Monday, May 20, 2013

गजल

मलाई सम्म र भिर उस्तै उस्तै लाग्छ ।
हिँड्नैपर्ने तक्दीर उस्तै उस्तै लाग्छ । ।

म सोँच्छु एउटा, भइदिन्छ अर्कै
जीन्दगी अनि जन्जीर उस्तै उस्तै लाग्छ ।

सम्झिए मात्रै पनि आँखा रसाइहाल्ने
तिमी र तिम्रो तस्बीर उस्तै उस्तै लाग्छ । ।

तिमी नपिउ भन्थ्यौ, उ चाहीँ थप भन्छ
भट्टी साहुनीको जिकिर उस्तै उस्तै लाग्छ । ।

अचेल बजारमा हल्ला चल्या छ रे
देवदास र महावीर उस्तै उस्तै लाग्छ । । ।
Categories:

3 comments :

  1. महावीर जी, यहाँको विचार, भावना, प्रस्तुती अनि कार्यक्रमजस्तै यो ब्लग पनि उत्तम छ । सफलताको शुभकामना ।

    ReplyDelete
  2. vry good daju, wish u all the best....

    ReplyDelete
  3. hajur ko program chalauni capacity malae dhari man parxa..............

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget