Wednesday, February 17, 2016

गजल


मलाई कसैले भगवान भन्थ्यो ।
अङ्गालो स्वर्गै समान भन्थ्यो । ।

बाडुल्की लागेन भने कुनै दिन
लाग्दैछ गाउँघर सुनसान भन्थ्यो । ।

म छिल्लिएर मातिन्थेँ जब
बचाईराख्नु ईमान भन्थ्यो । ।

म चाहीँ सँगै हिँड्ने भन्थेँ
जीन्दगीको के ठेगान भन्थ्यो । ।

जे थियो हिजो, त्यो पो त जीन्दगी
कसैले त मेरो जवान भन्थ्यो । ।


...महावीर विश्वकर्मा
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget