Tuesday, May 28, 2013

हकिने मन ५५ : वर्ष २ अंक २ (२०७०।०२।१३)










आज मिति २०७० जेठ १३ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको
दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तको साथसाथमा ोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । 
Listen and Download
                                 Download : Click Here to Download

Thank you

Friday, May 24, 2013

राम शरण श्रेष्ठका ५ मुक्तकहरू

1.मुक्तक 
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।
मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।

राम शरण श्रेष्ठ
चिसापानी रामेछाप


2. मुक्तक
जबसम्म आत्माहरु बुद्ध हुँदैन ।।
चाहेरनी कोहिपनि शुद्ध हुँदैन ।।
शान्तिनै गन्तब्य तोक्ने हो भने
कहिल्यै मार्ग अबरुद्ध हुँदैन ।।

राम शरण श्रेष्ठ
चिसापानी रामेछाप


3. मुक्तक

 

Thursday, May 23, 2013

तिम्रो यौवन को फुल

मोहन बिहानी

********** मुक्तक **************

तिम्रो यौवन को फुल फुले जस्तो देख्छु
,
हिजो भन्दा आज अझै खुले जस्तो देख्छु,


मनको ईच्छा मन भित्रै गुम्सी रह्यो सदा,

फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।


Copyright@--मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही 

Tuesday, May 21, 2013

बहकिने मन ५४ : बिशेष श्रृंखला वर्ष २ अंक १(२०७०।०२।०६)










आज मिति २०७० जेठ ६  गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको पहिलो विशेष श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मन यहाँ सम्म आइपुग्दासम्मको इतिहाँस लगायत मेरा केहि ब्यक्ति गत भोगाइहरु तपाइहरुसमक्ष राख्नेछु ।  
Listen and Download
                             Download : Click Here to Download

वहकिने मन  बज्ने ७० रेडियो स्टेशनहरू

रेडियो उपत्यका— काठमाण्डौँ
रेडियो अभियान — काठमाण्डौँ
रेडियो जागरण—रुपन्देही
रेडियो देवदह—रुपन्देही
रेडियो समानता—कपिलवस्तु
भ्वाईस एफ.एम.—कपिलवस्तु
रेडियो अर्पण —चितवन
रेडियो धुर्बतारा—चितवन
रेडियो नारायणी—चितवन
रेडियो माडी—चितवन
रेडियो परासी—नवलपरासी
रेडियो दाउन्ने—नवलपरासी
रेडियो मध्यविन्दु—नवलपरासी
रेडियो देवघाट—तनहुँ
मेरो साथी एफ.एम.—तनहुँ
दमौली एफ.एम.—तनहुँ
जागरण एफ.एम.—सुर्खेत
रेडियो भेरी—सुर्खेत
बुलबुले एफ.एम.—सुर्खेत
रेडियो सुर्खेत—सुर्खेत
भेरी एफ.एम.—बाँके
रेडियो प्रतिवोध—बाँके
रेडियो कोहलपुर—बाँके
रेडियो त्रियुगा—उदयपुर
रेडियो उदयपुर—उदयपुर
रेडियो अमुर्त एफ.एम.—उदयपुर
रेडियो देउखुरी—दाङ
रेडियो सर्युगंगा—दाङ
प्रकृति एफ.एम.—दाङ
रेडियो हाम्रो पहुँच—दाङ
रेडियो नयाँ युग —दाङ
रेडियो धुर्बतारा—दैलेख
रेडियो पञ्चकोशी—दैलेख
रेडियो कपुरकोट—सल्यान
रेडियो शारदा एफ.एम.—सल्यान
रेडियो माण्डवी—प्युठान
रेडियो प्युठान—प्युठान
रेडियो मनकामना—गोरखा
रेडियो देउराली—अर्घाखाँची
रेडियो अर्घाखाँची—अर्घाखाँची
रेडियो मुस्ताङ—मुस्ताङ
सानीभेरी एफ.एम.—रुकुम
सौगात एफ.एम.—बैतडी
रेडियो सनशेर—बैतडी
रेडियो हाम्रो पाईला—जाजरकोट
हलेसी एफ.एम.—खोटाङ्ग
रेडियो डोल्पा—डोल्पा
नयाँ नेपाल एफ.एम.—दार्चुला
रमाइलो सामुदायिक रेडियो—ओखलढुङ्गा
रेडियो मुगु—मुगु
नुवाकोट एफ.एम.—नुवाकोट
रेडियो राजमार्ग—धादिङ्ग
रेडियो लोकतन्त्र—धादिङ्ग
रेडियो कृषि—धादिङ्ग
रेडियो मकवानपुर—मकवानपुर
रेडियो नारायणी—पर्सा
रेडियो तराई—पर्सा
रेडियो नुनथर—रौतहट
रेडियो गुञ्जन—रौतहट
रेडियो एकता—सर्लाही
हजुरको रेडियो—रामेछाप
खाँदबारी एफ.एम.—संखुवासभा
रेडियो बबई—बर्दिया
रेडियो गणतन्त्र—धरान
रेडियो सिन्धुलीगढी—सिन्धुली
रेडियो नेपालवाणी—इलाम
रेडियो रामपुर—पाल्पा
रेडियो टीकापुर- कैलाली
रेडियो स्काई—गुल्मी
रेडियो रोल्पा—रोल्पा

हङ्कङ्मा www.hknepaliradio.com बाट

www.cin.org.np बाट

साथै विभिन्न १० वटा ब्लगहरुबाट पनि

अझै फैलँदैछौँ हामी...निरन्तर...निरन्तर....

Monday, May 20, 2013

प्रेम, विश्वास र पारदर्शिता

मैले धेरैपटक अविवाहितहरुको विषयलाई नै प्रधानता दिएँ । प्रेम र वियोग जस्ता विषयकै पेरीफेरीमा आफ्ना
शब्दहरुलाई सीमाकंन गरेँ । विवाह पूर्वको सम्बन्धप्रति मात्रै बढी चासो देखाएँ । यसो गरिरहँदा वैवाहिक जीवनमा सृजित हुने प्रेमलाई भने अवमुल्यन गरेको जस्तो देखियो । आखिर प्रेम त विवाह अघि भन्दा विवाह पछि पो झन अपरिहार्य छ त । प्रेम त जतिसँग पनि हुनसक्छ, तर केही अपवादलाई छाड्ने हो भने विवाह त एकसँग मात्रै गरिन्छ । प्रेम त एउटै मान्छेसँग पटकपटक पनि भइदिन सक्छ, केही समय ब्रेक अप अनि फेरी शुरु । तर विवाह चाहीँ एउटै मान्छेसँग बारम्बार गर्न सकिन्न । प्रेममा विवाह नहुँदा पनि हुन्छ तर विवाहमा प्रेम अपरिहार्य छ । प्रेमले कानुनी मान्यता पाउँदैन तर विवाहले कानुनी मान्यता पाउँछ । यस्तै केही विशिष्टताका कारण पनि प्रेम भन्दा वैध छ विवाह ।

अङ्ग्रेजीमा एउटा भनाई छ -Love is sweet dream but Marriage is alarm clock अर्थात प्रेम एउटा मिठो सपना हो तर विवाह चाहीँ त्यो सपनाबाट ब्यूँझाएर यथार्थमा ल्याउने घडीको अलार्म हो । अब यो भनाईसँग सहमत या असहमत हुने तपाईँको वैयक्तिक अधिकार त तपाइँमै निहित छ । तर मेरो संकेत चाहीँ के हो भने विवाह भनेको वास्तविकता हो । तपाईँ कसैको तस्बीरसँग अगाध प्रेम गर्न सक्नुहुन्छ । तस्बीरको सौन्दर्यले मात्रै पनि प्रेम हुनसक्छ तपाईँमा । तर विवाहका लागि भने त्यतिले मात्रै पुग्दैन । किनकी विवाह आत्मपरक भन्दा बढी वस्तुपरक हुन्छ । अर्थात भावनात्मक भन्दा धेरै यथार्थता गाँसिएको हुन्छ विवाहमा । हुन त स्वीडेनकी एक महिलाले मानव कंकालसँग सहवास गर्ने गरेको घटना हालै सार्वजनिक भइरहँदा कतिपय कुराहरु त भावनात्मक आवेगले गर्दा नै वास्तविकताको नेटो काट्छन् भन्ने तर्क पनि उठ्ला । तर पनि यस्ता एकाध अपवादलाई मान्यता नदिने हो भने हामी ढुक्क भएर भन्न सक्छौँ—विवाह भनेको वास्तविकता नै हो । र यो वास्तविकतालाई सफल बनाउन केही पक्षहरुमा भने ध्यान दिनु आवश्यक छ ।

केही दिन अघि चितवनका साथी स्वरुप सुयाँलले फेसबुकको स्टाटसमा एउटा प्रश्न राख्नुभयो-“जीन्दगी सम्झौता हो की वाध्यता ?” कसैको स्टाटसमा कमेण्ट गर्न खासै जाँगर नचलाउने मैले पनिएउटा कमेण्ट गरेँ-“जीन्दगी सम्झौता गर्नुपर्ने वाध्यता हो ।” वास्तवमा जीन्दगी भनेकै सम्झौता गर्नुपर्ने वाध्यता हो । जीन्दगीका धेरै रङ्गहरु हुन्छन्, अनेक पाटाहरु हुन्छन् । ती मध्ये कुनै एक मात्रै छाडियो भनेपनि जीन्दगी पूर्ण नरहन सक्छ, अपुरो भइदिन सक्छ । त्यस्तै एउटा पाटो हो विवाह पनि । विवाह अनिवार्य नै त नहुन सक्छ तर जीन्दगीको पूर्णता प्रदान गर्ने मुहान भने अवश्य नै हो । यसको अभावमा जीन्दगी, जीन्दगी जस्तो नहुन पनि सक्छ । अरुको नजरमा आफु सामाजिक नभइन सक्छ, अनि आफ्नै भोगाईमा स्वयम एकलकाटे ठहरिन सक्छ । अनि समग्रमा चाहीँ जीन्दगी, जीन्दगी जस्तै नभइदिन सक्छ । यसर्थमा पनि विवाह त्यस्तो पुल हो जस्ले पारिपट्टीको जीन्दगीसम्म पु¥याउँछ मान्छेलाई । म फेरी दोहो¥याउँछु, जीन्दगी सम्झौता गर्नुपर्ने वाध्यता हो । यही कुरालाई विवाहसँग जोडेर हेर्ने हो भनेपनि विवाह त झनै सम्झौता हो । यत्तिका वर्षसम्म बेग्लाबेग्लै सँस्कार सिकेर हुर्किएका २ जना अब एउटै छानो मुनी, एउटै विछ्यौनामा अटाउने कुरो त्यति चानचुने होईन । एक आपसमा विचार नमिल्न सक्छन्, व्यवहार नमिल्न सक्छन्, सँस्कार नमिल्न सक्छन् अनि अरु पनि थुप्रै-

चुम्बकका पनि विपरीत ध्रुबहरु एक आपसमा आकर्षण हुन्छन् । ठीक त्यसरी नै मान्छे पनि आकर्षित भइरहेको हुन्छ । तर मान्छेमा चाहीँ विकर्षण पनि हुन्छ, जुन चुम्बकमा हुँदैन । पछिल्लो समयका वैवाहिक सम्बन्धमा आशंका र अपारदर्शिताले व्यापक ठाउँ ओगटेको छ । उसको मोबाईलमा साँझतिर कसैको मिसकल आउनुपर्छ अनि रडाको शुरु हुन्छ । जति सम्झाउन खोजेपनि सम्झाउनै सकिन्न । को हो ? के हो ? किन मिसकल गरेको ? नम्बर कसरी पायो ? भन्ने जस्ता प्रश्नहरु एकैपटक ह्वारह्वार्ती आउँछन् । यही हो आशंका, यही हो विश्वासको कमी । सबैभन्दा ठुलो कुरो त विश्वास पो हो त । एउटा पत्थरलाई विश्वास गरियो भने त्यही पत्थर देवता बन्छ, विश्वास गरिएन भने साधारण मुर्ति । नरिसाउनुहोला एउटा प्रश्न सोध्छु तपाईँलाई—“तपाईँको बुवा को हो ?” स्वभाविक रुपले एकजना मान्छेको आकृति सम्झिनु भयो होला तपाईँले, उहाँ नै हो मेरो बुवा भनेर । अब मलाई भन्नोस् त, उहाँ नै तपाईँको बुवा हो भन्ने आधार के ? न तपाईँको बुवा अरु नै पो हो की । यदि तपाईँ, उहाँ मेरो बुवा हो भन्ने आधार डि.एन.ए. हो भन्नुहुन्छ भने, के डि.एन.ए.परीक्षण गरेर मात्रै उहाँलाई बुवा भन्न थाल्नुभएको हो र तपाईँले ? होइन नी । तपाईँले त सानैदेखी उहाँलाई बुवा भन्न थाल्नुभएको हो । त्यो किन भने जतिबेला तपाईँ तोतेबोली बोल्न सिक्दै हुनुहुन्थ्यो, त्यतिबेला बाटै आमाले “उ बाबा” भन्दै उहाँतिरै औला तेस्र्याउनुभयो अनि तपाईँले पनि विश्वास गर्नुभयो होइन र ? मैले तपाईँलाई यति भन्नुको अर्थ, सम्बन्धमा विश्वास हुनुपर्छ भन्ने नै हो । विश्वास उडेपछिको सम्बन्ध, सम्बन्ध जस्तो हुँदैन, शमसान जस्तो हुन्छ ।

वैवाहिक जीवन सफल बनाउन आवश्यक पर्ने अर्को संजीवनी बुटी पारदर्शिता हो । अचेल धेरैले आफ्नो श्रीमान या श्रीमतीलाई विवाह अघिको सम्बन्धको बारेमा भन्यो भने घर बिग्रिन्छ भनेर त्यस्तो कुरा त लुकाउनुपर्छ भनिरहेका छन् । जुन शतप्रतिशत गलत हो । त्यसरी लुकाइएको कुरा कुनै न कुनै दिन उस्ले थाहा पायो भने सम्बन्ध नै ध्वस्त हुन बेर लाग्दैन । त्यसैले विवाहपूर्वको सम्बन्धको बारेमा आफ्नो जीवनसाथीसँग लुकाउनु हुँदैन । बरु सबै हुबहु भन्नैपर्छ भन्ने चाहीँ होईन । विवाह अघिको त्यो सम्बन्धलाई सामान्य सम्बन्ध जस्तो गरि भएपनि बताइदिनुस्, जस्ले गर्दा विश्वास बढ्छ एक अर्कामा । कतिपय सत्य कुराले हानि गर्छ भने जस्ताको त्यस्तै बताउनुपर्छ भन्ने पनि होइन । आफु अनुकुल बताइदिनोस् । तर बताउन चाहीँ बताउनोस् । जीवन साथी हरेक व्यक्तिको त्यस्तो अन्तिम मान्छे हो, जो सँग केही लुकाउनुपर्दैन, र लुकाउनु हुँदैन पनि ।

फ्रेन्च दार्शनिक माइकल डे मोन्ट्याग्नेले भनेका छन्—“त्यो बिहे अति उत्तम हुन्छ, जहाँ पति बहिरो र पत्नी अन्धी हुन्छे ।” खै कतातिर लक्षित भएर उन्ले यसो भने त्यो त थाहा छैन । तर म ने यत्ति भन्छु की त्यो विहे अति उत्तम हुनका लागि पत्नीले देख्नै नहुने काम पतीले गर्नु हुँदैन र पतीले सुन्न समेत नसक्ने काम पत्नीले गर्नुहुँदैन । बस् यत्ति भए खडा हुन्छ, एउटा औषत जीन्दगीको जग, जसमा ठड्याउन सकिन्छ जीन्दगीको महल ।

थुप्रै कुराहरु नमिल्न सक्छन् जसले दाम्पत्य जीवन असफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । दुई फरक—फरक बाटाहरुबाट अघि बढेकाहरु एउटै विन्दुमा आइपुगेर अघि बढ्दा निश्चय नै सफ्ठ्यारा कम र अफ्ठ्यारा ज्यादा हुन सक्छन् शुरुवाती दिनहरुमा, पछि त त्यही कुरा आफै बानी पर्न थाल्छ । केही उसको सहनु र केही आफ्नो लाद्नु, यही नै हो हामीले देख्दै गरेको जीन्दगी बिताउने शैली ।

वहकिने मन बज्ने रेडियो स्टेशनहरू

वहकिने मन  बज्ने ७० रेडियो स्टेशनहरू

रेडियो उपत्यका— काठमाण्डौँ
रेडियो अभियान — काठमाण्डौँ
रेडियो जागरण—रुपन्देही
रेडियो देवदह—रुपन्देही
रेडियो समानता—कपिलवस्तु
भ्वाईस एफ.एम.—कपिलवस्तु
रेडियो अर्पण —चितवन
रेडियो धुर्बतारा—चितवन
रेडियो नारायणी—चितवन
रेडियो माडी—चितवन
रेडियो परासी—नवलपरासी
रेडियो दाउन्ने—नवलपरासी
रेडियो मध्यविन्दु—नवलपरासी
रेडियो देवघाट—तनहुँ
मेरो साथी एफ.एम.—तनहुँ
दमौली एफ.एम.—तनहुँ
जागरण एफ.एम.—सुर्खेत
रेडियो भेरी—सुर्खेत
बुलबुले एफ.एम.—सुर्खेत
रेडियो सुर्खेत—सुर्खेत
भेरी एफ.एम.—बाँके
रेडियो प्रतिवोध—बाँके
रेडियो कोहलपुर—बाँके
रेडियो त्रियुगा—उदयपुर
रेडियो उदयपुर—उदयपुर
रेडियो अमुर्त एफ.एम.—उदयपुर
रेडियो देउखुरी—दाङ
रेडियो सर्युगंगा—दाङ
प्रकृति एफ.एम.—दाङ
रेडियो हाम्रो पहुँच—दाङ
रेडियो नयाँ युग —दाङ
रेडियो धुर्बतारा—दैलेख
रेडियो पञ्चकोशी—दैलेख
रेडियो कपुरकोट—सल्यान
रेडियो शारदा एफ.एम.—सल्यान
रेडियो माण्डवी—प्युठान
रेडियो प्युठान—प्युठान
रेडियो मनकामना—गोरखा
रेडियो देउराली—अर्घाखाँची
रेडियो अर्घाखाँची—अर्घाखाँची
रेडियो मुस्ताङ—मुस्ताङ
सानीभेरी एफ.एम.—रुकुम
सौगात एफ.एम.—बैतडी
रेडियो सनशेर—बैतडी
रेडियो हाम्रो पाईला—जाजरकोट
हलेसी एफ.एम.—खोटाङ्ग
रेडियो डोल्पा—डोल्पा
नयाँ नेपाल एफ.एम.—दार्चुला
रमाइलो सामुदायिक रेडियो—ओखलढुङ्गा
रेडियो मुगु—मुगु
नुवाकोट एफ.एम.—नुवाकोट
रेडियो राजमार्ग—धादिङ्ग
रेडियो लोकतन्त्र—धादिङ्ग
रेडियो कृषि—धादिङ्ग
रेडियो मकवानपुर—मकवानपुर
रेडियो नारायणी—पर्सा
रेडियो तराई—पर्सा
रेडियो नुनथर—रौतहट
रेडियो गुञ्जन—रौतहट
रेडियो एकता—सर्लाही
हजुरको रेडियो—रामेछाप
खाँदबारी एफ.एम.—संखुवासभा
रेडियो बबई—बर्दिया
रेडियो गणतन्त्र—धरान
रेडियो सिन्धुलीगढी—सिन्धुली
रेडियो नेपालवाणी—इलाम
रेडियो रामपुर—पाल्पा
रेडियो टीकापुर- कैलाली
रेडियो स्काई—गुल्मी
रेडियो रोल्पा—रोल्पा

हङ्कङ्मा www.hknepaliradio.com बाट

www.cin.org.np बाट

साथै विभिन्न १० वटा ब्लगहरुबाट पनि

अझै फैलँदैछौँ हामी...निरन्तर...निरन्तर....

मुक्तक

उसले छोडेपछि सराबी भएको हुँ । 
सराबी भएर नै खराबी भएको हुँ । ।

भेटिए बाटोमा सुनाईदिनु उसलाई
पहिले ठीकै थिएँ, अहिले जथाभावी भएको हुँ । । ।

....महावीर विश्वकर्मा

विछोडको परिभाषा


प्रेमको परिभाषा गर्न जति जटिल छ, त्यति नै जटिल छ विछोडलाई परिभाषित गर्न पनि । सतही परिभाषा गर्न कै लागि त शब्दहरु बटुलेर अनेकथरी भन्न सकौँला हामी । तर ती परिभाषाहरु आफैभित्र मात्रै खुम्चिन्छन् की सर्वमान्य पनि हुन्छ भन्ने चाहीँ प्रधान विषय हो । हाम्रा दृष्टिहरु, भोगाईहरु, सोँचाईहरु बिल्कुल व्यक्तिगत हुन् । त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्ट्याईले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसो त आ—आफ्नो बुझाईको कुरा हो, परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होईन । अर्थशास्त्रका पिता भनेर चिनिने आडम स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त पछि रबिन्सले आलोचना गरे । अरु पनि थुप्रै थुप्रै उदाहरण छन् जुन युग अनुरुप परिस्कृत र परिमार्जित हुँदै अघि बढिरहेका छन् । यही आधारमा पनि विछोडको परिभाषा पनि एउटा मात्रै हुन्छ वा हुनुपर्छ भन्ने पनि हुँदैन । अहिले हामीले सहज रुपमा बुझिरहेको चाहीँ के हो भने, “विछोड भनेको प्रेमको अन्त्य हो ।” हामी अधिकांशले यही बुझिरहेका छौँ । अझ हामीलाई समयले यही बुझायो भनौँ क्यारे । प्रेमी अथवा प्रेमिकासँगको सम्बन्ध यथावत ढङ्गले अगाडी बढ्न सकेन भने हामी त्यसलाई विछोड भन्छौँ । त्यसलाई विछोड भनिरहँदा हामी एउटा अर्को कुरा पनि भनिरहेका हुन्छौँ । त्यो के भने, मेरो प्रेमको अन्त्य भयो अथवा मेरो प्रेम टुङ्गियो भनिरहेका हुन्छौँ हामी । तर अलि गहिराईमा जाने हो भने विछोड भनेको प्रेमको अन्त्य हो की होईन त ? के साँच्चै विछोड हुने बित्तिकै प्रेम पनि सकिने हो त ? भन्ने जस्ता कुराहरुमा गम्भीर भएर सोँच्नु आवश्यक छ ।

म त भन्छु, विछोड भनेको समुल रुपमा प्रेमको अन्त्य होईन । अहँ हुँदै होईन । बरु प्रेमको रुप परिवर्तन हुनसक्ला त्यो । तर प्रेमको अन्त्य नै चाहीँ होईन । प्रेमको अन्त्य हुनु भन्नुको अर्थ त साथ छुटेको त्यो मान्छेको याद अब फेरी नआउनु भन्ने होईन र ? उ प्रतिको माया बाँकी नरहनु अथवा उसको बारेमा सोँच्दा मन भित्र प्रेम भन्ने चिज जागृत नहुनु भन्ने होईन र ? यदि हो भने, के विछोड पछि हामीले उसलाई चटक्कै भुल्न सकिरहेका छौँ त ? उसको याद त्यसपछि आजसम्म आएकै छैन त हामीलाई ? कहिलेकाहीँ फेरी उ सँग एकान्तमा भेटेर केही समय मनभरीका धेरै कुराहरु गर्न पाए हुन्थ्यो भन्ने लागेको छैन र हामीलाई ? यदि यस्तै अनुभवहरु हुन्छन् भने फेरी हामी कसरी ठोकुवा गर्न विछोड भनेको प्रेमको अन्त्य नै हो भनेर ।
विछोड भनेको प्रेमको अन्त्य होईन बरु चलिरहेको सम्बन्धको अन्त्य चाहीँ हो । किनकी अब फेरी उही मान्छेसँग उस्तै किसिमको सम्बन्ध नरहन पनि सक्छ । तर सम्बन्ध नरहने भन्दैमा प्रेम नै रहँदैन भन्ने चाहीँ होईन । किनकी सम्बन्ध र प्रेम भनेका सुन्दा उस्तै लागेपनि बुझ्दा अलि भिन्दाभिन्दै शब्दहरु हुन् । सबै प्रेम एक प्रकारको सम्बन्ध हुन् तर सबै सम्बन्ध प्रेम होईनन् । सम्बन्ध जति प्रकारको पनि हुनसक्ने भो तर प्रेम चाहीँ त्यही सम्बन्धको अनेकन प्रकारमध्येको एउटा हो । त्यसैले विछोडले प्रेम नामको सम्बन्धबाट मान्छेलाई टाढा पु¥याउन त सक्ला तर प्रेमबाटै टाढा पु¥याउन भने सक्दैन । म कसरी यो भनिरहेको छु भने, प्रेम नामको सम्बन्ध र प्रेम भन्ने कुरा पनि धेरै फरक हुन् । अझ यसलाई प्रष्ट पारौँ, तपार्ईँ कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भन्नुको अर्थ अर्को कोही व्यक्ति पनि तपाईँसँग प्रेम गर्छ भन्ने हो । यो अवस्थामा तपाईँ एक्लै हुनुहुन्न प्रेम गर्ने भन्ने बुझिन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ, सम्बन्ध हुनका लागि अर्को पक्षको आवश्यकता पर्छ । आफु एक्लैले सम्बन्धको स्थापना हुन सक्दैन । तर प्रेम चाहीँ एउटा व्यक्तिबाटै जागृत हुने हो, शुरुवात हुने हो । हरेक प्रेमले प्रेमको सम्बन्धको रुपमा झाँगिने मौका पाउँछन् भन्ने पनि होईन । कतिपय प्रेम त आफुमा मात्रै सिमित भइरहेका पनि हुन्छन् । तिनीहरुले सम्बन्धसम्म पुग्नै पाएका हुँदैनन् । सरुभक्तको पागलबस्ती उपन्यासमा एक ठाउँमा यसो भनिएको छ— “पहिले त एउटाले नै हो प्रेम गर्ने अर्कोले त हुन्छ या हुँदैन भन्ने मात्रै हो ।” यही वाक्यमा आधारित रहने हो भनेपनि प्रेम भन्ने तत्वको सृजना हुनको लागि चाहीँ आफु एक्लै पनि सक्षम हुँदोरहेछ भन्न सकिन्छ । तर प्रेम सम्बन्ध हुनको लागि चाहीँ अर्को पक्षको आवश्यकता अपरिहार्य छ ।
विछोड हुनु भन्नुको अर्थ भइरहेको प्रेम सम्बन्ध अब त्यही रुपमा अघि बढ्न सक्दैन भन्नु हो । अनि यो भनेको चाहीँ, तिम्रो र मेरो प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो । याद गर्नोस् है, प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो, प्रेम नै सकियो भनेको होईन । किनकी प्रेम त कहिले पनि सकिने चिज नै होईन । मलाई त अझ के लाग्छ भने, प्रेम सम्बन्धको अन्त्य पछि झनै त्यो मान्छेलाई आफु अनुकुल प्रेम गर्न स्वतन्त्र हुन्छ मान्छे । अब यहाँनेर प्रेमको प्रतिफलको आशा गरिन्न । एकोहोरो एकतमासले प्रेम गरिरहिन्छ मात्रै । उसले प्रेम नगरे नि नगरोस् तर म भने उसलाई प्रेम गरिरहन्छु भन्न छुट हुन्छ  । प्रेम सम्बन्धमा धेरैपटक धेरै थरिका सम्झौताहरु गर्नु परेको हुनसक्छ । कत्तिपटक आफ्नो इच्छा अनुसारको प्रेम गर्न नपाएको हुनसक्छ, आफ्नो मौलिकता भन्दा पनि उसको चाहना अनुुसार आफुलाई र आफ्नो प्रेमलाई परिवर्तन गर्नुपरेको हुनसक्छ । तर त्यो सम्बन्धको अन्त्य पछि भने झनै स्वतन्त्र हुन्छ मान्छे, आफ्नो हिसाबको प्रेम गर्न । यसो सुन्दा यी कुराहरु धेरै काल्पनिक जस्तो मात्रै पनि लाग्न सक्छ । तर पनि मलाई चाहीँ यस्तै लाग्छ फेरी ।
एउटा मान्छे, जो कुनैबेला कसैसँगको प्रेम सम्बन्धमा थियो तर आज उसको त्यो सम्बन्धको अन्त्य भएको वर्षौँ भइसकेको छ, फेरीपनि उ आजसम्म त्यो मान्छेलाई सम्झिरहेको हुन्छ । उसले सुख पाएको सुन्दा खुशी लाग्छ, दुःख पाएको सुन्दा अलि नरमाईलो लाग्छ । उसको नानीबाबु देख्दा आफैलाई थाहा नहुने गरि उनीहरुप्रति अचम्मको माया लागेर आउँछ । कहिलेकाहीँ उसँग अकस्मात जम्काभेट भइदियो भने, के गर्ने के गर्ने अन्यौलमा परेर हत्तारिन्छ । तर त्यहाँबाट फर्किएपछि चाहीँ फेरी एकपटक भेट भइदिएपनि हुने, केही कुरा गर्न पाईदिए पनि हुने भन्ने जस्ता कुराहरु सोँच्न थाल्छ । आफु पनि घर गृहस्थीमा परिसकेको भएपनि कहिलेकाहीँ आफ्नो जीवनदेखी आफै वैरागिएको बेला पत्तै नपाईकन उसैलाई सोँच्न पुगेको हुन्छ हाम्रो मन । अनि कहिलेकाहीँ साथीहरुसँग बसेर जीन्दगीका पुराना दिनहरु सम्झिँदै गर्दा जब उ सँगको प्रेम सम्बन्धका दिनहरु सम्झिन पुगिन्छ अनि त स्वतः भावुक भइन्छ । सायद कताकता वहकिन पुगिन्छ त्यतिबेला । यही त हो नि प्रेम भनेकै । त्यसैले त भनेको नी, विछोड हुँदैमा प्रेमको अन्त्य हुन सक्दैन भनेर । प्रेम त झनै झाँगिन सक्छ । फरक यत्ति होला की, अहिले झाँगिएको प्रेम आफुमा मात्रै सिमित हुन्छ । तर प्रेमको अन्त्य नै त हुँदैन नी त । हैन र ?

गजल

मलाई सम्म र भिर उस्तै उस्तै लाग्छ ।
हिँड्नैपर्ने तक्दीर उस्तै उस्तै लाग्छ । ।

म सोँच्छु एउटा, भइदिन्छ अर्कै
जीन्दगी अनि जन्जीर उस्तै उस्तै लाग्छ ।

सम्झिए मात्रै पनि आँखा रसाइहाल्ने
तिमी र तिम्रो तस्बीर उस्तै उस्तै लाग्छ । ।

तिमी नपिउ भन्थ्यौ, उ चाहीँ थप भन्छ
भट्टी साहुनीको जिकिर उस्तै उस्तै लाग्छ । ।

अचेल बजारमा हल्ला चल्या छ रे
देवदास र महावीर उस्तै उस्तै लाग्छ । । ।

गजल


म सोँचिरहेछु पाप लाग्नेछ तिमीलाई ।
मेरा आँशुहरुको श्राप लाग्नेछ तिमीलाई । ।

समय सँधै एकनाश कहाँ रहन्छ र
कुनैदिन त पक्कै विलाप लाग्नेछ तिमीलाई । ।

मैले देखेका सपना निमोठेर गा’छ्यौ
एकदिन हत्याराको छाप लाग्नेछ तिमीलाई । ।

पाप धुरीबाट कराउँछ भन्छन्
नसोँच्नु सँधै फलिफाप लाग्नेछ तिमीलाई । ।

भेटियौ भने कतै, अवश्य निखन्नेछु
मलाई रुवाएको हिसाब लाग्नेछ तिमीलाई । ।

Sunday, May 19, 2013

वहकिने मनका सबै श्रृंखला एकै ठाउँमा सुन्नुहोस्









हरेक शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन यो बर्षको अन्तिम श्रृंखलामा प्रस्तोता महाविर विश्वकर्मा उपस्थित हुनुभएको छ ।
Listen All Previous Episodes

Thank you

मुक्तक

बुढेसकालको भर पठाएको छ ।
उस्ले छोरो सहर पठाएको छ ।
.......................................
विरामी मरिसकेपछी सरकारले
गाउँतिर डाक्टर पठाएको छ ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

मुक्तक

उ गएको छ तस्विर दिएर ।
पिरतीको मिठो पिर दिएर ।

बनाइ दिएकोछ बेफुर्सदिलो
सम्झिरहने जागिर दिएर ।


-रामशरण श्रेष्ठ 


बहकिने मन ५३ (२०७०।०१।२०)









आज मिति २०७० बैशाख ३० गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन यो बर्षको अन्तिम श्रृंखलामा प्रस्तोता महाविर विश्वकर्मा उपस्थित हुनुभएको छ ।
Listen and Download
                                 Download : Download Episode 53

Thank you

Thursday, May 16, 2013

मुक्तक

म त जानी नजानी हाँस्छु भनेको मान्छे । 
पटक पटक आफ्नै मन भाँच्छु भनेको मान्छे । ।
कसरी तिम्रो सिउँदो भर्न सकुँला र
सँधै सँधै एक्लै बाँच्छु भनेको मान्छे । । ।

मुक्तक

अचेल मान्छेहरु घाती भइरहेछन् ।
घातीहरु नै मेरा साथी भइरहेछन् । ।
लाखौँ प्रयत्न गरेँ, बुझ्नै सकिनँ अझै
किन यति धेरै पक्षपाती भइरहेछन् । । ।

मुक्तक

जब ऋण नलागेको घर हुँदैन ।
वाध्यता विदेश बन्छ, रहर हुँदैन । ।
मुग्लान छिरेका मदनहरु भन्दैछन्
अचेलकी मुनाको भर हुँदैन । । ।

मुक्तक

नदी बनायो कसले, अनि डुङ्गा कसले बनायो ?
डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ?
अचेल एउटै प्रश्न दोहोरिरहन्छन् सँधै
म त मान्छे नै पो थिएँ, मलाई ढुङ्गा कसले बनायो ?

मुक्तक

न वार छ, न पार छ ।
अलि पर एउटा जङ्घार छ । ।
अचेल जीन्दगी दुख्नुको कारण
चारैतिरबाट प्रहार छ । । ।

मुक्तक

म क—कसलाई सुनाउँ, जीन्दगी दुखेको कुरा ।
आफ्नै भन्ने मान्छे टाढा पुगेको कुरा । ।
विश्वास लाग्न पनि सक्छ, र नलाग्न पनि
रुँदारुँदै आँखामा आँशु सुकेको कुरा । । ।

मुक्तक

जसलाई मैले फूल सम्झेँ, उही पछि काँडा भयो ।
काँडा पनि अँगाल्दै थेँ तर आफै टाढा भयो । ।
भेटेपछि छुटिहाल्यो, छुटेपछि भेटिएन
तर पनि किन किन माया भने गाढा भयो । । ।

Wednesday, May 15, 2013

विछोडको परिभाषा



प्रेमको परिभाषा गर्न जति जटिल छ, त्यति नै जटिल छ विछोडलाई परिभाषित गर्न पनि । सतही परिभाषा गर्न कै लागि त शब्दहरु बटुलेर अनेकथरी भन्न सकौँला हामी । तर ती परिभाषाहरु आफैभित्र मात्रै खुम्चिन्छन् की सर्वमान्य पनि हुन्छ भन्ने चाहीँ प्रधान विषय हो । हाम्रा दृष्टिहरु, भोगाईहरु, सोँचाईहरु बिल्कुल व्यक्तिगत हुन् । त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्ट्याईले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसो त आ—आफ्नो बुझाईको कुरा हो, परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होईन । अर्थशास्त्रका पिता भनेर चिनिने आडम स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त पछि रबिन्सले आलोचना गरे । अरु पनि थुप्रै थुप्रै उदाहरण छन् जुन युग अनुरुप परिस्कृत र परिमार्जित हुँदै अघि बढिरहेका छन् । यही आधारमा पनि विछोडको परिभाषा पनि एउटा मात्रै हुन्छ वा हुनुपर्छ भन्ने पनि हुँदैन । अहिले हामीले सहज रुपमा बुझिरहेको चाहीँ के हो भने, “विछोड भनेको प्रेमको अन्त्य हो ।” हामी अधिकांशले यही बुझिरहेका छौँ । अझ हामीलाई समयले यही बुझायो भनौँ क्यारे । प्रेमी अथवा प्रेमिकासँगको सम्बन्ध यथावत ढङ्गले अगाडी बढ्न सकेन भने हामी त्यसलाई विछोड भन्छौँ । त्यसलाई विछोड भनिरहँदा हामी एउटा अर्को कुरा पनि भनिरहेका हुन्छौँ । त्यो के भने, मेरो प्रेमको अन्त्य भयो अथवा मेरो प्रेम टुङ्गियो भनिरहेका हुन्छौँ हामी । तर अलि गहिराईमा जाने हो भने विछोड भनेको प्रेमको अन्त्य हो की होईन त ? के साँच्चै विछोड हुने बित्तिकै प्रेम पनि सकिने हो त ? भन्ने जस्ता कुराहरुमा गम्भीर भएर सोँच्नु आवश्यक छ ।

म त भन्छु, विछोड भनेको समुल रुपमा प्रेमको अन्त्य होईन । अहँ हुँदै होईन । बरु प्रेमको रुप परिवर्तन हुनसक्ला त्यो । तर प्रेमको अन्त्य नै चाहीँ होईन । प्रेमको अन्त्य हुनु भन्नुको अर्थ त साथ छुटेको त्यो मान्छेको याद अब फेरी नआउनु भन्ने होईन र ? उ प्रतिको माया बाँकी नरहनु अथवा उसको बारेमा सोँच्दा मन भित्र प्रेम भन्ने चिज जागृत नहुनु भन्ने होईन र ? यदि हो भने, के विछोड पछि हामीले उसलाई चटक्कै भुल्न सकिरहेका छौँ त ? उसको याद त्यसपछि आजसम्म आएकै छैन त हामीलाई ? कहिलेकाहीँ फेरी उ सँग एकान्तमा भेटेर केही समय मनभरीका धेरै कुराहरु गर्न पाए हुन्थ्यो भन्ने लागेको छैन र हामीलाई ? यदि यस्तै अनुभवहरु हुन्छन् भने फेरी हामी कसरी ठोकुवा गर्न विछोड भनेको प्रेमको अन्त्य नै हो भनेर ।
विछोड भनेको प्रेमको अन्त्य होईन बरु चलिरहेको सम्बन्धको अन्त्य चाहीँ हो । किनकी अब फेरी उही मान्छेसँग उस्तै किसिमको सम्बन्ध नरहन पनि सक्छ । तर सम्बन्ध नरहने भन्दैमा प्रेम नै रहँदैन भन्ने चाहीँ होईन । किनकी सम्बन्ध र प्रेम भनेका सुन्दा उस्तै लागेपनि बुझ्दा अलि भिन्दाभिन्दै शब्दहरु हुन् । सबै प्रेम एक प्रकारको सम्बन्ध हुन् तर सबै सम्बन्ध प्रेम होईनन् । सम्बन्ध जति प्रकारको पनि हुनसक्ने भो तर प्रेम चाहीँ त्यही सम्बन्धको अनेकन प्रकारमध्येको एउटा हो । त्यसैले विछोडले प्रेम नामको सम्बन्धबाट मान्छेलाई टाढा पु¥याउन त सक्ला तर प्रेमबाटै टाढा पुर्याउन भने सक्दैन । म कसरी यो भनिरहेको छु भने, प्रेम नामको सम्बन्ध र प्रेम भन्ने कुरा पनि धेरै फरक हुन् । अझ यसलाई प्रष्ट पारौँ, तपार्ईँ कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भन्नुको अर्थ अर्को कोही व्यक्ति पनि तपाईँसँग प्रेम गर्छ भन्ने हो । यो अवस्थामा तपाईँ एक्लै हुनुहुन्न प्रेम गर्ने भन्ने बुझिन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ, सम्बन्ध हुनका लागि अर्को पक्षको आवश्यकता पर्छ । आफु एक्लैले सम्बन्धको स्थापना हुन सक्दैन । तर प्रेम चाहीँ एउटा व्यक्तिबाटै जागृत हुने हो, शुरुवात हुने हो । हरेक प्रेमले प्रेमको सम्बन्धको रुपमा झाँगिने मौका पाउँछन् भन्ने पनि होईन । कतिपय प्रेम त आफुमा मात्रै सिमित भइरहेका पनि हुन्छन् । तिनीहरुले सम्बन्धसम्म पुग्नै पाएका हुँदैनन् । सरुभक्तको पागलबस्ती उपन्यासमा एक ठाउँमा यसो भनिएको छ— “पहिले त एउटाले नै हो प्रेम गर्ने अर्कोले त हुन्छ या हुँदैन भन्ने मात्रै हो ।” यही वाक्यमा आधारित रहने हो भनेपनि प्रेम भन्ने तत्वको सृजना हुनको लागि चाहीँ आफु एक्लै पनि सक्षम हुँदोरहेछ भन्न सकिन्छ । तर प्रेम सम्बन्ध हुनको लागि चाहीँ अर्को पक्षको आवश्यकता अपरिहार्य छ ।

विछोड हुनु भन्नुको अर्थ भइरहेको प्रेम सम्बन्ध अब त्यही रुपमा अघि बढ्न सक्दैन भन्नु हो । अनि यो भनेको चाहीँ, तिम्रो र मेरो प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो । याद गर्नोस् है, प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो, प्रेम नै सकियो भनेको होईन । किनकी प्रेम त कहिले पनि सकिने चिज नै होईन । मलाई त अझ के लाग्छ भने, प्रेम सम्बन्धको अन्त्य पछि झनै त्यो मान्छेलाई आफु अनुकुल प्रेम गर्न स्वतन्त्र हुन्छ मान्छे । अब यहाँनेर प्रेमको प्रतिफलको आशा गरिन्न । एकोहोरो एकतमासले प्रेम गरिरहिन्छ मात्रै । उसले प्रेम नगरे नि नगरोस् तर म भने उसलाई प्रेम गरिरहन्छु भन्न छुट हुन्छ  । प्रेम सम्बन्धमा धेरैपटक धेरै थरिका सम्झौताहरु गर्नु परेको हुनसक्छ । कत्तिपटक आफ्नो इच्छा अनुसारको प्रेम गर्न नपाएको हुनसक्छ, आफ्नो मौलिकता भन्दा पनि उसको चाहना अनुुसार आफुलाई र आफ्नो प्रेमलाई परिवर्तन गर्नुपरेको हुनसक्छ । तर त्यो सम्बन्धको अन्त्य पछि भने झनै स्वतन्त्र हुन्छ मान्छे, आफ्नो हिसाबको प्रेम गर्न । यसो सुन्दा यी कुराहरु धेरै काल्पनिक जस्तो मात्रै पनि लाग्न सक्छ । तर पनि मलाई चाहीँ यस्तै लाग्छ फेरी ।

एउटा मान्छे, जो कुनैबेला कसैसँगको प्रेम सम्बन्धमा थियो तर आज उसको त्यो सम्बन्धको अन्त्य भएको वर्षौँ भइसकेको छ, फेरीपनि उ आजसम्म त्यो मान्छेलाई सम्झिरहेको हुन्छ । उसले सुख पाएको सुन्दा खुशी लाग्छ, दुःख पाएको सुन्दा अलि नरमाईलो लाग्छ । उसको नानीबाबु देख्दा आफैलाई थाहा नहुने गरि उनीहरुप्रति अचम्मको माया लागेर आउँछ । कहिलेकाहीँ उसँग अकस्मात जम्काभेट भइदियो भने, के गर्ने के गर्ने अन्यौलमा परेर हत्तारिन्छ । तर त्यहाँबाट फर्किएपछि चाहीँ फेरी एकपटक भेट भइदिएपनि हुने, केही कुरा गर्न पाईदिए पनि हुने भन्ने जस्ता कुराहरु सोँच्न थाल्छ । आफु पनि घर गृहस्थीमा परिसकेको भएपनि कहिलेकाहीँ आफ्नो जीवनदेखी आफै वैरागिएको बेला पत्तै नपाईकन उसैलाई सोँच्न पुगेको हुन्छ हाम्रो मन । अनि कहिलेकाहीँ साथीहरुसँग बसेर जीन्दगीका पुराना दिनहरु सम्झिँदै गर्दा जब उ सँगको प्रेम सम्बन्धका दिनहरु सम्झिन पुगिन्छ अनि त स्वतः भावुक भइन्छ । सायद कताकता वहकिन पुगिन्छ त्यतिबेला । यही त हो नि प्रेम भनेकै । त्यसैले त भनेको नी, विछोड हुँदैमा प्रेमको अन्त्य हुन सक्दैन भनेर । प्रेम त झनै झाँगिन सक्छ । फरक यत्ति होला की, अहिले झाँगिएको प्रेम आफुमा मात्रै सिमित हुन्छ । तर प्रेमको अन्त्य नै त हुँदैन नी त । हैन र ?

सुन्दरता

हाम्रो समाजमा धेरै पहिलेदेखी चलिआएको एउटा उखान छ, “रातो राम्रो गुलियो मिठो ।” हुन त रातो बाहेकको रङ्ग पनि राम्रो हुन्छ अनि गुलियो बिनाको परिकार पनि मिठो । फेरी पनि हाम्रो मन भने रातो र गुलियोमा नै अल्झिन पुगेको छ । यो भनाई कसरी प्रचलनमा आयो यो भन्ने त थाहा भएन । तर मलाई के लाग्छ भने हाम्रो मगजमा सबैभन्दा पहिला जुन छाप पर्छ त्यो मेटिन औधी गाह्रो हुन्छ । तपाईँले पनि ख्याल गर्नुभएको होला हाम्रा साना नानीबाबुहरुलाई रङ्गमा रातो र स्वादमा गुलियो मनपर्छ । अनि यो कुरा हामीमा पनि लागु भएको थियो, सानो छँदा । हामीले पनि रङ्गमा रातो र स्वादमा गुलियो नै रोजेका थियौँ । त्यतिबेलाको छाप अहिलेसम्म पनि हाम्रो मानसपटलमा जरा गाडेर बसिरहेको छ । तर रातो मात्रै राम्रो र गुलियो मात्रै मिठो हुन्छ भन्ने चाहीँ होईन । त्यो त हाम्रो मथिङ्गलमा बसेको छापले सृजना गरेको दृष्टिकोण मात्रै हो । जुन गलत त होईन तर सत्य त्यही मात्रै पनि होईन । ठीक यसरी नै अहिलेका अधिकांश प्रेमहरु शारीरिक सौन्दर्यतालाई केन्द्रविन्दुमा राखेर शुरु हुने गरेका छन् । कोही शारीरिक रुपमा राम्रो अथवा राम्री छ भने धेरै जनालाई मनपर्छ । अनि यसको ठीक विपरीत राम्रो अथवा राम्री छैन भने मन पर्दैन । अहिले कलेज पढ्दै गरेका युवाशक्तिले अझ यो कुरालाई बलियो गरि पुष्टि गरिरहेका छन् । सबै युवाशक्तिलाई एउटै घानमा राखेर व्याख्या गर्ने दुस्साहस गर्नु हुँदैन मैले र गर्दिन पनि । तर अधिकांशलाई आधार मान्दा हामीले कलेजमा भोगेको अथवा देखेको एउटा सत्य के हो भने कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको भिडमा को कति राम्रो छ भनेर प्राय कलेजका माथिल्लो कक्षाका पुरुष मित्रहरुको आँखा डुलिरहेको हुन्छ । केहीदिनसम्म त साथीभाईको बीचमा नयाँ विद्यार्थीको चर्चा परिचर्चाले राम्रै स्थान पनि पाउँछ ।  महिला मित्रहरुले पनि यसै गर्छन की , त्यो चाहीँ यसै भन्न सकिनँ मैले । किनकी मैले आफैले कलेज लाईफमा भोगेको र देखेको कुराहरुलाई आधार बनाएर यसो भनिरहेको छु । खैर छाडौँ यो कुरा, यो दृष्टान्त उठाएर मैले भन्न खोजेको कुरा के मात्रै हो भने, अचेल प्रेम भन्ने चिज शारीरिक सुन्दरताको कसीले मापन हुन थाल्यो । त्यसो त पहिले पहिले चाहीँ सुन्दरताको कुनै अर्थ नै हुने थिएन भन्ने पनि होईन । फेरीपनि पछिल्लो समयमा प्रेम सम्पूर्णतया रुपको सौन्दर्यतामा नै केन्द्रित भइरहेको भने अवश्य हो । कसको गर्ल फ्रेन्ड अथवा ब्वाई फ्रेन्ड कति राम्रो भन्ने त होडबाजी नै चलेको देखिन्छ अचेल । साथीहरुसँग भेट हुँदा आ—आफ्नो मान्छेको व्याख्या गरेर पनि धेरै समय बित्न थाल्दैछ हिजोआज ।
सुन्दरता एउटा पुल हो, जसको सहायताले कसैको नजिक भएर उसलाई बुझ्न सकिन्छ । उसको आनीबानी, रुची, व्यवहार सबै अध्ययन गर्न सघाउँछ सुन्दरताले । तर यहाँनेर भइदियो चाहीँ के भने, सुन्दरता नै सर्बेसर्वा जस्तो ठहरिन थाल्यो । सुन्दरता नै प्रेम गर्नका लागि अपरिहार्य योग्यता जस्तो पो भइदियो अहिले त । खाली रुपमा मात्रै निर्भर हुनथाल्यो, अहिले हामीले गरिरहेको प्रेम । उ मेरो लागि कतिको सुहाउँदो छ या उ सँगको सम्बन्ध कति दीर्घकालीन हुनसक्ला भन्ने तर्फ सोँच्ने आवश्यकता नै महसुस गरेनौँ हामीले । जसले गर्दा सम्बन्ध टिकाउ हुन सकेन र युवा जमातमा नैराश्यता, जीवनप्रतिको वितृष्णा, भविष्यप्रतिको गैरजिम्मेवारीपन जस्ता विकराल समस्याहरुले स्थान पाउन थाल्यो । परिणामत केही युवाशक्ति जीवनको महत्व नबुझेर कुलततर्फ पनि अग्रसर भइरहेका छन् । अहिले कुलतमा फसेका युवाको विगत पल्टाउने हो भने अधिकांशको कारण चाहीँ प्रेम भइदिन्छ । प्रेम भनेको त जीवन बाँच्न सिकाउने कला पो हो त । तर यसको भोगाई आलोकाँचो रहँदा हामी प्रेमलाई नै अनेकथरि दोषारोपण गर्न पुगिरहेका छौँ । यतिसम्म की, हामीले अँगालेको गलत बाटोको कारण नै प्रेम हो भन्न समेत पछि परिरहेका छैनौँ हामी । र यी सबै कुराहरुको जड भनेको चाहीँ हाम्रो बुझाई नै हो । र यसो भन्नुको सोझो अर्थ के भने, हामीले प्रेम भनेको नै सुन्दरता हो भनेर जबर्जस्ती बुझ्यौँ । प्रेममा सुन्दरताको अर्थ के त ? भनेर अलिकति सोँच्ने चेष्टा सम्म पनि गरेनौँ । कोही राम्रो अथवा राम्री देखिने बित्तिकै बत्तीमा पुतली होमिए जसरी उ सँग प्रेम गर्न हत्तारियौँ हामी । उ आफ्नो लागि कति ठीक, कत्ति बेठीक भनेर घोरिने फुर्सद सम्म पनि भएन हामीलाई । बरु अरु कसैले पो आफ्नो बनाउला की भनेर जति सक्दो चाँडो सबै सुत्रहरु लगाएर उसलाई आफ्नो बनाउन तल्लीन भयौँ । कालान्तरमा यही कारण नै एक आपसमा अनेकन अनमेलहरु देखिँदै गए र सम्बन्धले स्वतः विघटनको बाटो अँगाल्न पुग्यो ।
मलाई त के लाग्छ भने, सुन्दरता प्रतिको हाम्रो दृष्टिकोण नै गलत छ । हामीले जे लाई अन्तिम सत्य हो भनेर बुझिरहेका छौँ, त्यो आफैमा भ्रमपूर्ण छ । अझ सजिलोसँग भन्नुपर्दा हामीले जे लाई सुन्दर भनिरहेका छौँ वास्तवमा त्यो नै सुन्दर चाहीँ होईन । हामीले अहिले जे लाई राम्री अथवा सुन्दर भनिरहेका छौँ अफ्रिकामा गयो भने त्यो नै राम्री हुँदैन, सुन्दर हुँदैन । उनीहरुको परिभाषामा राम्री हुनका लागि अरु नै कुराहरु चाहिन्छ । त्यसैले पनि रुपको सुन्दरता भन्नु त हाम्रो भ्रम मात्रै त रै छ नि । अनि यो भ्रमलाई नै जानीजानी प्रधानता दिन थालेपछि नतिजा पनि त उस्तै आउने स्वभाविक नै भयो नि । त्यसैले प्रेममा सुन्दरतालाई कुन स्थान दिने भन्ने बारेमा अब हामी प्रष्ट हुनु आवश्यक छ ।
मैले यसअघि पनि धेरैपटक भनिसकेको छु, सुन्दरता बिकाउ हुनसक्ला तर टिकाउ हुन सक्दैन । सुन्दरता टिकाउ हुँदै हुँदैन । उमेर छउन्जेल, वैँश छउन्जेल मात्र हो, सुन्दरता कायम रहने । उमेर घर्किँदै गएपछि सुन्दरता पनि आफै ओरालो लाग्न थाल्छ । सुन्दरता क्षणिक हुन्छ, यो त आउँछ र जान्छ पनि । तर प्रेम गर्न सक्ने क्षमता भने हामीसँग सदैव कायम रहिरहन्छ । र मान्छेलाई प्रेमको आवश्यकता सँधै उसैगरि परिरहन्छ पनि । जवानीमा आवश्यक परेको सुन्दरता बुढ्यौलीमा चाहँदैन मान्छे । तर त्यतिबेला पनि प्रेम भने अनिवार्य आवश्यकता नै भइरहन्छ । प्रेममा सुन्दरताले केही शोभा बढाउन सक्छ तर सुन्दरता बिना प्रेम नै हुन सक्दैन भन्ने चाहीँ होईन । बरु सुन्दरतालाई नै प्राथमिकता दिएर गरिएको प्रेम भने दिगो नहुन सक्छ । उ भन्दा सुन्दर अरु फेला प¥यो भने पनि त्यो प्रेम टुङ्गिन सक्छ अनि उसको सुन्दरतामा गिरावट आयो भने पनि प्रेममा कमी आउन थाल्छ । त्यसैले पनि आजको आवश्यकता भनेको प्रेममा सुन्दरतालाई कति सम्मको स्थान दिने भन्ने हो, सुन्दरता बिना प्रेम हुँदैन भनेर भ्रम पाल्ने होईन । 

भगवान र प्रेम

साहित्यकार एवम् राजनीतिज्ञ मोदनाद प्रश्रितले लेख्नुभएको छ—“आधुनिक भूगोल, खगोल र असंख्य आकाश—गंगायुक्त विश्वको खोजी नहुँदासम्म काल्पनिक ईश्वरले पृथ्वीमा एकछत्र राज गर्यो । तर्कका प्रमाणबाट ईश्वर नमान्ने चार्वाक्, कपिल, वुद्ध आदिका भनाईलाई उसले निर्मम बनेर कुल्चँदै गयो । यसरी प्राचीन युगदेखि मध्ययुगको पछिल्लो चरणसम्म उसको हैकम डग्मगाएन । कोपरनिकस र ब्रुनोहरुले सूर्यकेन्द्रित विश्वको कुरा गर्दा ईश्वर केही झस्क्यो । न्यूटनले गुरुत्वाकर्षणबाट सौर्यमण्डल लगायत तारागण आ—आफ्नो मर्यादामा घुम्ने कुरा गर्दा ईश्वरको जादुमा प्वाल प¥यो । तर पनि ती वैज्ञानिकहरु ईश्वर मान्दै थिए । डार्विनले जीव विकासको नयाँ सिद्दान्त प्रमाण सहित अघि सारेपछि ईश्वर थला पर्यो । मानवनिर्मित उपग्रहहरुले सौर्यमण्डलको परिक्रमा गर्न थालेपछि र मानिसले अर्बौँ प्रकाश वर्ष टाढाका आकाश—गंगाका दृश्यहरु देख्न थालेपछि सौर्यमण्डलभित्र सीमित पुराण, बाइबल र धर्मशास्त्रहरुले कल्पित रुपले जन्माएर हुर्काएको ईश्वर खुत्रुक्कै मर्यो र सदाका लागि शून्यमा विलायो ।” तरपनि आज ईश्वर छ र छैन भन्ने प्रश्नले उसैगरि रिङ्ग्याइरहेको छ मान्छेलाई । संख्यात्मक तवरले पनि अत्यधिक मान्छेका झुण्डहरु ईश्वरको अस्तित्व स्वीकारिरहेछन् अझै । यसरी हेर्दा मान्छेको जीवनमा कुनै न कुनै किसिमले धर्मको प्रादुर्भाव परिरहेकै छ । फेरी आपत विपतमा ‘हे भगवान’ भनेर ईश्वर पुकार्ने त हाम्रो पुरानै बानी पनि त छ । हामी विज्ञानले ईश्वर मान्दैन भनेर बुझ्छौँ । तर अचम्म लाग्दो कुरा चाहीँ के छ भने अधिकांश अस्पतालहरुमा ठाउँ—ठाउँमा हिन्दू धर्मका देवीदेवताका तस्बीर टाँसिएका हुन्छन् । अझ कतिपय अस्पतालहरुको त छेवैमा मन्दिर पनि बनाइएको हुन्छ । अनि अर्को रोचक कुरो के भने, कुनै गम्भीर बिरामीको शल्यक्रिया गर्नुपूर्व उसको आफन्तलाई सान्त्वना दिने क्रममा चिकित्सकले भन्छन्—“हामी पूर्ण प्रयास गर्नेछौँ, बाँकी भगवानको हातमा छ ।” ए बाबा, अध्यात्मवादमा विल्कुल विश्वास नगर्ने त्यही चिकित्सिा विज्ञान पढेर आएको डाक्टर त भगवानको अस्तित्व स्वीकार्छन् भने अरु साधारण नागरिकले स्वीकार्दैनन् त ? यी नै आधारहरुमा टेकेर हामी भन्न सक्छौँ—“भगवानप्रतिको आस्था मान्छेको जीवनसँग जोडिएको छ ।”

 कुनै युवक आफुले मन पराएको युवतीलाई प्रेम प्रस्ताव राख्नुपूर्व निश्चय नै भगवानलाई सम्झिन्छ । मनमनै भएपनि भनेकै हुन्छ—“हे भगवान, उसले मेरो प्रस्ताव स्वीकारोस्” । यदि स्वीकृत भयो भने “Thank God” भन्छ, अस्वीकृत भयो भने “हे भगवान, के गर्ने होला...”भन्छ । यो त प्रेम प्रारम्भको कुरा भयो । प्रेम सम्बन्ध शुरु भइसकेपछि त झन भगवानप्रतिको आस्था झन्झन् बलियो बन्दै जान्छ । दुबैजना भिन्दाभिन्दै धर्म मान्ने भएपनि प्रेम कै खातिर कुनै एकले आफुपनि उसले मानेकै धर्म मान्न थाल्छ । अनि हरदिन प्रार्थना गर्छ—“हे भगवान, हाम्रो प्रेम सफल बनाइदेउ” भनेर । दुईमध्ये कुनै एकको विहेको कुरा चल्नुपर्छ, अनि त झनै त्यो जोडीको बलियो साहारा नै अदृश्य भगवान भइदिन्छ । कतिले त भाकलै गर्छन, प्रेम सफल बनाइदेउ भनेर । कुनै प्रेमीप्रेमिका कहिले काहीँ मन्दिरमा पुगे भने एकछिन मुर्तिको अगाडी दुबै हात जोडेर आँखा चिम्म गरेर बस्छन्, निक्कै इमान्दार भक्त झैँ । अनि एकछिनपछि फर्किँदा प्राय केटाले सोध्छ, तिमीले भगवानसँग के माग्यौ ? केटी जवाफ दिन्छे—“मागेको कुरा पनि भन्छन् त, भन्यो भने त पूरा नै हुँदैन नी । बरु आफै बुझन ।” अनि केटो पनि केही बुझे झैँ गरि मुसुक्क हाँस्छ । त्यतिबेला ती दुईले भनेपनि, नभनेपनि उनीहरुले माग्ने बर भनेको शतप्रतिशत “मेरो विवाह उसैसँग होस्” भन्ने नै हुन्छ । यसरी प्रेमका विभिन्न बाटाहरुमा भगवानप्रतिको आस्था टाँसिएर बसिरहन्छ ।

 फ्रायडले भनेका छन्—“धर्म एक सुखद् दिग्भ्रम हो । यसका अतिरिक्त सामुदायिक रुपले मानव जातीलाई अभिभूत पार्ने मनोरोग पनि हो धर्म ।” धर्म अथवा भगवानप्रतिको आस्था कसरी दिग्भ्रम हो त भनेर मैले तर्क अघि सार्न थालेँ भने सायद यो लेख धेरै लामो होला, त्यसैले पनि अरु कुनै दिन त्यो विषयमा चर्चा गरौँला । बरु अहिले चाहीँ म यो दिग्भ्रमले कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने विषयमा केही कुरा अघि सार्छु । हिन्दी फिल्म 'थ्रि इडियट'को एउटा दृश्यबाट साभार गरेर भन्दैछु म—एउटा गाउँमा गाउँलेहरुले चोर डाँकाबाट सुरक्षित रहनका लागि भनेर विशेष गरि रातको समयमा हेरचाह गर्न गाउँमा एकजना पाले राखेका रहेछन् । उसले राती गाउँलेहरुले सुन्ने गरि All is Well अर्थात ‘सबै ठीकठाक छ’ भनेपछि गाउँलेहरु ढुक्क भएर सुत्दारहेछन् । तर गाउँलेहरु त्यसरी नै पालेको आवाज सुनेपछि ढुक्क भएर सुतेको एकरात त्यो गाउँमा चोरी भएछ । अनि भोलीपल्ट कुरो बुझ्दै जाँदा पो थाहा भएछ, त्यो पालेले त रातमा आँखा नै देख्दैन रहेछ भन्ने कुरो । तरपनि त्यो रातसम्म गाउँलेहरु भ्रममा थिए, वास्तवमै पालेले गाउँको रक्षा गरिरहेको छ भनेर, सुखद भ्रममा । हो यस्तै प्रभाव हुन्छ प्रेममा पनि, भगवानप्रतिको आस्थाले ।

 भगवान छ, छैन त्यो अर्कै विषय हो । आज चाहीँ म यति भन्छु की, भगवानप्रतिको आस्थाले प्रेममा सँधै सकारात्मक प्रभाव पारिरहन्छ । त्यो कसरी भने, भगवान पुकारिरहँदा वास्तवमै हाम्रो प्रेममा भगवानको साथ रहेको छ भन्ने भान हुन्छ, जसले गर्दा एउटा छुट्टै उर्जा प्राप्त भइरहेको हुन्छ । त्यही उर्जाकै कारण आँट बढिरहेको हुन्छ हृदयमा । यदि भगवानलाई मन्जुर छ भने हामी जसरी पनि एक हुनेछौँ भनेर अगाडी आएका उल्झनहरु पन्छाउन तम्सिरहेका हुन्छन् दुबैजना ।


    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget