अचेल हरेक साँझ पिएर बित्दैछ ।
भट्टीमा दुई चार बोत्तल लिएर बित्दैछ । ।
केही फेरबदल छैन जीन्दगीमा
उही पुरानो मान्छे सम्झिएर बित्दैछ । । ।
भट्टीमा दुई चार बोत्तल लिएर बित्दैछ । ।
केही फेरबदल छैन जीन्दगीमा
उही पुरानो मान्छे सम्झिएर बित्दैछ । । ।
((((((((((((((जीन्दगीमा तलतल नभए के जिउनु, एक्लै हुँदा बोत्तल नभए के जिउनु : दिनेश गौतम))))))
सानै छँदा पहिलो पटक न्वागीको दिनमा बटुकोमा छ्याङ्ग हालेर स्वाट्टै पारेको मलाई अझै हेक्का छ । खाउञ्जेल त गुलियो गुलियो मिठै पो लागेथ्यो तर सकाएको केहीबेरमै पिँढीमा लडीबुडी खेल्न थालिएछ । उठेर हिँड्न खोज्यो, गोडा लरखराउँदै एक ठाउँमा टेक्न खोज्यो अर्कै ठाउँमा टेक्न पुगिने । हुन त त्यसरी तिरीमिरी झ्याईँ देख्नुको मज्जा पनि बेग्लै थियो । मलाई थाहा थिएन, त्यो सही हो की गलत । त्यो त मात्र एउटा उरण्ठ्याउले रहर थियो । आखिर बालापन भनेकै रहरको बिटो त हो नी कति रहरहरु पूरा हुन्छन्, अनि कति अपुरो नै भएर हुर्किरहन्छन् भित्रभित्रै ।
मेरो गुरु भन्नुहुन्थ्यो, मान्छेले सबैकुरा चाख्नुपर्छ तर कुनैको पनि बानी पार्नु चाहीँ हुँदैन । मैले राम्ररी बुझेको थिएँ यो कुरा, त्यसैले चाखेको मात्रै थिएँ त्यतिबेला, बानी त धेरै पछि परेको । अझ खासमा भन्ने हो भने तिमीले नै बसालेकी हौ त्यो बानी पनि । मैले यसो भनिरहँदा कडा असहमति जनाउन मन लागेको होला तिमीलाई । मैले कहिले सिकाएँ पिउन ? भनेर प्रतिवाद गर्न तम्सिरहेकी हौली तिमी । म इमान्दार भएर भन्छु, तिमीले भनेको सही छ । तर म फेरी पनि दोहो¥याएर भन्छु, म पनि गलत चाहीँ छैन । थाहा छ, महाभारतमा गुरु वशिष्टले धनुष विद्या सिकाउन नमानेपछि एकलव्यले एकान्तमा वशिष्टको मुर्ति बनाएर त्यही मुर्तिलाई गुरु मानेर आफै सिकेका थिए धनुष विद्या । फेरी पनि एकलव्यले आफ्नो गुरु भने वशिष्टलाई नै माने । अझ उन्ले त गुरु दक्षिणा स्वरुप आफ्नो बुढी औँला नै काटेर चढाए पनि । हो, तिमीले पनि त्यसरी नै सिकायौ मलाई, हर साँझ पिउन । एकलव्यले मुर्ति प्रतिस्थापन गरेर सिके जस्तै मैले तिम्रा यादहरुलाई साक्षी राखेर पिउन सिकेँ । कुनैदिन भेटियौ भने दिउँला तिमीलाई गुरु दक्षिणा, मेरा नीजि आँखाहरुबाट खसेका आँशुका केही थोपाहरु ।
कुनैदिन भेट होला, अझैपनि आश छ ।
त्यही दिनको पर्खाइमा भट्टीको नै बास छ । ।
साथीहरु मलाई अझै सुध्रेनौ भन्छन्
आफ्नो त यस्तै, जीन्दगी विन्दास छ । । ।
त्यही दिनको पर्खाइमा भट्टीको नै बास छ । ।
साथीहरु मलाई अझै सुध्रेनौ भन्छन्
आफ्नो त यस्तै, जीन्दगी विन्दास छ । । ।
यसरी हर साँझ मात्तिन थालेपछि साथीहरु पनि तरह तरहका भेटिन थालेका छन् । परार साल घाँस काट्न जाँदा चट्याङ्ग लागेर श्रीमती बितेपछि विरक्तिएर भट्टीमा खाता खोल्न आईपुगेका सेताम्मे फुलेका एउटा बुढो साथी मलाई उमेरमै यसरी वैराग्गिएर नपिउने सुझाव दिन्थ्यो । भन्थ्यो, तिमीले त्यो मान्छे गुमायौ जस्ले तिमीलाई माया नै नगर्दो रहेछ तर उसले त त्यो मान्छेलाई गुमाई जसले सँसारमै सबैभन्दा बढी माया गथ्र्यो उसलाई । त्यसैले मेरो साथी सम्हाल आफुलाई, नआउ भोलीबाट । थोरै चढेपछि उ यसरी नै मेरो अघिल्तिर आएर गनगन गरिरहन्थ्यो । अनि फेरी छुट्टिने बेलामा भोली फेरी भेट्ने वाचा गर्न भने कहिल्यै भुल्थेन । हो त्यति नै बेला एउटा ज्ञान प्राप्त भएथ्यो मलाई । “आकाशमा उडिरहेको चराहरु देखेर लियोनार्दो दा भिन्चीले हवाईजहाजको परिकल्पना गरेको, कुकुरले टोकेको बिरामीलाई फलामले डामेर उपचार गरिहेको देखेपछि त्यो दृश्य हेर्न नसकेर भावविह्वल भएको लुइ पास्चरले रेबिज विरुद्धको सुई पत्ता लगाएको, रुखबाट स्याउ खसेको देखेपछि न्यूटनले गुरुत्वाकर्षणको नियम नै प्रतिपादन गरेको अनि पिपलको रुख मुनि ध्यानमा बस्दा राजा सुद्धोधन र रानी मायादेवीको छोरा सिद्दार्थ गौतमलाई वुद्धत्व प्राप्त भएको” यी सब कुराहरु पढेको थिएँ मैले । मैले पनि हरेक साँझ मात्तिन थालेपछि त्यतिबेला सिकेको थिएँ, “सपना भत्किएपछि भट्टी रमाइलो लाग्दोरहेछ मान्छेलाई ।” भन्ने ।
नदेख्नेहरु त मलाई, अझै अजनवी भन्छन् ।
कोही मुक्तककार भन्छन्, अनि कोही कवि भन्छन् । ।
भट्टीको चोकैमा जब कसैसँग ठोक्किन्छु
आज बढी पिएछ, कस्तो बेमतलबी भन्छन् । । ।
((((((पिएरै भत्काएको हुँ बाटाका डिलहरु))))))))))))))))))))))
जब जीन्दगीको आधारस्तम्भहरु नै एकपछि अर्को गर्दै भटाभट ढल्न थाल्छ अनि त बोत्तलहरु पनि दरिलो साहारा बन्न पुग्दा रहेछन्, बाँकी जीन्दगी गुजार्ने । हुन त जीन्दगी यसै पनि बितिहाल्छ, तर यसले केही सजिलो भने बनाउँदोरहेछ । जीन्दगी बिताउनकै लागि बाँचिरहेको मान्छेलाई पनि सजिलोसँग बाँच्नुपर्ने, कस्तो अचम्म छ मान्छे । सायद जीन्दगी बाँच्ने पनि एउटा सुत्र हुन्थ्यो, अनि त्यो “ए प्लस बी को होल स्क्वाएर इज इक्वेल टु...ए स्क्वाएर प्लस ट्वाइस एबी प्लस बी स्क्वाएर”भनेजस्तो सजिलो हुन्थ्यो भने घोकेरै भएपनि कण्ठस्थ बनाउँथ्यो मान्छेले । अनि त सायद सजिलैसँग बाँच्थ्यो पनि होला ।
मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले किन त्यति धेरै चुरोट पिउँथे भन्ने थाहा छैन । न त स्वरसम्राट नारायण गोपाल किन मदिरा पिएर मात्रै गीत गाउन बस्थे भन्ने नै ज्ञान छ । तर म स्वयम भने हरेक साँझ किन मात्तिन्छु भन्ने चाहीँ अलीअली बुझेको छु मैले । हुन त जवाफ ठ्याक्कै नमिल्न पनि सक्छ । तरपनि मलाई लाग्छ, सायद कसैलाई भुल्नको लागि पिउँछु म । सरुभक्तको पागलवस्ती उपन्यासमा एउटा पात्रले झोलाबाट तस्बीर झिकेर अर्काकी स्वास्नीको फोटो भनेर फेरी झोलामै राखेजस्तो तिम्रा यादहरु सँधै मैकहाँ राखिरहन चाहन्नँ म । बरु म त नारायण वाग्लेको पल्पसा क्याफे उपन्यासमा दृश्यले मनका सबै कुराहरु लेखेर पल्पसालाई पठाए जस्तो, तिम्रा यादहरु तिमीलाई नै पठाउन चाहन्छु । अनि कृष्ण धरावासीको राधा उपन्यासमा कृष्णको प्रेम नपाएपछि विरक्तिएर घर छोडी हिँडेकी राधा जस्तो निक्कै टाढा जान चाहन्छु । कसैले नचिन्ने ठाउँमा, कसैले नसोध्ने ठाउँमा । किनकी, मान्छेहरु किन माया गर्छन भन्ने देखी लिएर माया गर्नेहरु किन छोडेर पनि जान्छन् ? भन्नेसम्मको प्रश्नको जवाफ कसैगरि पनि फेला पार्नुछ मलाई । कसैगरि पनि । अनि सबैलाई सुनाउँदै हिँड्नु छ, बाटो देखाउँदै हिँडनुछ, वुद्धले अहिंसा परम धर्मको महावाणी प्रचार गरेजस्तो । माक्र्सले अगष्टिन थोरेबाट लिएको वर्ग संघर्षको धारणा सर्वहारा वर्गमा फैलाएजस्तो । अनि प्लेटोले उच्च वर्गलाई राज्यको आधार मानेर प्रतिपादन गरेको साम्यवादी व्यवस्था विश्वमा फिजाए जस्तो ।
तिमीले नै हो मलाई पिउने बानी बसालेकी, अथवा तिम्रै कारण पिउन थालेको हुँ मैले, भनेर प्रमाणित गर्न कुनै दसी प्रमाणहरु त जुटाउन नसकुँला म । जीन्दगीमा केही कुराहरु यस्तै हुँदोरहेछन यसलाई त्यसरी नै बुझ्नु । हुन त तिमी अलग्गिएर गएपछि मैले पिउनै पथ्र्यो भन्ने चाहीँ थिएन । सम्हालिएको भएपनि हुन्थ्यो । तर के गर्ने, एउटा अवचेतन बनेको मन त्यति धेरै संयमित बन्न कहाँ सक्दो रहेछ र ।
तिमीलाई ठुलै कुल घराना चाहियाथ्यो ।
सायद इज्जतिलो खजाना चाहियाथ्यो । ।
त्यसैले पनि छोडेर गयौ
मलाई पनि त पिउने वाहाना चाहियाथ्यो । । ।
(((((((((((((((जीवनदेखी हारेर पिएको हुँदै होईन)))))))))))))))))))))))))
“सपना भत्किएपछि भट्टी रमाइलो लाग्दोरहेछ
ReplyDeleteमान्छेलाई ।”
sayad hola pani
DeleteWhat a mind blowing Dada. You are genius. I like our program ''Bahakine Man.'' when will you publish the book? :)
ReplyDelete