Wednesday, March 9, 2016

सम्झिनुको कारण


=======महावीर विश्वकर्मा

तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति शब्दहरु लेखेको छु
मैले कत्ति—कत्ति वाक्यहरु लेखेको छु 
र ती सबै सबै लेखिरहँदा
तिमीलाई दोहो¥याई तेहे¥याई सम्झिरहँदा
लेखेका अक्षरहरुभन्दा बढी 
सम्झेका सम्झनाहरु भन्दा बढी
मेरा आँशुहरुले मलाई छोडी गएका छन् । 

तिमीलाई सम्झिँदा 
मैले कत्ति—कत्ति प्याकहरु रित्याएको छु
मैले कत्ति—कत्ति बोत्तलहरु सिध्याएको छु 
र ती सबै सबै पिइरहँदा 
तिमीलाई फेरी फेरी सम्झिरहँदा
पिएका घुट्कोहरुभन्दा बढी
ननिख्रिएका प्यालाहरुभन्दा बढी 
मेरा आँशुहरुले मलाई छोडि गएका छन् । 


तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति रातहरु अनिँदो बिताएको छु
मैले कत्ति—कत्ति दिनहरु कहाँ कहाँ हिँडेको छु 
र यसरी जीन्दगी बाँचिरहँदा
तिमीलाई उसैगरि सम्झिरहँदा 
बिसाएका थकाईहरुभन्दा बढी
हिँडेका पाईलाहरुभन्दा बढी
मेरा आँशुहरुले मलाई छोडि गएका छन् । 

प्रिय मान्छे
अब, 
खोलाले किनारलाई जसरी होईन
चङ्गाले लट्टाईलाई जसरी होईन
बरु,
झरीले बादललाई जसरी
यात्रीले बाटोलाई जसरी
एकपटक भुल्न मन लागेको छ तिमीलाई
अनि सँधै भुलिरहन मन लागेको छ तिमीलाई

तर मेरो दुखेसो
भुल्नकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर 
बिर्सिनकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर
र त, अचेल
तिमीलाई सम्झिरहेछु म 
भुल्नकै लागि सम्झिरहेछु
भुलिरहनका लागि सम्झिरहेछु

ओ...अझै प्रिय मान्छे
तिमीलाई लाग्ने बाडुल्की 
कुनैदिन सँधै सँधैलाई रोकियो भने
तिमीले देख्ने सपनाहरुबाट
कुनै रात म सँधै सँधैलाई हराएँ भने
भन्ठान्नु, मैले पिउन छोडिदिएको छु
भन्ठान्नु, मैले लेख्न छोडिदिएको छु 
अनि सँगै भन्ठान्नु,
मैले बाँच्न पनि छोडिदिएको छु ।  

Categories:
Pages (31)1234 Next

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    maria commented on blog post_3109: “मैले भरपर्दो कम्पनीबाट कसरी ऋण लिने मेरो गवाही पढ्नुहोस्।नमस्ते, म नेपलीबाट अभयानन्द हुँ म आर्थिक…”

    emmy commented on 224 bahakine man 2073 06 17 download: “Nouvelle rentrée scolaire, témoignage 2023Je vie avec des douleurs horribles mais tant que je suis…”

    maria commented on blog post_3109: “मेरो गवाही पढ्नुहोस्मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन्…”

    ahmad commented on Bahakine Man 259: “READY MY TESTIMONY My name is Margarita Palazova from Riga, I contacted Mr. Jose luis loan for a…”

    ahmad commented on Bahakine Man 259: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    ahmad commented on blog post_9099: “* मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाटकम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै…”

    Isabella Charlotte commented on 130 download: “Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided…”

    Anonymous commented on 224 bahakine man 2073 06 17 download: “Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment…”

    Loan Offer commented on blog post_18: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Anonymous commented on Bahakine Man 259: “Dearest Esteems,We are Offering best Global Financial Service rendered to the general public with…”

    Recent Comments Widget