Thursday, May 9, 2013

गजल - राम शरण श्रेष्ठ

जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।

नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।

छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।

बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।

मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।

तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछन्, हार जस्तै ।।

सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Thursday, May 2, 2013

Photos


Some Photos




Wednesday, May 1, 2013

मुक्तक (स्वर : राम शरण श्रेष्ठ)

मज्जा बेग्लै प्यूनुमा । 
पागल भई ज्यूनुमा ।
-------------------
कस्को छैन उध्रेको
लाग्नु पर्छ स्यूनुमा ।
-----------------
(रचना, स्वर, लय)
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Video

Blog Author


Tuesday, April 30, 2013

श्रृंखला ५१- बहकिने मन (2070-01-16/29-04-2013) - Download

बहकिने मन BAHAKINE MAN
DATE : (2070-01-16/29-04-2013) 
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

  आज मिति 2070 बैशाख 16 तदनुसार 29-April-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।  
Listen and Download
                             Download : Click Here to Download

Thank you

Muktak

न वार छ, न पार छ ।
अलि पर एउटा जङ्घार छ । ।
अचेल जीन्दगी दुख्नुको कारण
चारैतिरबाट प्रहार छ । । ।

...महावीर विश्वकर्मा

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget