Wednesday, August 10, 2016

पासवर्ड

महावीर विश्वकर्मा (२०७३ असार २०)
असारको महिना । बाहिर झमझम पानी परिरहेको थियो । बेलुकीको त्यस्तै ९ बजेको हुँदो हो । भित्तामा झुण्डिएको घडीमा भने ९ बजेर पनि १० मिनेट गईसकेको थियो । खासमा १० मिनेट छिटो थियो त्यो । त्यो १० मिनेट भित्तामा मात्रै छिटो थिएन, दिकेशको मोबाईलमा पनि थियो । दिकेश अर्थात दिकेश शाक्य । 

काठमाण्डौंको रैथाने परिवारको एक्लो छोरो । न्युरोडमा थियो घर । सटर भाडाबाट आउने पैसाले नै गज्जबले चल्थ्यो उनीहरुको परिवार । अँ साँच्ची, उसको घडीको १० मिनेटको किस्सा बताउँ क्यारे । दिकेश हरेक कुरामा अरुभन्दा अघि हुन चाहन्थ्यो । साथीहरुको जमघटमा पनि उ तोकिएको समयभन्दा पहिले नै पुग्थ्यो । भन्थ्यो, दिकेश सँधै अरुभन्दा अगाडी नै हुनुपर्छ । तर उसले जति भनेपनि पढाईमा भने कहिल्यै पहिलो हुन सकेन । प्लस पढ्दै गरेको थियो । 

त्यो साँझ साथीहरुसँग च्याटिङ्ग गर्दै थियो उ । खासै चाख लाग्दो कुरा केही भईरहेको थिएन । सायद बोर मानिरहेको थियो । त्यति नै बेला, पिपुल यु मे नो भनेर फेसबुकले केही मान्छेहरुको फोटो देखायो । १,२,३ गर्दै सबैको फोटो नियालेर हेर्न थाल्यो उसले । ठ्याक्कै भन्नुपर्दा, केटीहरुको फोटोमा बढी ध्यान दिइरहेको थियो । कालो र कालै स्कट लगाएकी केटीको फोटोमा घोरियो केहीबेर । 

अनि क्लिक गरेर उसको प्रोफाइल हेर्न खोज्यो । गोरो वर्णकी थिइ उ । नाम, प्रकृति शर्मा । अरु प्रोफाइल पिक्चर पनि हे¥यो उसले । राम्री लाग्यो । यति भए पुगिहाल्यो, रिक्वेस्ट पठाउन । झट्टै एड फ्रेण्डमा क्लिक गरिदियो । रिक्वेस्ट सेन्ड पनि भयो । अनि एबाउटमा हेर्न खोज्यो, केही लेखिएको रहेनछ । 

टाईम लाईनमा गएर हेर्दै थियो । यसैबेला नोटिफिकेसन आयो । हेरेको त, उनै प्रकृति शर्माले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेको जानकारी पो रैछ । एकखाले खुशीले पैतालादेखी टाउकैसम्म तरङ्गित बनायो उसलाई । अनि हत्तार हत्तार म्यासेजमा गएर टाईप ग¥यो, हाई । उताबाट हाई भनेर रिप्लाई आउन कत्ति पनि बेर लागेन । दिकेशले टाईप गरिहाल्यो, थ्याङस् । फर ह्वाट ? उताबाट साधियो । एसेप्ट माई रिक्वेस्ट, उसले पठायो । ईट्स माई प्लेजर भन्दै प्रकृतिले हाँसेझैँ लाग्ने एउटा स्टिकर पठाई । दिकेशले पनि त्यस्तै स्टिकर पठाईदियो । 

त्यो रात झण्डै १२ बजेसम्मै च्याटिङ्गमा भुले क्यारे दुईजना । दुबैले एकअर्काको प्रशंसा गरे । खासमा फोटोको प्रशंसा थियो त्यो । अनि पहिलो कुराकानी पनि त थियो नि । अक्सर पहिलो पहिलो बोलचाल त प्रशंसैले त भरिने हो नि । आज खुब्बै खुशी थियो दिकेश । र त मोबाईलमा बिपुल क्षेत्रीको सिन्डिकेट बजाउँदै सुत्यो । 


त्यो बेलादेखी उनीहरु छिन छिनमै च्याटमा व्यस्त हुन थाले । व्यस्त त पहिले पनि हुन्थे, अरुअरुसँग । तर अब चाहीँ यी दुई, एकअर्कासँग नै व्यस्त हुन थाले । त्यस्तै १ हप्ता जति यही क्रम चलेपछि एक साँझ च्याटिङ्ग कै क्रममा, भेट्ने ईच्छा राख्यो दिकेशले । प्रकृतिले तत्काल सहमति पनि जनाई । ठाउँ फिक्स गर्ने जिम्मा दिकेशलाई नै दिई । 

झरी पर्ने बेला थियो, बाहिर कतै भेट्न त्यति उपयुक्त पनि लागेन । अनि दरबार मार्गको एउटा कफी सपमा भेट्ने प्रस्ताव राख्यो । त्यसमा पनि सहमति जनाई उसले । अनि बल्ल एकअर्काको मोबाईल नम्बर साँटासाँट गरे । यसो गर्दा भोली दिउँसो भेट्न सजिलो हुन्थ्यो उनीहरुलाई । 

भोलीपल्ट त्यही ठाउँमा भेटे उनीहरुले । बाहिर झरि परिरहेकै थियो । उनीहरु तातो कफीसँगै एकअर्काको प्रशंसा गर्दैै थिए । प्रशंसा भन्दा ज्यादा चाहीँ एक अर्कालाई उडाउँदै थिए भनौँ, फेसबुकमा तिम्रो फोटो त बाँदरको जस्तो भन्दै थिई प्रकृति । अनि त्यो फोटोमा तिम्रो चाहीँ मुख किन सुँगुरको जस्तो नि भन्दै प्रकृतिको सेल्फीमाथी हाँस्दै थियो दिकेश । १ हप्ताको च्याटले निकै नजिक बनाएछ क्यारे, जिस्किँदै थिए एकअर्कासँग । भेटेर फर्किएपछि झनै नजिक भएको महसुस गरे यी दुईले । 

अनि त च्याटमा पनि त्यो देखिन थाल्यो । प्रकृतिले बाँदर भनेर बोलाउन थाली, दिकेशले सुँगुर । बाँदर भन्दा रमाईलै लाग्यो दिकेशलाई । तर प्रकृतिलाई मज्जा आएन, आफुलाई सुँगुर भनेकोमा । अनि घुक्र्याइ दिकेशलाई, बोल्दिनँ भनेर । दिकेश पनि के कम, ल ल बाँदरर्नी अब त्यस्तो भन्दिनँ भनेर टाईप गर्यो । प्रकृतिले हाँसेको स्टिकर सेन्ड गरि, सायद मन पराई अर्को नाउँ, बाँदरर्नी । यसरी यी दुई च्याटमा बाँदर र बाँदर्नी भए । 

सके दिनहुँ, नत्र दिन बिराएर उनीहरु त्यही कफी सपमा भेट्न थाले । बाहाना कफी पिउने हुन्थ्यो । ईरादा नजिकिने हुन्थ्यो । त्यस्तै १५ दिन जतिमा ८—९ पटक भेटे उनीहरुले । अनि नजिकिँदै गए । झन् झन् नजिकिँदै गए । दिउँसो सँगै कफिी खाएर छुट्टिएपछिको एक साँझ च्याट हुँदै थियो । मिस यु लेखेर पठायो दिकेशले । उताबाट मिस यू टु फिर्ता आयो । अनि त्यो भन्दा एक स्टेप अगाडी बढेर केही लेख्न चाह्यो उसले । केही नसोँची झट्टै लेखिदियो, लभ यु । केहीबेर उताबाट रिप्लाई आएन । 

म्यासेज टाईपिङ्गको संकेत मात्रै आयो । त्यतिन्जेल सोँच्यो दिकेशले, रिसाई भनी जिस्काको भनेर फकाउँछु । तर त्यसरी फकाउनै परेन उसले, एकैछिनमा रिप्लाई आयो, लभ यु टु । त्यसपछिको च्याटिङ्गमा भने हाँसेको स्टिकरभन्दा पानको पातको स्टिकर बढी आउने जाने गर्न थाल्यो । सायद प्रेमको संकेत त्यसैले समेट्थ्यो होला । 

चिनजान भएको त १ महिना पनि भएको थिएन तर दिकेशको घडी जस्तै उनीहरुको सम्बन्ध पनि छिटो छिटो अगाडी बढ्दै थियो । यति छिटो की, यी दुईलाई आफुहरु बाहेक बाहिर पनि अर्को सँसार छ भन्ने समेत हेक्का नभए झैँ लाग्थ्यो । यति छिटो त बर्खामा झरि पनि पर्दैनथ्यो । दरबार मार्गको त्यही कफी सप । दिनहुँको उही भेटघाट । अझै नजिक, अझै आत्मीय । 

कफीको चुस्की लगाएपछि दिकेशले प्रकृतिसँग उसको फेसबुकको आई डि र पासवर्ड माग्यो । प्रकृतिले नाइ दिन्न भनि । एकछिन केही बोलेन दिकेश । कतिन्जेल नबोली बस्नु । सोध्यो, मसँग लुकाउनु पर्ने त्यस्तो केही हुन्छ तिम्रो फेसबुकमा ? त्यस्तो हैन भनी प्रकृतिले । अनि कस्तो त, मेरो विश्वास छैन ? तिमी अझै मलाई नजिक सोँच्दिनौ ? तिमी मसँग टाईम पास मात्रै गरिरहेकी छौ ? यी सबै कुरा एकैसासमा भनिदियो दिकेशले ।

प्रकृति पनि आवेशमा आई, अनि छेवैको नेप्किन पेपर झिकेर लेखिदिई आफ्नो फेसबुकको ईमेल र पासवर्ड । र त्यो राखिदिई दिकेशको हातमा । अनुहारको रिसलाई एक्कासी खुशीमा फेर्न त सकेन दिकेशले । तर केहीबेर पछि मुसुक्क मुस्कुरायो । प्रकृतिको हात तानेर ओँठले चुक्क गरिदियो । र उनीहरु खुशी साथै छुट्टिए त्यहाँबाट । 
त्यो साँझ खाना खाएपछि सँधै झैँ फेसबुक खोल्यो दिकेशले । तर आज सँधै झैँ आफ्नो एकाउन्ट खोलेन । प्रकृतिको एकाउन्ट खोल्यो । निक्कै नै लामो समयको मिहेनत पछि ठुलै कुरा पत्ता लगाउन खोजेको वैज्ञानिक जस्तै चनाखो भएर हेर्दै थियो । शुरुमै इन्बक्समा आएर बसेको म्यासेजमा क्लिक ग¥यो । ५ जनाको म्यासेज थिए । जसमध्ये ३ जना केटा । ति नै केटाको म्यासेजमा घोरियो । 

एउटाले पठाएको थियो, मिस यू काली लेखेर । त्यो पढ्ने बित्तिकै भाउन्न छुट्यो उसलाई । उसँग भएका अघिल्ला च्याटहरु पनि हे¥यो । अरु त सामान्य कुरा नै थिए । हाई हेल्लो, सन्चो, बिसन्चो कै कुरा । उ कलेजको साथी रै छ । तर उसले काली भनेको कुरा भित्र बिझेर बस्यो दिकेशको मनमा । 

अर्को म्यासेज हे¥यो, अष्ट्रेलिया पुगेको उसको भाईको रै छ । त्यसमा ध्यान दिएन । अर्को हे¥यो, तब झन् भित्र भित्रै भत्भती पोले जस्तो भएर आयो । कारण त्यो केटाले, सरी लेखेको रहेछ । यसले किन सरी भन्यो, भन्ने लाग्यो उसलाई । अनि अघिल्ला म्यासेज हे¥यो । 

शुरुमा उसले प्रकृतिलाई प्रेमको प्रस्ताव राखेको रहेछ । उसले मेरो ब्वाईफ्रेण्ड छ भनेकी रहिछे । अनि त्यो केटाले आफुलाई पर्मानेन्ट नभएपनि टेम्पोररी ब्वाई फ्रेण्ड बनाउ न त भनेर लेखेको रहेछ । यति पढिसक्दा दिकेशको मनभित्र डढेलो नै लागे झैँ भइसकेको थियो । 

अनि सबैभन्दा बढी रिस त प्रकृतिसँग उठेको थियो । किनभने, त्यो केटालाई उसले मुखभरिको गाली गरेर च्याट गर्नुपथ्र्यो तर गरेकी थिईन । यही सोँच्यो दिकेशले । तत्काल फेसबुक लगआउट ग¥यो र आफ्नो फेसबुक खोल्यो । प्रकृति अनलाईनमा थिइन । फोन ग¥यो र अनलाईनमा आउ भन्यो । उ आई । अनि शुरु भयो दिकेशको रडाको । तथानाम गाली ग¥यो । 

उसको चरित्र ठीक नभएको आशंका ग¥यो । प्रकृतिले कुरा बुझाउने प्रयास गरि । अझै प्रयास गरि । गरिरही । तर उ कसैको केही सुन्नेवाला थिएन । किनकी आफुले जे देखेको थियो, त्यहीबाट एकखाले विचार बनाइसकेको थियो सायद । हरेक केटी मान्छे त्यतिबेला सहनै नसक्ने गरि मन दुखाउँछन्, जतिबेला कोही उनीहरुको चरित्र माथी निर्धक्कसँग आरोप लगाउँछ । तर यो कुरा उसले सोँच्दै सोँचेन । बरु लगातार यस्तै यस्तै आरोप लगाईरह्यो मात्रै ।    

उसले टाईप गरेको आरोपको पछिल्लो वाक्य सेन्ड भएन । कति प्रयास ग¥यो, अहँ भएन । अनि प्रकृतिको प्रोफाईल हेर्न क्लिक ग¥यो । तब पो झसङ्ग भयो, उसलाई प्रकृतिले ब्लक गरिसकेकी थिई । मोबाईलमा डायल ग¥यो, त्यसमा पनि दिकेशको नम्बर ब्ल्याक लिस्टमा राखिसकेकी रहिछे । तत्काल आफ्नो फेसबुक लग आउट गरेर प्रकृतिको खोल्न खोज्यो । तर अहँ, अघिको पासवर्डले त्यो खुलेन । फेरी पनि ट्राई ग¥यो तर पासवर्ड मिलेन मात्रै भन्यो फेसबुकले । 

पासवर्ड चेन्ज गरिसकेकी थिई प्रकृतिले । सँगै आफुबाट भएको भुल पनि सच्याईसकेकी थिई । दिकेशको भित्ताको घडी अहिले पनि १० मिनेट छिटै थियो । तर छिटो हुने दौडमा दिकेश भने निकै पछाडी धकेलियो । काठमाण्डौंमा चल्ने नेपाल यातायातको यात्रु, यात्रुकै चापले लास्ट सिटमा धकेलिए जस्तै । 


Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget