बाँचु भन्ने रहर, जाग्दैन मलाई त्यस्तो ।
जीन्दगी जस्तै जीवन, माग्दैन मलाई त्यस्तो । ।
छुटेको वर्षौँ भयो, भेटिन्नौ अझै तिमी
मरेको भन्छन् सबै, लाग्दैन मलाई त्यस्तो । । ।
(((((((((मर्ने कसैको रहर हुँदैन, शब्द डा. कृष्णहरि बराल, स्वर प्रेम परियार )))))))))))))))

जीवनमा एउटा मात्रै त्यस्तो अकाट्य सत्य छ, जसलाई मृत्यु भनेर चिन्छौँ हामी । हामी त जन्मँदै मृत्युको फाइलमा स्वीकारोक्तिको ल्याप्चे लगाएर आएको मान्छे । एकदिन त्यो सहमति पालना गर्नु त छँदैछ ।
फेरी पनि त्यो दिन कहिल्यै नआउने झैँ गरि रमाई रमाई बाँचिरहेका हुन्छौँ हामी । बाँचेका हुन्छौँ पनि के भन्ने, बाँच्ने अभ्यास गरिरहेका हुन्छौँ ।
अनि त्यही अकाट्य दिन आईपुग्दा छोडेर जान्छन् नी कसैले, हो त्यतिबेला बेस्स्स्स्सरी पोल्छ । भि...त्र कतै । ठुलो भ्वाङ पर्छ मनमा । मक्एिका मनका चिर्पटहरु पनि गल्र्यामगुर्लुम ढल्छन् ।
अनि त्यही अकाट्य दिन आईपुग्दा छोडेर जान्छन् नी कसैले, हो त्यतिबेला बेस्स्स्स्सरी पोल्छ । भि...त्र कतै । ठुलो भ्वाङ पर्छ मनमा । मक्एिका मनका चिर्पटहरु पनि गल्र्यामगुर्लुम ढल्छन् ।
तगारोहरु नाघेर उर्लन्छन् आँशुको बाढी । जति सम्झाए पनि सम्झिन्न मन । एकोहोरो एकोहोरिन्छ ।
सबैभन्दा ठुलो ओखती त समय नै रैछ । जति ठुलो घाउ पनि बिस्तारै पुरिदिन्छ यसले । हुन त घाउ पुरिएपनि खाटो भने सँधै ररिहन्छ मनमा । लगभग घाउ जस्तै बनेर ।
सबैभन्दा ठुलो ओखती त समय नै रैछ । जति ठुलो घाउ पनि बिस्तारै पुरिदिन्छ यसले । हुन त घाउ पुरिएपनि खाटो भने सँधै ररिहन्छ मनमा । लगभग घाउ जस्तै बनेर ।
कहिलेकाहीँ त्यही खाटोमा चिथोर्छ समयले अनि बल्झिन्छ मनको घाउ । भक्कानिन्छ मुटु । जति सम्हाल्ने प्रयत्न गरेपनि सम्हालिँदैन यो । यस्तै यस्तै घटनाक्रमहरु दोहोरिरहेका छन् अचेल जीन्दगीमा ।
यसो सम्झिन्छु, म पनि त खुशी थिएँ कुनै जमानामा भन्ने लाग्छ । मेरो पनि त कोही थियो कुनैबेला भन्ने लाग्छ । बगरका ढुङ्गाहरुसँग प्रित लगाएर गएको खहरे अलिपर सुके जस्तै भयौ तिमी मेरा लागि ।
यसो सम्झिन्छु, म पनि त खुशी थिएँ कुनै जमानामा भन्ने लाग्छ । मेरो पनि त कोही थियो कुनैबेला भन्ने लाग्छ । बगरका ढुङ्गाहरुसँग प्रित लगाएर गएको खहरे अलिपर सुके जस्तै भयौ तिमी मेरा लागि ।
तिम्रा यादहरु मनको बगलीमा अझै पनि सुरक्षित छन् म सँग । तर तिमी भने..........। सायद सुक्यौ उसैगरि, अलि प...र पुगेर ।
खुशीहरु किन क्षणिक हुन्छन् होला है । किन स्थायी हुँदैनन् होला खुशीहरु । एकैछिन झुल्किएर किन सँधै सँधैलाई अलप हुन्छन् होला हाँसोहरु ।
खुशीहरु किन क्षणिक हुन्छन् होला है । किन स्थायी हुँदैनन् होला खुशीहरु । एकैछिन झुल्किएर किन सँधै सँधैलाई अलप हुन्छन् होला हाँसोहरु ।
साँच्चै भनौँ भने, मैले आजसम्म पनि जवाफ भेट्टाउन नसकेको प्रश्न हो यो । मैले धेरै किताब पढेँ । धेरै मान्छे पढेँ । किताब पढेर जीन्दगी किताब जस्तो नहुँदो रहेछ ।
अनि कहिलेकाहीँ त मान्छे पढेर जीन्दगी मान्छे जस्तो पनि नहुँदो रैछ । बरु कुनै फकिरको अनवरत यात्रा जस्तो हुँदो रैछ । मलामी फर्किएपछिको मसानघाट जस्तो हुँदोरैछ । चकमन्न, चकमन्न ।
मान्छे मरेर जान्छ, खुशी सरेर जान्छ ।
मनमा बसिरहने, खै के गरेर जान्छ । ।
आफ्नो मात्रै खुशी कहाँ रहन्छन् र
जीवन पनि त साथी एकदिन झरेर जान्छ । । ।
मान्छे मरेर जान्छ, खुशी सरेर जान्छ ।
मनमा बसिरहने, खै के गरेर जान्छ । ।
आफ्नो मात्रै खुशी कहाँ रहन्छन् र
जीवन पनि त साथी एकदिन झरेर जान्छ । । ।
(((((((((((((जीवन किन यहाँ चल्दैन उस्तै))))))))))))))))))
यो वर्ष पनि खेलिन मैले होली । फेसबुकका भित्ताहरुमा सबैले अनुहार रंगिएको तस्बीरहरु लगातार राखिरहे । म हेरिरहेँ । कसैकोमा लाइक पनि गरिनँ, अनि कमेण्ट पनि गरिनँ ।
बरु म त हराइरहेँ, तिमी सँगै छँदा रंगिएको होलीमा । सम्झिरहेँ तिमीले रंग पोतेको मेरो अनुहार । अनि मैले फागु घसेको तिम्रो मुहार । हो, त्यही सम्झिरहेँ ।
रंगहीन जीन्दगीमा, रंग पर्वले के पो प्रभाव पाथ्र्यो र । फुङ्ग उडेछ जीन्दगी । यसपाली पो थाहा भयो । थाहा छ, रंगहरुको पनि भाषा हुन्छ रे । रंगहरुले पनि बात मार्छन रे, उबेला हामीले साउती मारे जस्तै, सुनसानमा, एकान्तमा ।
अरस्तु भन्छन् रंगहरुको आफ्नो स्वायत्तता हुँदैन, ता कि प्रकाश र अन्धकारले नै रंगहरुलाई जन्म दिने गर्दछ । उनले कालो र सेतो रंगको अस्तित्वलाई कहिल्यै स्वीकार गरेनन् ।
तर विश्वप्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको भनाई छ कि, कालो र सेतो रंगलाई सौन्दर्य शास्त्रीले स्वीकार गरुन् वा नगरुन् तर एक कलाकारले कालो र सेतो रंग बिना केही गर्न सक्दैनन् ।
भिन्चीको भनाईमा एकोहोरिँदा आफु पनि कलाकार भएको अनुभुत हुन्छ मलाई । कारण, उनले भनेजस्तै कालो र सेतो रंगहरुले मात्रै पोतिएका छन्, मेरो मनको भित्ताहरु । लाग्छ अब त जीन्दगी नै श्यामश्वेत भइदियो । त्यही कालो र सेतो रंग मात्रैको उपस्थिती ।
मलाई मान्छेहरु सोध्छन्, खै तिम्रो मनको मान्छे भनेर । म सबै हालत बताउन पनि सक्दिनँ । बरु एकपटक मा...थी आकाशतिर हेर्छु । सम्झिन्छु तिमीलाई ।

अनि टहकिरहेको त्यही जूनमा पाउँछु तिम्रो आकृति । एकछिन आँखा चिम्म गर्छु । सोध्छु तिमीलाई मनमनै, के जवाफ दिउँ यो मान्छेलाई भनेर । तिमी फिस्स हाँसिदिन्छौ । त्यही हाँसो अलिकति चुँडेर म पनि हाँसिदिन्छु, उनीहरुको अघिल्तिर ।
अनि खै के बुझ्छन् कुन्नी उनीहरु, म भने सरासर अघि बढ्छु । सायद कतै दोबाटोमा मलाई कुरिरहेकी तिमीलाई भेट्ने आशामा । अनि त्यहाँबाट सँगै हात समाउँदै फेरी पहिले जस्तै अघि बढ्ने आशामा ।
व्यथाहरु सहे जस्तो, पिरहरु सहे जस्तो ।
भक्कानिन्छ मुटु सँधै, भर्खर केही भएजस्तो । ।
बाँच्दै गर्दा जीन्दगी यो, यस्तो पनि लाग्छ मलाई
तिमी गयौ, सबै गयौ जीवन पनि गएजस्तो ।
व्यथाहरु सहे जस्तो, पिरहरु सहे जस्तो ।
भक्कानिन्छ मुटु सँधै, भर्खर केही भएजस्तो । ।
बाँच्दै गर्दा जीन्दगी यो, यस्तो पनि लाग्छ मलाई
तिमी गयौ, सबै गयौ जीवन पनि गएजस्तो ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete