Wednesday, March 30, 2016

श्रृंखला 197 : वहकिने मन Bahakine Man (2072-12-15) : Download

बहकिने मन BAHAKINE MAN -197
DATE- (28-03-2016/2072-12-15)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/
नमस्कार, आज मिति 2072 चैत्र 15 तदनुसार  28-March-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 197 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                      Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 196 : वहकिने मन Bahakine Man (2072-12-08) : Download

बहकिने मन BAHAKINE MAN -196
DATE- (28-03-2016/2072-12-15) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/
नमस्कार, आज मिति 2072 चैत्र 08 तदनुसार  21-March-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 196 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                        Download : Click Here to Download
Listen at YouTube

Tuesday, March 15, 2016

वहकिने मन Bahakine Man-195 : (2072-12-01) : Download

बहकिने मन BAHAKINE MAN -195
DATE- (14-03-2016/2072-12-01)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2072 चैत्र 01 तदनुसार  14-March-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 195 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                       Download : Click Here to Download
Liisten at youTube

Wednesday, March 9, 2016

सम्झिनुको कारण


=======महावीर विश्वकर्मा

तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति शब्दहरु लेखेको छु
मैले कत्ति—कत्ति वाक्यहरु लेखेको छु 
र ती सबै सबै लेखिरहँदा
तिमीलाई दोहो¥याई तेहे¥याई सम्झिरहँदा
लेखेका अक्षरहरुभन्दा बढी 
सम्झेका सम्झनाहरु भन्दा बढी
मेरा आँशुहरुले मलाई छोडी गएका छन् । 

तिमीलाई सम्झिँदा 
मैले कत्ति—कत्ति प्याकहरु रित्याएको छु
मैले कत्ति—कत्ति बोत्तलहरु सिध्याएको छु 
र ती सबै सबै पिइरहँदा 
तिमीलाई फेरी फेरी सम्झिरहँदा
पिएका घुट्कोहरुभन्दा बढी
ननिख्रिएका प्यालाहरुभन्दा बढी 
मेरा आँशुहरुले मलाई छोडि गएका छन् । 


तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति रातहरु अनिँदो बिताएको छु
मैले कत्ति—कत्ति दिनहरु कहाँ कहाँ हिँडेको छु 
र यसरी जीन्दगी बाँचिरहँदा
तिमीलाई उसैगरि सम्झिरहँदा 
बिसाएका थकाईहरुभन्दा बढी
हिँडेका पाईलाहरुभन्दा बढी
मेरा आँशुहरुले मलाई छोडि गएका छन् । 

प्रिय मान्छे
अब, 
खोलाले किनारलाई जसरी होईन
चङ्गाले लट्टाईलाई जसरी होईन
बरु,
झरीले बादललाई जसरी
यात्रीले बाटोलाई जसरी
एकपटक भुल्न मन लागेको छ तिमीलाई
अनि सँधै भुलिरहन मन लागेको छ तिमीलाई

तर मेरो दुखेसो
भुल्नकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर 
बिर्सिनकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर
र त, अचेल
तिमीलाई सम्झिरहेछु म 
भुल्नकै लागि सम्झिरहेछु
भुलिरहनका लागि सम्झिरहेछु

ओ...अझै प्रिय मान्छे
तिमीलाई लाग्ने बाडुल्की 
कुनैदिन सँधै सँधैलाई रोकियो भने
तिमीले देख्ने सपनाहरुबाट
कुनै रात म सँधै सँधैलाई हराएँ भने
भन्ठान्नु, मैले पिउन छोडिदिएको छु
भन्ठान्नु, मैले लेख्न छोडिदिएको छु 
अनि सँगै भन्ठान्नु,
मैले बाँच्न पनि छोडिदिएको छु ।  

Tuesday, March 8, 2016

श्रृंखला 194 : वहकिने मन Bahakine Man (2072-11-24) : Download

बहकिने मन BAHAKINE MAN -194
DATE- (07-03-2016/2072-11-24) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार, आज मिति 2072 फाल्गुन 24 तदनुसार  07-March-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 194 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                       Download : Click Here to Download
Listen at YouTube

विछोडको परिभाषा

...महावीर विश्वकर्मा

केही यस्ता कुराहरु पनि हुन्छन् जसलार्इ परिभाषित गर्न जटिल हुन्छ । उसो त केही कुराहरु शब्दहरुको घेराबन्दीमा कैद भएर चिनिनुभन्दा व्यक्तिको महसुसमा अटाउन मज्जा मान्छन् सायद । जस्तो की प्रेम । अनि प्रेम सम्बन्धमा आइपर्ने अनेक अवस्था । प्रेमको परिभाषा गर्न जति जटिल छ, त्यति नै जटिल छ विछोडलाई परिभाषित गर्न पनि । सतही परिभाषा गर्न कै लागि त शब्दहरु बटुलेर अनेकथरी भन्न सकौँला हामी । तर ती परिभाषाहरु आफैभित्र मात्रै खुम्चिन्छन् की बाँकीले पनि 'ठीकै हो' भनिदिन्छन् भन्ने चाहीँ प्रधान विषय हो ।
हाम्रा दृष्टिहरु, भोगाईहरु, सोँचाईहरु बिल्कुल व्यक्तिगत हुन् । त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्ट्याईले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसो त आआफ्नो बुझाईको कुरा हो, परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होईन । अर्थशास्त्रका पिता भनेर चिनिने एडम स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त पछि रबिन्सले आलोचना गरे । अरु पनि थुप्रै थुप्रै उदाहरण छन् जुन युग अनुरुप परिस्कृत र परिमार्जित हुँदै अघि बढिरहेका छन् । यही आधारमा पनि विछोडको परिभाषा पनि एउटा मात्रै हुन्छ वा हुनुपर्छ भन्ने पनि हुँदैन ।
अहिले हामीले सहज रुपमा बुझिरहेको चाहीँ के हो भने, “विछोड भनेको प्रेमको अन्त्य हो ।हामी अधिकांशले यही बुझिरहेका छौँ । अझ हामीलाई समयले यही बुझायो भनौँ क्यारे । प्रेमी अथवा प्रेमिकासँगको सम्बन्ध यथावत ढङ्गले अगाडी बढ्न सकेन भने हामी त्यसलाई 'विछोड भयो' भन्छौँ । त्यसलाई 'विछोड' भनिरहँदा हामी एउटा अर्को कुरा पनि भनिरहेका हुन्छौँ । त्यो के भने, 'मेरो प्रेमको अन्त्य भयो' अथवा 'मेरो प्रेम टुङ्गियो' । तर विछोड भनेको प्रेमको अन्त्य हो की होईन त ? के साँच्चै विछोड हुने बित्तिकै प्रेम पनि सकिने हो त ?
म त भन्छु, विछोड भनेको समुल रुपमा प्रेमको अन्त्य होईन । अहँ हुँदै होईन । बरु प्रेमको रुप परिवर्तन हुनसक्ला त्यो । तर प्रेमको अन्त्य नै चाहीँ होईन । प्रेमको अन्त्य हुनु भन्नुको अर्थ त साथ छुटेको त्यो मान्छे प्रतिको प्रेम बाँकी नरहनु अथवा उसको बारेमा सोँच्दा मन भित्र प्रेम भन्ने चिज जागृत नहुनु भन्ने होईन र ? यदि हो भने, के विछोड पछि हामीले उसलाई चटक्कै भुल्न सकिरहेका छौँ त ? उसको याद त्यसपछि आजसम्म आएकै छैन त हामीलाई ? कहिलेकाहीँ फेरी उ सँग एकान्तमा भेटेर केही समय मनभरीका धेरै कुराहरु गर्न पाए हुन्थ्यो भन्ने लागेको छैन र हामीलाई ? फेरी हामी कसरी ठोकुवा गर्न सक्छौँ, विछोड भनेको प्रेमको अन्त्य नै हो भनेर ?
विछोड भनेको प्रेमको अन्त्य होईन बरु चलिरहेको सम्बन्धको अन्त्य चाहीँ हो । किनकी अब फेरी उही मान्छेसँग उस्तै किसिमको सम्बन्ध नरहन पनि सक्छ । तर सम्बन्ध नरहने भन्दैमा प्रेम नै रहँदैन भन्ने चाहीँ होईन । किनकी सम्बन्ध र प्रेम भनेका सुन्दा उस्तै लागेपनि बुझ्दा अलि भिन्दाभिन्दै शब्दहरु हुन् । प्रेम एक प्रकारको सम्बन्ध त हो तर सबै सम्बन्ध प्रेम होईनन् । सम्बन्ध जति प्रकारको पनि हुनसक्छ तर प्रेम चाहीँ त्यही सम्बन्धको अनेकन प्रकारमध्येको एउटा हो । त्यसैले विछोडले प्रेम नामको सम्बन्धबाट मान्छेलाई टाढा पुर्याउन त सक्ला तर प्रेमबाटै टाढा पुर्याउन भने सक्दैन ।
म कसरी यो भनिरहेको छु भने, प्रेम नामको सम्बन्ध र प्रेम भन्ने कुरा पनि धेरै फरक हुन् । अझ यसलाई प्रष्ट पारौँ, तपार्ईँ कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भन्नुको अर्थ अर्को कोही व्यक्ति पनि तपाईँसँग प्रेम गर्छ भन्ने हो । यो अवस्थामा तपाईँ एक्लै हुनुहुन्न प्रेम गर्ने भन्ने बुझिन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ, सम्बन्ध हुनका लागि अर्को पक्षको आवश्यकता पर्छ । आफु एक्लैले सम्बन्धको स्थापना हुन सक्दैन । तर प्रेम चाहीँ एउटा व्यक्तिबाटै जागृत हुने होशुरुवात हुने हो । हरेक प्रेमले प्रेमको सम्बन्धको रुपमा झाँगिने मौका पाउँछन् भन्ने पनि होईन । कतिपय प्रेम त आफुमा मात्रै सिमित भइरहेका पनि हुन्छन् । तिनीहरुले सम्बन्धसम्म पुग्नै पाएका हुँदैनन् ।
सरुभक्तको पागलबस्ती उपन्यासमा एक ठाउँमा यसो भनिएको छ— “पहिले त एउटाले नै हो प्रेम गर्ने अर्कोले त हुन्छ या हुँदैन भन्ने मात्रै हो ।यही वाक्यमा आधारित रहने हो भनेपनि प्रेम भन्ने तत्वको सृजना हुनको लागि चाहीँ आफु एक्लै पनि सक्षम हुँदोरहेछ भन्न सकिन्छ । तर प्रेम सम्बन्ध हुनको लागि चाहीँ अर्को पक्षको आवश्यकता अपरिहार्य छ । 

विछोड हुनु भन्नुको अर्थ भइरहेको प्रेम सम्बन्ध अब त्यही रुपमा अघि बढ्न सक्दैन भन्नु हो । अनि यो भनेको चाहीँ, तिम्रो र मेरो प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो । याद गर्नोस् है, प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो, प्रेम नै सकियो भनेको होईन । किनकी प्रेम त कहिले पनि सकिने चिज नै होईन । मलाई त अझ के लाग्छ भने, प्रेम सम्बन्धको अन्त्य पछि झनै त्यो मान्छेलाई आफु अनुकुल प्रेम गर्न स्वतन्त्र हुन्छ मान्छे । अब यहाँनेर प्रेमको प्रतिफलको आशा गरिन्न । एकोहोरो एकतमासले प्रेम गरिरहिन्छ मात्रै । उसले प्रेम नगरे नि नगरोस् तर म भने उसलाई प्रेम गरिरहन्छु भन्न छुट हुन्छ 
प्रेम सम्बन्धमा धेरैपटक धेरै थरिका सम्झौताहरु गर्नु परेको हुनसक्छ । कत्तिपटक आफ्नो इच्छा अनुसारको प्रेम गर्न नपाएको हुनसक्छ, आफ्नो मौलिकता भन्दा पनि उसको चाहना अनुुसार आफुलाई र आफ्नो प्रेमलाई परिवर्तन गर्नुपरेको हुनसक्छ । तर त्यो सम्बन्धको अन्त्य पछि भने झनै स्वतन्त्र हुन्छ मान्छे, आफ्नो हिसाबको प्रेम गर्न । यसो सुन्दा यी कुराहरु धेरै काल्पनिक जस्तो मात्रै पनि लाग्न सक्छ । तर पनि मलाई चाहीँ यस्तै लाग्छ फेरी । 

एउटा मान्छे, जो कुनैबेला कसैसँगको प्रेम सम्बन्धमा थियो तर आज उसको त्यो सम्बन्धको अन्त्य भएको वर्षौँ भइसकेको छ, फेरीपनि उ आजसम्म त्यो मान्छेलाई सम्झिरहेको हुन्छ । उसले सुख पाएको सुन्दा खुशी लाग्छ, दुःख पाएको सुन्दा अलि नरमाईलो लाग्छ । उसको नानीबाबु देख्दा आफैलाई थाहा नहुने गरि उनीहरुप्रति अचम्मको माया लागेर आउँछ । कहिलेकाहीँ उसँग अकस्मात जम्काभेट भइदियो भने, के गर्ने के गर्ने अन्यौलमा परेर हत्तारिन्छ । तर त्यहाँबाट फर्किएपछि चाहीँ फेरी एकपटक भेट भइदिएपनि हुने, केही कुरा गर्न पाईदिए पनि हुने भन्ने जस्ता कुराहरु सोँच्न थाल्छ ।

आफु पनि घर गृहस्थीमा परिसकेको भएपनि कहिलेकाहीँ आफ्नो जीवनदेखी आफै वैरागिएको बेला पत्तै नपाईकन उसैलाई सोँच्न पुगेको हुन्छ हाम्रो मन । अनि कहिलेकाहीँ साथीहरुसँग बसेर जीन्दगीका पुराना दिनहरु सम्झिँदै गर्दा जब उ सँगको प्रेम सम्बन्धका दिनहरु सम्झिन पुगिन्छ अनि त स्वतः भावुक भइन्छ । सायद कताकता वहकिन पुगिन्छ त्यतिबेला । यही त हो नि प्रेम भनेकै । त्यसैले त भनेको नी, विछोड हुँदैमा प्रेमको अन्त्य हुन सक्दैन भनेर । प्रेम त झनै झाँगिन सक्छ । फरक यत्ति होला की, अब झाँगिने प्रेम आफुमा मात्रै सिमित हुन्छ । तर प्रेमको अन्त्य भने हुँदैन । 

मुक्तक

मलाई हिसाब किताबको, जीन्दगी चाहिँदैन । 
साँच्चै पश्चातापको, जीन्दगी चाहिँदैन । । 
चरा जस्तै गरि, उडिरहन पाउँ
डेबिट-क्रेडिट, वासलातको जीन्दगी चाहिँदैन । । । 

Tuesday, March 1, 2016

श्रृंखला 193 : वहकिने मन Bahakine Man (2072-11-17) : Download

बहकिने मन BAHAKINE MAN -193
DATE-   (29-02-2016/2072-11-17)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार, आज मिति 2072 फाल्गुन 17 तदनुसार  29-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 193 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                      Download : Click Here to Download
Listen at YouTube

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget