जीन्दगी हरबखत सताई रहन्छ ।
मान्छे एक्लै हुन्छ भन्ने बताई रहन्छ । ।
म पिडा भुलेर मुस्कुराउन खोज्छु
यस्ले भने झन्झन् सम्झाई रहन्छ । । ।
मान्छे एक्लै हुन्छ भन्ने बताई रहन्छ । ।
म पिडा भुलेर मुस्कुराउन खोज्छु
यस्ले भने झन्झन् सम्झाई रहन्छ । । ।
(((((((((((((((((मलाई यो जीन्दगीले चोट दियो गनी गनी))))))))))))))))
मैले सानै छँदा एक दिनमा २४ घण्टा हुन्छ भनेर पढेँ, १ घण्टामा ६० मिनेट हुन्छ भनेर पढेँ अनि १ मिनेटमा ६० सेकेण्ड हुन्छ भनेर पढेँ । १ वर्षमा ३६५ दिन हुन्छ भनेर पनि पढेँ । १ किलोग्राममा १००० ग्राम हुन्छ भनेर पनि पढेँ ।
१ लिटरमा १ हजार मिलिलिटर हुन्छ भन्ने सिकेँ, १ किलोमिटरमा १ हजार मिटर हुन्छ भन्ने घोकेर कण्ठस्थ बनाएँ । तर मान्छेको एउटा जीन्दगीमा कति धेरै चोटहरु, पिडाहरु हुन्छन् भन्ने चाहीँ न कतै पढ्न पाएँ, न कसैले सिकायो ।
यदि मलाई कसैले सिकाएको भए अथवा गुच्चा खेल्न जस्तो आफैले सिकेको भए, मलाई लाग्छ व्यथाहरुको यो हिसाब अझै यति जटिल बनेर बस्दैनथ्यो जीन्दगीमा । सम्भवत ती पिडाहरुलाई निक्कै प्राथमिकताका साथ सानो कोष्टमा राखेर सबैभन्दा पहिले सरल गरिदिन्थेँ मैले । हो यस्तै गरिदिन्थेँ ।
तर बिडम्बना ए प्लस बी को होल स्क्वाएर बराबर ए स्क्वाएर प्लस ट्वाइस एबी प्लस बी स्क्वाएर भने जस्तो सजिलो हुँदो रहेनछ जीन्दगीको सुत्र । बरु यो त बाउ छोराको उमेर पत्ता लगाउन समिकरण बनाउनु परे जस्तो दिमाग घुमाइदिने खालको पो हुँदो रहेछ ।
जब जीन्दगीको तराजु ढलपल ढलपल गरिरहन्छ नी तब बुझे हुन्छ त्यहाँ आफ्नै भन्नेले उपहार दिएको आँशुका ढकहरु जम्मा भएका छन् भनेर ।
मैले कुनै समय आफ्नै जीन्दगीबाट दिक्क भएर लेखेथेँ,
यो स्वार्थीहरुको दुनियाँ यहाँ स्वार्थीहरुकै लस्कर छ ।
मन जोगाउन नभाग्नु मन भित्रै कोही तस्कर छ । ।
मैले वर्षौँ पहिले क्याम्पस पढ्न जाँदा बस भित्र लेखेको पढेथेँ, मित्र देखी बचाइदेउ भगवान शत्रुदेखी म आफै बच्नेछु । यसको माने नबुझेर खै कसलाई हो सोधेथेँ मैले, अनि जवाफ पाएथेँ, शत्रुदेखी त हामी आफै जोगिएर हिँडेका हुन्छौँ, उसले जुनसुकै बेला आफुलाई सिध्याउन सक्छ भनेर सजग भएर हिँडेका हुन्छौँ तर मित्र भन्नेले नै घात गरेको भने हामीले पत्तो समेत पाउँदैनौँ ।
किनकी उप्रति हामीले यतिधेरै विश्वास गरेका हुन्छौँ की, कुनैदिन त्यही मान्छेले आफुलाई पिठ्युँपछिबाट छुरा हान्ला भन्ने कल्पना समेत गरेका हुँदैनौँ हामीले । हो, यस्तै जवाफ पाएथेँ त्यतिबेला । मेरो मथिङ्गलमा यो जवाफ अझैपनि उसैगरि अक्षरस सुरक्षित भएर बसेको छ ।
अचेल विदेशिने युवालाई आफन्तले नै फसाएको, साझेदारी व्यवसायमा अर्को साथीले चुर्लुम्म ऋणमा डुबाएर भागेको, चुनावमा उठेको नेतालाई पार्टी भित्रैबाट बागी उठेर अन्तरघात भएको..सबै सबै देखिरहँदा बल्ल खुलस्त सँग भएर बुझ्दैछु म, मित्र देखी बचाइदेउ भगवान शत्रुदेखी म आफै बच्नेछु भन्नुको तात्पर्य ।
अझ कति धेरै जोडीहरुको आफ्नै ठानिरहेको प्रेमी अथवा प्रेमिका अरुसँग सल्किएको छ्यास्छ्यास्ती देख्दा झन् आफ्नै भन्नेले कसरी थाहै नदिई प्रहार गर्दो रैछ भन्ने पनि बुझ्न थालेको छु मैले ।
कहिलेकाहीँ आफ्नै जीन्दगीका एक हुल पिडाहरुलाई अरुसँग दाँजेर हेर्छु म, हो त्यतिबेला, झनै बल्झिएर आउँछ मनको घाउ, खप्नै नसक्ने गरि, सम्हाल्नै नसकिने गरि अनि सम्झाउने नसकिने गरि ।
आफु हारेर मैले उसलाई जिताइरहेँ ।
फेरी पनि सँधै उस्कै भलो चिताइरहेँ । ।
भन्छन् पत्थर मुर्ति बन्छ, अनि देवता बन्छ
मैले ढुङ्गो भएर नै जीवन बिताइरहेँ । । ।
(((((((((((((((((((((((भन्दथे सुकेको बगरले पनि))))))))))))))))))))))
जीन्दगी धेरै अनुभवहरु मिलेर बनेको हुन्छ । अनगिन्ती अनुभुतिहरु बटुलिएर बनेको हुन्छ । अनि बनेको हुन्छ अथाह यात्राहरु समेटिएर । त्यो यात्राभरि अनेकन पात्रहरु हिँड्दै आउँछन् जीन्दगीमा । बस्छन् केहीबेर, अनि दगुर्दै जान्छन्, टाढा....निक्कै टाढा । अनि हराउँछन् एकैछिनमा, आकाशमा कहिलेकाहीँ पोइल जाने तारा जस्तै ।
हामी भने तारा पोइल जाँदा मागेको कुरा पाइन्छ रे भनेर हत्तार हत्तार मनमनै केही मागी टोपले जस्तो मनको मान्छे टाढा जाँदा पनि फर्केर आइदियोस् भनेर कुनै अदृश्य शक्तिसँग मागिरहन्छौँ, भाकल गरिरहन्छौँ । तर त्यो मनको मान्छे भने मनबाट निस्किएर कहिल्यै नफर्किने गरि गइरहन्छ मात्रै, काँचुली फेरेको सर्प जस्तै ।
यस्तो लाग्छ की जीन्दगी भनेको त आँशुहरुको घोल मात्रै हो । आँशु घोलक पदार्थ हो अनि पिडाहरु घुलित पदार्थ हुन् । जब आँशुमा घोलिन्छन् नी पिडाहरु तब त्यहाँ पिडा स्वत : हराएजस्तो लाग्छ, बिलाए जस्तो लाग्छ । तर यथार्थमा त्यो आँशुको मुल तत्व नै ती नै पिडाहरु हुन् ।
पानीमा चिनी घोल्दा चिनी हराउँछ, पानी मात्रै देखिन्छ तर त्यो पानीलाई गुलियो बनाउने चिज चाहीँ त्यसमा घुलेर हराएको चिनी नै हो । मान्छेहरु पानी देख्छन्, चिनी देख्दैनन् । ठीक त्यसैगरि मान्छेहरु आँशु देख्छन्, पिडा देख्दैनन् । तर त्यो आँशुलाई कस्तो बनाउने भन्ने चाहीँ पिडाले हो, नत्र आँशु त कहिलेकाहीँ मज्जाले हाँस्दा पनि त आउँछ नि ।
जीन्दगीको सबैभन्दा दुखद क्षण त्यो हो, जब कोही आफ्नै भन्नेले दिएको दुःखबाट आँखामा आँशु भरिएर आउँदा...उसैले सोध्छ, के भयो ? भनेर अनि हामीले फिस्स हाँस्दै भन्नुपर्छ, केही हैन । हो, त्यतिबेला शब्दमा केही हैन भनिएपनि भि...त्र कतै भने धेरै भएको हुन्छ ।
कति भएको हुन्छ पनि भन्न नमिल्ने गरि धेरै भएको हुन्छ । यति धेरै की त्यो व्यक्त गर्ने इच्छा पनि हुँदैन । मात्र रोइरहन मन लाग्छ एकान्तमा, आँशु बनाएर बगाइरहन मन लाग्छ पिरहरुलाई—व्यथाहरुलाई, भत्भती पोलेको मन शितल बनाउन मन लाग्छ तिनै आँशुहरुले ।
जति बिर्सुँ भन्यो उति झन्झन् दोहोरिरहन्छ त्यही घोचाई । अरुहरुले पिडा दिँदा वाण हानेजस्तो मात्रै लाग्छ । तर जब आफ्नैले पिडा दिन्छ नी, तब त्यो वाणमा पनि विष दलेर हानेको जस्तो लाग्छ । घाउ मात्रै बनाउँदैन त्यसले प्राण पखेरु नै उडाइदिन्छ । त्यति शक्तिशाली हुन्छ आफन्तले दिने चोट ।
कहिले प्रहार हुन्छ अनि कहिले आँशु अपार हुन्छ ।
कुन्नी किन जीन्दगीमा मनको पनि व्यापार हुन्छ । ।
कसलाई आफ्नो भन्ने खै, कसलाई पराई भन्ने
आफन्तको मुकुट भित्रै बैरीहरुको मुहार हुन्छ ।
(((((((((((((((नबिझ्ने गरि आँखैमा बसी)))))))))))))))))))))))))))
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete