Tuesday, October 29, 2013

श्रृंखला ७६ -बहकिने मनमा भएको प्रेम बार्ता




बहकिने मनको श्रृंखला ७६ मा भएको प्रेम बार्ता 

वहकिने मनको २०७० कार्तिक ४ गतेको श्रृंखलामा प्रस्तुत गरिएको प्रेम वार्तालाई धेरै साथीहरुको अनुरोधमा यहाँ उपलब्ध गराइएको छ । यसलाई डाउनलोड गरेर आफ्नो सुविधा अनुसार मोबाईल, कम्प्युटरमा राख्न सक्नुहुन्छ ।  

यो वार्तालापमा मलाई CIN कै सविता विश्वकर्मा र भोजराज विश्वकर्माले साथ दिनुभएको छ ।   
Listen and Download
            Download :Click Here to Download

Thank you 

वहकिने मन 77 : वर्ष 2 अंक 24 (2070-07-11)


कार्यक्रम : बहकिने मन  
मिति :2070-07-11
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.


मिति 2070-कार्तिक 4 सोमबार,


नमस्कार ! 
म महावीर विश्वकर्मा प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र एकराज भण्डारी रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहु
Listen And Download
               Download :Click Here to Download

Thank you 

Tuesday, October 22, 2013

वहकिने मन 76 : वर्ष 2 अंक 23 (2070-07-04)

कार्यक्रम : बहकिने मन 
मिति :2070-07-04
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.


मिति 2070-कार्तिक 4 सोमबार,


नमस्कार ! 
म महावीर विश्वकर्मा प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र एकराज भण्डारी रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहु
Listen And Download
                Download :Click Here to Download

Thank you 

Tuesday, October 15, 2013

वहकिने मन 75 : वर्ष 2 अंक 22 (2070-06-28) दशैं बिशेष श्रृंखला

दशैं बिशेष श्रृंखला
कार्यक्रम : बहकिने मन 
मिति :2070-06-28
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.


मिति 2070-असोज-28 सोमबार,


नमस्कार ! 
म महावीर विश्वकर्मा प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र एकराज भण्डारी रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ । बहकिने मन सुनेर बसिरहनु भएका सबैलाई विजया दशमिको हार्दिक मंगलमय शुभकामना ।  आजको श्रृंखलामा तपाईका फोन कल समाबेस गरिने छैन । 
आज म दशैंमा घर आउन नपाएको विदेशमा बसेको छोरा बनेर गाउँमा रहेकी आमा सँग विलौना कार्यक्रम तयार गरेको छु विशेष श्रृंखला रहनेछ । 
धन्यवाद ।
Listen and Download
                Download :Click Here to Download

Thank you 

Tuesday, October 8, 2013

वहकिने मन 74 : वर्ष 2 अंक 21 (2070-06-21)

कार्यक्रम : बहकिने मन 
मिति :2070-06-21
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.


मिति 2070-असोज-14 सोमबार,
नमस्कार ! 
म महावीर विश्वकर्मा
प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र एकराज भण्डारी
रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ ।
www.facebook.com/bahakineman
www.facebook.com/mahabir.bishwakarma
धन्यवाद ।
Listen and Download
           Download :Click Here to Download

Thank you 

Friday, October 4, 2013

पुरानो एल्बम

....महावीर विश्वकर्मा

व्यस्त शहर लगभग निदाई सक्दा म भने अझै जागा थिएँ । छेउमै बसेको मोवाइलले रातको ११ बजाइरहँदा त्यसैमा एउटा पुरानो हिन्दी गीत पनि बजिरहेको थियो – “कभी कभी मेरे दिलमे खयाल आता है...........” आफ्नै कोठा मात्रै ढाक्ने गरी यो गीत गुञ्जिरहँदा मेरा मन भने कसोकसो कोठा वाहिर निस्किएर निकै पछाडिको जीन्दगीका पाटाहरुमा घोत्लिन पुगेछ । 
एउटा मीठो फल्यास ब्याकमा रम्दै गर्दा के सुर चलेर हो झोला खोतल्दै धेरै भित्र राखिएको एउटा पुरानो एल्बम(फोटो एल्बम) निकालेँ । जसै एल्बमका पत्ताहरु पल्टिंदै गए तव धेरै अघि छुटेका धमिला यादहरु एक्कासी आखैमा ठोक्किन आइपुगे । अनि सम्झिएँ, रेडियोकर्मी अजित देबकोटाको एउटा मुक्तक –

समय हिंडेर टाढा गएछ ।
याद मात्रै पो बाँकी रहेछ ।।
हिजै जस्तो लाग्थ्यो सँगै हिडेको
कति छिट्टै वर्षौं भएछ ।।।

समय कहिल्यै पनि हाम्रो बशमा हुँदो रहेनछ, हामी पो समय
को बशमा हुँदा रहेछौँ । नाडीमा महङ्गो घडी बाँध्नुको अर्थ समय किन्नु होइन, समय सूचक मात्रै किन्नु हो । धेरै अघि पढेको एउटा उहाहरण संझिएँ – विहान ७ बजेको बसमा हामीलाई काठमाण्डौं जानु छ तर हामी साढे ७ बजे पुग्यौँ र बस भेटेनौं भने हामी केही नसोँची भनिदिन्छौँ — बस छुट्यो । तर मित्र, यथार्थमा बस छुटेकै होइन, हामी पो छुटेका छौं । बस त नियमित समयमा नै गुडेको हो नि ।
 यही उदाहरण जस्तै हामी समयलाई साथ लिन सक्दैनौँ अनि भन्छौं समयले साथ दिएन । आखिर तर्क जति सुकै गरिए पनि समयसँगै अघि बढ्न नसकेको केही अपूरा सम्वन्धहरु सुषुप्त रुपमै भए पनि मनको कुनै कुनामा ओझेल परेर बसेका हुँदा रहेछन् । जव स्वयम् मनहरु विचलित हुन थाल्छन् । अभि नमेटिएका यादहरुको जुलुस निकाल्दा रहेछन् ।

स्कुल पढ्दैदेखी धेरै साथीहरुको लागि प्रेमपत्र लेखिदिन थालेँ मैले, प्लस टु पढ्दासम्म पनि यस्ले निरन्तरता पाइरहेथ्यो । त्यसैले पनि धेरै साथीहरुको प्रेम सम्बन्धी समस्या समाधान गर्ने मामलामा विशेष सल्लाहकार भइ टोपल्थेँ म । कलेजकै दिनहरुमा एउटा साथीले सोध्यो—“उस्लाई कसरी बिर्सिने ?” यो पहिलो र अन्तिम प्रश्न थियो, जसको म सँग जवाफ थिएन । वर्षौँपछि आजपनि कहिलेकाहीँ त्यही प्रश्न उसैगरि तेर्सिन्छ मेरो अघिल्तिर तर अझैपनि जवाफ भने फेला पार्न सक्दिन म, सायद लगभग असम्भव भएर पनि हुनसक्छ ।

एउटा पुरानो एल्बमले बल्झाएको पुरानो यादहरु एल्बम बन्द गरेर थन्क्याउन खोजेँ तर घडीको सुई रोकिदिँदैमा समय कहाँ अडिन्थ्यो र । यादहरु आउन जान्छन्, तर फर्किन जान्दैनन् । फर्किन जान्नेलाई त झझल्को मात्रै भनिन्छ क्यारे । 
त्यो पुरानो एल्बम भित्रका फोटो खिचिने क्यामेरा र दृश्य कैद गर्ने रिलका आविष्कारक जर्ज इस्टम्यानले विहे नगरिकनै जीन्दगी बिताइदिए । सायद उनीसँग पनि यस्तै पुरानो एल्बम थियो की, यादहरु बल्झाईदिने । किनकी यादहरु पनि त साहारा हुन् जीन्दगी गुजार्ने । यदि होइन भने विगतका यादले वर्तमान विथोल्न सक्ने सामथ्र्य किन राख्थ्यो र । 
रामायण, महाभारत, विष्णुपुराण जस्ता देवीदेवता सम्बन्धी अनगिन्ती टेलिफिल्महरु भारतले नै बनाउँछ । त्यसैले पनि ती टेलिफिल्मका भगवानरुपी कलाकारहरु हिन्दी भाषा बोल्छन् । अनि दिनहुँ यस्तै टेलिफिल्महरु हेरेर अभ्यस्त भइरहेका हाम्रा नानीबाबुहरुको मगजमा यस्तो छाप परिसकेको छ की उनीहरु साथीसाथी मिलेर भगवान बनी खेल्दा हिन्दी भाषा नै बोल्छन् । किनकी उनीहरुले सिकेको नै भगवानहरुले हिन्दी बोल्छन् भन्ने हो । 
ठीक यस्तै खाले भ्रमको भारी छ हामीसँग पनि, जीन्दगीको बारेमा । कतिपय यादहरुलाई भुलेर जीवन जीउनुपर्छ भन्ने वकालत गर्छौँ हामी तर यस्तो होईन, भुलेर भुल्नै नसक्ने विस्मृती हो याद । फेरी जसरी पनि भुल्न सक्छु भन्ने मुर्खता पनि गर्नु हुँदैन हामीले ।

केही दिन अघि एकजना मित्रले फेसबुकको स्टाटस्मा “ग्लोबमा भारत भन्दा नेपाल माथी छ, त्यसैले हामी नै ठुलो हौँ” भनेर लेख्नुभए जस्तो हुन्छ त्यो त । जीन्दगीको मानचित्रमा यादहरुले ओगट्ने क्षेत्रफल कम या बढी हुनसक्छ तर नहुने भन्ने हुँदैन । 

त्यसैले पनि होला त्यो पुरानो एल्बमले मलाई डोर्याउँदै धेरै पहिलेका दिनहरुमा लगेर छाडिदियो । म पनि स्वच्छन्द रुपमा विचरण गरिरहेँ । यतिबेला छेउमा बसेको मोबाइलले रातको साढे १२ बजाइरहेको थियो । अनि त्यसैमा बजिरहेको थियो दिप श्रेष्ठको आवाज—

म पत्थरको देवता होईन, तोडिएर जोडिने ।
न म त्यो देव हुँ, सँधै बाँचिरहने.....

Tuesday, October 1, 2013

वहकिने मन 73 : वर्ष 2 अंक 20 (2070-06-14)

कार्यक्रम : बहकिने मन 
मिति :2070-06-14
प्रस्तोता :महावीर विश्वकर्मा
रेडियो :सि.आई.एन.




मिति 2070-असोज-14 सोमबार,
नमस्कार ! 
म महावीर विश्वकर्मा
प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र एकराज भण्डारी
रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ ।

प्रेम सम्बन्ध छुट्टिएका कतिपय व्यक्तिहरु जीन्दगीप्रति किन बढी नै भावुक हुने गर्छन भन्ने विषयको उठान गरिएको आजको श्रृंखलामा गायक प्रमोद खरेलको विचार पनि समेटिएको छ । 
www.facebook.com/bahakineman
www.facebook.com/mahabir.bishwakarma
धन्यवाद ।
Listen and Download
             Download :Click Here to Download

Thank you 

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget