....महावीर विश्वकर्मा
एक्लै हिँड्ने यात्रामा
बानी भएपछि ।
सम्झिनलाई एउटा मिठो
कहानी भएपछि ।
।
साँच्चै कति प्रिय
होला, त्यो लामो
यात्रा
मुटुभित्र उसको याद
निशानी भएपछि । । ।
१. ((((((((((((((((((यात्रा रहेछ जीन्दगी
एक्लै म हिँडिदिन्छु))))))))))))))))))))
यात्रा रहेछ जीन्दगी
एक्लै म हिँडिदिन्छु
। म हिँडे
पनि एक्लै ।
हिँडिरहेछु पनि एक्लै
। एक्लै एक्लै
हिँड्दै गर्दा अनेकन आरोह
अवरोहहरु आए जीन्दगीमा
। जीन्दगीको यति
लामो यात्रामा कहिले
मुर्छा परि परि
हाँसेको पनि याद
छ मलाई, अनि
कहिले छाती पिटिपिटि
रोएको पनि ।
जीन्दगीलाई निचोडमा लिँदा हाँस्नु
भन्दा रुनु चाहीँ
बढी प¥यो
की भन्ने पनि
लाग्छ कहिलेकाहीँ ।
जीन्दगी हिँडनका लागि
मात्रै चाहीँ होईन होला
तर हिँड्न चाहीँ
हिँडिरहनुपर्छ जीन्दगीमा । त्यसरी
हिँड्न आफै सिकिँदो
रहेछ पनि, अरुहरु
हिँडेको देखेर । मैले
पनि हिँडे, जीन्दगीको
केही यात्रा ।
यो यात्रामा केही
मान्छेहरु जोडिन आईपुगे, छुट्टिए
पनि उसैगरि ।
सम्हालेर मनभित्र राखिरहँदा पनि
छुट्टिएर गए ।
भेटिनेहरु क्रमशः छुट्टिँदै गए,
तर छुट्टिनेहरु कहिल्यै
भेटिएनन् ।
मैले यसैलाई
जीन्दगीको उतार चढाव
सम्झिएर ग्रहण गरिरहेँ ।
यस्तै यात्राबीच जन्मियो
एउटा रेडियो कार्यक्रम
वहकिने मन ।
जुन मसँगै अघि
बढिरह्यो । अरुहरुले
जस्तो छोडेर गएन
यसले मलाई ।
म सँगै हिँडिरह्यो,
जसरी हिँडिरहन्छ एउटा
भर्खरैको चल्लो आफ्नो माउसँग
। मैले पनि
त्यही माउले चल्लोलाई
सुरक्षा दिए जस्तै
आफुसँगै च्यापिरहेँ यसलार्य ।
म सम्झिरहेछु,
वि.सं. २०६९
साल जेठ गतेको
सोमबार । त्यतिबेला
बुटवलको रेडियो जागरणमा मात्रै
बजेको यो कार्यक्रम,
अहिले देशभरिका ९०
भन्दा बढी रेडियोबाट
एकैसाथ प्रसारण हुन्छ ।
म त सोमबार
एक साँझ आईपुग्छु
सि.आइ.एन.,
अनि कार्यक्रम सञ्चालन
गरेर फर्किहाल्छु पनि
। तर तपाईँ
भने रेकर्ड गरेर
हप्ता भरि नै
सुनिरहनुहुन्छ यसलाई ।
धेरै साथीको
मेमोरि कार्ड वहकिने मनले
मात्रै भरिएको सुनेको छु
मैले । कतै
टाढाको यात्रामा जाँदा वहकिने
मन सुन्दै अघि
बढेको थाहा पाएको
छु । धेरै
साथीहरुले वहकिने मन कै
कारण मुक्तक लेख्न
थालेको पनि जानकारी
पाएको छु ।
अनि केहीले प्रेम
सम्बन्ध र जीन्दगीको
जटिल परिस्थितिमा सम्हालिने
उर्जा वहकिने मनले
दियो मलाई भनेको
पनि सुनेको छु
। विदेशमा हुने
साथीहरु यो कार्यक्रम
डाउनलोड गरेर सुन्न
कति हत्तारिनुहुन्छ भन्ने
पनि अनुभव गरेको
छु मैले ।
केही हप्ता
अगाडी वहकिने मनले
१०० औं श्रृंखला
पूरा ग¥यो
। त्यतिबेला धेरैले
सयौँ मात्रै होईन
हजारौँ, श्रृंखला पूरा गरोस्
भनेर शुभकामना दिनुभयो
। कार्यक्रमको फेसबुक
पेज www.facebook.com/bahakineman
लाई ५० हजारभन्दा
धेरै साथीले लाईक
गरिदिनुभयो । त्यतिबेला
पनि ५० हजार
मात्रै होईन, ५० लाख
भन्दा बढीको लाईक
पाओस् कार्यक्रमको फेसबुक
पेजले भनेर तपाईँले
आशिष दिनुभयो ।
आजको श्रृंखलाबाट कार्यक्रमले
२ वर्ष पूरा
गर्दैछ । सायद
तपाईँलाई भन्न मन
लागेको होला, वहकिने मनले
२ वर्ष मात्रै
होईन २० औँ
वर्ष, ४० औँ
वर्ष पूरा गरोस्
भनेर ।
तर मलाई
माफ गर्नोस् तपाईँको
त्यो शुभकामना लिनसक्ने
अवस्थामा छैन म
। मन त
मलाई पनि थियो,
यो २ वर्ष
पूरा गरेको अवसरमा
धेरै खुशी हुने,
खुशीसाथ तपाईँको शुभकामना ग्रहण
गर्ने । तर
कहिलेकाहीँ खुशीहरु पनि बिजुली
चम्किए जसरी आउँदा
रहेछन्, क्षणमै हराउने गरि
। सन्तानको मृत
शरीरमा आगो झोस्न
ठिङ्ग उभिएको लाचार
पिता जस्तै भएको
छु म यतिबेला
। अब मैले
गर्ने घोषणाले सायद
मन थाम्नै गाह्रो
पर्ला तपाईँलाई ।
फेरी पनि मैले
भन्ने पर्छ, यो
वहकिने मनको अन्तिम श्रृंखला
हो । अर्को
हप्ताबाट वहकिने मन प्रसारण
हुँदैन ।
२.
(((((((((((((((((((((((((((((((((((यसपाली
म गएँ भने
आउँछु की आउँदिन)))))))))))))))
थाहा छैन
भोली के हुन्छ,
कसले देखेको छ
र भविष्य ।
र पनि भोलीको
आशा लिएर बाँच्नु
त पर्छ नै
। त्यस्तै आशा
लिएर अघि बढिरहेको
मैले, फेरी पनि
झनै बलियोसँग त्यही
आशा लिएर अगाडी
बढ्नुछ । वहकिने
मन एउटा यस्तो
रेडियो कार्यक्रम बन्यो, जसमा
सुन्नेहरुले आफ्नो जीन्दगी भेट्टाउनुभयो
। आफ्नै प्रेम
भेट्टाउनु भो ।
अनि यो कार्यक्रम
मेरो भन्दा तपाईँको
बढी भयो ।
जसका कारण
आफ्नो सन्तानलाई कसैले
म्वाईँ खाँदा खुशी हुने
अभिभावक जस्तै खुशी भएँ
म । फुरुङ्ग
भएँ । किनकी
यो कार्यक्रम मेरो
सन्तान नै हो
। त्यति धेरै
प्रिय लाग्छ मलाई
। हुन त
आफ्नो सन्तानको माया
कति लाग्छ भन्ने
त मलाई अनुभव
छैन । आमा
बुवा बनिसकेका विवाहित
जोडीहरुलाई नै थाहा
होला त्यो त
। म त अल्लारे मान्छे, एक्लै
डुली हिँड्ने बटुवा
। फिरन्ते पनि
भन्न सक्नुहुन्छ तपाईँ
। तर पनि
वहकिने मनप्रतिको मेरो माया
पनि उनीहरुले आफ्नो
सन्तानलाई गर्नें जस्तै त
होला नी भन्ने
मेरो आँकलन हो
।
सानो छँदा
आमासँग पछि लागेर
मामाघर जान पाउँदा
जति खुशी हुन्थेँ
म, त्यति नै
खुशी लाग्थ्यो मलाई
हरेक सोमबार वहकिने
मन चलाउन आईरहँदा
। तर खुशीहरु
स्थायी हुँदा रहेनछन् ।
तिनीहरु त आएको
थाहै नदिई गइजाँदा
रहेछन् ।
मैले कति
धेरै सपना देखेको
थिएँ तपाईँसँग ।
यही वर्ष वहकिने
मन नामको एउटा
पुस्तक निकाल्नेछु, अनि यसै
कार्यक्रम मार्फत तपाईँलाई सुनाउनेछु
भन्ने सोँचेको थिएँ
। तर सोँचे
जस्तो कहाँ हुँदोरहेछ
र जीवन ।
३. ((((((((((((((((सोँचे जस्तो हुन्न
जीवन, सम्झे जस्तो
हुन्न जीवन ))))))))))))
आज कै
दिन वहकिने मनले
२ वर्ष पूरा
गरेको छ । अनि आजकै
दिनबाट छुट्टिनु छ तपाईँसँग
। कस्तो नमिठो
समय हो यो
। समय यति
नमिठो पनि हुन्छ
भन्ने मैले सोँचेको
पनि थिइनँ ।
नसोँचेकै कुरा आज
भोगिरहेछु । भोग्दैछु
पनि यसरी कि,
बडो पिडा भइरहेको
छ । बाहिर
भएको गर्मी भन्दा
मन भित्रको औडाहा
बढी छ । कतिपय सत्यहरु यसरी
भत्भती पोल्ने गरि आउँदा
रहेछन् ।
म यतिबेला
मेरो अवस्थाबारे बताइरहेछु
। र सँगै
सोँचिरहेछु पनि, तपाईँको
अवस्था चाहीँ कस्तो होला
भनेर । अबदेखी
वहकिने मन सुन्न
नपाइने भो भन्ने
कुराले तपाईँलाई कताकता मन
खल्लो भएको जस्तो
भएको छ की
छैन होला भनेर
। मलाई जहाँसम्म
लाग्छ तपाईँलाई पनि
पिडा पक्कै भएको
छ । तपाईँ
कहाँ हुनुहुन्छ अनि
म कहाँ ।
तर आजको दिन
एउटै समयमा एउटै
खाले पिडा भोगिरहेका
छौँ हामी ।
थाहा छैन, यो
पिडाले कति दिन
लघारिरहनेछ हामीलाई । आखिर
मन एउटै खालको
त हो, तपाईँको
पनि अनि मेरो
पनि । यो
मन भन्ने जिनिस
किन यति धेरै
कोमल बनिदिन्छ होला
। यति धेरै
संवेदनशील बनिदिन्छ होला ? किन
होला ? प्रेम र जीवन
सम्बन्धमा यति धेरै
श्रृंखलाहरु सञ्चालन गरेर पनि
यो प्रश्नको जवाफ
चाहीँ मैले भेट्टाउनै
सकिनँ । सायद
सक्दिनँ पनि ।
आज वहकिने
मनको अन्तिम श्रृंखला
। अबदेखी कार्यक्रमको
रेकर्ड सुनेर नै मन
वहकाउनुपर्नेछ तपाईँले । म सँधै तपाईँलाई
सम्झाइ टोपल्थेँ । प्रेम
सम्बन्ध छुट्टिँदा, यसो भनेर
आफुलाई सम्हाल्नुपर्छ, यसरी मन
बुझाउनुपर्छ भन्थेँ । तर
भन्नु जत्तिकै सजिलो
कहाँ हुँदोरहेछ र
प्रयोग गर्ने कुरो ।
यतिबेला आफै सम्हालिनुपर्ने
अवस्थामा छु म
। तपाईँसँग छुट्टिनुपर्दा,
वहकिने मनको नियमित
श्रृंखला अब अगाडी
बढ्दैन है भनेर,
तपाईँलाई सुनाउन परिरहँदा कति
धेरै पिडा भएको
छ मलाई ।
आखिर मन मसँग
पनि त रहेछ,
तपाईँको जस्तै । केही
मान्छेहरु अझै पनि
भन्छन् मलाई, तँ सँग
ढुङ्गाको मन छ
भनेर । तर
त्यस्तो होईन रहेछ
भन्ने लाग्दैछ यतिबेला
।
जति नै
बुज्रुक बनि टोपले
पनि यो मन
यतिबेला बच्चा जस्तै भएको
छ । ग्वाँ
ग्वाँ रोइदिन पाए
पनि हुने भने
जस्तै लागेको छ
। तर मैले
त सम्झाउनु पर्ने
पो छ तपाईँलाई
। आफै रोएर
अर्कोलाई नरोउ भन्न
कसरी सकुँला र
म । मलाई
लाग्छ, सँसारको सबैभन्दा जटिल
काम त्यही हो,
जतिबेला आफै रोएर
अरुलाई नरुनु भन्दै सम्झाउनुपर्छ
। हो, यतिबेला
त्यही जटिल काम
गरिरहेछु म ।
४. ((((((((((((((((((((आँखा छोपी
नरोउ भनी भन्नु
पर्या छ))))))))))))))))))))))
तपाईँलाई सम्झाउनु पनि
परेको छ । अनि आफै
सम्हालिनु पनि परेको
छ । समय
यति क्रुर पनि
बन्न सक्दोरहेछ है
। मान्छे जन्मिए
पछि एकदिन मर्छ
भन्ने जान्दा जान्दै
पनि हाँसेरै बाँचिरहेको
हुन्छ । सायद
त्यो सत्य भुलेर
हाँस्छ होला मान्छे
। हामी पनि
अघिल्लो श्रृंखलासम्म वहकिने मनबाट एकदिन
छुट्टिनुपर्छ भन्ने भुलेर हाँसिरह्यौँ
। तर छुट्नु
त छँदै थियो
एकदिन् । त्यो
एकदिन, आजै आयो,
त्यति न हो
। बाँकी नयाँ
त के नै
पो भयो र
।
जीन्दगी एउटा यात्रा
हो भन्छन् सबै,
मलाई पनि त्यस्तै
लाग्छ । त्यस्तो
यात्रा जहाँ हरेक
किसिमका आरोह अवरोहहरु
आउने गर्छन ।
कहिले पसिना पुछ्दै
हिँडिन्छ ।
कहिले झरीमा रुझ्दै
हिँडिन्छ । ।
हिँड्नु त नियम
हो, नत्र उछिन्छ
कसैले
तर कहिलेकाहीँ
भने मन दुख्दै
हिँडिन्छ । ।
।
हो, त्यस्तै
मन दुखाएर हिँड्नुछ
मैले अब, यो
भन्दा अगाडीको बाटो
। मन दुखाउँदै
हिँडिएको त्यो बाटो,
कति बिझाउने हो,
त्यो त थाहा
छैन । तर
हिँड्नु चाहीँ पर्छ मैले
। हिँडिरहनुपर्छ ।
आज वहकिने
मनको अन्तिम श्रृंखला
। अबदेखी कार्यक्रमको
रेकर्ड सुनेर नै मन
वहकाउनुपर्नेछ तपाईँले । आजको
दुई वर्ष अघि
पनि म यसरी
नै भौतारिएर हिँड्दै
थिएँ । एक्लै—एक्लै । काठमाण्डौंका
गल्लीहरुमा । त्यति
नै बेला हो,
मेरो आत्मीय मित्र
भोजराज विश्वकर्माले वहकिने मन को
मेरो सोँच सि.आइ.एन.बाट अघि
बढाउन जुक्ति दिएको
। त्यो जुक्ति
नै मेरो जीन्दगीको
एउटा मोड थियो
। जुन मोडले
तपाईँको मनमा ठाउँ
दिलायो मलाई ।
नत्र त तपाईँलाई
के वास्ता, को
हो महावीर विश्वकर्मा
भन्ने । यो
शहरमा हज्जारौँ हज्जार
मान्छेहरु दैनिक भौतारिरहन्छन्, त्यही
भिडको एक न
थिएँ म ।
त्यसो त भोलीबाट
फेरी भौतारिने त्यो
यात्रा शुरु हुँदैछ
। तर यो
२ वर्षे यात्राले
केही परिचय भने
थपिदिएको छ मलाई
। केही सजिलो
बनाइदिएको छ, यो
काठमाण्डौं शहर हिजो
जत्तिकै नौलो छैन
मेरो लागि ।
धन्यवाद भोजराज जीलाई ।
यो गुन म
कहिल्यै पनि तिर्न
सक्दिनँ हुँला । अनि
वहकिने मन प्रसारण
गर्नका लागि चाँजोपाँजो
मिलाइदिनुहुने रेडियो जागरण बुटवलका
स्टेशन म्यानेजर शिवजी गायक
दाई र सि.आइ.एन.का सोहम
सुवेदी ज्यूप्रति सँधै ऋणी
रहिरहनेछु । मनैदेखीको
आभार उहाँहरुप्रति ।
म त
एउटा बटुवा न
थिएँ । एक्लै
हिँडिरहेको बटुवा । हिँड्दै
गर्दा कहिलेकाहीँ निक्कै
थाकिँदोरहेछ, अनि सुस्ताउन
मन लाग्दो रहेछ
चौतारीमा । मात्र
केही क्षण ।
किनकी सुस्ताएर मात्रै
कहाँ हुन्छ र
बटुवाले, अगाडी बढ्नु पनि
त पर्छ नि
। सुस्ताउन पाइयो
भन्दैमा चौतारीलाई नै घर
सम्झिने भुल गर्नु
हुँदैन बटुवाले । मैले
बुझेको त्यति हो ।
बटुवासँग त सँधै
एउटा वाध्यता रहन्छ
। निरन्तर अघि
जानुपर्ने वाध्यता । खै
पुग्नुपर्ने कहाँ हो,
त्यो त थाहा
छैन । र पनि हिँडिरहन्छ
बटुवा एउटा सुनौलो
भविष्यको आशामा । बिडम्बना
के भइदिँदोरहेछ भने,
दुई शब्द मिठो
बोलिदिने बटुवासँग मन साँट्न
पुग्दा रहेछन् गाउँलेहरु ।
जसको कुनै अर्थ
नै रहँदैन ।
कारण, उ त थकान मेटिने
बित्तिकै उठाउँछ आफ्नो झोली
अनि फेरी लम्किन्छ
अनिश्चित गन्तब्यमा । म त्यो बटुवा
भएँ अनि तपाईँ
गाउँले । म
पनि उठाउँदैछु मेरो
झोली, अनि लम्कनु
छ मलाई एउटा
अनिश्चित गन्तब्यमा । थाहा
छैन अबको बाटोले
कहाँ पु¥याउँछ
मलाई । अनि
कुन चाहीँ बाटो
हिँड्छु म, त्यो
पनि थाहा छैन
।
एक्लै एक्लै डुलीहिँड्ने
एउटा फिरन्ते जीन्दगी
अब कसरी अघि
बढ्छ त्यो अहिल्यै
भन्न सक्दिनँ म
। तर झण्डै
२ वर्ष तपाईँसँग
नजिकिए पछि आज
यसर्थमा खुशी लागेको
छ की, हिजो
मैले बोक्ने एउटा
झोलामा मेरो वहकिने
मनको खरखजाना थियो
आज त्यही झोलामा
तपाईँको माया पनि
हाल्न पाएको छु
। अब उठानुछ
यो झोला अनि
फेरी शुरु गर्नुछ
एउटा फिरन्ते जीन्दगी
।
५. (((((((((((((विदा हुने
भइगयो बेला, फेरी
भेट होला की
नहोला)))))))))))))))))))
आज वहकिने
मनको अन्तिम श्रृंखला
। अबदेखी कार्यक्रमको
रेकर्ड सुनेर नै मन
वहकाउनुपर्नेछ तपाईँले ।
जीन्दगीमा केही यस्ता
मोडहरु आउँछन्, जसले जीन्दगीलाई
नै मोडिदिन्छ ।
त्यस्तै एउटा मोडमा
भेट्ने अवसर मिल्यो
तपाईँसँग । हिजो
यो काठमाण्डौं शहरमा
आईपुग्दा म आफै
पनि कसैलाई चिन्दिनथेँ,
तर वहकिने मनको
यो यात्राले आज
मैले चिन्ने भन्दा
मलाई चिन्ने साथीहरु
धेरै पाएको छु
। मैले घमण्ड
गरेको होईन, तपाईँको
मायाप्रति गर्व गरेको
हो । यो
२ वर्षे यात्राले
मलाई दिएको उपहार
हो यो ।
निक्कै नै जतन
सँग सम्हालेर राख्नेछु
यो उपहार, मनको
कुनामा ।
हरेक मान्छे
आफैमा एउटा कलाकार
हो, जो जीन्दगीको
रंगमञ्चमा नयाँ नयाँ
नाटक मञ्चन गर्नमा
तल्लीन रहन्छ सँधै ।
यसर्थमा म पनि
त्यस्तै एउटा कलाकार
हुँ । जीन्दगी
चाहीँ रंगमञ्च जस्तै
हो, जहाँ आ—आफ्नो भूमिका निभाउँछन्
पात्रहरु । सकेसम्म
जीवन्त तुल्याउँछन् आफ्नो भूमिकालाई
। थोरै हाँस्छन्,
धेरै हँसाउँछन् ।
अनि स्वयम भने
एकान्त खोज्दै भक्कानिएर रुन्छन्
। कारण पात्रहरु
पनि त ,
निर्देशित हुन्छन् कतैबाट
।
नियन्त्रित हुन्छन् कतैबाट
। ।
अरुहरुकै ईशारा मानिरहनुपर्दा
दुखित हुन्छन् कतैबाट
। । ।
खेल्दाखेल्दै कथामा सकिँदो रहेछ
नाटक । अनि
खस्दो रहेछ पर्दा
। हराउन पुगिँदोरहेछ
अन्धकारमा । नाटक
खेलियो भन्दैमा भूमिका भित्र
हराएर जीन्दगी बिताउनु
हुँदैन कलाकारले । मैले
जानेको त्यति हो ।
कलाकारसँग त सँधै
एउटा विवशता रहन्छ,
अर्को नाटकको खोजीमा
भौतारिनुपर्ने विवशता । खै
भूमिका कस्तो पाउने हो,
त्यो त थाहा
छैन । र पनि भौतारिरहन्छ
एउटा मनछुने भूमिका
पाउने आशमा ।
बिडम्बना के भइदिँदोरहेछ
भने केही समय
राम्रो अभिनय गर्ने कलाकारसँग
मन वहकाउन पुग्दा
रहेछन् दर्शकहरु, जसको कुनै
अर्थ रहँदैन ।
कारण उ त पर्दा खस्ने बित्तिकै
फर्किन्छ आफ्नो दुनियाँमा ।
उठाउँछ नियतिको झोली, अनि
फेरी हराउँछ भिडहरुमा
।
त्यस्तै कलाकार भइदिएँ
म पनि ।
भएँ भन्नुभन्दा पनि
समयले त्यस्तै बनाइदियो
। यहाँ पनि
सकिएको छ एउटा
कथा । अब
म पनि निक्लनु
छ अर्को भूमिका
पाउने आशामा ।
थाहा छैन, कुन
भूमिकाले कहाँ पर्खिएर
बसिरहेको छ मलाई
। केही समय
तपाईँलाई वहकाउन आईपुगेँ म
। अब फेरी
फर्किनु छ मलाई
मेरै दुनियाँमा ।
खै कुन्नी तपाईँलाई
कति वहकाउन सकेँ
। छुट्टिएपछि पनि
तपाईँलाई याद आइरहने
मान्छे बन्न सकेँ
की सकिनँ भन्ने
नै हो मेरो
चिन्ताको विषय ।
किनकी जो छुट्टिएपछि
पनि याद आउँछ
नी, हो त्यो
मान्छे चाहीँ वास्तवमै मनभित्र
बसेको हुन्छ रे
।
आफ्नै ओँठबाट हाँसो
जफत भएको छ
।
र त
हृदयमा अर्को खत भएको
छ । ।
साँच्चै जीन्दगीभर एक्लै
हुँदोरहेछ मान्छे
ढिलै भएपनि
सत्य अवगत भएको
छ । । ।
६. (((((((((((((((टेक्ने पनि छैन
बरै समाउने नी
छैन, कतै यसको
अर्को नाम जीन्दगी
त होईन)))))))))))))))))))
म त
बटुवा न हुँ
। हिँडिरहन्छु एक्लै
। बोक्छु एउटा
झोला, त्यहीँ भित्र
हुन्छ वहकिने मनको
खिरचीमिरती । अनि
हिँड्छु लुरुलुरु । हिँड्दै
गर्दा सि.आई.एन.को
चौतारीमा सुसाएँ केही समय
। धन्यवाद सि.आइ.एन.परिवारलाई, यो शितल
छाहारीको लागि ।
काठमाण्डौं नचिनेको एउटा
बटुवालाई ट्याक्कै २ वर्ष
आफ्नो छाहारीमा सुस्ताउन
दिएर निक्कै ठुलो
गुन लगाएको छ
सि.आइ.एन.ले ।
तर म त बटुवा न परेँ,
बटुवा सँधै एकैठाउँमा
बसेर त कहाँ
हुन्छ र । घुम्दाघुम्दै भेटिएको ठाउँ हो
यो, अब छुटिन्छ
पनि त्यसैगरि ।
अब उठ्नु छ
यहाँबाट मैले ।
बोक्नुछ, आफ्नो पोको पुन्तुरो
। अनि फेरी
हिँड्नुछ, कहाँ हो
कहाँको यात्रामा ।
तर म
सँधै सम्झिरहनेछु, सि.आइ.एन.लाई ।
सि.आइ.एन.भवनको चौथो तल्लामा
बसेर कार्यक्रम सञ्चालन
गरेको यो २
वर्षलाई । ती
श्रृंखलाहरुमा बन्द कोठा
भित्रको मेरो आवाज
तपाईँसम्म पुर्याउन सिसा पारी
बस्ने उषा केसी.जी, भोजराज
विश्वकर्मा जी, एकराज
भण्डारी जी, र
राकेश भाईलाई ।
सँधै सोमबार
साँझमा म आईपुग्दा
हार्दिकताका साथ गेटमै
स्वागत गर्ने घनश्यामदाईलाई, माथि
उक्लिँदा समााचार कक्षमा व्यस्त
भइरहँदा पनि मिठो
मुस्कानका साथ आत्मीयता
प्रदर्शन गरिदिनुहुने प्रतीक तामाङ,
लिलध्वज चन्द, लक्ष्मी बस्नेत,
सविता विश्वकर्मा, राजेश
सहनी सबैलाई सम्झिरहनेछु
सँधै ।
धन्यवाद वहकिने मन
प्रसारण गरिदिनुहुने सबै रेडियोहरुलाई
। सबै रेडियोका
प्राविधिक साथीहरु, रेडियो जागरण
वुटवलका स्टेशन म्यानेजर शिवजी
गायक, सि.आइ.एन.का
संयोजक सोहम सुवेदी,
कार्यक्रम ब्लगमा राखिदिने रामशरण
श्रेष्ठ, मोहन विहानी,
किरण ढकाल, हङकङमा
एच के नेपाली
अनलाइन रेडियोमार्फत वहकिने मन प्रसारण
गर्नुहुने देवराज राई, वहकिने
मनको जिंगल निर्माण
सँगै लेख्ने सुरेश
सेन्चुरी घमाल, गाउने कुमार
गुरुङ्ग र रजनी
रिमाल, सबैलाई सम्झिरहनेछु सँधै
।
र सबैभन्दा
बढी सम्झिरहनेछु तपाईँलाई
जसले यति धेरै
माया गरिदिनुभयो वहकिने
मनलाई, अनि यो
कार्यक्रमको रेकर्ड अरु साथीहरुको
मोबाइलमा पनि हालिदिने
तपाईँलाई ।
कार्यक्रम प्रसारण हुनुमात्रै
ठुलो कुरा होईन,
त्यसले श्रोताको मनमा पाउने
स्थान चाहीँ ठुलो
कुरो हो, भन्ने
मेरो मान्यतालाई धेरै
अर्थमा साकार बनायो यो
कार्यक्रमले । मेरो
८ वर्षे रेडियो
यात्राको सबैभन्दा ठुलो उपलब्धी
हो वहकिने मन
। वहकिने मन
आजबाट रोकिनेछ ।
तर हामी बीच
बितेका यी समय
भने सँधै सम्झिरहनेछु
म ।
७. (((((((((((((((((((((भेट्नु छुटनु त
के हो र,
सँसारको रीत न
हो)))))))))))))))))))
यतिबेला सम्झिरहेछु, तुलसी
दिवसज्यूको कविताको एक अंश,
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै
मोडिएपछि
हिँड्नेको पनि केही
लाग्दो रहेनछ । ।
यहाँबाट मोडिँदैछ मैले
हिँड्दै गरेको बाटो ।
अनि अब मैले
पनि त्यो बाटो
सँगै मोडिनुपर्नेछ ।
हेरौँ, यो मोडिएको
बाटोले कहाँ लगेर
जोडाउँछ मलाई ।
मैले धेरै पहिला
कार्यक्रममा पनि भनेथेँ,
“पूर्णतया भरिनका लागि पूर्णतया
रित्तिनु आवश्यक छ” भनेर
। थाहा छैन
म त्यसरी नै
पूर्णतया भरिन सक्छु
की सक्दिनँ ।
अहँ थाहा छैन
। तर यत्ति
भने निश्चित भयो
की, पूर्णतया रित्तिँदै
भने छु म
।
फेरी शुन्यबाट
शुरु गर्नुछ एउटा
यात्रा । र
मलाई विश्वास छ,
त्यो यात्रा शुन्यमा
अंक थप्दै अघि
बढ्नेछ । किनकी
म त धेरैपटक
शुन्यमा झरेर पनि
फेरी अगाडी बढेको
मान्छे । म
जबजब कतै ठेस
पाउँछु नी, हो
त्यतिबेला सोँच्छु, भोली सफल
हुँदा सुनाउनका लागि
अर्को एउटा उदाहरण
थपियो जीन्दगीमा भनेर
। यसलाई पनि
त्यसरी नै लिएको
छु मैले ।
मलाई राम्ररी थाहा
छ, जुध्नेले सँधै
हार्दैन, एकदिन झुक्याएर पनि
जित्छ, हार्दाहार्दैको अनुभवले जिताउँछ उसलाई
। फेरी पनि
यतिबेला मन विचलित
भएको भने साँचो
हो ।
जहाँ प्रस्तोताले
कलात्मक ढङ्गमा भोगाई मिसाउन
जान्छन् त्यो रेडियो
कार्यक्रम स्वतः जीवन्त बनिदिँदो
रहेछ । मैले
वहकिने मनको १०२
वटा श्रृंखला सञ्चालन
गरेर सिकेको कुरा
। सायद त्यस्तै
जीवन्त भइदियो वहकिने मन
पनि । यसो
मैले भन्दा बढी
तपाईँले नै भन्नुहुन्छ
।
मैले केही
अघि भेटेको थिएँ,
बाँदरको चटक देखाउँदै
हिँड्ने एकजना दाई ।
मान्छेहरुको भिड जम्मा
गरेर बाँदर नचाउँदै
केही आम्दानी गरिरहेको
देखेथेँ । अहिले
यसो सोँच्दैछु, यो
वहकिने मन पनि
त्यस्तै भयो मेरो
लागि । यो
कार्यक्रम चलाए बापत
कति पैसा पाउँछ
महावीरले ? भन्ने पनि लाग्यो
होला कतिलाई ।
आज अन्तिम श्रृंखला
भएकोले त्यो पनि
भन्दैछु म ।
कतैबाट पैसा लिएर
मैले वहकिने मन
चलाएको होईन ।
विशुद्ध आफ्नो सौखको लागि
मात्रै चलाएको हुँ ।
हुन त यो
सब बताउनु को
के अर्थ ? भन्ने
पनि लाग्ला कतिलाई
।
तर आज
अन्तिम श्रृंखला भएकोले भन्न
मन लागेका सबैकुरा
भन्दैछु तपाईँलाई । आफ्नो
सौखको खातिर चलाएको
यो कार्यक्रमले नाम
भने मनग्गे कमाइदियो
मलाई । दुरदराजको
गाउँदेखी विदेशमा रहेका नेपालीसम्म
चिनाइदियो यसले ।
जसरी मैले
भेटेको ती दाईसँग
एउटा बाँदर बाहेक
केही थिएन ।
त्यसरी नै म
सँग पनि यही
वहकिने मन वाहेक
केही छैन ।
त्यसैले यही लिएर
हिँडिरहेछु म, र
सायद जीन्दगीभर हिँडिरहन्छु
पनि यसैगरि ।
जसरी एक
ठाउँमा केहीबेर बाँदरको नाच
देखाइसकेपछि त्यहाँबाट अघि बढ्छन्
ती दाई, त्यसरी
नै म पनि
यहाँबाट अघि बढ्नुपर्ने
भएको छ अब
। अब अर्को
गाउँमा, अर्कै गाउँलेहरुसँग ।
तर जसरी त्यो
बाँदरको नाच मन
पर्नेहरु अर्को गाउँसम्म पछि
लाग्छन्, त्यसैगरि तपाईँ पनि
आउन भने सक्नुहुन्छ,
पछि पछि ।
धेरै निराश नहुनोस्
साथी, मैले यसो
भन्नुको अर्थ के
हो भने, म
फेरी पनि वहकिने
मन लिएर आउनेछु
चाँडै । मैले
बिसाउने चौतारी फरक होला,
अर्थात वहकिने मन प्रसारण
हुने ठाउँ फरक
होला । तर
वहकिने मन बिल्कुल
यस्तै हुनेछ ।
विदाई हुनु भनेको
विलय हुनु होईन
। बरु झनै
सशक्त तवरले स्थापित
हुनु हो ।
मेरो त विगतले
पनि त्यही पुष्टि
गर्छ । म जहाँ जहाँ
विदाई भएँ, पछि
झनै सशक्तसँग स्थापित
हुँदै अघि बढेँ,
काममा पनि जीन्दगीमा
पनि ।
केही हप्ताहरु
बित्लान् छट्पटीमा, तपाईँको पनि
र मेरो पनि
। तर आउन
चाहीँ आउनेछु म
फेरी । नत्र
यतिबेला तपाईँले मनमनै खसाएको
आँशुहरुको पाप लाग्नेछ
मलाई । त्यसैले
पनि फेरी आउनैपर्छ
मैले । र आउनेछु पनि, मलाई
विश्वास गर्नु ।
पर्खेर बस्नु, फर्केर
आउनेछु ।
यस्तो लाग्दैछ सम्बन्ध
दुर हुँदैछ ।
सँगै बस्ने
सपना चकनाचुर हुँदैछ
। ।
तपाईँ भन्नुहोला विश्वास
टुटाइस् तैँले
माफ गर्नोस्
महावीर मजबुर हुँदैछ ।
। ।
हवस्, आएको थियो,
गयो भन्दिनु, नमस्कार
।
८. (((((((भोली उठी
कहाँ जाने केही
थाहा छैन, फर्की
आउने हो की
होईन केही थाहा
छैन))))))