Tuesday, April 1, 2014

वहकिने मन (२०७०-११-५)

म आज तपार्इंँलाई एउटा कथा सुनाउँछु ।
एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु । ।
जीन्दगीले चोट दिने, एउटी सुन्दर चरीको
सुन्दा सुन्दै मन रुने जायजेथा सुनाउँछु । । ।

((((((((((((((((((फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा))))))))))))))))))

आज सुनाउँदैछु एउटा कथा, त्यो एकादेशको कथा...त्यो एकादेशमा पनि घना जङ्गलमा बस्ने चरा र चरीको कथा । हो, भर्खर भर्खर जोडी बनेका ती सुन्दर चरा र चरीको कथा...।

त्यो घना जंगलमा एउटा रुख थियो । जहाँ बस्नका लागी सुन्दर गुँड थियो...घुम्नका लागी  खुल्ला आकाश थियो । कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात पतिङ्गगर खोस्रिएर अघाउँथे । 

खुल्ला आकाशमा कहिले चरो अघि अनि कहिले चरी अघि एकतमासले वेग हानेर उडिरहन्थे उनीहरु । त्यो एउटा रमाइलो खेल थियो उनीहरुको । कहिले चरो अगाडी कहिले चरी अगाडी । यसैगरि मनग्गे खुशी हुन्थे उनीहरु । 

चरोको एउटा बानी थियो । जब आहारा भेट््थ्यो अनि भुर्रर उडेर चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आँ गर्नलगाउँथ्यो । जब आहारा खानका लागि चरीले मुख आँ गर्थिन् अनि चरोले उनको मुखमा आहारा हालिदिन खोजे जसरी आफैले खाइदिन्थ्यो ।

त्यतिबेला चरीले रिसाएझैँ गरेर उसको टाउकोमा एक दुईपटक ठुङ्थिन् र एकातिर मुन्टो फर्काएर ठुस्किन्थिन् । तब त्यो चरो उनलाई जिस्काउँदै लुकाएर राखेको अर्को ठुलो आहारा दिन्थ्यो । चरी सोध्थी, तिमी किन सँधै यसैगरि सताउँछौ मलाई । 

चरो भन्थ्यो, तिमीले रिसाउँदा पनि माया गरेर पिटेको खुब्बै मनपर्छ, त्यही हेर्न । चरी, होला खुब्बै भन्दै आहारा खोस्थी, अनि दुवैजना हाँसीहाँसी खान थाल्थे । यसैगरि बितिरहेका थिए दिनहरु अनि रातहरु ।

तर एकरात बेस्सरी हुरी चलिरहेको थियो । दिनभरि पर पर सम्म उडेर आएकोले निक्कै थाकेका थिए चराचरी । मस्त निन्द्रामा थिए । एक्कासी ठुलो आवाज आयो । 

आफु हुत्तिएर भुइँमा पछारिएको अनुभव गरि चरीले । उठेर छेउमा चरोलाई हेरि, देखिन । अलि परपट्टी आफुहरुको गुँड देखी, सकी नसकी दौडिँदै त्यहाँ पुगी, भत्किएको थियो त्यो । भित्र चरो छ की भनेर हेरि, अहँ देखिन । 

हुरी चलिरहेकै थियो, पानीको छिटा पनि शुरु हुन आँटेको थियो । एकैछिनमा दर्किएर पानी प¥यो । बिजुली चम्किन थाल्यो । बिजुली चम्किएकै उज्यालोमा रुझ्दै रुझ्दै चरोलाई खोजीरही उसले । तर फेला पार्न भने सकिन । 

खोज्दा खोज्दै थाकी तर भेटिन उसले अनि छेवैको रुखको चरा मुन्तिरको खाल्डोमा ओत लागेर बसि । रात अझै उघ्रिएको थिएन । मनमा अनेकन कुराहरु खेल्न थाले । 

कतै केही पो भयो की चरोलाई भन्ने सोँच्दा जीउ ढक्क फुलेर आउँथ्यो उसको । न उ पनि रुझ्दै रुझ्दै मलाई नै खोजिरहेको पो छ की भन्ने सोँचाई मनमा आउँदा एकफेर त्यो ओतबाट बाहिर निस्किएर हेर्थी । बाँकी रातभरि यही क्रम चलि नै रह्यो । विस्तारै रात भाग्यो । 

अनि उ पनि बाहिर निस्किएर चातैतिर खोज्न थाली चरोलाई । खोज्दै अलि पर के पुगेकी थिई, एउटा ढुङ्गाको कापमा पछारिएर प्राण उडिसकेको चरोलाई भेट्टाई उसले । हत्तारिएर नजिक पुगी, मुखबाट केही रगत बगेको थियो । पानीले भिजेर पखेँटा एकै डल्लो परेका थिए । 

आँखा बन्द थियो, छेउमा केही प्वाँखहरु खसेका थिए, ती पनि भिजेर भुइँमै टाँसिएका थिए । त्यो दृश्य हेरिरहँदा एक्कासी मुसलधारे पानी दर्कियो । तर त्यो पानी बाहिरबाट हाईन, चरीको आँखाबाट दर्कियो । जसले एकपटक फेरी लुछ्रुप्पै भिजायो, भुइँमा लम्पसार परेको चरोलाई ।

एकादेशमा जंगल थियो त्यहीँ बस्थे चराचरी ।
सँसार भन्नु खुल्ला आकाश, उडिरहन्थे घरीघरी । ।
एकदिन ठुलो हुरी आयो, हाँगा भाँच्यो, चरो मरे
अनि कठै ती चरी त एक्ली भइन् सँधैभरि । ।

((((((((((((((((((जीन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन)))))))))))))))

रोएरै बसिरही चरी, मृत चरोको छेवैमा । केहीबेरमा घाम लाग्यो, दिन भयो । उ भने बेप्रवाह आँखाबाट आँशुको बलेसी बगाउँदै थच्चिरही त्यहीँ । जब उसको प्रिय चरोलाई कमिलाका ताँतीहरुले घेरिरहेको उसका टिलपिल भरिएका आँखाले देखे । 

अनि रुँदै रुँदै पानीले भिजेको कमलो माटोलाई ठुँडले ठुङ्दै र खुट्टाले खोस्रिँदै सानो खाल्डो जस्तो बनाई । अनि चरोलाई चुच्चाले च्यापेर घिसाद्रै त्यो खाल्डोमा हालेर पुरिदिई । एकछिन त्यही सानो खाल्डोमाथी आँशु चुहाई । 

अनि खै के सोँचेर हो, एकपल्ट पनि पछि फर्किएर नहेरिकन बेग हानेर बत्तिइ । पहिले यसैगरि बेग हानेर आकाशमा बत्तिँदा चरो कहिले उ भन्दा अघि हुन्थ्यो, अनि कहिले पछि । तर यतिबेला भने उ एक्लै अघि भइरहेकी थिइ । 

सायद अब सँधै यसैगरि उ मात्रै अघि भइरहँदी हो । किनकी छिनछिनमा उसलाई उछिनेर अघि जाने उसको प्रिय चरोलाई निक्कै पर छोडिसकेकी थिई उसले । उसले छोडेकी थिइन । उ आफै छुटेको थियो । अझ भनौँ नियतिले छुटाएको थियो उसलाई ।

रुँदैरुँदै उडेकी चरी निक्कै डाँडा काटेर टा..ढा पुगी । बस्ने ठेगान नै खोसिएकोेलाई के छ र । जहाँ रात पर्यो त्यहीँ बास् । अनि जहाँ बास् बस्यो, त्यहीँ घर । 

त्यो रात त्यहीँको एउटा रुखमा ओत लागेर बिताई उसले । हिजोको निरन्तरको उडाईले होकी, मनमा पिर भएर हो, विहान भएपछि फेरी उड्नै सकिन उ, उड्ने जाँगर पनि आएन । यसैगरी केही दिन त्यहीँ बिताई । 

जब उडेर अन्तै जाउँ की भन्ने सोँची, अनि मनमा लाग्यो, आखिर जानु पनि कहाँ । कसलाई पो भेट्नु छ र । को नै पो छ र आफ्नो भन्ने । यस्तै सोँची, अनि जहिलेसम्म हुन्छ त्यतिन्जेल यहीँ बस्छु भनेर निर्णय गरि ।

विस्तारै केही दिनहरु बिते । रातहरु दिनसँगै बित्ने नै भए । एक विहान जब उ ब्यूँझिएर गुँडबाट बाहिर निस्की । तब केही परको रुखमा बसेको एउटा चरो उसैलाई हेरिरहेको पाई । चरो भुर्रर उडेर नजिक आयो ।

अनि आफुले चरिलाई धेरै दिनदेखी हेरिरहेको बताउँदै साध्यो, तिमी किन कहिल्यै पनि उडेर बाहिर जाँदैनौ ?
चरीले भनी, यसै । 

तिमीलाई यो नयाँ ठाउँमा रमाइलो लागेन हो ? त्यो अपरिचित चरोको प्रश्न

खै थाहा छैन । चरीको जवाफ ।

किन थाहा नभएको नी ? प्रश्न माथीको प्रश्न ।

त्यो पनि थाहा छैन । फेरी उस्तै जवाफ ।

तिमीलाई आकाशमा उडिरहन मन लाग्दैन र ?

मन ? एक्कासी झस्किइ चरी, त्यो मन भनेको सुनेर । अनि आफु पनि प्रिय चरोसँग कहिले अघि र कहिले पछि वेग हानेर उडिरहेको दिनहरु र त्यही प्रिय चरोलाई चुच्चोले घिसारेर खाल्डोमा पुरेको दिन एक्कैपटक सम्झी उसले । अनि, ठुलो अन्यौलमा परि, त्यो नयाँ चराले सोधेको जस्तो उसको मन आफैसँग छ की छैन भनेर ।

उ केही बोलिन, यसै निरुत्तर बसिरही । त्यो नयाँ चरा भुर्रर उडेर गयो । अनि एकैछिनमा फेरी उसैगरि टुप्लुक्क आईपुग्यो । अनि चुच्चाले च्यापेर ल्याएको आहारा चरीलाई दियो । उसले एकछिनमा खान्छु भनेर गुँडमा राखी ।

क्रमश : यसैगरि नजिक भए उनीहरु । चरा चरीसँग नजिक हुन थाल्यो । विस्तारै गुँडबाट केही परसम्म उडाएर लैजान थाल्यो । त्यसरी उड्दा त्यो चरा कहिले अघि त कहिले पछि हुन्थ्यो । 

हो यति नै बेला बेस्सरी सम्झिन्थी चरी, आफ्ने प्रिय चरोलाई । सायद रुँदी पनि हो त्यतिबेला । उसैलाई सम्झिएर । यसैगरि बित्दैथे दिनहरु । बिस्तारै चरीको मनमा बसिरहेको थियो नयाँ चरा । 

एकदिन त्यो चराले चरीलाई एउटा प्रस्ताव राख्यो । अब सँगै एउटै गुँडमा बसौँ भन्ने प्रस्ताव । उसको प्रस्तावले चरीलाई भित्र मनमा कसैले बेस्सरी मुक्का हाने झैँ भयो । केही बोलिन् । चरा भुर्रर उडेर गयो । अलिबेरमा आयो । 

अनि ल्याएको आहारा खान चरीलाई मुख आँ गर्नु भन्यो, चरीले पनि त्यसै गरि । तर उसले चरीलाई नदिई आफैले पो खायो त्यो आहारा । अनि चरीलाई जिस्काउँदै हाँसिदियो । उसको यो व्यवहारले आफ्नो प्रिय चरोको याद दिलायो चरीलाई । 

उसले पहिले आफ्नो प्रिय चरोले पनि त्यसै गरेको सम्झिइ । अनि गहभरि आँशु पारि । त्यो देखेर त्यो चराले, ल ..किन रोएको ? जिस्काएको पो त भन्दै अर्को ठुलो आहारा झिकेर मुखमा राखिदियो । 

अनि त झनै भक्कानिएर रोई चरी । चराले त त्यो कुरा बुझेन बरु तिम्रो लागि अर्को पनि आहारा लिएर आउँछु है भन्दै भुर्र उड्यो । उडेको मात्रै के थियो, परबाट कसैले हानेको गुलेलीको मट्याङ्ग्रोले छातीमै लागेर खुत्रुकै भुईँमा खस्यो । सायद आईया पनि भन्न नपाएर ठहरै भयो उ । 

एकैछिनको बीचमा भएको यो सब घटनाले अचेत जस्तै भई चरी । सायद उ पनि चराको एउटै गुँडमा बस्ने प्रस्तावमा सहमत जनाउन चाहन्थी, तर त्यो सुनाउन नपाउँदै फेरी एक्लै भई चरी ।

पहिले जस्तै फेरी उसको, मन टुट्यो सँधै भरलाई ।
जेनतेन हाँस्न खोज्दा खोज्दै खुशी लुट्यो सँधैभरलाई । ।
विचरीलाई आँशु मात्रै दैवको त्यो लेखा कस्तो
जोड्न जोड्न खोजिएको साथ छुट्यो सँधै भरलाई । । ।

(((((((((((पोहोर साल खुशी फाट्दा)))))))))))))))

Pages (31)1234 Next

2 comments :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको अवस्था, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com


    तपाईं लामो वा छोटो-अवधिको ऋण खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै प्रेम,

    Ceciliagodfreyloanfirm

    एल
    श्रीमती: सेसिलिया

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget