Tuesday, May 28, 2013

हकिने मन ५५ : वर्ष २ अंक २ (२०७०।०२।१३)

आज मिति २०७० जेठ १३ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट...

Friday, May 24, 2013

राम शरण श्रेष्ठका ५ मुक्तकहरू

1.मुक्तक  च्वास्स विझ्छ काँडाले ।। मन..... दुख्छ टाढाले ।। मजा बेग्लै डुब्नुमा जिवन्त प्रेम गाढाले ।। राम शरण श्रेष्ठ चिसापानी रामेछाप 2. मुक्तक जबसम्म आत्माहरु बुद्ध हुँदैन ।। चाहेरनी कोहिपनि शुद्ध हुँदैन ।। शान्तिनै गन्तब्य तोक्ने हो भने कहिल्यै मार्ग अबरुद्ध हुँदैन ।। राम शरण श्रेष्ठ चिसापानी रामेछाप 3. मुक्तक काँडाले घोच्नै खोजिरहन्छ ।। छुराले रोप्नै खोजिरहन्छ ।। बाँच्ने शक्तिसालिहरुनै हुन् कालले छोप्नै खोजिरहन्छ ।। राम शरण श्रेष्ठ चिसापानी रामेछाप   4. मुक्तक स्वच्छ जलवायु बढाउनु पर्छ अब ।। मान्छेको आयु बढाउनु...

Thursday, May 23, 2013

तिम्रो यौवन को फुल

मोहन बिहानी ********** मुक्तक ************** तिम्रो यौवन को फुल फुले जस्तो देख्छु, हिजो भन्दा आज अझै खुले जस्तो देख्छु, मनको ईच्छा मन भित्रै गुम्सी रह्यो सदा, फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु। Copyright@--मोहन बिहानी, भक्तिपुर-७ सर्लाही&nbs...

Tuesday, May 21, 2013

बहकिने मन ५४ : बिशेष श्रृंखला वर्ष २ अंक १(२०७०।०२।०६)

आज मिति २०७० जेठ ६  गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको पहिलो विशेष श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मन यहाँ सम्म आइपुग्दासम्मको इतिहाँस लगायत मेरा केहि ब्यक्ति गत भोगाइहरु तपाइहरुसमक्ष राख्नेछु ।   Listen and Download                              Download...

Monday, May 20, 2013

प्रेम, विश्वास र पारदर्शिता

मैले धेरैपटक अविवाहितहरुको विषयलाई नै प्रधानता दिएँ । प्रेम र वियोग जस्ता विषयकै पेरीफेरीमा आफ्ना शब्दहरुलाई सीमाकंन गरेँ । विवाह पूर्वको सम्बन्धप्रति मात्रै बढी चासो देखाएँ । यसो गरिरहँदा वैवाहिक जीवनमा सृजित हुने प्रेमलाई भने अवमुल्यन गरेको जस्तो देखियो । आखिर प्रेम त विवाह अघि भन्दा विवाह पछि पो झन अपरिहार्य छ त । प्रेम त जतिसँग पनि हुनसक्छ, तर केही अपवादलाई छाड्ने हो भने विवाह त एकसँग मात्रै गरिन्छ । प्रेम त एउटै मान्छेसँग पटकपटक पनि भइदिन सक्छ, केही समय ब्रेक अप अनि फेरी शुरु । तर विवाह चाहीँ एउटै मान्छेसँग बारम्बार गर्न सकिन्न । प्रेममा...

वहकिने मन बज्ने रेडियो स्टेशनहरू

वहकिने मन  बज्ने ७० रेडियो स्टेशनहरू रेडियो उपत्यका— काठमाण्डौँ रेडियो अभियान — काठमाण्डौँ रेडियो जागरण—रुपन्देही रेडियो देवदह—रुपन्देही रेडियो समानता—कपिलवस्तु भ्वाईस एफ.एम.—कपिलवस्तु रेडियो अर्पण —चितवन रेडियो धुर्बतारा—चितवन रेडियो नारायणी—चितवन रेडियो माडी—चितवन रेडियो परासी—नवलपरासी रेडियो दाउन्ने—नवलपरासी रेडियो मध्यविन्दु—नवलपरासी रेडियो देवघाट—तनहुँ मेरो साथी एफ.एम.—तनहुँ दमौली एफ.एम.—तनहुँ जागरण एफ.एम.—सुर्खेत रेडियो भेरी—सुर्खेत बुलबुले एफ.एम.—सुर्खेत रेडियो सुर्खेत—सुर्खेत भेरी एफ.एम.—बाँके रेडियो प्रतिवोध—बाँके रेडियो कोहलपुर—बाँके...

मुक्तक

उसले छोडेपछि सराबी भएको हुँ ।  सराबी भएर नै खराबी भएको हुँ । । भेटिए बाटोमा सुनाईदिनु उसलाई पहिले ठीकै थिएँ, अहिले जथाभावी भएको हुँ । । । ....महावीर विश्वकर्...

विछोडको परिभाषा

प्रेमको परिभाषा गर्न जति जटिल छ, त्यति नै जटिल छ विछोडलाई परिभाषित गर्न पनि । सतही परिभाषा गर्न कै लागि त शब्दहरु बटुलेर अनेकथरी भन्न सकौँला हामी । तर ती परिभाषाहरु आफैभित्र मात्रै खुम्चिन्छन् की सर्वमान्य पनि हुन्छ भन्ने चाहीँ प्रधान विषय हो । हाम्रा दृष्टिहरु, भोगाईहरु, सोँचाईहरु बिल्कुल व्यक्तिगत हुन् । त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्ट्याईले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसो त आ—आफ्नो बुझाईको कुरा हो, परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होईन । अर्थशास्त्रका पिता भनेर चिनिने आडम स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त...

गजल

मलाई सम्म र भिर उस्तै उस्तै लाग्छ । हिँड्नैपर्ने तक्दीर उस्तै उस्तै लाग्छ । । म सोँच्छु एउटा, भइदिन्छ अर्कै जीन्दगी अनि जन्जीर उस्तै उस्तै लाग्छ । सम्झिए मात्रै पनि आँखा रसाइहाल्ने तिमी र तिम्रो तस्बीर उस्तै उस्तै लाग्छ । । तिमी नपिउ भन्थ्यौ, उ चाहीँ थप भन्छ भट्टी साहुनीको जिकिर उस्तै उस्तै लाग्छ । । अचेल बजारमा हल्ला चल्या छ रे देवदास र महावीर उस्तै उस्तै लाग्छ । ।...

गजल

म सोँचिरहेछु पाप लाग्नेछ तिमीलाई । मेरा आँशुहरुको श्राप लाग्नेछ तिमीलाई । । समय सँधै एकनाश कहाँ रहन्छ र कुनैदिन त पक्कै विलाप लाग्नेछ तिमीलाई । । मैले देखेका सपना निमोठेर गा’छ्यौ एकदिन हत्याराको छाप लाग्नेछ तिमीलाई । । पाप धुरीबाट कराउँछ भन्छन् नसोँच्नु सँधै फलिफाप लाग्नेछ तिमीलाई । । भेटियौ भने कतै, अवश्य निखन्नेछु मलाई रुवाएको हिसाब लाग्नेछ तिमीलाई ।...

Sunday, May 19, 2013

वहकिने मनका सबै श्रृंखला एकै ठाउँमा सुन्नुहोस्

हरेक शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन यो बर्षको अन्तिम श्रृंखलामा प्रस्तोता महाविर विश्वकर्मा उपस्थित हुनुभएको छ । Listen All Previous Episodes Thank yo...

मुक्तक

बुढेसकालको भर पठाएको छ । उस्ले छोरो सहर पठाएको छ । ....................................... विरामी मरिसकेपछी सरकारले गाउँतिर डाक्टर पठाएको छ । राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।...

मुक्तक

उ गएको छ तस्विर दिएर । पिरतीको मिठो पिर दिएर । बनाइ दिएकोछ बेफुर्सदिलो सम्झिरहने जागिर दिएर । -रामशरण श्रेष्ठ ...

...

बहकिने मन ५३ (२०७०।०१।२०)

आज मिति २०७० बैशाख ३० गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन यो बर्षको अन्तिम श्रृंखलामा प्रस्तोता महाविर विश्वकर्मा उपस्थित हुनुभएको छ । Listen and Download                                  Download...

Thursday, May 16, 2013

मुक्तक

म त जानी नजानी हाँस्छु भनेको मान्छे ।  पटक पटक आफ्नै मन भाँच्छु भनेको मान्छे । । कसरी तिम्रो सिउँदो भर्न सकुँला र सँधै सँधै एक्लै बाँच्छु भनेको मान्छे । ।...

मुक्तक

अचेल मान्छेहरु घाती भइरहेछन् । घातीहरु नै मेरा साथी भइरहेछन् । । लाखौँ प्रयत्न गरेँ, बुझ्नै सकिनँ अझै किन यति धेरै पक्षपाती भइरहेछन् । ।...

मुक्तक

जब ऋण नलागेको घर हुँदैन । वाध्यता विदेश बन्छ, रहर हुँदैन । । मुग्लान छिरेका मदनहरु भन्दैछन् अचेलकी मुनाको भर हुँदैन । । ।...

मुक्तक

नदी बनायो कसले, अनि डुङ्गा कसले बनायो ? डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ? अचेल एउटै प्रश्न दोहोरिरहन्छन् सँधै म त मान्छे नै पो थिएँ, मलाई ढुङ्गा कसले बनायो...

मुक्तक

न वार छ, न पार छ । अलि पर एउटा जङ्घार छ । । अचेल जीन्दगी दुख्नुको कारण चारैतिरबाट प्रहार छ । । ।...

मुक्तक

म क—कसलाई सुनाउँ, जीन्दगी दुखेको कुरा । आफ्नै भन्ने मान्छे टाढा पुगेको कुरा । । विश्वास लाग्न पनि सक्छ, र नलाग्न पनि रुँदारुँदै आँखामा आँशु सुकेको कुरा । । ।...

मुक्तक

जसलाई मैले फूल सम्झेँ, उही पछि काँडा भयो । काँडा पनि अँगाल्दै थेँ तर आफै टाढा भयो । । भेटेपछि छुटिहाल्यो, छुटेपछि भेटिएन तर पनि किन किन माया भने गाढा भयो । ।...

Wednesday, May 15, 2013

विछोडको परिभाषा

प्रेमको परिभाषा गर्न जति जटिल छ, त्यति नै जटिल छ विछोडलाई परिभाषित गर्न पनि । सतही परिभाषा गर्न कै लागि त शब्दहरु बटुलेर अनेकथरी भन्न सकौँला हामी । तर ती परिभाषाहरु आफैभित्र मात्रै खुम्चिन्छन् की सर्वमान्य पनि हुन्छ भन्ने चाहीँ प्रधान विषय हो । हाम्रा दृष्टिहरु, भोगाईहरु, सोँचाईहरु बिल्कुल व्यक्तिगत हुन् । त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्ट्याईले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसो त आ—आफ्नो बुझाईको कुरा हो, परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होईन । अर्थशास्त्रका पिता भनेर चिनिने आडम स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त पछि...

सुन्दरता

हाम्रो समाजमा धेरै पहिलेदेखी चलिआएको एउटा उखान छ, “रातो राम्रो गुलियो मिठो ।” हुन त रातो बाहेकको रङ्ग पनि राम्रो हुन्छ अनि गुलियो बिनाको परिकार पनि मिठो । फेरी पनि हाम्रो मन भने रातो र गुलियोमा नै अल्झिन पुगेको छ । यो भनाई कसरी प्रचलनमा आयो यो भन्ने त थाहा भएन । तर मलाई के लाग्छ भने हाम्रो मगजमा सबैभन्दा पहिला जुन छाप पर्छ त्यो मेटिन औधी गाह्रो हुन्छ । तपाईँले पनि ख्याल गर्नुभएको होला हाम्रा साना नानीबाबुहरुलाई रङ्गमा रातो र स्वादमा गुलियो मनपर्छ । अनि यो कुरा हामीमा पनि लागु भएको थियो, सानो छँदा । हामीले पनि रङ्गमा रातो र स्वादमा गुलियो नै...

भगवान र प्रेम

साहित्यकार एवम् राजनीतिज्ञ मोदनाद प्रश्रितले लेख्नुभएको छ—“आधुनिक भूगोल, खगोल र असंख्य आकाश—गंगायुक्त विश्वको खोजी नहुँदासम्म काल्पनिक ईश्वरले पृथ्वीमा एकछत्र राज गर्यो । तर्कका प्रमाणबाट ईश्वर नमान्ने चार्वाक्, कपिल, वुद्ध आदिका भनाईलाई उसले निर्मम बनेर कुल्चँदै गयो । यसरी प्राचीन युगदेखि मध्ययुगको पछिल्लो चरणसम्म उसको हैकम डग्मगाएन । कोपरनिकस र ब्रुनोहरुले सूर्यकेन्द्रित विश्वको कुरा गर्दा ईश्वर केही झस्क्यो । न्यूटनले गुरुत्वाकर्षणबाट सौर्यमण्डल लगायत तारागण आ—आफ्नो मर्यादामा घुम्ने कुरा गर्दा ईश्वरको जादुमा प्वाल प¥यो । तर पनि ती वैज्ञानिकहरु...
Pages (31)1234 Next

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget