म उभिएको छु
यो गाउँको अन्तिम सिमानामा जहाँबाट देखिरहेछु प.....र को गाउँ पुग्नुछ त्यहीँ भेट्नुछ नयाँ नयाँ मान्छे जो भेटिन बाँकी रहे आजसम्म पूरा गर्नुछ एउटा अधुरो कथा जो लेखिन बाँकी रह्यो आजसम्म
यो समयले थमाएका
केही छोड्नै नहुने मान्छे
कुनै छुट्नै नहुने सरदम
कति बिर्सिनै नहुने याद
कतै मनमा बसेको डोब
लैजानु छ सबैसबै
अँ साँची,
कसैगरि पनि
लैजानु छ सँगसँगै
एउटा दोहोरिरहने सपना
जसले
त्यो अपरिचित गाउँमा
नदेओस् बाटो बिराउन
र, झस्काइरहोस्
निरन्तर निरन्तर ...........।
पहिले राम्री थिई, अहिले कम भइछे । फेसबुकमा देखेथेँ, अलि खत्तम भइछे । । के-के नै नाप्छु भन्दै मलाई छोडेर गा'थी प्रेमिका थिई, श्रीमती भई, अहिले मम् भइछे । । ।
हरबखत हाँस्नुको नि मज्जा हुँदैन । रोएरै थाक्नुको नि मज्जा हुँदैन । । कुरा काट्ने होउन् कोही,पछि लाग्ने होउन् नत्र जीन्दगी बाँच्नुको नि मज्जा हुँदैन ।।। नारीको रुपको चासो लिन्छ, नामको लिँदैन । क्षमता, योग्यता, अनुभव तमामको लिँदैन ।। हामीले बाँचेको समाज,यति कुरुप छ साथी सीताको अग्निपरीक्षा लिन्छ, रामको लिँदैन ।।।