Wednesday, February 25, 2015

बहकिने मन 144 (२०७१ फाल्गुन ११) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-11-11/23-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 फाल्गुन 11 तदनुसार 23-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 144 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                             Download : Click Here to Download

Tuesday, February 17, 2015

बहकिने मन 143 (२०७१ फाल्गुन ०४) : Download

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-11-04/16-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 फाल्गुन 04 तदनुसार 16-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 143 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                  Download : Click Here to Download

Sunday, February 15, 2015

महानता


-महावीर विश्वकर्मा

आज
गुलाब र उसका सन्ततीहरुकाे
खुबै ओसारपसार भाे
आदान प्रदान भाे
किनबेच भाे
दिनेहरु गमक्क भए
लिनेहरु मसक्क भए

एउटै हाँगाेमा फूलेकी गुलाबलाई
भाेली, मनकाे कुराे भन्छु भनेर
हिजाे निदाएकाे एउटा गुलाब
आज झिसमिसेमै चुँडियाे

उसकाे मृत शरीर बाेकेर हातमा
प्रेमिका भेट्न आतुर प्रेमी
हातकाे भारी बिसाएपछि
केजरीवाल झैँ खुशी देखियाे

आफ्नाे शवकाे बास्ना सुँघेर
पुलकित भएकी प्रेमिका चैँ काे हातबाट
कामना गरिरहेथ्याे त्याे गुलाब
म त ओईलिजानेछु भाेली
यिनका प्रेम म सँगै नओईलिउन्
यिनीहरुकाे प्रेम कसैले नचुँडुन् ।

Wednesday, February 11, 2015

बहकिने मन 142 (२०७१ माघ २६) : Download

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-10-26/09-02-2015) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार, आज मिति 2071 माघ 26 तदनुसार 09-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 142 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                      Download : Click Here to Download

Sunday, February 8, 2015

'पहाड जस्तै म'

-महावीर विश्वकर्मा

खिच्नेले
पहाड जतिकै अग्लो बनाएर खिचिदिएपछि
मलाई उभिनुमा के को हिन्नता
हेर्नेले
पहाडसँग समानान्तर हेरिदिएपछि
मलाई देखिनुमा के को लाज
अनि सोँच्नेले
पहाड जस्तै सोँचिदिएपछि
मलाई पहाड जस्तै भइदिन के को सकस

यो फरक कुरा हो की
त्यो पहाड
घुच्चुकमा पाखो बोकेर
घुरमैलो आकाश हेर्छ
उडिजाने बादल हेर्छ

म बगलीमा हात घुसारेर
बगी जाने खोला हेर्छु,
रुकी बस्ने बगर हेर्छु

त्यो पहाड पनि
पर्खिबस्ला बादललाई
भलै त्यो नदोहोरिएपनि
अनि म पनि
कुरी बसुँला खोलोलाई
भलै त्यो नफर्किएपनि

मलाई एक सर्को छोएर
खोलासँगै वहि जाने बतास
सोँच्दो हो,
पहाड सँगै छुटि गो
एउटा पहाड जस्तो मान्छे ।
अनि पहाड जस्तै कुरी बस्छ
एउटा पहाड जस्तो मान्छे । ।

Thursday, February 5, 2015

'दलित' भन्ने कि 'शिल्पी' ?

महावीर विश्वकर्मा

गएको १४ गतेको कुरा हो यो । साँझको ८ बज्ने तरखर भएको हुँदो हो । फेसबुक चलाउँदै थिएँ । अग्रज पत्रकार नारायण वाग्लेले केहीबेर अघि पोष्ट गर्नुभएको स्टाटसमा आँखा पर्‍यो, 'दलितलाई शिल्पी भन्ने गर्नुपर्‍याे । पहिला त दिमागबाटै उँचनिचको भावना र धारणा त्याग्नुपर्‍यो ।' 
 
उहाँको त्यो विचारसँग सहमति जनाउँदै भटाभट लाईक र कमेन्ट आउन थाले । कमेन्ट गर्नेहरुकै भिडमा आदरणीय केदार शर्मा पनि देखिनुभयो, “शिल्पी समुदाय ! क्या गजब प्रस्ताव ! (दाताहरुलाई रुच्ने पच्ने भए त यस शब्दले सबैको इज्जत प्रतिष्ठा र आत्मसम्मानको रक्षा हुने थियो !) भन्दै ।  
 
नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, अग्रज पत्रकार तारानाथ दाहाल लगायतको लाईक भटाभट पाईरह्यो स्टाटसले । म हेरिरहेँ । अनि सोँचिरहेँ पनि । तर कसै गरेपनि, पल्पसा क्याफेको लेखन शैलीबाट उहाँसँग प्रभावित भएको मैले, उहाँको यो विचारसँग भने सहमती जनाउनै सकिनँ ।   
अग्रज पत्रकार केदार शर्माले २० गते ट्वीट पनि गर्नुभयो — “नारायण वाग्ले को गजबको प्रस्ताव ! “दलित” हैन “शिल्पी” भनौँ ! मलाई त व्यवहारिक र प्रतिष्ठापूर्ण लाग्यो, आगे यहाँहरुको मर्जी !” 
 
उहाँले कमेन्ट गर्नुभए जस्तो दलित आन्दोलन दाता कै इच्छा अनुसार सञ्चालन भइरहेको छ त ? दातामा निर्भर हुने भनेका त एन जि ओ हरु हुन्, उसो भए दलित आन्दोलन भनेको दलित एन जि ओ हरुका कार्यक्रम मात्रै हुन् त ? दलित समुदायका हक र अधिकारका लागि क्रियाशिल ती एन जि ओ बाहेकका अरु (जस्तै ः राजनीतिक दलका दलित भातृ संगठनहरु) को आन्दोलन चाहीँ केही होईन त ? 
 
हुन त यी विषयमा पनि वहसको ढोका खुलेको छ । तर यतिबेला भने म ती ढोकाबाट प्रवेश गर्न खोजिरहेको छैन । किनभने, उहाँहरु जस्ता पत्रकारिता क्षेत्रका अग्रजहरुले दलित समुदायको समस्याप्रति लिएको चिन्तालाई चाहीँ सकारात्मक रुपमा नै लिएको छु मैले ।
 
दलित समुदायका समस्याका विषयमा यही समुदायको व्यक्तिले मात्रै कुरा उठाउनुभन्दा उहाँहरु जस्ता गैर दलित समुदायका वौद्धिक व्यक्तिले पनि कुरा उठाइदिँदा त्यो चाहीँ बढी प्रभावकारी हुन्छ । यो मानेमा निकै खुशी छु म । र धन्यवाद उहाँहरु दुबैजनालाई । मेरो यात्रा (पत्रकारिता) को अग्रज गुरुहरुले उठान गरिदिनुभएको विषयमा केही आफ्ना कुरा राख्छु अब म । 
 
आफुलाई दलित भनेर चिनाउन नचाहने व्यक्तिहरु प्रशस्तै छन् अहिले । उनीहरु किन त्यसो गर्छन भने, “दलित भनेर थाहै नपाएपछि त हामी माथी विभेद नै हुँदैन नी” भन्ने विश्वास मज्जाले झाँगिएको छ उनीहरुमा । यो फरक कुरा हो की, थाहा नपाउन्जेल उनीहरुमाथी विभेद हुँदैन । उनीहरु माथी विभेद यसकारण हुँदैन की, दलित भन्ने थाहै हुँदैन । थाहा भएको दिन त कहाँ बाँकी छाड्छन् र । 
 
उसो भए शब्दै फेरेर दलितको सट्टा नारायण वाग्लेले भन्नु भए जस्तो शिल्पी अथवा अरु नै केही भनेर विभेद हट्छ त ? एकछिनको लागि मानौँ, ल दलितको सट्टा शिल्पी वा अरु कुनै शब्द भन्न थालियो रे । त्यसपछि के हुन्छ त ? त्यसपछि “अनि शिल्पी (वा अरु केही) भनेको चाहीँ के त ?” भनेर सोधिन्छ, त्यतिबेला “फलानो फलानो जातहरुको समूह” भनेर जवाफ दिइसकेपछि फेरी विभेद त भइ नै हाल्छ । अहिले सीधै विभेद गर्नेहरुले त्यतिबेला चाहीँ थप एउटा प्रश्न “त्यो भनेको चाहीँ के त ?” भनेर सोधेपछि मात्रै विभेद गर्छन । यही हो त हामीले फेला पारेको अचुक ओखती ? यो त कोठामा छिरेको सर्पलाई ढोकाबाट बाहिर ननिकालेर एउटा कुनाबाट अर्को कुनातिर धपाए जस्तो भइगो नि, यसरी त सर्प फेरी फर्केर आईहाल्छ नि । समस्याको अन्त्य कहाँ भयो र यो । 
 
शब्द फेरेर समस्या समाधान हुने कुरै होईन यो । यो समुदायको अधिकारका लागि खुलेका संगठनहरुले वि.सं.२००३ सालदेखि २०२३ सम्म यो समुदायलाई चिनाउन दलित शब्दको प्रयोग नै गरेका थिएनन् । कहिले “परिगणित”, कहिले “अति पिछडा”, कहिले “अछूत”, कहिले “हरिजन” जस्ता शब्दको प्रयोग गरेका थिए । शब्दका कारण विभेद भएको भए त्यतिबेला किन नहटेको त समस्या ? 
 
सन् १९२७ को वरिपरिदेखी भारतमा प्रसिद्ध दलित नेता डा.भीमराव अम्बेडकरको नेतृत्वमा त्यहाँ अछूत बनाइएका अनगिन्ती जातहरुको आन्दोलन चल्यो । त्यही आन्दोलन कै क्रममा “दलित” शब्दको प्रयोग व्यापक बनेको थियो । र पछि “अछूत” बनाइएका साझा समुदायगत नामका रुपमा यो शब्द स्थापित हुन पुग्यो । 
 
यो शब्दलाई नेपालमा भने वि.सं. २०२४ सालमा गठित “ नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” को नाममा पहिलोचोटि प्रयोग गरियो । त्यसपछि यो शब्द यहाँ पनि स्थापित भयो । राजनीतिकर्मी एवम् नेपाली दलित आन्दोलनका अगुवा आहुतिले आफ्नो पुस्तक “नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष”मा लेखेका छन्, “दलित अरुले हेपेर दिएको नाम होइन, यो त दलितको गर्विलो आन्दोलनबाट स्थापित शब्द हो । दलित भन्नु आफू तल भएको स्वीकार्नु होइन, बरु आफुलाई अत्याचार गरिएको छ भन्नु हो । दलितले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो ।”
 
आफुलाई दलित बताएकै कारण अत्याचार भएको कहाँ हो र । यो त सामाजिक व्यवस्थाको कुरा पो हो त । अब समस्या शब्दमा होईन भने, हामी फेरी शब्दको लफडामा किन फस्न खाजिरहने ? 
 
यहाँ उल्लेख गर्नैपर्ने रोचक कुरा के छ भने, भारतमा महात्मा गान्धीले दलित भन्दा छुवाछुत भयो अब हरिजन भन्नुपर्छ भने । उनको तर्क थियो, हरि (भगवान विष्णु) का जन (सन्तान) भनेपछि विभेद हट्छ । तर अहिले भारतमा सबैभन्दा बढी विभेद ती नै हरिजन माथी हुन्छ । 
 
नेपालकै कुरा गर्ने हो भनेपनि यहाँ नेवार जातिभित्रको सायमि अथवा मानन्धर जातका मानिसलाई पहिले छुवाछूत गरिन्थ्यो । तर राणाशासनको हुकुमले मानन्धरहरुको पानी चलाइदिएपछि उनीहरु “अछूत” रहेनन् । मानन्धरहरुले पहिले पनि आफूलाई मानन्धर नै भन्थे, अहिले पनि भन्छन् । अब सोचौँ त, विभेद सम्पूर्णतया शब्दमा भर पर्ने कुरा हो रै छ त ? 
 
दलित समुदायको समस्या भनेकै छुवाछुत त हो नि भन्ने बुझाई अधिकांशमा छ । हुन त त्यो पनि हो, तर त्यो मात्रै चाहीँ होईन । बरु आर्थिक क्षेत्रमा भूमिहीनता र बेरोजगारी कायम रहनु तथा बालीघरे प्रथाजस्ता परम्परागत पेसा सामन्ती प्रथा अन्तर्गत रहिरहनु नै दलित समुदायका आधारभूत समस्या हुन् ।
 
राजनीतिक—प्रशासनिक क्षेत्रमा नीति—निर्माण गर्ने राजनीतिक थलो संसद् र सरकार लगायतका सबै तहमा तथा लागू गर्ने मन्त्रालय, सेना, प्रहरी, न्यायालयलगायतका प्रशासनिक संयन्त्रमा जनसङ्ख्याको समानुपातिक तथा क्षतिपूर्तिसहित अनिवार्य दलित उपस्थितिलाई ग्यारेन्टी गर्ने संवैधानिक राजनीतिक प्रणाली नहुनु नै मुख्य समस्या हो । र, सामाजिक—सांस्कृतिक क्षेत्रमा छुवाछूत—भेदभाव, शिक्षामा पहुँचहीनता र सामाजिक न्यायहीनता नै मुख्य समस्या हुन् । 
 
शब्द फेरेर दलितको समस्या समाधान हुन्छ की भन्नु भनेको त, छुवाछुतको अन्त्य हुन्छ की भनेको जस्तै हो । बाँकी विकराल समस्या तिर जानेर वा नजानेर ध्यानै नदिनु हो । जुन दलित समुदायको लागि घातक हुन्छ । एउटा खाल्डोलाई दुईपटक लगाएर नाघ्न खोजेर पनि कहीँ हुन्छ ? एकपटक आधि नाघ्छु अर्को पटक बाँकी नाघ्छु भनेर हुने कुरा हो र यो ? सबै समस्याको एकमुस्ट समाधान हुने ओखती पो खोज्ने हो त हामीले । अनि त्यो ओखती भनेको त नयाँ संविधानमा अधिकार सुरक्षित गराउने पो हो त । दलित शब्द उचित की अनुचित भन्ने चंगुलमा फस्नु हुन्न यो बेला । यसैमा अल्झिरह्यौँ भने गाडी छुट्छ, हामी जहीँको तहीँ ! 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७१ ०७:०६:३९

Tuesday, February 3, 2015

बहकिने मन 141 (२०७१ माघ १९) : Download

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-10-19/02-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार, आज मिति 2071 माघ 19 तदनुसार 02-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 141 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                                      Download : Click Here to Download

Monday, February 2, 2015

सामाजिक शिक्षा पढाउने गुरुलाई दलित विद्यार्थीको पत्र

महावीर विश्वकर्मा


प्रिय गुरु
हार्दिक नमन। 
गुरुलाई सम्बोधन गर्दा आदरणीय भन्नुपथ्र्यो होला मैले। त्यसो भनिनँ। नजानेर होईन, जानीजानी भनिनँ। प्रिय भनेँ, आदरका साथ नै भनेँ। साँच्चै भनेको, तपाईँ असाध्यै प्रिय लाग्थ्यो मलाई। र लाग्छ पनि अझै।
हुन त विद्यार्थीलाई हरेक शिक्षक प्रिय नै लाग्छन्। फेरी पनि तपाईँ प्रिय लाग्नुको पछाडि केही कारणहरु चाहीँ अवश्य नै थिए मेरा। र छन् पनि। आज मन खोलेर केही कुरा सुनाउन मन लागेको छ तपाईँलाई। थाहा छैन, यसलाई तपाईँ कसरी लिनुहुन्छ। साँच्चै भनुँ भने मलाई त यो पनि थाहा छैन, तपाईँ यसलाई लिनुहुन्छ की लिनुहुन्न। तर यति भने थाहा छ मलाई, म यो पत्र यस्तो बेलामा लेखिरहेको छु, जतिबेला तमाम उत्पीडित जात, जाती र समुदाय आफ्नो अधिकारका लागि सचेत भएका छन्। 
हातमा लट्ठी बोकेर कक्षा कोठामा प्रवेश गर्ने शिक्षकहरुभन्दा तपाईँ फरक। होम वर्क नगरेको निहुँमा कन्सिरीको रौँ तान्ने गुरुहरुभन्दा तपाईँ अलग। अनि बिल्कुल पृथक तपाईँ, चस्मा माथीबाट घुरेर हेर्दै “सिल्ली ब्वाई” गाली दिने सरहरुभन्दा। र त विद्यार्थीसँग मिठो बोलेर हँसाउँदै पढाउने तपाईँको शैलीको उबेलादेखि नै फ्यान भएँ म। 
तपाईँले हामीलाई कक्षा ८ मा सुनाउनुभएको जङ्गबहादुरको कथा आज पनि कण्ठै छ मलाई। आज पनि साना नानीबाबुहरुलाई सुनाउँछु कहिलेकाहीँ। त्यतिबेला तपाईँको खुबै याद आउँछ। यो कथा सुनाउँदा गुलाबी रङ्गको सर्ट लगाउनुभएको थियो तपाईँले, त्यो पनि याद आउँछ मलाई। हो त्यति प्रिय ठान्थेँ म तपाईँलाई, कि तपाईँको पहिरनको पनि सम्झना अझै ताजै छ मानसपटलमा।   
स्कुले जीवनका शिक्षकहरुको तरह तरहको छाप, पत्थरमा खोपिए जसरी बसिरहँदो रहेछ विद्यार्थीको मनमा। जसरी बस्नुभएको तपाईँ, मेरो मनमा। 
एक दिन होमवर्क स्वरुप माटोको आँप बनाएर लैजानु पर्ने थियो। बनाउन जानेनछ्, मेरो साथी धनबहादुर प्रजाले। अनि मज्जैले गोदाई खायो विषय शिक्षकको। त्यो क्षण सम्झिँदा मलाई आज पनि शिक्षकहरुदेखी डर लाग्छ। एउटा चेपाङ्गको बच्चाले माटोको आँप बनाउन नजान्नु कमजोरी हुनसक्ला तर त्यसरी गोदाई खानु ठीक थियो होला र सर ? 
कक्षा कोठामा एक जना शिक्षकले राई र दराई थर भएका मेरा साथीहरुलाई उनीहरुले “त” लाई “ट” उच्चारण गरेको निहुँमा अपमानित गर्दा मलाई नराम्रो लाग्थ्यो। जन्मेदेखी एउटा साँस्कृतिक परिवेश र सोही शैलीको वातावरणमा हुर्किएको व्यक्तिले शिक्षकले भने जस्तै उच्चारण गर्न नसक्नु उसको गल्ती थिएन होला नी सर। त्यही कुरा नबुझेर गाली गर्ने शिक्षकलाई म कसरी महान ठानुँ ? 
जात नलेखेर थर (घिमिरे) लेखेको निहुँमा कक्षा ९ मा मलाई दलित छात्रवृत्तिबाट वन्चित गरिनु जातीय विभेद पो रहेछ। अहिले आएर पो थाहा पाएँ सर मैले। त्यतिबेला “किन जात ढाँटेको ?” भन्दै “वि.क.लेखिनस् भने छात्रवृत्ति पाउँदैनस्” भनेर दिँदा पनि नदिने शिक्षकलाई व्यहोरेको मैले, कसरी विश्वास गरुँ, “शिक्षक भनेका मैन बती जस्ता हुन्” भनेर। 
तपाईँलाई सम्झना छ सर ? एकपटक हाम्रो स्कुलनेरको मन्दिरमा महायज्ञ लाग्दा होम गर्नेहरुको संख्या पुर्‍याउनका लागि स्कुल बिदा गरेर ब्राह्मण क्षेत्री परिवारका विद्यार्थीलाई लगियो र अरुलाई बिदा दिइएको थियो। घर फर्किँदा सो मन्दिर बाटोमा पर्ने भएकोले महायज्ञ हेर्न गएँ म। सँगै पढ्ने साथीहरुले होम हालिरहेको दृश्य डिलमा बसेर हेरिरहेको मलाई पनि होम हाल्न मन लागेको थियो साथीहरुसँगै। तर मैले त्यसो गर्न पाइनँ, किनकी म कामीको छोरा थिएँ। तपाईँ नै भन्नोस् त सर, सबै जात समान भनेर पढाउनुपर्ने विद्यालयमै यसरी विभेदजन्य तवरले विद्यार्थीको तह छुट्याउनु ठीक थियो त ? त्यसरी जात छुट्याएर होम हाल्न विद्यार्थी लैजानु ठीक थियो त ?
हुन त यहाँ उल्लेखित घटनाक्रम प्रत्यक्ष रुपमा तपाईँसँग सम्बन्धित छैन। अरु शिक्षकहरुबाट भएका गतिविधि थिए ती। ती कुराहरु तपाईँलाई नसुनाएको भए पनि हुन्थ्यो होला मैले। 
तर सामाजिक शिक्षा पढाउने तपाईँले हामीलाई समाज पढाउन चाहीँ किन भुल्नुभयो होला भन्ने प्रश्न आज पनि उसैगरि खटकिन्छ मेरो मनमा। जङ्गबहादुरको बहादुरीका कथा सुनाउने तपाईँले पृथ्वी नारायण शाहको नेपाल एकीकरण (त्यो एकीकरण थिएन भन्ने मत पनि छन् तर विद्यालयमा त्यही पढेको भएर यही लेखेँ) अभियानमा दलित समुदायका बिसे नगर्चीले पु¥याएको योगदान सुनाउन किन भुल्नुभयो सर ? 
सायद तपाईँले पढाउनुभएको भए आज म त्यतिबेलाका मेरा सहपाठी साथीहरुको घर भित्र उनीहरुको बुवा आमा कै अगाडी निर्धक्कसँग पस्न पाउँथे की भन्ने लाग्छ। सामाजिक शिक्षा पढाउनु र समाज पढाउनु अलि बेग्लै कुराहरु रहेछन् की भन्ने लाग्यो सर मलाई। म सही हुन पनि सक्छु र नहुन पनि। तर एउटा विद्यार्थीलाई जीन्दगीको परीक्षामा खरो उत्रिनका लागि समाज पढ्नु चाहीँ नितान्त आवश्यक हुँदोरहेछ सर।  
स्कुलमै सोध्न नसकेका केही प्रश्नहरु आज सोँधेँ मैले। मेरा जिज्ञासाहरु तपाईँसँग त हुन्, तर तपाईँसँग मात्रै चाहीँ होईनन्। शिक्षकसँग भन्दा बढी शैक्षिक पद्धततिसँग गुनासो हो मेरो। 
प्रिय सर, मेरो स्कुले जीवनले यस्ता धेरै जटिल प्रश्नहरुको भारी बोकाएको छ मलाई। र हिँड्दै गर्दा मैले सिकेको छु, शिक्षकले विद्यालयमा पढाउन बाँकी धेरै धेरै कुराहरु समयले बिस्तारै पढाउँदो रहेछ। र त हामी कहिले शिक्षकको विद्यार्थी, कहिले समयको। 
शिक्षकले विद्यार्थीको कमजोरी औँल्याउने परिपाटी भन्दा ठीक १८० डिग्रीको फन्को हानेर शालिन प्रश्नहरुको घोचोले शिक्षकलाई नै घोचेँ हुँला मैले। लोभ लाग्दो केराको घरी फलिरहेको थम्बालाई “गभारो लागेको छ है” भनिदिएँ हुँला मैले।
माफी चाहन्छु। र चाहन्छु यो पनि, की यो समयका विद्यार्थीहरुले मेरो समयको अनुभव सँगाल्नु नपरोस्। सामाजिक शिक्षामा नेपालको नक्सा बनाउन अभ्यास गर्ने उनीहरुले त्यही नक्सा भित्र अटाएका मान्छेहरुले खेप्नुपरेको सामाजिक विभेद मनन गरि त्यसको अन्त्यका लागि अघि बढुन्। “सामाजिक शिक्षा” किताब सँगै समाज पनि पढ्न पाउन् उनीहरुले। सामाजिक शिक्षा पढेर परीक्षामा उत्तीर्ण हुनु र समाज पढेर जीन्दगी बुझ्नु धेरै फरक कुराहरु रहेछन् सर। समयले यस्तै सिकायो। मैले यस्तै बुझेँ। 
हवस्, बिदा हुन्छु। 
नमस्कार। 

setopati.com मा प्रकाशित मिति: शनिबार, माघ १७, २०७१ १८:३२:४३

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget