Tuesday, September 9, 2014

बहकिने मन प्रशारणा हुने एफ एम स्टेशनहरू-09-09-2014

हामीलाई आधिकारिक जानकारी दिएर वहकिने मन प्रसारण गरिरहेका रेडियोहरु :
काठमाण्डौ
रेडियो उपत्यका
रेडियो बाग्मती
नुवाकोट
रेडियो नुवाकोट
धादिङ्ग
रेडियो विहानी
रेडियो राजमार्ग
चितवन
रेडियो माडी
रेडियो धुर्बतारा
रेडियो अर्पण
मकवानपुर
रेडियो मकवानपुर
रेडियो निकास
रेडियो पालुङ्ग
रेडियो शक्ति
नवलपरासी
रेडियो परासी
रेडियो मध्यविन्दु
रुपन्देही
रेडियो जागरण
रेडियो देवदह
सोलुखुम्बु
शिखर एफ.एम.
कैलाली
रेडियो डौना बेबरी
फुलबारी एफ.एम.
टीकापुर एफ.एम.
प्यूठान
रेडियो माण्डवी
रेडियो प्यूठान
बाँके
रेडियो कृष्णसार
सर्लाही
रेडियो एकता
दाङ्ग
रेडियो गणतन्त्र
रेडियोप्रकृति एफ.एम.
रेडियो झरना एफ.एम.
रेडियो नयाँ युग
रेडियो हाम्रो पहुँच
रेडियो हापुरे
धनगढी
रेडियो सुदुर सन्देश
पाल्पा
रेडियो रामपुर
कञ्चनपुर
रेडियो महाकाली
रुकुम
रेडियो सानीभेरी
रेडियो उत्तरगंगा
रोल्पा
रेडियो रोल्पा
डोटी
रेडियो त्रिवेणी
अछाम
रेडियो रामारोशन
सुर्खेत
रेडियो सुर्खेत एफ एम
बुलबुले एफ.एम.
जागरण एफ.एम.
रेडियो भेरी
कपिलवस्तु
रेडियो समानता
भ्वाइस एफ.एम.
रेडियो परिवर्तन
बर्दिया
रेडियो गुरबाबा
रेडियो बबई
संखुवासभा
खाँदबारी एफ.एम.
सल्यान
रेडियो शारदा
रेडियो कपुरकोट
रामेछाप
हजुरको रेडियो
उदयपुर
रेडियो उदयपुर
रेडियो त्रियुगा
महोत्तरी
रेडियो सुनगाभा
अर्घाखाँची
रेडियो अर्घाखाँची
रेडियो देउराली
रेडियो सूर्योदय
कास्की
रेडियो लेखनाथ
गुल्मी
रेडियो पुष्पाञ्जली
गोरखा
रेडियो मनकामना
बैतडी
रेडियो निङ्गलाशैनी
डडेल्धुरा
रेडियो अमरगढी
ओखलढुंगा
आफ्नो एफ.एम.
सिन्धुली
रेडियो सिन्धुलीगढी
रेडियो सिद्धबाबा
धनगढी
रेडियो सुदुर सन्देश
जाजरकोट
रेडियो खलङ्गा
पर्सा
गढीमाई एफ.एम.
दार्चुला
रेडियो दार्चुला
पाँचथर
रेडियो सुम्हात्लुङ

वहकिने मन-१२० औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-05-23/08-09-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 भाद्र 23 तदनुसार 08-09 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 120 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download
                                 
Download : Click Here to Download
Download Listen at YouTube
 

Monday, September 8, 2014

''साया''ले जुराएको फेसबुक संवाद

....महावीर विश्वकर्मा 

एउटी पत्रकार साथी । खै साथी भन्ने की नभन्ने, त्यस्तो केही कुरा हुने होईन । न त भेट नै भएको छ अहिलेसम्म । तर पत्रकार चाहीँ हो । जहिले नी झुक्किए मात्रै च्याटमा बोलिदिने उसको बानी । जब उ मलाई ‘हाई’ भन्थी अनि मलाई लाग्थ्यो, सायद आज उसको च्याट लिस्टमा अरु साथी अनलाइनमा रहेनछन् । 

अनि एकैछिन् कुरा हुँदा पनि मौका पाउने बित्तिकै रिसाइदिने उसको अर्को बानी । मलाई हायलकायल बनाउने गरी । प्राय मेरो कुरामा समर्थनभन्दा बढी आफ्नै अडान हुन्थ्यो उसको । प्रत्येक वाक्यमा प्रश्नको झटारो हिर्काउँथी । सायद उसलाई यसैमा गर्व थियो । यस्तै बुझ्थेँ म । बुझाई सही नहुन पनि सक्थ्यो । तर मलाई लाग्थ्यो यस्तै । यो मेरो निजि बुझाई ।

विदेशमा रहेका एक जना साथीसँग फेसबुकको फोनमा व्यस्त थिएँ म । त्यो सकाएर हेरेको मोबाईलमा उसैको म्यासेजले रातो देखायो ।

“गुड मर्निङ हजुर ।” झण्डै २५ मिनेट अघि पठाएकी हुँदी हो ।

मैले भर्खर देखेँ त मेरो के दोष । फेरी पनि मोबाईलमै समय हेरेँ, १२ बजेकै थिएन ।
अनि रिप्लाई गरेँ, “गुड मर्निङ्ग हजुर, गुड मर्निङ्ग ।”

“रिप्लाई नै ढिलो भएपछि मर्निङ्ग के गुड होला र !” यसरी रिसाए झैँ गर्ने उसको पुरानै शैलीसँग आज फेरी जम्काभेट भयो ।

“हे हे, फोनमा थिएँ नी हजुर । किन छिट्टै रिसाउनु भा को हौ ?” मैले यही भनेँ । मानौँ उसलाई फकाउनुमा आनन्द मिल्थ्यो मलाई ।

“मायालाई...घुर्कीलाई...अनि गुनासालाई...अचेल रिस भन्न थालिएछ है !” सायद निक्कै लाडे स्वरमा लेखेकी हुँदी हो उसले यो कुरा । जुन फेसबुकमा ट्याक्कै त झल्किएन । फेरी पनि अनुमान गर्न त्यति गाह्रो भएन मलाई । ३ पटक पढेँ उसको यो कुरा । एकखाले खुशी एक्कासी आयो मनभित्र । आमाले अगेनामा तताएको दूध एक्कासी उम्लिए जसरी । उसले अगाडी “मायालाई....” लेखेकी थिई । सायद यही शब्दले खुशी बनाएको थियो मलाई ।

मैले उसैगरि लाडे पारा झल्किने गरि लेखिदिएँ, “माया भन्ने के थाहा भो त नी !”
“मायालाई हरेक तरिकाले बुझ्ने क्षमता भएको मान्छेलाई, अबुझ बन्या सुहाएन ।” उसले नाकै फुल्लिने गरि फुक्र्याइदिई मलाई ।

नाक त छामिनँ मैले । तर उसले दिएको आहोदा कायम राख्दै भनिदिएँ, “मायामा अबुझ बन्नुको मज्जा कत्ति हुन्छ भन्ने पनि त थाहा छ नि मलाई ।”
“वाउ...शब्दसँग खेल्न सक्ने मान्छेलाई के भनौँ अब...।” अलि गैर प्रश्न जस्तो प्रश्न तेस्र्याइ उसले ।

“के भन्न मन लागेको छ र हौ ।” म अलि छिल्लिन खोजेँ ।

“साया को मूल्य चाहीँ कति राखेको रहेछ नी ?” उ सीधै विषय प्रवेश गरि । सायद म अझै छिल्लिन चाहन्थेँ । तर उसले कुरा बुझिन । न पो बुझेर पनि बुझीन की । मैले ठम्याउनै सकिनँ । अनि आफैसँग लाज लागे जस्तो भयो, छिल्लिन खोजेकोमा ।
अनि ट्रयाकमा आउन खोज्दै भनिदिएँ, “३००” । (यहाँ सुबिन भट्टराईको ‘समर लभ’ को ‘भाग २’ साया उपन्यासको कुरा हुँदै थियो ।

“ओ...........” उसले यत्ति लेखी । मैले बुझेँ, किताब किन्न अल्छी मानी ।
“आज विमोचनमा डिस्काउन्ट होला” उसलाई उत्साही बनाउन यसो भनिदिएँ ।
“स्यालरी न आएको बेला, ३०० को बुक किन्नु र भन्या ?” उसले यो म्यासेजसँगै एउटा आँखा चिम्लिएर जिब्रो फुत्त बाहिर निकालेको सानो स्टिकर पनि सेन्ड गरि, फेसबुक बाटै ।

“पढ्न मन लागेको भए त किन्ने नी” यत्ति भनेर मैले पनि उसैको जस्तो स्टिकर सेन्ड गरिदिएँ । हुन त अलि छिल्लिएको स्टिकर पठाउन मन लागेथ्यो । तर उसले झपार्न सक्थी । त्यसैले मनको कुरा मनमै रह्यो ।

“तपाईँले साया पढिसक्नुभयो । थाहा छ मलाई । अब म पढ्छु त्यही बुक । फिर्ता गर्छु के सकुशल ।” हिजो सुबिन जी ले मलाई सायाको एकप्रति हस्तान्तरण गरेको फोटो फेसबुकमा राखेको थिएँ मैले । उसले लाईक गरेकी थिई । साया पढेर सकाएपछि राती २ बजे नै त्यो कुरा स्टाटसमा लेखेको थिएँ मैले । सायद त्यसैले उ पूरै जानकार थिई ।

“विहानै एकजना साथीलाई दिएँ । एक दुई दिन कुर्नुपर्ला की !” मैले आशा देखाएँ ।
“सक्दिनँ कुर्न । नाईँ मलाई नै चाहिन्छ के !” यसरी घुर्की देखाइ उसले । एकपटक पनि सामु नपरेको मान्छे मसँग यसरी अधिकार जमाए जसरी कुरा गर्दैछे । फेरी पनि निक्कै आत्मीयता पाएँ त्यो घुक्र्याइमा । साँच्चै भन्नुपर्दा औधी मज्जा लाग्यो मलाई ।

र त उसलाई झनै हौस्याउने उद्देश्यले लेखिदिएँ, “यी केटी मान्छेको विशेषता नै जिद्दी गर्ने ।”

“जिद्दी होस् या जे होस्, मलाई त दिनुस् के !” मैले चाहे जसरी नै ढिपी कसी उसले ।
मैले पनि सकेसम्मको माया दर्शाए झैँ गरिटोपलेँ, “कहाँ दिन्नँ भनेँ र मैले । अहिले मसँग छैन पो भनेको त हौ ।”

“किन नराख्नु भएको त ? मैले हिजैदेखी भनेकी थिएँ नी । एनी वे...सायद अलि निकट रिलेसन भा भए.....अलि आत्मीय हुन पा भए...आई एम स्योर मैले फस्र्टमा पाउँथेँ तपाईँबाट । बट ईट्स ओ के ।” सायद मन दुखाई उसले । तर त्यतातिर त्यति ध्यान गएन मेरो । बरु उसले भनेको “अलि आत्मीय हुन पा भए...” भन्ने लाईनमा मन अल्झियो । अनि हत्तार हत्तार टाईप गरेँ, “हो जस्तो लाग्यो है मलाई पनि ।” सायद यो लाईनले प्रष्ट झल्काउँथ्यो म आत्मीय बन्न चाहन्छु उसँग भन्ने । किन आत्मीय बन्न चाहन्थेँ ? भन्ने चाहीँ सायद प्रष्ट्याएन होला । अनि मैले नै लुकाउन चाहेँ हुँला पनि ।

“ओ के, भयो म पढ्दिन्ँ अब तपाईँको साया । आई मिन, तपाईँबाट लिन्नँ । केही गरुँला आफै ।” ऊ ठुस्किई ।

ठुस्केको मान्छे फकाउन मन लाग्ने मेरो पुरानो बानी । यहाँ पनि दोहोर्याइदिएँ ।
“रिस त केटी मान्छेको गहना नै हो जस्तो लाग्छ मलाई त । यो बिनाको केटी मान्छे सायद सम्भव नै हुन्न होला ।”

उसले तत्काल रिप्लाई गरि, “कत्तिको सँगत गर्नु भो...कत्तिलाई फिल गर्नु भो...त्यो हजुरलाई नै थाहा होला । बट म केही भन्दिनँ अब ।” खै उसको घुक्र्याइ हो की के, बुझ्नै सकिनँ मैले । तर म चाहीँ फूल मुडमा थिएँ, उसलाई जिस्क्याउन । तर उसको प्रश्न नजानिँदो गरि मेरो मनको गहिराईमा पुगेर खस्यो, जसरी शान्त तलाउनमा निकै माथिबाट खस्छ ढुङ्गो, छ्याप्ल्याङ्ग हुने गरि, अनि उब्जाउँछ तरङ्ग किनारसम्म ।

“कत्तिको सँगत गर्नु भो...कत्तिलाई फिल गर्नु भो...त्यो हजुरलाई नै थाहा होला ।” उसको यो कुरा मनमनै झण्डै ६ पटक पढेँ मैले । अनि तत्काल सम्झिएँ पनि केहीलाई, एक हिसाबले पूरै नोष्टाल्जिक पो भएँ म त ।

केहीबेरमा टाईप गरेँ, “सँगत केहीसँग गरेँ, औँलामा गन्न मिल्ने गरि । अनि फिल...एकाधलाई गरेँ, गन्नलाई औँला नै नचाहिने गरि ।”

तत्कालै उसले पढी । केही लेख्न खोजी । लेखिन । फेरी लेख्न खोजी । यो पटक पनि लेखिन । अनि अफलाईन भई उ । म भने आफ्नै जीन्दगीको पुराना दिनहरुमा ठोक्किन आईपुगेका ती मान्छेहरुलाई सम्झिँदै फेरी फेरी पढिरहेँ, “सँगत केहीसँग गरेँ, औँलामा गन्न मिल्ने गरि । अनि फिल...एकाधलाई गरेँ, गन्नलाई औँला नै नचाहिने गरि ।”

Tuesday, September 2, 2014

वहकिने मन-११९ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-05-16/01-09-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

बहकिने मन EPISODE 119 

यादहरु किन दोहोरिरहन्छन् ? 
Listen and Download
                               Download : Click Here to Download
Listen at Youtube

Tuesday, August 26, 2014

वहकिने मन-११८ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-05-09/25-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


मिति 2071 भाद्र 09 तदनुसार 25-08 2014 सोमबार 

बहकिने मन EPISODE 118 

''आखिर प्रेम सम्बन्धमा हुने वियोगले कतिपय व्यक्तिहरुलाई किन जीवनप्रति नै निरश बनाउँछ होला त ?'' 
Listen and Download
                                  Download : Click Here to Download
Listen at YouTube : 

Tuesday, August 19, 2014

वहकिने मन-११७ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-05-02/18-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 भाद्र 02 तदनुसार 18-08 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 117 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download
                                Download : Click Here to Download

Sunday, August 17, 2014

''बाटो''



....महावीर विश्वकर्मा

साँच्चै, बाटोहरु कहाँबाट शुरु हुन्छन् होला ?
अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला ? 

बाटो कुल्चेर हिँडिजाने बटुवाहरुलाई 
सँधै सम्झिन्छ की सम्झिन्न होला यसले
बाटैबाटो हिँडिआउने पुराना यात्रीहरुलाई
सँधै ठम्याउँछ की ठम्याउँदैन होला यसले 

कहिले दोबाटोहरुमा, 
बाटोले बाटैसँग प्रेम गर्छ की गर्दैन होला
कहिले चौबाटोहरुमा,
बाटोले बाटैमाथी प्रेमिका थप्छ की थप्दैन होला 
कहिलेकाहीँ आफ्नै मन आफैबाट हराए जस्तो
बाटोबाट बाटाहरु हराउँछन् की हराउँदैनन् होला

बाटैमा हिँडेर कहाँ-कहाँ पुगिदिन्छ मान्छे
बाटैमा टेकेर कहाँ-कहाँबाट फर्किदिन्छ मान्छे
बाटोको भने कुनै गन्तब्य हुन्छ की हुँदैन होला मान्छेको जस्तै
फर्किने हतारो हुन्छ की हुँदैन होला मान्छेलाई जस्तै 
कहिलेकाहीँ बाटो भुलेर मान्छे हराए जस्तो
आफै भुलिएर अल्मलिन्छ की अल्मलिँदैन होला बाटो


साँच्चै, मलाई सोध्न मन लागेको छ बाटोहरुसँगै 
बाटोहरु कहाँबाट शुरु हुन्छन् होला ?
अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला ? 

Monday, August 11, 2014

वहकिने मन-११६ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-04-26/11-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


भौतिक रुपमा हामी माझ नरहनुभएका नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पित वहकिने मन (११६ औँ श्रृंखला)
(श्रीकृष्णले अस्पतालबाट दर्शकको लागि पठाएको सन्देश सहित)
Listen and Download
                                    Download : Click Here to Download
Listen at youtube

Tuesday, August 5, 2014

वहकिने मन (२०७१ श्रावण १९)



एउटा चिठी हेरेँ आज अनि रोएँ धेरै । 
याद आयो, एल्बम झिकेँ, तस्बीर छोएँ धेरै । । 
चिठी बनी तिमी बोल्यौ, उस्तै माया गर्दै 
बरबर्ती आँशुले ती अक्षर धोएँ धेरै । । ।

((((((((((((कहीँ फूल छ, कहीँ पत्थर))))))))))))))))))))

जीन्दगी भनेकै यादहरुको भारी बोकेर लरखराउँदै लरखराउँदै हिँड्ने एउटा अभ्यास न हो । बाँकी अरु के नै हो र ?  जीन्दगी यस्तो होस् भन्यो, उस्तो होस् भन्यो, यसो ग¥यो, उसो ग¥यो । अन्ततः सबै प्रयासहरु निरर्थक भइदिन्छन् । पाखामा आउँछु भनेर कुवाबाट मच्चिएर उफ्रिने भ्यागुतो फेरी कुवामै पछारिए जस्तो मात्रै भइरहँदोरहेछ जीन्दगीमा कहिलेकाहीँ । 

मैले पढेको छु, बिजुली बत्तीको आविष्कारक थोमस अल्बा एडिसन, रेबिज विरुद्धको सुई बनाउने लुइ पास्चर, अमेरिका पत्ता लगाउने कोलम्बस्, तर यो प्रेम भन्ने चिज शुरु गर्ने चाहीँ को होला ? खै कसले शुरु गर्यो प्रेम गर्न । सबैभन्दा पहिले यो सँसारमा प्रेम कसले कसलाई ग¥यो होला । जुन आज झाँगिएर यसरी फैलिएको छ । 
प्रेम यस्तो चिज हो, जुन गर्छु भनेर हुँदैन । तर गर्न मन चाहीँ लागिरहन्छ फेरी । सानोमा पनि कोही राम्री देख्ने बित्तिकै मन कस्तो कस्तो भएर आउँथ्यो । घरको टि.भि.मा हिरोले हिरोइनलाई पहिलोपटक देखेर हेरेको हे¥यै हुने बित्तिकै आफै मिठो धुन बज्न थाल्थ्यो । अनि एकैछिनमा त्यो हिरो गीत गाइरहेको हुन्थ्यो । तर मैले त जतिलाई देखेर हेरेको हे¥यै भएपनि कहिल्यै कतैबाट धुन बजेन । सायद त्यसैले गीत पनि गाइएन । टि.भि.मा देखिने दृश्यलाई नै प्रेम भनेर बुझेको मेरो मनले त्यस्तो दृश्य हुबहु जीन्दगीमा त्यतिबेला फेला पारेन । र त प्रेम पनि भएन भनौँ ।  

तर समय सँधै एकनास कहाँ हुँदो रहेछ र । बिस्तारै मन फेरिँदो रहेछ । सोँचाईहरु बदलिन थाल्दा रहेछन् । हिजो गाउँमा बरफ बेच्न ल्याउँदा हामी गाउँभरिका भुराहरु त्यसैको पछिपछि दगु¥थ्यौँ । एक रुपैयाँको ४ वटा बरफ आउँथ्यो, तर त्यो बरफ किन्ने पैसा कहाँ पाउनु । अनि मनमनै सोँच्थेँ, भोली पैसा कमाएपछि कति धेरै बरफ किनेर खान्छु भनेर । आज त्यो बरफ किन्न पुग्ने पैसा गोजीमा हुन्छ तर हिजो जस्तै बरफ खान मन लाग्दैन आज । म यो सब किन भनिरहेको छु भने, मन भन्ने चिज समय सँगै परिवर्तन भइदिँदोरहेछ । हिजोको आफु र आजको आफु बीचमा पनि फरक छुट्याउँदा कति धेरै बुँदाहरु सजिलै भेट्टाइँदो रहेछ । हिजो जे सबैभन्दा ठुलो लाग्थ्यो आज त्यस्तो नलाग्दो रहेछ । आज अरु नै चिजमा मन बस्न पुग्दोरहेछ । तर मैले बुझ्नै नसकेको कुरा चाहीँ, हिजो जो मान्छेलाई मनमा राखिएको थियो नी, उ छुटेर गएपछि यतिवर्ष पछि पनि आज किन उसैको याद आइरहन्छ होला ? किन उसलाई उसैगरि माया गर्न मन लागिरहन्छ होला ? मन अन्तै फर्काउँ भनेपनि किन आफैलाई झुक्याएर उसैतिर गइहाल्छ होला ? किन हुन्छ होला यस्तो ? मैले कहिल्यै भेउ पाउनै सकिनँ । 

केही कुराहरु छन् लुकेर बसेका । 
वर्षौँदेखी मन दुखेर बसेका । । 
तिमी यी आँखामा कत्ला परेको देख्छौ
यी त आँशुहरु हुन्, सुकेर बसेका । । ।

(((((((((((((((((((चुपचाप छु, मौन छु, मनले हेर्छु, आँखाले बोल्छु)))))))))))))))))))))))


हो, मेरो पनि कोही थियो, कुनै एक जमानामा । मलाई यसो भन्नुमा कुनै आपत्ति छैन, की म पनि कसैसँग प्रेम गर्थेँ । अहँ कुनै आपत्ति छैन । यहाँ प्रेम नगर्ने त को नै पो छन् र । हरेकसँग आ आफ्नै विगत हुन्छ । आ आफ्नै भोगाई हुन्छ । भोगाईहरुले जीन्दगीप्रतिको दृष्टिकोण बदलिदिन्छन् । त्यतिबेला सबै दार्शनिकहरुको विचारभन्दा फरक लाग्छ आफुले भोग्दै गरेको जीवन ।  

अल्बर्ट आइन्स्टाइनले कुनै समय भनेका थिए, जीन्दगी भनेको साईकल चलाउनु जस्तै हो, यदि सन्तुलन राख्न सकियो भने धेरै अघिसम्म जान सकिन्छ नत्र छिन मै पल्टिदिन्छ । पहिलोपटक पढ्दैमा मलाई निक्कै घत परेको थियो, उनको यो विचार । मैले सोँचेँ, जीवन सन्तुलन राख्नका लागि प्रेमको भूमिका कस्तो हुन्छ होला ? अझ प्रेमले जीवनलाई कसरी सन्तुलन राख्न सक्छ होला ? यस्तै यस्तै सोँचेँ मैले । तर नातीकाजीको शब्दमा तारादेवीले गाउनुभए जस्तै भयो, जीवन त । 
सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन । 
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । । 
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । । । 

जब हात समाएर सँगै हिँडेको मान्छे पलभरमै छुट्टिएर जान्छ नी, तब जीन्दगीदेखी नै दिक्क लागेर आउँदो रहेछ । सबै भएर पनि कोही नभए जस्तो लाग्दोरहेछ । कुनै कुनै बेला त म बाँच्नुको अर्थ नै के छ र भन्ने जस्तो अनावश्यक कुरा पनि आउँदो रहेछ मनभित्र । 

म सानो छँदा यस्तै वर्षाको बेला काकाहरु गोठमा तास खेलेको हेर्न जान्थेँ, उहाँहरु गोलखाडी खेलिरहनुहुन्थ्यो । एक्का सबभन्दा ठुलो भन्ने मैले बुझेको थिएँ । उसले सबैलाई जित्छ भन्ने मैले सिकिसकेको थिएँ । हुकुमको एक्का आफुलाई आउँदा काका एकलठ दाँत खिसिक्क देखाएर हाँस्थे, सासै गन्हाउने गरि । तर मलाई भने त्यो एक्का फिटिक्कै मन पर्थेन । किनकी त्यहाँ हेर्दै डरलाग्दो बाघको चित्र हुन्थ्यो । मलाई त बरु पानको एक्का चाहीँ निक्कै मनपथ्र्यो, स्कुलमा साथीहरुले एक अर्काको कापीमा फलानो प्लस फलानो लेख्दा पानको चित्र बनाएको मैले देखेको थिएँ । त्यसैले पनि पान भनेको चाहीँ प्रेम हो भन्ने थाहा थियो । एकदिन तासको खालमा काकाले हानि पठाएको पानको एक्कालाई मोक्तान बा ले तुरुप लगाएर खाइदिए । मलाई नरमाइलो लाग्यो । सोँचेँ, यो प्रेम निख्रिनेहरुले कति सजिलै प्रेमको मुना निमोठ्न सक्दा रहेछन् । अनि प्रेम गर्नेहरुलाई कहिलेकाहीँ परिस्थितिले नै कमजोर बनाउँदो रहेछ ।

विगतको वैशाखी हालेर वर्तमानको पाईला चालिरहेका हुन्छौँ हामी अधिकांश मान्छे । पाईला चाल्छौँ पनि यसरी की, त्यो विगत बल्झिदिए पूरै वर्तमान ध्वस्त हुने गरि । मैले फेसबुकमै पढेको हो, एकदिन सुनले फलामलाई सोधेछ, पिट्न त मलाई पनि फलामले नै पिट्छ । तर तिमी चाहीँ किन म भन्दा बढी चिच्याउँछौ ? तब फलामले जवाफ दिएछ, अर्काले दिएको चोट भन्दा आफ्नैले दिएको चोट सहन गाह्रो हुन्छ नी त । कस्तो मन छुने जवाफ । सायद यस्तै भइदियो मेरो जीन्दगीमा पनि । जसलाई आफ्नो सम्झिएँ, पछि उसैले ....... । खैर छाडौँ यो कुरा । 

अरजापेको जीवन, अरजापेरै चल्छ । 
ऋण माथी ऋण झन् खापेरै चल्छ । ।
मान्छेहरु सोध्छन्, किन एक्लै हिँड्छस् ? 
म भन्छु, जीन्दगी त, याद छापेरै चल्छ । । ।

(((((((((((((((हुँदैन भन्थे पानी, जलेर कहिले खरानी))))))))))))))))))))))))))

वहकिने मन 115: वर्ष 3 अंक 11 (2071-04-19)

बहकिने मन BAHAKINE MAN 
DATE :  (2071-04-19/04-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Bishwakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

''हिजोको प्रेम सम्बन्ध बारे आजको आफ्नो मान्छे (प्रेमी/प्रेमिका, श्रीमान/श्रीमती) लाई जानकारी दिनु आवश्यक छ की छैन ?'' 

चर्चित उपन्यास समर लभ उपन्यासका लेखक सुबिन भट्टराईको विचार सहितको वहकिने मन 


 EPISODE 115 

Listen and Download
                                 Download : Click Here to Download
Listen at Youtube

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget