Friday, February 14, 2014

मेरो प्रेम पत्र....

म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे...
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।

प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।

जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।

मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम ।
जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।

अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।

जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।

आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।

म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।

प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।

हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।

किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म ? तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।

म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले  पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।

म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र...प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।

त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।

तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।

ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ । 

चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।

श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् ।  विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध । 

फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।

तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।

हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले  । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।

तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
......महावीर विश्वकर्मा.....
Categories:
Pages (31)1234 Next

8 comments :

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. तपाईंलाई ऋण चाहिन्छ?
    के तपाईं आर्थिक संकटमा हुनुहुन्छ वा पैसाको खाँचोमा आफ्नै व्यापार सुरु गर्न? के तपाईं एक ऋण तिर्न वा बिल भुक्तान गर्न वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? तपाईंसँग कम क्रेडिट मूल्याङ्कन छ, र तपाइँसँग समस्या छ भने स्थानीय बैंक र अन्य वित्तीय संस्थानहरूबाट ऋण प्राप्त गर्ने? यहाँ हाम्रो संगठनबाट ऋण प्राप्त गर्ने तपाईंको मौका छ। हामी निम्नलिखित प्रयोजनों र अधिक धेरै व्यक्तिहरूको लागि ऋण प्रस्ताव गर्छौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, कडा पैसा। हामी 3% को कम ब्याज दर संग ऋण को पेशकश गर्छन। ई-मेलद्वारा हामीलाई सम्पर्क गर्नुहोस्: fredmorefinance@gmail.com
    व्हाट्साप: + 919654763221

    ReplyDelete
  3. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete
  4. के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
    व्हाट्सएप; +306982127743

    ReplyDelete
  5. के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
    व्हाट्सएप; +306982127743

    ReplyDelete
  6. नमस्कार


     easyण सजिलो financeण वित्त दीर्घ र छोटो अवधि का offerण प्रस्ताव। हामी प्रति वर्ष%% एकदम कम ब्याज दरमा व्यक्तिगत र loansण, व्यक्तिगत loansण, debtण समेकन loanण, उद्यम पूंजी, व्यवसाय loansण, कर्पोरेट loansण, अध्ययनको लागि loansण र कुनै पनि कारणको लागि loansणको लागि सुरक्षित र गोपनीय offerणहरू प्रस्ताव गर्दछौं!

    हामी बैंक वित्तिय भरोसाको विकल्प हौं, र हाम्रो आवेदन प्रक्रिया सरल र सीधा छ। हाम्रो loanण 5000 र 25,000,000.00 डलर को बीचमा छ। अन्य जानकारी: हामी छिटो निजी loanण विकल्प, सामान्य loansणको लागि सावधानी र लक्षित सेवाहरू बन्निरहेका छौं। Theणको परम्परागत स्रोतहरू हुँदा हामी फेल कम्पनीलाई बुझाउँछौं।

    यदि तपाई इच्छुक हुनुहुन्छ भने, कृपया हामीलाई अधिक जानकारी को लागी सम्पर्क गर्नुहोस्:

    www.Elizabethloan00@gmail.com मार्फत
     
    शुभेक्षा सहित,
    श्रीमती एलिजाबेथ वाल्टर
    Loansणका लागि आवेदन विभागको प्रमुख,

    ReplyDelete
  7. नमस्कार


     easyण सजिलो financeण वित्त दीर्घ र छोटो अवधि का offerण प्रस्ताव। हामी प्रति वर्ष%% एकदम कम ब्याज दरमा व्यक्तिगत र loansण, व्यक्तिगत loansण, debtण समेकन loanण, उद्यम पूंजी, व्यवसाय loansण, कर्पोरेट loansण, अध्ययनको लागि loansण र कुनै पनि कारणको लागि loansणको लागि सुरक्षित र गोपनीय offerणहरू प्रस्ताव गर्दछौं!

    हामी बैंक वित्तिय भरोसाको विकल्प हौं, र हाम्रो आवेदन प्रक्रिया सरल र सीधा छ। हाम्रो loanण 5000 र 25,000,000.00 डलर को बीचमा छ। अन्य जानकारी: हामी छिटो निजी loanण विकल्प, सामान्य loansणको लागि सावधानी र लक्षित सेवाहरू बन्निरहेका छौं। Theणको परम्परागत स्रोतहरू हुँदा हामी फेल कम्पनीलाई बुझाउँछौं।

    यदि तपाई इच्छुक हुनुहुन्छ भने, कृपया हामीलाई अधिक जानकारी को लागी सम्पर्क गर्नुहोस्:

    www.Elizabethloan00@gmail.com मार्फत
     
    शुभेक्षा सहित,
    श्रीमती एलिजाबेथ वाल्टर
    Loansणका लागि आवेदन विभागको प्रमुख,

    ReplyDelete
  8. * मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाट
    कम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै खुशी छु र भगवानले जोस लुइस Oण

    नमस्कार, मेरो नाम मार्गारीटा पलाजोभा हो म रीगाको हुँ
    म विवाहित छु, म एक वास्तविक loanण कम्पनीको लागि खोजी गर्दैछु
    पछिल्ला months महिना र मैले प्राप्त गरेका सबै घोटालाहरू थिए जसले मलाई उनीहरूमाथि भरोसा गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा तिनीहरूले मेरो पैसा लग्यो र बदलामा केहि पनि दिएनन्, मेरो सबै आशा हरायो, म अलमल्ल र निराश भएँ, मैले भेट्टाए यो मेरो परिवारलाई खुवाउन धेरै गाह्रो छ, म कहिले पनि इन्टरनेटमा companiesण कम्पनीहरुसँग केहि गर्न चाहन्न, त्यसैले म अफ्रिकाबाट केहि पैसा लिन गएँ, मैले उनलाई सबै कुरा बताएँ र उनले भनिन कि उनले मलाई मद्दत गर्न सक्छिन्, जुन उनलाई थाहा छ मलाई आवश्यक पर्ने loanणको कुनै पनि रकमको साथ मद्दत गर्न सक्ने एक companyण कम्पनी
    मलाई २% एकदम कम ब्याज दरको साथ, कि उनले भर्खरै उनीहरुबाट loanण लिएकी थिई, उनले मलाई कसरी loanणका लागि आवेदन दिने भनेर निर्देशन गरे, मैले उनलाई भनेको भनेको मैले उनीहरूलाई ईमेलमा गरें: (जोसेलुइसलोन्स @ जीमेल .com
    ), मैले कहिले विश्वास गरेन तर मैले प्रयास गरें र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले २ 24 घण्टा भित्र theण प्राप्त गरें, म विश्वास गर्न सक्दिन, फेरि खुशी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो loanण कम्पनीहरूले अझै पनि यस्तै यस घोटालामा सबै ठाउँमा अवस्थित छन्, कृपया म सबैलाई सल्लाह दिन्छु
    (joseluisloans@gmail.com मा जानको लागि त्यहाँ loanण चाहिन्छ
    ) तिनीहरू तपाईंलाई कहिल्यै विफल गर्दैनन्, र तपाईंको जीवन मेरो रूपमा परिवर्तन हुनेछ। चाँडै आज जोस लुइस loanणलाई सम्पर्क गर्नुहोस् र उनीहरूबाट तपाईंको getण लिनुहोस्, भगवानले जोस लुइस कम्पनीलाई उनीहरूको वास्तविक loanण प्रस्तावका लागि आशीर्वाद दिऊन्। निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो lणको लागि जोस लुइस कम्पनीलाई सम्पर्क गर्नुभयो किनभने मैले मेरो gotण पाएको छु
    सफलतापूर्वक तनाव बिना यो कम्पनीबाट *

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget