Monday, March 6, 2017

गजल

समयले गोप्य सुत्र बताएको छ ।
र त मलाई उल्टो बग्न लगाएको छ । ।
प्रतिष्पर्धा गर्छु, म आफैसँग मात्रै
मान्छेहरु भन्लान्, यो निदाएको छ । ।
सम्झिरहुँ लाग्ने, केही सम्झनाहरु छन्
जस्ले अझै तिमीलाई सम्झाएको छ । ।
म बाटो भएर, बसेछु की सायद
सँधै कोही गएको छ, कोही आएको छ । ।
उस्ले सन्तान हुर्काए जस्तै, म सपना हुकाईरा'छु
जीन्दगीले केही यस्तै सिकाएको छ । ।

Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget