Tuesday, January 21, 2014

त्यो महावीर विश्वकर्मा


2070-10-07

केही दिनदेखी रेडियो नेपालको सँगीत कक्षामा सँगै भेटिने एक जना भाईले आज कक्षा सकिएपछि मेरो नजिक आएर सोधे-रेडियो नेपालमा कार्यक्रम चलाउने महावीर विश्वकर्मा तपाईँ नै हो दाई ?

'रेडियो नेपालमा' भनेको भएर मैले होईन भनिदिएँ ।
अनि सोधेँ-किन र ?

उसले भन्यो-त्यो महावीर विश्वकर्मा भन्ने लास्टै बबाल छ के दाई । स्वर पनि तपाईँको जस्तै छ । मुक्तकको जवाफ त छिनको छिनमै दिन्छ ।

अनि उसले मेरै कुरा गरेको थाहा पाएँ तर पनि उसलाई त्यो मान्छे मै हुँ चाहीँ भनिनँ । बरु सोधेँ-कहिले आउँछ त्यो कार्यक्रम ?

उसले भन्यो-खै त्यो त थाहा भएन तर राती आउँछ । २ ३ चोटी सुनेको छु मैले । मलाई त त्यो आँशु कवि जस्तै लाग्छ । फोनमा आउनेले भनेको मुक्तकको जवाफ त तत्कालै दिन्छ भन्या त्यसले ।

अनि मैले भनेँ-ए हो र...कार्यक्रम कहिले आउँछ थाहा पाएर भनन ल मलाई , म पनि सुन्छु, कस्तो बबाल रैछ त्यो ।

उस्ले हुन्छ दाई भन्दै गयो, उसका अरु साथीहरुलाई पनि बताउँदै थियो त्यो महावीर विश्वकर्माको बारेमा ।
अनि म चाहीँ बाईक स्टार्ट गरेर हुइँकिएँ । तर बाटाभरि उसको कुराले मुसुमुसु हाँसो छुटाइरह्यो एकतमासले, सम्झिरहेँ उसको कुरा 'त्यो महावीर विश्वकर्मा भन्ने लास्टै बबाल छ के दाई ।'

सोँच्दैछु, सँगीत कक्षाको अन्तिम दिन उसले थाहा नपाउने गरि उसको डायरी भित्र एउटा चिट राखिदिनेछु, 'तिमीले भन्ने त्यो बबाल महावीर विश्वकर्मा म नै हुँ भाई' भनेर ।

हेरौँ कसरी अघि बढ्छ यो किस्सा ।

1 comment :

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget