Tuesday, June 27, 2017

गजल


झिसमिसेमै दैलोनेर अखबारहरु आउँछन् ।
विज्ञापनको ओत लाग्दै समाचारहरु आउँछन् । ।
***********
जो वर्षौँदेखी थिचियो र अब बोल्छु भन्छ
शान्ति खल्बलियो भन्ने विचारहरु आउँछन् । ।
***********
कुनै नयाँ दिन त तिमीलाई भुल्छु भनेकै हुँ
फर्की फर्की फेरी ति नै बारहरु आउँछन् ।
***********
झण्डा बोक्न गाको छोरो फर्किएन भने
अनि बल्ल यो छाप्रोमा सरकारहरु आउँछन् ।
************
ढुक्क हुनोस् तपाईँ अझै मर्नुभाको छैन
ज्युँदोलाई नै पटक पटक प्रहारहरु आउँछन् ।

-महावीर विश्वकर्मा
2074-03-13




Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget