....महावीर विश्वकर्मा
व्यस्त शहर लगभग निदाई सक्दा म भने अझै जागा थिएँ । छेउमै बसेको मोवाइलले रातको ११ बजाइरहँदा त्यसैमा एउटा पुरानो हिन्दी गीत पनि बजिरहेको थियो – “कभी कभी मेरे दिलमे खयाल आता है...........” आफ्नै कोठा मात्रै ढाक्ने गरी यो गीत गुञ्जिरहँदा मेरा मन भने कसोकसो कोठा वाहिर निस्किएर निकै पछाडिको जीन्दगीका पाटाहरुमा घोत्लिन पुगेछ ।

एउटा मीठो फल्यास ब्याकमा रम्दै गर्दा
के सुर चलेर हो झोला खोतल्दै धेरै भित्र राखिएको एउटा पुरानो एल्बम(फोटो
एल्बम) निकालेँ । जसै एल्बमका पत्ताहरु पल्टिंदै गए तव धेरै अघि छुटेका
धमिला यादहरु एक्कासी आखैमा ठोक्किन आइपुगे । अनि सम्झिएँ, रेडियोकर्मी
अजित देबकोटाको एउटा मुक्तक –
समय हिंडेर टाढा गएछ ।
याद मात्रै पो बाँकी रहेछ ।।
हिजै जस्तो लाग्थ्यो सँगै हिडेको
कति छिट्टै वर्षौं भएछ ।।।
समय कहिल्यै पनि हाम्रो बशमा हुँदो रहेनछ, हामी पो समय
को बशमा हुँदा
रहेछौँ । नाडीमा महङ्गो घडी बाँध्नुको अर्थ समय किन्नु होइन, समय सूचक
मात्रै किन्नु हो । धेरै अघि पढेको एउटा उहाहरण संझिएँ – विहान ७ बजेको
बसमा हामीलाई काठमाण्डौं जानु छ तर हामी साढे ७ बजे पुग्यौँ र बस भेटेनौं
भने हामी केही नसोँची भनिदिन्छौँ — बस छुट्यो । तर मित्र, यथार्थमा बस
छुटेकै होइन, हामी पो छुटेका छौं । बस त नियमित समयमा नै गुडेको हो नि ।समय हिंडेर टाढा गएछ ।
याद मात्रै पो बाँकी रहेछ ।।
हिजै जस्तो लाग्थ्यो सँगै हिडेको
कति छिट्टै वर्षौं भएछ ।।।
समय कहिल्यै पनि हाम्रो बशमा हुँदो रहेनछ, हामी पो समय
यही उदाहरण जस्तै हामी समयलाई साथ लिन सक्दैनौँ अनि भन्छौं समयले साथ दिएन
। आखिर तर्क जति सुकै गरिए पनि समयसँगै अघि बढ्न नसकेको केही अपूरा
सम्वन्धहरु सुषुप्त रुपमै भए पनि मनको कुनै कुनामा ओझेल परेर बसेका हुँदा
रहेछन् । जव स्वयम् मनहरु विचलित हुन थाल्छन् । अभि नमेटिएका यादहरुको
जुलुस निकाल्दा रहेछन् ।
स्कुल पढ्दैदेखी धेरै साथीहरुको लागि प्रेमपत्र लेखिदिन थालेँ मैले, प्लस टु पढ्दासम्म पनि यस्ले निरन्तरता पाइरहेथ्यो । त्यसैले पनि धेरै साथीहरुको प्रेम सम्बन्धी समस्या समाधान गर्ने मामलामा विशेष सल्लाहकार भइ टोपल्थेँ म । कलेजकै दिनहरुमा एउटा साथीले सोध्यो—“उस्लाई कसरी बिर्सिने ?” यो पहिलो र अन्तिम प्रश्न थियो, जसको म सँग जवाफ थिएन । वर्षौँपछि आजपनि कहिलेकाहीँ त्यही प्रश्न उसैगरि तेर्सिन्छ मेरो अघिल्तिर तर अझैपनि जवाफ भने फेला पार्न सक्दिन म, सायद लगभग असम्भव भएर पनि हुनसक्छ ।
एउटा पुरानो एल्बमले बल्झाएको पुरानो यादहरु एल्बम बन्द गरेर थन्क्याउन खोजेँ तर घडीको सुई रोकिदिँदैमा समय कहाँ अडिन्थ्यो र । यादहरु आउन जान्छन्, तर फर्किन जान्दैनन् । फर्किन जान्नेलाई त झझल्को मात्रै भनिन्छ क्यारे ।

त्यो पुरानो एल्बम भित्रका फोटो
खिचिने क्यामेरा र दृश्य कैद गर्ने रिलका आविष्कारक जर्ज इस्टम्यानले विहे
नगरिकनै जीन्दगी बिताइदिए । सायद उनीसँग पनि यस्तै पुरानो एल्बम थियो की,
यादहरु बल्झाईदिने । किनकी यादहरु पनि त साहारा हुन् जीन्दगी गुजार्ने ।
यदि होइन भने विगतका यादले वर्तमान विथोल्न सक्ने सामथ्र्य किन राख्थ्यो र ।
रामायण, महाभारत, विष्णुपुराण जस्ता देवीदेवता सम्बन्धी अनगिन्ती
टेलिफिल्महरु भारतले नै बनाउँछ । त्यसैले पनि ती टेलिफिल्मका भगवानरुपी
कलाकारहरु हिन्दी भाषा बोल्छन् । अनि दिनहुँ यस्तै टेलिफिल्महरु हेरेर
अभ्यस्त भइरहेका हाम्रा नानीबाबुहरुको मगजमा यस्तो छाप परिसकेको छ की
उनीहरु साथीसाथी मिलेर भगवान बनी खेल्दा हिन्दी भाषा नै बोल्छन् । किनकी
उनीहरुले सिकेको नै भगवानहरुले हिन्दी बोल्छन् भन्ने हो ।
ठीक यस्तै खाले
भ्रमको भारी छ हामीसँग पनि, जीन्दगीको बारेमा । कतिपय यादहरुलाई भुलेर जीवन
जीउनुपर्छ भन्ने वकालत गर्छौँ हामी तर यस्तो होईन, भुलेर भुल्नै नसक्ने
विस्मृती हो याद । फेरी जसरी पनि भुल्न सक्छु भन्ने मुर्खता पनि गर्नु
हुँदैन हामीले ।
केही दिन अघि एकजना मित्रले फेसबुकको स्टाटस्मा “ग्लोबमा भारत भन्दा नेपाल माथी छ, त्यसैले हामी नै ठुलो हौँ” भनेर लेख्नुभए जस्तो हुन्छ त्यो त । जीन्दगीको मानचित्रमा यादहरुले ओगट्ने क्षेत्रफल कम या बढी हुनसक्छ तर नहुने भन्ने हुँदैन ।

त्यसैले पनि होला
त्यो पुरानो एल्बमले मलाई डोर्याउँदै धेरै पहिलेका दिनहरुमा लगेर छाडिदियो ।
म पनि स्वच्छन्द रुपमा विचरण गरिरहेँ । यतिबेला छेउमा बसेको मोबाइलले
रातको साढे १२ बजाइरहेको थियो । अनि त्यसैमा बजिरहेको थियो दिप श्रेष्ठको
आवाज—
म पत्थरको देवता होईन, तोडिएर जोडिने ।
न म त्यो देव हुँ, सँधै बाँचिरहने.....
म पत्थरको देवता होईन, तोडिएर जोडिने ।
न म त्यो देव हुँ, सँधै बाँचिरहने.....
यो जीवन यात्रा रहेछ । अनेकन घुम्तिहरू, आरोह-अवरोहहरू पारगर्दै अघि बधिरहनुपर्ने । निरन्तर, अविराम । यिनै बिचहरूमा कति सम्बन्धहरू जुर्दो रहेछ र हिड्नै पर्ने विवशताले छुट्दो रहेछ । समयले सधै यादका कच्चा सामान मात्र उपलब्ध गराउदो रहेछ । र, जब छाती भित्रै गढिएका ति अमिट यादहरू बेला बेलामा सोला दिदारहेछन् । जीवन यस्तै रहेछ ।
ReplyDelete