-महावीर विश्वकर्मा
कवि तथा कथाकार उपेन्द्र सुब्बाको २ वटा कथामा आधारित नाटक ‘लाटो पहाड’ हेरेँ आज, शिल्पी थिएटरमा । पूर्वी लिम्बूवानको समाज उतारेको भएर पनि नाटकले फरक स्वाद चखाउँछ । स्टेज डिजाईन निकै उत्कृष्ट छ । अझ सेटमै पानी पारेर एउटा नयाँ प्रयोग पनि गरिएको छ नाटकमा । हरेक पात्रहरुको अभिनय बेजोड लाग्छ । यी सबै कुराले नाटकलाई मज्जैले सिंगारेको छ, जसले गर्दा करीब १ घण्टा २० मिनेट बितेको पत्तो पाइन्न ।
तर,
पहिलो पटक नाटक निर्देशन गरेका किरण चाम्लिङ्ग राई केही ठाउँमा मज्जैले चिप्लिएका छन् । जस्तै, पहाडबाट तराई झरेका भरियाहरुले हवाईजहाज उडेको देख्दा त्यसलाई नचिनेर के हो ? भनेर सोध्छन् । जबकी हवाईजहाज तराईको आकाशमा मात्रै उड्ने साधन नै होईन । यसलाई त उनीहरुले आफ्नै गाउँको आकाशबाट पनि देखेका हुन्छन् नी । त्यस्तै श्रीमान मरेपछि पनि श्रीमतीलाई पहिलेकै पहिरन र गहनामा देखाइन्छ । यसैगरि पात्रहरुले धेरैचोटी अनावश्यक ठाउँमा पनि ‘जाँठा’ शब्द उच्चारण गरिरहँदा यो शब्दप्रतिको उनीहरुको मोहले नाटकलाई अन्याय गरे झैँ लाग्छ ।

फरक फरक विशेषता बोकेका ‘मनमाया’ र ‘प्रभु माइला’ कथा एकै ठाउँमा मिसमास गरेर नाटक तयार गर्नु नै यो नाटकको ठुलो कमजोरी हो । यसै कारणले पनि नाटक आफ्नो सन्देशमा स्पष्ट हुन नसकेको मात्रै होईन की, गोलमटोल पनि छ । त्यो कसरी भने, कथाकार सुब्बाले अपेक्षा गरेका छन् की, यो नाटकले लिम्बुवान समाजमा विद्यमान लिंग भेदको कुरा थोरै भएपनि वहसमा ल्याउनेछ । तर नाटक यसरी तयार भएको छ की, त्यो लिंगभेद तिर दर्शकको ध्यान नै जाँदैन ।
अझ नाटकमा रमाईलो थप्नका लागि जसरी 'प्रभु माईला' कथा जोडिएको छ, त्यसले जोखिम निम्त्याउन सक्छ । किनभने यसमा, पछि क्रिस्चियन धर्म अवलम्बन गरेको पात्र ‘माइला’लाई हाँसोको पात्रको रुपमा प्रस्तुत गरिएको छ । नाटकमा कसैलाई हाँसोको पात्र बनाउनु गलत होईन भनिएला, तर धर्म जस्तो गम्भीर विषयलाई यसरी गलत साबित गराइदिन खोज्नु किमार्थ न्यायोचित होईन । नाटकले एकोहोरो सो धर्मप्रचारकप्रति व्यंग्य मात्रै गरिरहन्छ, जसलाई सन्तुलन गर्ने कुनै दृश्य नहुँदा सो व्यंग्य प्रचारकप्रति मात्रै सिमित नरहेर सिंगो धर्मप्रति पनि हो भन्ने मौका मिल्छ । कुनै क्रिस्चियनले यो नाटक हेर्यो भने उसलाई ती दृश्यहरुले निक्कै नै पिडा हुनसक्छ । कारण, नाटकमा उसको धर्मको प्रचार गर्ने व्यक्तिलाई यसरी प्रस्तुत गरिएको छ की, जसबाट दर्शकमा सो धर्मप्रति नकारात्मक धारणा विकास हुन्छ । सुब्बाको प्रभु माइला कथाको केही कुराहरु मात्रै यो नाटकमा मिसाइदिँदा यस्तो भएको हुनसक्छ । पूरै कथामा भने यो विषयलाई राम्ररी प्रष्ट्याइएको छ होला सायद ।
मनमाया कथामा मात्रै आधारित हुँदा पनि यो नाटक तयार हुन्थ्यो, अझ झनै सशक्त हुने थियो । तर यसमा प्रभु माईलालाई पनि मिसाउँदा नाट्य रुपान्तरण गरेका घिमिरे युवराज चुकेका छन् ।
नाटक यही श्रावण १८ गतेसम्म मंगलबार बाहेक नियमित साँझ ५ः१५ बजे प्रदर्शन हुनेछ ।
0 comments :
Post a Comment