Wednesday, July 10, 2013

सम्झिने वाहना


महावीर विश्वकर्मा

मान्छे हरबखत विभिन्न खाले वाहाना खोजेर बसिरहेको हुन्छ । उसलाई हाँस्नको लागि वाहाना चाहिन्छ, रुनका लागि वाहाना चाहिन्छ । खुशी हुनका लागि पनि वाहना चाहिन्छ अनि दुखी हुनका लागि पनि वाहना चाहिन्छ । साँच्चै भनौँ भने किसानलाई असारमा धान रोप्ने चटारो जस्तै मान्छेलाई वाहानाको खेती गर्ने चटारो हुन्छ, जुनसुकै बेला, जुनसुकै समय । कुनैपनि मान्छे यत्तिकै न हाँस्छ न रुन्छ । बिनाकारण त मान्छे खुशी हुन पनि सक्दैन, दुखी पनि बन्दैन । यसर्थमा पनि हामी भन्न सक्छौँ जीन्दगी बाँच्न पनि मान्छेलाई वाहना चाहिन्छ । कोही पनि म बाँच्नुपर्छ भनेर जीन्दगी बाँचिरहेको हुँदैन । बरु म अर्को कक्षामा पुग्नुपर्छ भनेर १ वर्ष बाँचिरहेको हुन्छ । म भिसा सकिएपछि  स्वदेश फर्किनुपर्छ भनेर विदेशमा कष्टप्रद ढङ्गले औषतमा २ वर्ष बाँचिरहेको हुन्छ । उ सँग विहे गर्न लायक बन्नुपर्छ भनेर ३—४ वर्ष बाँचिरहेको हुन्छ । विहे गरेर नानीबाबु जन्माउँला भनेर थप केही वर्ष बाँचिरहेको हुन्छ । नानीबाबु भएपछि यिनीहरुको कमाई खाने दिन कहिले आउला भनेर २०—२५ वर्ष बाँचिरहेको हुन्छ । अनि पछि कहिले उनीहरुको विहे भएको दिन हेर्न, कहिले नाती नातिना खेलाउने दिन पर्खेर धेरै धेरै बाँचिरहेको हुन्छ मान्छे । यसरी नै हाम्रो जीन्दगी हामीबाट भागेर टाढा गइरहेको हुन्छ । हामीले यसरी छोटकरीमा जीन्दगी बाँचिरहेका छौँ । तर जब नतिजा हाम्रो अगाडी आउँछ अनि त्यही छोटकरीमा बितेका समयहरुको टुक्राटाक्री जोडेर हेर्दा हामीले लामो जीन्दगी बाँचिसकेका हुन्छौँ । जतिबेला हामीलाई आफ्नो जीन्दगी बारे सोँच्ने फुर्सद मिल्नेछ, त्यतिबेला जीन्दगी टाढा पुगिसकेको हुनेछ हामीबाट । आखिर वाहाना न हो जीन्दगी , बाँच्ने पनि वाहाना अनि कति त मर्ने पनि वाहाना । यस्तै वाहानाहरुले गर्दा याद आउँछ कहिलेकाहीँ, कोही कसैको ।

जीन्दगी अनुभवहरुको श्रृंखला हो । हामी बाँचुञ्जेल अनेकन अनुभवहरु सँगालिरहेका हुन्छौँ । ती नै अनुभवहरु सँगाल्दा सँगाल्दै कत्तिपटक जीन्दगी भ्रम जस्तो बनिदिन्छ । एउटा यस्तो भ्रम जसलाई सँच्चिकै सोँचेर रमाइरहेका हुन्छौँ हामी । गर्मी महिनामा मध्य दिउँसो चर्को घाम लागिरहँदा पिच सडकमा हेर्ने हो भने निक्कै पर पानीको पोखरी जस्तो देखिन्छ । तर त्यसलाई भेट्न भनेर जति नजिक गयो त्यो झनझन पर भाग्छ हामीबाट । विज्ञानको भाषामा त त्यसलाई मिराज भन्छन् क्यारे । तर नाम जे सुकै भएपनि त्यो एक किसिमको भ्रम नै हो, पानीको पोखरीको भ्रम । यथार्थमा त्यो पोखरी होईन र पनि त्यस्तै देखिन्छ । जीवनमा यस्ता भ्रमहरु अनेकौँ हुन्छन् । यस्तै भ्रमहरुको भुलभुलैयामा जीन्दगी कत्तिपटक जीन्दगी जस्तो बन्दैन, मसानघाट जस्तो बन्छ । उराठ लाग्दो, उदेक लाग्दो । फेरी पनि हामी आशाका जिजिविषाहरु सिला खोजेर बाँच्ने प्रयत्न भने लगातार गरिरहन्छौँ ।

हिजोआज अधिकांश प्रेमी—प्रमिकाहरु हावा चल्न थाल्ने बित्तिकै, पानी पर्न थाल्ने बित्तिकै, अझ आकाशमा गाडाङ—गुडुङ गर्न थाल्ने बित्तिकै हत्त न पत्त आफ्नो मान्छेलाई मिसकल गर्छन्, चित्त बुझ्दैन अनि म्यासेज गर्छन, केहीबेर म्यासेजको दोहोरी चलेपनि मन थाम्न सक्दैनन् अनि “एकपटक बोली सुन्न मन लाग्यो के” भनेर फोन गर्छन् । यो प्रेम गर्नेहरुको स्वभाव नै हो । यसलाई ननिको मान्नु नै पर्दैन । मान्छेलाई हरेक कुराका लागि वाहाना चाहिन्छ भनेजस्तै, हुनसक्छ आफ्नो मान्छेलाई सम्झिनको लागि पनि वाहाना चाहिन्छ । फेरी मैले यसो भन्दै गर्दा तपाईँलाई लाग्ला की, “कहाँ हुनु आफ्नो मान्छेलाई सम्झिनको लागि पनि वाहाना चाहिन्छ त ? जतिबेला पनि सम्झिरहेकै त हुन्छ नी ।” हो, यसो पनि भन्न सक्नुहोला तपाईँ । मैले तपाईँलाई गलत ठह¥याउन खोजेको पनि होईन । बरु मैले त के चाहीँ भन्न खोजेको हो भने, हामी चारैतिरबाट वाहानाले जेलिएका छौँ । तपाईँ उसलाई हरबखत सम्झिनुहुन्छ किनकी तपाईँ उसँग प्रेम गर्नुहुन्छ । यहाँनेर तपाईँलाई उसको सम्झना आइरहनुको कारण चाहीँ तपाईँले प्रेम गरेको भएर हो । यदि तपाईँ उसँग प्रेम गर्नुहुन्थेन भने तपाईँलाई सम्झना नै आउँथेन नी । त्यसैले सम्झना आउनुको एउटा बाहना प्रेम गर्नु हो । किनकी प्रेम गरेकै कारण हरबखत सम्झनाले सताउँछ ।

म अहिले पनि सम्झिन्छु, कक्षा १० मा स्वास्थ्य तथा जनसंख्या शिक्षा पढाउने गुरुलाई मान्छे प्राकृतिक हो की कृत्रिम हो भन्ने प्रश्न सोधेर हैरान बनाएको । त्यो प्रश्नको चित्त बुझ्दो जवाफ नपाएपछि पनि अरु धेरै प्रश्नहरुसँग जम्काभेट भइसक्यो मेरो जुन प्रश्नहरुको पनि चित्त बुझ्दो जवाफ फेला पार्न सकेको छैन । कहिलेकाहीँ यसो सम्झिँदा दिक्क लागेर आउँछ । हाम्रो जीन्दगी भनेको त एउटा दबाब रै छ । हरेक क्षण किसिम किसिमका दबाबहरु झेलेर बाँच्नुपर्ने । अझ भनौँ भने बाँच्नुपर्ने पनि दबाब हुँदो रहेछ हामीसँग । हामीसँग त आफ्नो भन्ने केही नहुँदो रै छ । आफ्नै जीन्दगी पनि नहुँदो रै छ । यदि हुन्थ्यो भने यसलाई त्याग्नका लागि किन लुकिरहनुपथ्र्यो होला र । खुल्लमखुल्ला आह्वान गरेर आजबाट म मेरो जीन्दगी त्याग्छु भन्न पाइहालिन्थ्यो होला नी । यस्तै दबाबहरु थेग्दै अघि बढ्दा, थाहै नपाईकन कहिले काहीँ कसैसँग प्रेम गर्नुपर्ने दबाबमा पुग्दा रहेछौँ हामी । मनको दबाब । अरु वाहिरी दबाबभन्दा ज्यादै कठोर र अनिवार्य दबाब । यही दबाबको पालना गरिरहँदा केही सम्बन्धहरु चुँडिदा रहेछन् पनि । चङ्गा चेट गर्दा डोरी चुँडिए जस्तो । तर चङ्गा चुँडिएर गएपनि लट्टाई भने हातमै हुँदो रहेछ । सम्झना बनेर बस्दो रहेछ त्यो । त्यही सम्झना कहिलेकाहीँ खुलस्त बनाउन मन लाग्दोरहेछ हामीलाई । अनि त्यो सुनिदिने कोही मान्छेको पनि आवश्यकता बोध हुँदोरहेछ त्यतिबेला ।

कुनै सम्बन्धहरु यस्ता हुन्छन् जुन टाढा भएर पनि टाढा हुँदैनन् । सूर्य जस्तै, अनि चन्द्रमा जस्तै । भन्नेहरु त तिनीहरुलाई पनि टाढा नै भन्लान् तर महसुस गर्नेहरु भने कहिल्यै त्यस्तो भन्दैनन् । छेउमै भएको अनुभुति गरिरहन्छन् सँधै । जीन्दगीको यात्रामा कुनै सम्बन्ध निक्कै नै प्रिय लाग्दोरहेछ हामीलाई । किनकिन विस्तारै विस्तारै मनको निक्कै नै नजिक बनिसकेको हुँदोरहेछ त्यो । त्यतिबेला सपनाहरु पनि बग्रेल्ती नै देख्न पुग्दा रहेछौँ हामी । बाख्राको बडकौँला जस्तै छरपस्ट हुँदा रहेछन् सपनाहरु । घरजम गर्ने सपना, नानीबाबु जन्माउने सपना, सँधै खुशी भएर बाँच्ने सपना ...अरु पनि यस्तै यस्तै । तर मान्छेले देखेका सपनाहरु कहाँ सबै पूरा हुन्छन् र । यदि त्यस्तो हुन्थ्यो भने त मान्छेले आँशु भनेको के हो भन्ने पनि थाहा पाउँथेन होला नी । मलाई त के लाग्छ भने, कतिपय सपनाहरु त टुट्न कै लागि जन्मिँदा रहेछन् । जति बचाउन खोजेपनि मरिगए नसकिने । यसरी टुटेका सपनाहरु, सम्बन्धहरु मनको भित्तामा टाँसिएर बस्दोरहेछ क्यारे, कहिल्यै नउप्किने गरि । जसले बेलाबखत झक्झक्याउँछ हामीलाई । अनि आफ्नो पुरानो कथा सुनाउन मन लाग्छ कसैसँग ।

सँसारको जुनसुकै कुनाकाप्चामा पनि हावा पुगेको हुन्छ भनेजस्तै हरेक व्यक्तिले जीवनमा एक न एक पटक प्रेमको अनुभव गरेको हुन्छ । कतिले यो सत्यलाई लुकाउलान् अनि कतिले बुझ्नै नसकेर हो की होईन भन्ने पनि निक्र्यौल गर्न नसक्लान । तर यथार्थ यही हो । प्रेमबाट कोही पनि टाढा रहन सक्दैन । अहँ सक्दै सक्दैन । यदि कोही टाढा रहने कोशिश गर्छ भने त्यो हुटिट्याउँले आकाश थाम्छु भने जस्तै मुर्खता शिवाय केही हुँदैन । विवाह अघि प्रेमको अनुभव नगर्ने मान्छेले पनि विवाह पछि आफ्नै श्रीमान श्रीमतीसँग प्रेमको अनुभव गरेको हुन्छ । विवाह पूर्वका धेरै प्रेमहरु विवाहमा परिणत हुनै नपाईकन टुङ्गिन्छन् । सरसर्ती हेर्दा त्यस्ता प्रेमहरु  त्यहीँ अस्ताएको, त्यहीँ बिलाएको अझ भनौँ त्यहीँ सकिएको देखौँला हामी । तर त्यस्तो भने बिल्कुल होईन । ती प्रेमहरु त झनै मनभित्र गढेर बसेका हुन्छन् । पहाडको ढिस्को जस्तो अडिग भएर बसेका हुन्छन् । केही समयसम्म त हामी आफैलाई ढाँटेर भएपनि त्यो सम्बन्ध बिर्सिएको वाहना गर्छौँ । कसैले सोधिहाल्यो भनेपनि, त्यो पुरानो कुरा के उप्काउनु मैले त भुलिसकेँ भन्ने गछौँ । तर यथार्थ अर्कै हुन्छ । त्यही यथार्थ कहिलेकाहीँ उर्लिएर आउँछ, बर्षे भेल सरि । मान्छे त्यतिबेला वास्तविकताभन्दा केही पर पुग्छ । हरेक कुरामा वास्ता गर्ने समाजको प्रवाहभन्दा धेरै माथी उठ्छ । अनि उकुसमुकुस भएको पुराना सम्झनाहरु कहाँ पोखुँ, कसलाई सुनाउँ भन्ने तहमा पुगिदिन्छ । हो त्यति नै बेला औधी वहकिने गर्छ मान्छे ।

हामी कहिलेकाहीँ कतै हराइरहेका हुन्छौँ । यस्तो लाग्छ की त्यतिबेला हामी आफैबाट पनि टाढा हुन्छौँ । आफ्नै मन पनि आफैसँग नभएको जस्तो लाग्छ त्यतिबेला । जब एक्कासी केही आवाज त्यहाँनेर आउँछ अथवा कसैले छेउमै आएर बोलाउँछ अनि झस्किन्छौँ हामी । हो त्यतिबेला निश्चय नै साँसारिक कृत्रिमताभन्दा पर पुगेर केही प्राकृतिकपनमा रमाइरहेका हुन्छौँ हामी । जहाँ बनावटी भन्दा बढी सहजता खोजिरहेका हुन्छौँ । अनि यहीँनेर थपिहालौँ, प्रेम भनेको प्राकृतिकपन हो । अझ यसरी भनौँ की, प्रेम बनावटी हुन सक्दैन । केहीदिन त्यो बनावटीपन प्रेम जस्तै भएर भ्रम छर्न त सफल होला तर त्यसले आफुलाई प्रेम नै साबित गराउन भने सक्दैन । हामी यसअर्थमा यसो पनि भन्न सक्छौँ की, प्रेममा प्राकृतिकपन हुने भएकोले यसले प्राकृतिसँग गहिरो सम्बन्ध राख्छ । जबजब आकाश गडगडाएर पानी पर्छ अनि प्रेम एकपटक झनै जागरुक बन्छ । जब कालो बादलले आकाश ढाकेर बतास चल्छ, जतिबेला हरिया डाँडामाथी पुगिन्छ, छङछङ बग्ने झरनाको अगाडी पुगिन्छ, हो त्यतित्यतिबेला एक्कासी याद आउँछ आफ्नो मान्छेको । याद गर्दिन भन्दा पनि याद आउँछ । अनि गोजीबाट मोबाइल झिकेर फोन गर्न आत्तुर हुन्छौँ हामी । सोँच्नोस् त, त्यतिबेला मोबाईलमा नेटवर्क देखाएन भने रिसले कति भुत्भुत्तिन्छौँ हामी ? सायद मैले भन्न खोजेको केही बुझ्नुभयो होला । चुम्बकमा फलामलाई आफुतिर तान्न सक्ने गुण हुन्छ, काठको छेउमा राखुञ्जेल चुम्बकको त्यो गुण थाहा पाउन सकिन्न । यो त्यतिबेलासम्म सक्रिय हुँदैन जतिबेलासम्म त्यसलाई फलामको छेउमा लगिन्न । तर जब फलामको छेउमा लगिन्छ अनि यो भित्रको गुण एक्कासी सक्रिय भइहाल्छ । प्रेम पनि त्यस्तै हो, प्राकृतिकतासँग नजिकिएको बेला सामान्य अवस्थामाभन्दा बढी याद आफै आईहाल्छ ।

Tuesday, July 9, 2013

वहकिने मन ६१ : वर्ष २ अंक ८ (२०७०।०३।२४)









आज मिति २०७० असार २४ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
            Download :Click Here to Download Episode 61

Thank you

Tuesday, July 2, 2013

वहकिने मन ६० : वर्ष २ अंक ७ (२०७०।०३।१७)









आज मिति २०७० असार १७ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
                               Download : Click Here to Download Episode 60

thank yo

Wednesday, June 26, 2013

मुक्तक

बाँच्नु पनि करार हुन्छ पैसा नहुँदा ।
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । ।
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
ओँठको हाँसो फरार हुन्छ पैसा नहुँदा । । ।

...महावीर विश्वकर्मा

Tuesday, June 25, 2013

वहकिने मन ५९ : वर्ष २ अंक ६ (२०७०।०३।१०)



आज मिति २०७० असार १० गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
                            Download : Click Here to Download Episode 59

Thank you 

Wednesday, June 19, 2013

वहकिने मन ५८ : वर्ष २ अंक ५ (२०७०।०३।०३)








आज मिति २०७० असार ०३ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
                               Download : Click Here to Download Episode 58

Thank you

Tuesday, June 11, 2013

धादिङ्गमा भएको तालिमका केहि तस्विरहरु

रेडियो प्रशिक्षार्थीको रुपमा धादिङ्गमा भएको तालिमका केहि तस्विरहरु


वहकिने मन ५७ : वर्ष २ अंक ४ (२०७०।०२।२७)

















आज मिति २०७० जेठ २७ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । 
Listen and Download
                                Download : Click Here to Download Episode 57

Thank you

Wednesday, June 5, 2013

वहकिने मन ५६ : वर्ष २ अंक ३ (२०७०।०२।२०)



















 
आज मिति २०७० जेठ २० गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । 
Listen and Download
                               Download : Click Here to Download 

Thank you

Monday, June 3, 2013

वहकिने मनका फ्यानहरुसँग परासीमा खिचिएका फोटोहरु

यी फोटोहरु वहकिने मनका फ्यानहरुसँग परासीमा खिचिएका फोटोहरु हुन् । भुइँमा बसेर गफ गरेको, पत्रकारले नेतालाई प्रश्न सोधे जसरी सबैले मोबाइलमा रेकर्ड गरेको पनि वहकिने मनको विषयमा उनीहरुले जिज्ञासा राख्दा मैले जवाफ फर्काएको बेलाको फोटोहरु हो ।






    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget