Thursday, April 13, 2017

नयाँ वर्ष

-महावीर विश्वकर्मा
(2073-12-31)
म उभिएको छु
यो गाउँको अन्तिम सिमानामा 
जहाँबाट देखिरहेछु
प.....र को गाउँ
पुग्नुछ त्यहीँ
भेट्नुछ नयाँ नयाँ मान्छे
जो भेटिन बाँकी रहे आजसम्म
पूरा गर्नुछ एउटा अधुरो कथा
 जो लेखिन बाँकी रह्यो आजसम्म
यो समयले थमाएका
केही छोड्नै नहुने मान्छे
कुनै छुट्नै नहुने सरदम
कति बिर्सिनै नहुने याद
कतै मनमा बसेको डोब
 लैजानु छ सबैसबै
अँ साँची,
कसैगरि पनि
लैजानु छ सँगसँगै
एउटा दोहोरिरहने सपना
जसले
त्यो अपरिचित गाउँमा
नदेओस् बाटो बिराउन
र, झस्काइरहोस्
निरन्तर निरन्तर ...........।
(तस्बीर श्रोत : google.com)
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget