....महावीर विश्वकर्मा
एउटी पत्रकार साथी । खै साथी भन्ने की नभन्ने, त्यस्तो केही कुरा हुने होईन । न त भेट नै भएको छ अहिलेसम्म । तर पत्रकार चाहीँ हो । जहिले नी झुक्किए मात्रै च्याटमा बोलिदिने उसको बानी । जब उ मलाई ‘हाई’ भन्थी अनि मलाई लाग्थ्यो, सायद आज उसको च्याट लिस्टमा अरु साथी अनलाइनमा रहेनछन् ।
अनि एकैछिन् कुरा हुँदा पनि मौका पाउने बित्तिकै रिसाइदिने उसको अर्को बानी । मलाई हायलकायल बनाउने गरी । प्राय मेरो कुरामा समर्थनभन्दा बढी आफ्नै अडान हुन्थ्यो उसको । प्रत्येक वाक्यमा प्रश्नको झटारो हिर्काउँथी । सायद उसलाई यसैमा गर्व थियो । यस्तै बुझ्थेँ म । बुझाई सही नहुन पनि सक्थ्यो । तर मलाई लाग्थ्यो यस्तै । यो मेरो निजि बुझाई ।
विदेशमा रहेका एक जना साथीसँग फेसबुकको फोनमा व्यस्त थिएँ म । त्यो सकाएर हेरेको मोबाईलमा उसैको म्यासेजले रातो देखायो ।
“गुड मर्निङ हजुर ।” झण्डै २५ मिनेट अघि पठाएकी हुँदी हो ।
मैले भर्खर देखेँ त मेरो के दोष । फेरी पनि मोबाईलमै समय हेरेँ, १२ बजेकै थिएन ।
अनि रिप्लाई गरेँ, “गुड मर्निङ्ग हजुर, गुड मर्निङ्ग ।”
“रिप्लाई नै ढिलो भएपछि मर्निङ्ग के गुड होला र !” यसरी रिसाए झैँ गर्ने उसको पुरानै शैलीसँग आज फेरी जम्काभेट भयो ।
“हे हे, फोनमा थिएँ नी हजुर । किन छिट्टै रिसाउनु भा को हौ ?” मैले यही भनेँ । मानौँ उसलाई फकाउनुमा आनन्द मिल्थ्यो मलाई ।
“मायालाई...घुर्कीलाई...अनि गुनासालाई...अचेल रिस भन्न थालिएछ है !” सायद निक्कै लाडे स्वरमा लेखेकी हुँदी हो उसले यो कुरा । जुन फेसबुकमा ट्याक्कै त झल्किएन । फेरी पनि अनुमान गर्न त्यति गाह्रो भएन मलाई । ३ पटक पढेँ उसको यो कुरा । एकखाले खुशी एक्कासी आयो मनभित्र । आमाले अगेनामा तताएको दूध एक्कासी उम्लिए जसरी । उसले अगाडी “मायालाई....” लेखेकी थिई । सायद यही शब्दले खुशी बनाएको थियो मलाई ।
मैले उसैगरि लाडे पारा झल्किने गरि लेखिदिएँ, “माया भन्ने के थाहा भो त नी !”
“मायालाई हरेक तरिकाले बुझ्ने क्षमता भएको मान्छेलाई, अबुझ बन्या सुहाएन ।” उसले नाकै फुल्लिने गरि फुक्र्याइदिई मलाई ।
नाक त छामिनँ मैले । तर उसले दिएको आहोदा कायम राख्दै भनिदिएँ, “मायामा अबुझ बन्नुको मज्जा कत्ति हुन्छ भन्ने पनि त थाहा छ नि मलाई ।”
“वाउ...शब्दसँग खेल्न सक्ने मान्छेलाई के भनौँ अब...।” अलि गैर प्रश्न जस्तो प्रश्न तेस्र्याइ उसले ।
“के भन्न मन लागेको छ र हौ ।” म अलि छिल्लिन खोजेँ ।
“साया को मूल्य चाहीँ कति राखेको रहेछ नी ?” उ सीधै विषय प्रवेश गरि । सायद म अझै छिल्लिन चाहन्थेँ । तर उसले कुरा बुझिन । न पो बुझेर पनि बुझीन की । मैले ठम्याउनै सकिनँ । अनि आफैसँग लाज लागे जस्तो भयो, छिल्लिन खोजेकोमा ।
अनि ट्रयाकमा आउन खोज्दै भनिदिएँ, “३००” । (यहाँ सुबिन भट्टराईको ‘समर लभ’ को ‘भाग २’ साया उपन्यासको कुरा हुँदै थियो ।
“ओ...........” उसले यत्ति लेखी । मैले बुझेँ, किताब किन्न अल्छी मानी ।
“आज विमोचनमा डिस्काउन्ट होला” उसलाई उत्साही बनाउन यसो भनिदिएँ ।
“स्यालरी न आएको बेला, ३०० को बुक किन्नु र भन्या ?” उसले यो म्यासेजसँगै एउटा आँखा चिम्लिएर जिब्रो फुत्त बाहिर निकालेको सानो स्टिकर पनि सेन्ड गरि, फेसबुक बाटै ।
“पढ्न मन लागेको भए त किन्ने नी” यत्ति भनेर मैले पनि उसैको जस्तो स्टिकर सेन्ड गरिदिएँ । हुन त अलि छिल्लिएको स्टिकर पठाउन मन लागेथ्यो । तर उसले झपार्न सक्थी । त्यसैले मनको कुरा मनमै रह्यो ।
“तपाईँले साया पढिसक्नुभयो । थाहा छ मलाई । अब म पढ्छु त्यही बुक । फिर्ता गर्छु के सकुशल ।” हिजो सुबिन जी ले मलाई सायाको एकप्रति हस्तान्तरण गरेको फोटो फेसबुकमा राखेको थिएँ मैले । उसले लाईक गरेकी थिई । साया पढेर सकाएपछि राती २ बजे नै त्यो कुरा स्टाटसमा लेखेको थिएँ मैले । सायद त्यसैले उ पूरै जानकार थिई ।
“विहानै एकजना साथीलाई दिएँ । एक दुई दिन कुर्नुपर्ला की !” मैले आशा देखाएँ ।
“सक्दिनँ कुर्न । नाईँ मलाई नै चाहिन्छ के !” यसरी घुर्की देखाइ उसले । एकपटक पनि सामु नपरेको मान्छे मसँग यसरी अधिकार जमाए जसरी कुरा गर्दैछे । फेरी पनि निक्कै आत्मीयता पाएँ त्यो घुक्र्याइमा । साँच्चै भन्नुपर्दा औधी मज्जा लाग्यो मलाई ।
र त उसलाई झनै हौस्याउने उद्देश्यले लेखिदिएँ, “यी केटी मान्छेको विशेषता नै जिद्दी गर्ने ।”
“जिद्दी होस् या जे होस्, मलाई त दिनुस् के !” मैले चाहे जसरी नै ढिपी कसी उसले ।
मैले पनि सकेसम्मको माया दर्शाए झैँ गरिटोपलेँ, “कहाँ दिन्नँ भनेँ र मैले । अहिले मसँग छैन पो भनेको त हौ ।”
“किन नराख्नु भएको त ? मैले हिजैदेखी भनेकी थिएँ नी । एनी वे...सायद अलि निकट रिलेसन भा भए.....अलि आत्मीय हुन पा भए...आई एम स्योर मैले फस्र्टमा पाउँथेँ तपाईँबाट । बट ईट्स ओ के ।” सायद मन दुखाई उसले । तर त्यतातिर त्यति ध्यान गएन मेरो । बरु उसले भनेको “अलि आत्मीय हुन पा भए...” भन्ने लाईनमा मन अल्झियो । अनि हत्तार हत्तार टाईप गरेँ, “हो जस्तो लाग्यो है मलाई पनि ।” सायद यो लाईनले प्रष्ट झल्काउँथ्यो म आत्मीय बन्न चाहन्छु उसँग भन्ने । किन आत्मीय बन्न चाहन्थेँ ? भन्ने चाहीँ सायद प्रष्ट्याएन होला । अनि मैले नै लुकाउन चाहेँ हुँला पनि ।
“ओ के, भयो म पढ्दिन्ँ अब तपाईँको साया । आई मिन, तपाईँबाट लिन्नँ । केही गरुँला आफै ।” ऊ ठुस्किई ।
ठुस्केको मान्छे फकाउन मन लाग्ने मेरो पुरानो बानी । यहाँ पनि दोहोर्याइदिएँ ।
“रिस त केटी मान्छेको गहना नै हो जस्तो लाग्छ मलाई त । यो बिनाको केटी मान्छे सायद सम्भव नै हुन्न होला ।”
उसले तत्काल रिप्लाई गरि, “कत्तिको सँगत गर्नु भो...कत्तिलाई फिल गर्नु भो...त्यो हजुरलाई नै थाहा होला । बट म केही भन्दिनँ अब ।” खै उसको घुक्र्याइ हो की के, बुझ्नै सकिनँ मैले । तर म चाहीँ फूल मुडमा थिएँ, उसलाई जिस्क्याउन । तर उसको प्रश्न नजानिँदो गरि मेरो मनको गहिराईमा पुगेर खस्यो, जसरी शान्त तलाउनमा निकै माथिबाट खस्छ ढुङ्गो, छ्याप्ल्याङ्ग हुने गरि, अनि उब्जाउँछ तरङ्ग किनारसम्म ।
“कत्तिको सँगत गर्नु भो...कत्तिलाई फिल गर्नु भो...त्यो हजुरलाई नै थाहा होला ।” उसको यो कुरा मनमनै झण्डै ६ पटक पढेँ मैले । अनि तत्काल सम्झिएँ पनि केहीलाई, एक हिसाबले पूरै नोष्टाल्जिक पो भएँ म त ।
केहीबेरमा टाईप गरेँ, “सँगत केहीसँग गरेँ, औँलामा गन्न मिल्ने गरि । अनि फिल...एकाधलाई गरेँ, गन्नलाई औँला नै नचाहिने गरि ।”
तत्कालै उसले पढी । केही लेख्न खोजी । लेखिन । फेरी लेख्न खोजी । यो पटक पनि लेखिन । अनि अफलाईन भई उ । म भने आफ्नै जीन्दगीको पुराना दिनहरुमा ठोक्किन आईपुगेका ती मान्छेहरुलाई सम्झिँदै फेरी फेरी पढिरहेँ, “सँगत केहीसँग गरेँ, औँलामा गन्न मिल्ने गरि । अनि फिल...एकाधलाई गरेँ, गन्नलाई औँला नै नचाहिने गरि ।”

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete