनुहुन्छ। तपाईंले उहाँलाई उहाँको इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। albakerloanfirm@gmail.com

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget