जून दिउँला, तारा दिउँला भन्दिन म सारा दिउँला ।
सकेजति माया दिउँला, बाँच्ने सहारा दिउँला । ।
माया यत्ति दिनेछु की, दुनियाँले ईष्र्या गर्लान
तिम्रो आँशु म पुछुँला, हाँस्ने अभिभारा दिउँला । ।
यस्तै माया गरुँ सँधै, पाइरहूँ यस्तै माया ।
तिम्ले जस्तै मैले पनि लाइरहुँ यस्तै माया । ।
वैरी आँखा नलागोस्, वाधा व्यवधान नआउन
आँधी हुरी सहेर नी, बचाइरहुँ यस्तै माया । । ।
सँधै सँधै तिम्रै भलो चिताइदिनसक्छु ।
आफु हारेर तिमीलाई नै जिताइदिन सक्छु ।
तिमी भए सँसार पाउँछु, अरु केही चाहिँदैन
छेउमै बसि सिङ्गो जीवन बिताइदिन सक्छु । ।
आफ्नोभन्दा बढ्ता माया पराईको लागेपछि ।
होईन होईन भन्दा भन्दै भित्र रहर जागेपछि । ।
अन्जानमै मायामा फसिसक्छ मान्छे
दिनको भोक, रातको निँद आफैबाट भागेपछि । । ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete