यहाँ हाँसोहरुको अभाव छ ।
त्यसैले त सँधै तनाव छ । ।
तिमीले याद छोडेर गएकीछ्यौ
मलाई सम्हाल्नैपर्ने दबाब छ । । ।
त्यसैले त सँधै तनाव छ । ।
तिमीले याद छोडेर गएकीछ्यौ
मलाई सम्हाल्नैपर्ने दबाब छ । । ।
((((((((((((((म दुर भएर के भो)))))))))))))))
बाटो अलग्गिएको वर्षौँपछि आज फेरी एकचोटी बेस्सरी सम्झिरहेछु म तिमीलाई । धेरै भएको थियो यसरी नसम्झिएको । मैले त सम्झिनै भुलिसकेको रहेछु । तर आज भने सम्झिराछु तिमीलाई ।
थाहा छ, तिम्रा यादहरुको चित्त बुझाउन आज धेरै पछि उघारेँ मैले पुरानो ट्यांका । जहाँ उसैगरि सुरक्षित छौ तिमी, तस्बीर बनेर ।
तस्बीरको तिम्रो मुस्कान अझै पनि त्यो ओंठमा बाँकी नै छ होला की, ओइलिएर झ¥र्यो होला, बडो चिन्ता लागिरहेछ मलाई । तिम्रो सजीव हाँसो त सुरक्षित गर्न नसकुँला म, तर तस्बीरमा कैद तिम्रो हाँसो भने सास छउञ्जेल जोगाएर राख्नेछु ।
महाकवि देवकोटाले भनेका थिए रे, म मरेपछि मुना मदन बाहेक मेरा अरु सबै कृतिहरु जलाइदिएपनि हुन्छ भनेर । कारण, त्यतिधेरै प्रेम गर्थे उनी मुना मदनलाई ।
म पनि त्यस्तै प्रेम गर्छु तिम्रो तस्बीरलाई । तर म भने मसँगै जलाइदिनु भन्नेछु तिम्रा तस्बीरहरु पनि । कारण, यी तस्बीरहरु तिमी भन्दा अलि अलग छन् जस्तो लाग्छ । यिनीहरु पनि प्रेम गर्छन मसँग जस्तो लाग्छ । यिनीहरु मलाई सँधै खुशी हुन अह्राइरहन्छन् जस्तो लाग्छ ।
मैले जीन्दगीको केही समय प्रेम गरेर बिताएँ । अनि बाँकी समय तिमीलाई सम्झिएर बिताउँदैछु । कहिलेकाहीँ सपनाहरु जबर्जस्ती आँखामा घुस्रिन आईपुग्छन् । सपना बनेर आउँछ्यौ तिमी ।
उसैगरि माया गरेझैँ गर्छौ मलाई । म पनि उसैगरि लाडिन्छु तिमीसँग । सपनामै सिमित त भयो नी, तिमीलाई पाउने रहरहरु पनि ।
एउटा अनुरोध गर्छु तिमीसँग, तिमीसँगै जीन्दगी बाँच्ने सपनाहरु सजाएको थिएँ मैले । ती सपनाहरु त तिमीले आफुसँगै लगि गयौ, अब यी सपना देख्ने मेरा पुराना बानीहरु पनि लैजाउ । ताकी म सपना विहिन संसारमा भुर्र भुर्र उडिरहन सकुँ ।
हरिमाया भेटवाल दिदीले कवितामा लेख्नुभएको छ ,
प्रेम त त्यो बेला पनि हुँदोरहेछ
जुन बेला थुप्रै थुप्रै कुरा दिन सक्दोरहेछ मान्छे
अनि प्रेम त यो बेला पनि हुँदोरहेछ
जुन बेला दिनलाई केही हुँदोरहेनछ मान्छेसँग
सिवाय प्रेम
हो, यस्तै अनुभुति भइरहेछ हिजोआज । सबै रित्तिसक्दा पनि प्रेम गरिरहेछु म तिमीसँग । प्रेम सिवाय अरु केही दिन नसक्दा पनि हुँदोरहेछ प्रेम त । कहिले तिमीसँग, कहिले तिम्रा तस्बीहरुसँग ।
पत्रकार एवम लेखक अश्विनी कोइरालाले फेसबुकमा लेख्नुभएथ्यो,
पन्ध्रौं शताब्दीमा इटालीमा जन्मिए, लियोनार्दो दा भिन्ची । उनी सँगीतज्ञ, गणितीज्ञ, वैज्ञानिक, कलाकार के थिएनन् ? जीवनभरी कला र विज्ञानमा काम गरे ।

अचानक एकदिन एउटा राजसी भोजमा भेटिएकी सिल्क व्यापारीकी पत्नी मोनालिसा उनको जीवनमा एकाएक आइपुगिन् । मोनालिसाको मुस्कानले उनको मनका सबै आवेग छताछुल्ल बनाइ दियो । त्यही मुस्कानलाई केन्द्रविन्दु बनाएर भिन्चीले सुन्दर चित्र तयार पारे ।
तीन वर्ष लगाएर बनाइएको त्यो चित्र यस्तो बन्यो, जुन सँसारमा दोश्रोपटक बन्न सम्भव छैन । भिन्चीले जन्मदिनमा मोनालिसालाई उपहार दिएको त्यो चित्र सँसारमा सबैभन्दा धेरै हेरिएको, प्रशंसा गरिएको र आचोना खेपेको चित्र बन्न पुग्यो । फ्रान्सको लुभ्र संग्रहालयमा सजिएको त्यो चित्र हेर्न आज पनि दैनिक हजारौँ व्यक्ति त्यहाँ पुग्छन् ।
मैले पनि बनाएको छु तिम्रो चित्र, मेरो मनको क्यानभासमा । यो मेरै मनका भित्ताहरुमा टाँगिएर बसेको छ र यसलाई म एक्लै हेर्छु दिनहुँ, हजारौँ पटक ।
कहिलेकाहीँ आफ्नै जीन्दगीले सँधै सिकारु जस्तै ठह¥याउँदोरहेछ । जीन्दगी बाँच्नै नजाने जस्तो । मदिरा जति पिउँदै गयो, उति लाग्दै जान्छ तर जीन्दगी चाहीँ जति जिउँदै गयो झनझन जीउन नजाने जस्तो मात्रै किन हुन्छ होला ।

सम्पादन गरेपछि पुस्तक राम्रो बन्छ, चलचित्र राम्रो बन्छ, अखबार राम्रो बन्छ । सायद सम्पादन गर्नै नमिल्ने भएर पो हो की, जीन्दगी चाहीँ सँधै खेस्रा जस्तो मात्रै भइरहन्छ ।
थाहा छैन के के हुन्छ, जीन्दगीमा पछि पछि ।
हाँसो मात्रै कहाँ हुन्छ पिरतीमा पछि पछि । ।
दुई चार दिनको साथ पाउनु, के नै नौलो कुरो भो र
साँच्चै मान्छे एक्लै हुन्छ, विपतीमा पछि पछि । । ।
अचेल पनि बेलाबखत जब तिमीलाई देख्छु नी सपनामा, हो त्यो रात उघ्रिएपछिको विहान, आफ्नो सन्तानलाई कसैले म्वाइ खाँदा बेजोड खुशी हुने अभिभावक जस्तै फुरुङ्ग हुन्छु म । मन गद्गद् भएर आउँछ । हो, यस्तैबेला केही कविताहरु पनि लेखेको छु मैले ।

जीन्दगीको अन्तिम अन्तिम तिर कुनै दिन त भेटिएलाउ नी तिमी । आउलाउ नी मलाई भेट्न । अथवा म आफै आउँला नि तिम्रो गाउँ । पहिल्याउँदै पहिल्याउँदै आउँला । बटुवा बनेर सोध्दै सोध्दै आउँला ।
हो त्यति नै बेला सुनाउनेछु यी कविताहरु, बुउउढी भएकी तिमीलाई बुउउढो भएको म । कपाल फुलेकी तिमीलाई दाँत फुक्लिएको म । अनि मोटो पावरवाला चस्मा लगाएकी तिमीलाई, कुप्रिएर लौरो टेक्दै हिँडेको म ।
जवानीका यी कविताहरु त्यो बुढेसकालमा सुनाउनेछु तिमीलाई । कवितामा आफैलाई देखिरहेकी तिमीलाई, कविता सुनाएझैँ गरि भन्नेछु म, “थाहा छ, तिमीले हात दिएकी भए म सँधै यसरी नै बेघर भएर कहाँ बाँच्ने थिएँ र ! सँधै फिरन्ते भएर किन गाउँ गाउँ डुली हिँड्थेँ र ! तिमीलाई कविता सुनाउन यो बुढेसकालमा कहाँ हो कहाँको गाउँमा लौरो टेक्दै किन आउनुपथ्र्यो र मैले ।”
सायद रुनेछौ तिमी त्यतिबेला, मेरो प्रेम अनुभुत गरेर । अनि रुनेछु म पनि, तिमी रोएको देखेर । तिम्रो आँखामा आँशु देख्दा, आफु पनि ह्वालह्वाली रोइदिने मेरो पुरानो बानी । जीन्दगीका धेरै वर्षहरु बेग्ला बेग्लै रोएर बितेपनि त्यतिखेर भने सँगै रुनेछौँ हामी, आमुन्ने सामुन्ने भएर ।
त्यतिबेला तिम्रा नाती नातिना सोध्लान् तिमीलाई, किन रोएको भनेर । तिमी त बनाउलाउ कुनै बाहाना । तर मलाई पो गाह्रो पर्ला त, बटुवा भएर । हुन त बटुवालाई पनि रुने हक त हुन्छ होला तर अर्काकी बज्यैसँग आमुन्नेसामुन्ने भएर होईन ।
तिमीलाई याद छ, कलेजमा पनि कहिलेकाहीँ तिमीसँगै रोइदिन्थेँ म । उ रुँदा आफुले आँशु पुछिदिनुपर्छ भनेर सिकाउँथे साथीहरु तर जब म त्यसो गर्न खोज्थेँ, तिम्रा आँशुका थोपाहरुले मेरो हातमा छुने बित्तिकै सम्हालिनै सक्दिनथेँ म ।
तिमी भन्थ्यौ, “कस्तो केटी मान्छे जस्तै छौ तिमी, आफै रोइहाल्छौ” । मलाई आनन्द लाग्थ्यो, तिमीले केटी मान्छे जस्तो भनेको सुन्दा । किनकी तिमी पनि त केटी मान्छे नै त थियौ, जसलाई औधी प्रेम गर्थेँ म । अनि फेरी केटी मान्छे हुन मन लाग्थ्यो मलाई, तिमीसँगै रोएर ।
यो रुने श्रृंखलाको अध्याय सायद बुढेसकालमा तिमीलाई भेटेर टुंग्याउनेछु म । अनि फर्किएपछि फेरी कहिल्यै भेट्दिन तिमीलाई ।
त्यसो त त्यसपछि बाँच्ने आयु नै कति पो बाँकी हुन्छ होला र हाम्रो । तर जति दिन बाँच्छु नी, त्यति दिन तिमीलाई सम्झिएर मात्रै बाँच्छु, भेटेर बाँच्दिन ।
किनकी सम्झिँदा खुशी हुन्छु म तर भेट्दा रोइदिन्छौ तिमी । तर मलाई बाँचुञ्जेल लागिरहनेछ, सायद हामीले सँगै जीन्दगी बाँचेको भए, पक्कै पनि धेरै नै खुशी हुन्थेँ म । सायद तिमी पनि ।
सँधै आँशुहरुको हुलदङ्गा भएर ।
म बाँचेको छु, चरा की चङ्गा भएर । ।
जब यस्तो सोँच्छु, अनि विरक्त लागेर आउँछ
जिन्दगी बित्ने भो लफङ्गा भएर । । ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete